Friday, January 31, 2014

एकिकरण प्रक्रिया लम्बयाउदा नाकारात्मक प्रचार


पछिल्लो चरणमा एकिकरणको प्रक्रियामा रहेका प्रमुख तीन मधेशी पार्टीहरुले औपचारिक रुपमा गृहकार्य थालेको एक महिना नाघेको छ । संविधानसभाको समानुपातिक नामावली बुझाएपछि यी तीन दलका शिर्ष नेताहरु औपचारिक रुपमै गृहकार्य थालेका थिए । त्यसो त संविधानसभाको प्रत्यक्षको नतिजा आए लगत्तै मधेशवाट काठमाडौ छिरेपछि महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो त्यसको आन्तरिक तयारी वा छलफलमा जुटेका सुचनाहरु आउन थाले । तर अहिले सम्म पनि यी एकिकरणको घोषणा नहुदा वा घोषणमा ढिलाई हुदा वाहिर नाकारात्मक प्रचारहरु सुरु भएको छ ।

स्वभाविकै हो गएको पाच बर्षमा मधेशी पार्टीहरुको नेतृत्वको गतिविधीवाट आम मधेशीहरु सन्तुष्ट थिएन र छैनन पनि । त्यसमा पनि आम मधेशीको चाहना अनुसार निर्वाचन पुर्व यी मधेशी पार्टीहरु एकिकरण वा कुनै चुनावी तालमेल गरेनन । वरु आफैमा एक अर्को विरुद्ध कुप्रचारमा व्यस्त रहे । अरु सबै मधेशी नेताहरु लाई सिध्याएर आफु एकछत्र राज गरे दिवास्वप्नको तयारीमा व्यवस्त थिए । तर आम मधेशी यीनीहरुको कुनै पनि क्रियाकलापवाट सन्तुष्ट थिएन । न त यीनी हरु सरकारमा मधेशको पक्षमा काम गरेन नत संविधानसभामा आफनो भुमिका लाई दरिलो रुपमा प्रस्तुत गरे ।

यतीको हुदा हुदै पनि वरु ढिलै किन होस तमलोपा, फोरम नेपाल र सदभावना विच पछिल्लो समयमा वढेको एकिकरणको प्रक्रिया प्रति आम मधेशीहरु उत्साहित नै भए । नेताहरुलाई गाली गरेपनि एकिकरण भईरहेको कुरालाई साकारात्मक रुपमै व्याख्या गर्ने गर्थे । तर फेरी एकिकरणमा हुन लागेको ढिलाईले विभिन्न टिकाटिप्पणीहरु बजारमा आउन थालेका छन । जुन यी नेताहरुका लागी सोच्नु पर्ने बिषय छ । हिजो जस्तै वाहिर आएका कुराहरुलाई नजर अन्द्याज गर्दै आफनै पाराले रमिरहे नतिजा पक्कै पनि साकारात्मक आउने छैन ।
 
त्यसैले, खासगरी महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोले सक्दो चाडो एकिकरणको खाकालाई मुर्त रुप दिएर त्यसको घोषणा गर्नु पर्छ । नत यस्ता नाकारात्मक प्रचारवाजी कम होईन कि वरु दिन दुगुणा रात चौगुणा वढदै जानेछ ।
 
हो, तीन तीन ओटा पार्टीको एकिकरणको कुरा समान्य रुपमा टुगों लाग्ने बिषय होईन तर नेतृत्वहरु ईमान्द्यार भए तत्काल घोषणा गरेर पछि पनि धेरै कुरा मिलाउदै अघि वढन सक्छ । जसले नाकारात्मक कुराहरुलाई कम से कम गर्दै मधेशमा उत्साहको वातावरण बनाउने छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete