Wednesday, January 22, 2014

एकिकरणका लागी किन उपेन्द्र यादव तयार ?


निर्वाचन पुर्व एकिकरणको बिषयमा सबै भन्दा वढी नाकारात्मक थिए, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव । तर अहिले सबै भन्दा वढी साकारात्मक देखिएका छन उनी नै । आज दिउसो उपेन्द्र यादवका दाहिने मानिने एक नेतासंग लामो भलाकुसारी भयो । उनलाइ शुरुमै मैले भने,  होईन यो एकिकरण कसरी भईरहेको छ भनेर सोध्दा, उनी अली गम्भिर हुदै मलाई जवाफ दिए - हेर्नुस अहिले सबै भन्दा वढी एकिकरणका लागी उपेन्द्र यादव नै हतारिएका छन ।

मैलै कसरी र किन भन्दा, उनले केही आन्तरिक कुराहरु बताए र भने अब उपेन्द्र यादव पार्टी चलाउने अवस्था छैन, तपाई विश्वास गर्नुस । यदी एकिकरण भएन भने फोरम नेपाल विघटन भएर जान्छ । उनले पार्टी नै चलाउन सक्दैनन । मेरो जिज्ञासा थप वढदै गयो र मैलै त्यस्तै अवस्था नहोला भनेर भने । उनले मलाई विश्वास गर्नुस भनेर भन्दै भने आजको मितीमा यादवको क्रियाकलाप वाट उनको पछि लाग्न एक जना नेता पनि तयार छैन रे । खास गरी दोस्रो संविधानसभाको लागी छनौट गरिएको समानुपातिकले झन यादवलाई घर न घाटको बनाई दिएको उनको आरोप थियो । पार्टीलाई पुरै व्यापारिकरण गरिसक्यो । जनताको मतलाई पैसाले बेच्यो अनि अब पार्टीका साथीहरु सामु के बोल्ने छन । उपेन्द्र यादवको अत्यन्तै निकट रहेको ती नेता धेरै पछि मसंग यती खुलेर बोलेका थिए । उनले भेटे लगत्तै आज तपाईसंग दिल खोलेर कुरा गर्न मन रहेको बताएका थिए । उनले आफुहरु पनि अझै यादवसंगै रहे पनि अब यो पार्टी कसरी अगाडी वढछ भन्नेमा चिन्तीत रहेको गुनासा गरे । उनले यादव पछिल्लो समयमा एकिकरणका लागी यती सक्रिय र हतारिएको छ कि पार्टी त्यसवारे ठोस छलफल पनि गर्दैनन ।

यादवको व्यहवारले पहिला पनि नेताहरु कहिल्यै खुशी थिएनन । तर पार्टी चुनावमा त्यत्रो हार व्योहोर्दा पनि उनी पैसाकै पछि लागे पछि उनीसंग हाल रहेका सबै नेताहरु सम्पर्क विहिन हुन थालेका छन । हाल यादव नवनिर्वाचित सभासदहरुसंग मात्रै सम्पर्कमा छन । ती नेताले समानुपातिकमा ३ जनासंग डेढ करोडको दरले र दुई जना महिलासंग ५० लाखको दरले यादवले लिएको बताए । साढे ५ करोड रुपैया असुल गरेको छ । र यो कुरा दिनेहरुले खुलायाम पार्टीका अरु नेताहरुलाई बताउने गर्छन । अनि कसरी त्याहा टिक्छ नेता र कार्यकर्ता । पार्टी चल्न नसक्ने अवस्थाकै कारण उनी जसरी भएपनि एकिकरण गरेर आफुलाई सुरक्षित राख्न चाहन्छन, ती नेताको भनाई थियो । एकिकरण भएभने नाया माहौला बन्छ, सबै पार्टीहरुका नेता कार्यकर्ता विच नाया खिचातानी हुन्छ । त्यस्तोमा अरु नयालाई फेरी ललीपप देखाएर केही दिन फेरी आफनो राजनितीलाई सुरक्षित राख्न सफल देखिने छन यादव । ती नेताले ठोकुवाका साथ भने तपाई विश्वास गर्नुस यदी एकिकरण भएनन भने उपेन्द्र यादव कहिल्यै पनि नउठने गरी सक्दै छ । 

2 comments:

  1. 1. It seems you have made a story if do not believe ask to experienced reporter.
    2. There is not single leader including Mahata Thakur are capable for Madesh-Madeshi.
    3. One of the worse and vision less leader is Thakur example is looser from CA-1,CA-2 why ?
    4. Upendra Yadav is always winder have you considered ?
    5. Information is true then why not maintained name of the person who shared info ? Do not try to be smart...

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete