Wednesday, January 8, 2014

तमलोपा, फोरम नेपाल र सदभावना विच एकिकरण हुदै


महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी विच एकिकरण हुने भएको छ । गएको मंगलवार ठाकुर निवासमा भएको उक्क्त तीनै दलको बैठकले एकिकरण गर्ने सहमती गरेको छ ।

बैठकमा तमलोपाको तर्फवाट अध्यक्ष ठाकुर सहित उपाध्यक्ष बृषेशचन्द्र लाल, महामन्त्रीहरु सवेन्द्रनाथ शुक्ला र जितेन्द्र सोनल फोरम नेपालका तर्फवाट अध्यक्ष यादवसंगै महासचिव रामसहाय यादव र नेता शिवजी यादव तथा सदभावनाको तर्फवाट अध्यक्ष महतोसंगै सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष द्धय नरसिंह चौधरी र संजय साह सहभागी थिए । बैठकले एकिकृत नयां पार्टीको संगठानात्मक लगायत कामहरुको छिनोफानो गर्ने जिम्मा तीन वटै अध्यक्षलाई दिएका छन । र तीन ओटै अध्यक्षको बैठक आउदो आईतवार बस्दै छ । 


पहिलो संविधानसभाको विघटन संगै तमलोपाले मधेशी पार्टीहरु विच एकिकरणको प्रस्ताव अघि सारेका थिए । तर निर्वाचन पुर्व सवै अध्यक्षहरुको दम्भकम कारण तमलोपाका अध्यक्ष ठाकुरको उक्क्त प्रस्ताव मुर्तरुप लिन सकेका थिएन । निर्वाचनमा अप्रत्यासी नतिजा हाथ परेपछि सबै मधेशवादी पार्टीहरुले एकिकरणका लागी औपचारिक निर्णय गर्दै अनौपचारिक अभियानमा सामेल भए । र त्यसैकै परिणाम स्वरुप गत मंगलवार ठाकुर निवासमा तीन प्रमुख मधेशी पार्टीहरुका अध्यक्षहरु सहितको बैठक सम्पन्न भयो । गत बैशाखमा ठाकुरले एकिकरणकै मुल अभिप्रायका साथ आयोजना गरेको चियापान कार्यक्रममा यी दुवै अध्यक्षहरु सहभागी समेत भएनन । 

मंगलवारको बैठकमा एकिकरणको प्रस्तावमा तीनै अध्यक्षले सहमती जनाउदै ठाकुरको नेतृत्वमा नयां एकिकृत पार्टी बनाउने कुरामा ढृडता व्यक्त गरेको नेताहरुको भनाई छ । बैठकमा कार्यदल बनाएर वा दोस्रो तहको नेताहरुवाट गृहकार्य गराउदा धेरै चलखेल हुने भएकाले तीनै जना अध्यक्षलाई सबै जिम्मेवारी दिएको नेताहरुको भनाई छ । त्यही अनुरुप आउदो आईतवार तीनै अध्यक्षले बैठक गरेर सबै कुरामा छलफल गर्ने नेताहरुको भनाई छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete