Sunday, January 19, 2014

हामी मैदान छाडेका छैनौ - महन्थ ठाकुर




तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरु संघर्षको मैदानवाट पछि नहटेको बताएका छन । मधेश विद्रोहको सातौ बर्षगाठको उपल्क्षयमा तमलापाको भातृ संगठन तराई मधेश विद्यार्थी फ्रन्टले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै ठाकुरले शासकहरु आफुहरुलाई मैदानवाट लखेटन खोजे पनि अन्तिम अवस्था सम्म आफुहरु लडीरह्ने र मधेशलाई अधिकार सम्पन्न बनाएरै छोडने दावी गरे ।
विगतमा हामीवाट केही कमजोरी नभएका होईन तर हामी त्यसवाट पाठ सिक्दै अघि वढने छौ, ठाकुर भने, तपाईहरु विशवस्त हुनुस हामी जित्ने छौ । मधेशको लडाई मधेशीहरुको राष्टियताको लडाई हो भन्दै ठाकुरले राष्टपति मधेशी हुदैमा मधेशीले अधिकार पाउदैनन । मधेशी राष्टियताको अहिले पुर्नजागरण हुदै छ, यसलाई कसैले रोकेर रोकिदैनन ठाकुरले भने, यो राज्य व्यवस्था अब पनि सचेत भएन भने उ आफै हार्नेछ, मधेश हार्दैन । कार्यक्रममा फोरम नेपालका महासचिव रामसहाय यादवले छिटै हुन लागेको प्रमुख तीन मधेशी पार्टीहरुको एकिकरणले मधेश राजनितीलाई नया उचाईमा पुर्याउने दाबी गरे । त्यसैगरी कार्यक्रममा सदभावना पार्टीका महासचिव मनिष सुमनले एकिकरणले मधेशमा साकारात्मक सन्देश जानेमा आफुहरुमा विश्वस्त रहेको बताए ।
कार्यक्रम तमलोपाका केन्द्रिय सदस्य तथा तराई मधेश विद्यार्थी फ्रन्टका केन्द्रिय अध्यक्ष सुरेश मंडलको सभापतित्वमा भएको थियो । कार्यक्रममा वुद्धजिवीहरु तुलानारायण साह, सुरेन्द्र महतो र तमलोपाका सल्लाहकार जय निशान्त लगायतकाले बोलेका थिए । 


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete