Wednesday, January 1, 2014

मधेशको क्रन्धन

सरोज मिश्रा

नेपाल एकिकरण हुनुपुर्व मधेश आफ्नै अस्त्विमा थियो । मधेशको तिरहुतिया सेना को डरत्रास गोरखा शासकलाई थियो । भौगोलिक रुपमा एकिकरण भएपनि भावनात्मक रुपमा मधेशको एकिकरण हुन सकेन । मधेशी समुदायसँग सौतेले व्यवहार गरियो । जसको परिणाम गोरखा शासक र अंग्रेजसँगको युद्धमा मधेशीहरुले गोरखा शासकसँग विद्रोह गरी त्यस युद्धमा मधेशीहरुले अंग्रेजहरुलाई सहयोग गरे । मधेशको सम्पूर्ण भू–भाग “इष्ट इन्डिया सरकारले कव्जा ग¥यो । १८१६ को सन्धि भयो । त्यस सन्धिपछि अंग्रेजहरुले मधेशको ठूलो भू–भाग राखे र सानो भू–भाग नेपाललाई फर्कायो । त्यो पनि दुई वटा शर्त राखी । पहिलो मधेशको यस भू–भागमा वस्ने धर्तीपुत्रहरुसँग विभेद गर्न नपाइने र दोश्रो गोरखा शासक अंग्रेजहरुसँग वफादार हुनुपर्ने । त्यस अवस्थामा पनि मधेशको यस सानो भागमा अंग्रेजहरुको झण्डा फहराउँथ्यो र मधेशी जनतामाथि कुनै प्रकारको कर गोरखा सरकारले उठाउन पाउँदैन थियो । त्यस वापत कम्पनी सरकारले गोरखा शासकलाई एकमुष्ट रकम दिन्थ्यो । पछि भारतमा अंग्रेज विरुद्धको विद्रोह भयो । त्यस विद्रोहमा गोरखा शासकले अंग्रेजलाई सघाए । त्यस वापत पुरस्कार स्वरुपम गोरखा शासकलाई मधेशको सानो भू–भाग जिम्मा लगाइयो । अनि कम्पनी सरकारले आफ्नो झण्डा पनि हटायो र कर पनि उठाउन दियो । अंग्रेजहरुले त्यस वखत पनि एउटा शर्त राखे । यहाँको मधेशीमाथि विभेद नगर्नु भनेर । त्यस वखत गोरखा शासकले स्विकार ग¥यो तर पछि आफ्नो व्यवहार विस्तारै परिवर्तन ग¥यो । विभेद हुन थाल्यो । त्यसको परिणाम हाम्रा पूर्वज भारतमा अंग्रेज विरुद्धको विद्रोहामा सक्रिया भए र लागे । त्यसैपनि भारतको ठूलो मधेश भू–भागमा वस्नेहरुसँग हाम्रो रोटी बेटीको सम्वन्ध थियो । भाषा संस्कृति एउटै थियो र भारतबाट अंग्रेजहरु भागे भने मानवताको नाताले हामी पनि सहयोग पाउँछौं र हामीले पनि नेपालमा न्याय पाउँछौं ।

यसरी हाम्रो पूर्वजहरु भारतमा अंग्रेज विरुद्ध पनि लडे र नेपालमा राणा शासन विरुद्ध पनि लडे । अंग्रेजहरु भारत छोड्नु भन्दा पूर्व मधेशको ठूलो भू–भाग नेपाललाई फर्काउन खोज्यो तर यहाँको शासकले फिर्ता लिएनन् । आफ्नो राणा शासन वचाउने डरत्रासले त्यो स्विकार गरेन । अंग्रेजहरु भारत छोडेर भागे । भारत स्वतन्त्र भयो । त्यसपछि नेपालमा पनि राणा शासन विरुद्ध २००७ सालमा क्रान्ति भयो । क्रान्तिमा सुनसरीको कुसहा मोर्चामा डा. कुल्दीप झा सहिद हुनु भयो । उहाँ भारतको पूर्णिया जिल्लावासी हुनुहुन्थ्यो । वहाँसँगै स्व.डि.पि. शर्मा र स्व.श्यामलाल मिश्र यस मोर्चाको योद्धा हुनुहुन्थ्यो । स्व.श्यामलाल मिश्रले यस मोर्चामा युवा लडाकु दास्ताको नेतृत्व  गर्नुहुन्थ्यो र वहाँहरु दुवै जना सहिद कुल्दिप झा सँग भारत स्वतन्त्रता संग्राममा सहयोगी भूमिका गर्नु भएको थियो । यसैगरी देशको अरु भागमा पनि मधेशी नेताहरुले भाग लिएका थिए । दिल्ली सम्झौता पूर्व राजा त्रिभुवनले पण्डित जवाहर लाल नेहरुलाई सम्पूर्ण नेपाललाई भारतमा विलय गराउने प्रस्ताव गरे । नेहरुजीले स्विकार गर्नुभएन । यदि स्विकार गरिदिएको भए नेपालमा आज मधेशीको समस्या नै हुने थिएन । भारतले अंग्रेजबाट मुक्ति पायो । गोरखा शासकले अंग्रेजको चाकरीबाट मुक्ति पायो र साथै राणा शासनबाट मुक्ति पायो । हाम्रा पूर्वजहरु लडे अंग्रेज र राणा विरुद्ध हामी मधेशीले के पायौं ? गुलामी, के यही नै न्याय हो ?
नेपाली काँग्रेस आवद्ध भई २००७ सालको क्रान्ति पछि हाम्रा पूर्वजहरु स्व.कुला नन्द झा, स्व.रामजन तिवारी, स्व.श्याम लाल मिश्र लगायत नेताहरु । २००८ सालपछि “मधेशको मुद्दा” तराई काँग्रेको नामले उठाउनु भयो । संविधान सभाको आवाज उठाइयो, संघर्ष थालियो, राजा त्रिभुवनको २०११ सालमा मृत्यु भयो भने २०१३ सालसम्म नेपालमा काठमाडौं आउँदा हाम्रा पुर्वजहरुलाई भिस्सा लिएर “चिसापानी गढी” बाट आउनु परथ््यो । यो कस्तो विडम्वना हो एउटै देशको नागरिकले राजधानी आउँदा भिसा लिनु प¥थ्यो । यसबाट पनि काठमाडौं मात्र नेपाल भएको देखिन आउँछ वा मधेश भावनात्मक रुपमा एकिकरण नभएको प्रमाणित हुन्छ । कुनैपनि समुदायलाई समाप्त गर्नुछ भने पहिले त्यसको भाषा र संस्कृती समाप्त गर्नु पर्छ अनी यो समुदाय विस्तारै लोपहुन्छ । यसै सिद्धान्त अनुसार २०१४ सालमा राष्ट्रिय भाषा हिन्दी माथी आक्रमण भयो । यसलाई हटाउने प्रयास गरियो । भाषा आन्दोलन भयो । हिन्दी रक्षा समिति बन्यो । स्व.पशुपत्ति घोष र मेहन्द्र ना. निधी यस समितिका पलैपालो अध्यक्ष भए भने स्व.रामजनम तिवारी महासचिव थिए । देश भरी आन्दोलन भयो । जसमा विराटनगरमा सवै भन्दा कठोर आन्दोलन भयो र २ दर्जन नराम्ररी घाइते भए भने तराई काँग्रेस नेता स्व.श्याम लाल मिश्र, स्व.देव कुमार चौवे, स्व.बलदेव यादव ३ जनालाई तत्कालिन प्रशासनले गिरफ्तार गरी ६२ दिनसम्म पाइखानाको नरककुण्डमा राखिए । त्यसपछि “हिन्दी रक्षा समिति” का महासचिव रामजनम तिवारी राजासँग भेटेर वार्ता भयो । तत्कालै हिन्दी माथिको प्रतिवन्ध हटाइयो र तिनै जना नेता रिहा भए । २०१५ सालमा महानिर्वाचन भयो । मधेशी जनतामा शिक्षाको कमी थियो । शासकवर्गबाट त्रसित जनताले बुझ्नसकेनन । तराई काँग्रेसको पराजय भयो । त्यसपछि राजाले २०१७ सालमा पंचायती वेवस्था घोषणा गरे । यसपछि हाम्रो हिन्दी भाषा खोसियो र हाम्रो राजा हाम्रो देश एक भाषा एक भेषको नारा लगाइयो भने तराई काँग्रेसका अध्यक्ष वेदानन्द झाले राजाको कदमलाई स्वगत गरी मन्त्री थाप्यो भने लोकतन्त्रको लागि महासचिव रामजनम तिवारी विराटनागर आई स्व.श्यामलाल मिश्र र स्व.देव कुमार चौवे लगायतका नेताहरुलाई लिई वि.पि.कोइरालाई भेटेर लोकतन्त्र स्थापना पछि मधेशी समस्या समाधान गर्ने भनी तराई काँग्रेसलाई नेपाली काँग्रेसमा विलय गराए । अर्को तर्पm मधेशी विद्यार्थीहरुको भेदभाव समस्यालाई लिएर शहिद रघुनाथ ठाकुरले २०१० सालमा नारायणहिटी राजदरवार अगाडी राजा त्रिभुवनको सामने “आमरण अनसन” गर्नु भयो । २०१७ सालको कदम पछि जब नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्यो । संयुक्त राष्ट्र संघले नेपाल सरकारसँग सोध्यो नेपालसँग कुनै त्यस्तो राज्य छ जुन संयुक्त राष्ट्र संघको बडा पत्रसँग मेल खान्छ । संयुक्त राष्ट्र संघले त्यस्तो राज्य खोज्दै थियो जुन १८१६ को सन्धी (अंग्रेजसँग) भएको सम्झौता अनुसारको थियो । तर नेपाल सरकारले केही दिन चुप लाग्यो यो हेर्नको लागि कि मुलुकमा यसको प्रतिकृया आउँछ कि आउँदैन ? पछि सुटुक्क जवाफ फर्कायो हामीसँग यस प्रकारको कुनै राज्य छैन । यस कुराको जानकारी सहिद रघुनाथ ठाकुरले पाउँनु भयो । उहाँले “परतन्त्र मेधश और उसकी संस्कृती” नामक पुस्तक लेखी एक प्रति संयुक्त राष्ट्र संघमा पठाउनु भयो र अर्को प्रति राजा महेन्द्रलाई पठाउनु भयो । राजा महेन्द्रले जानकारी पाउन साथ सहिद रघुनाथ ठाकुरमाथि “सि एण्ड सुट” को ओदश दिनु भयो भने सहिद रघुनाथ ठाकुरले मधेश जन क्रान्तिकारी दल नामक संगठन खोली भूमिगत रुपमा स्वतन्त्र मधेश अलग देशको लागि हिंसावादी आन्दोलनको शुभआरम्भ गर्नु भयो । सहिद रघुनाथ ठाकुर त्यस वखत मधेशी समुदायको समस्या समाधान गर्नको लागि दिल्ली पुगी त्यहाँको संसद भवन अगाडी दिउँसो नै टाउकोमाथि पेट्रोमेक्स बाली बोकेर निरन्तर केही दिनसम्म प्रदर्शन पनि गरेको थिए । २०३८ सालमा सहिद रघुनाथ ठाकुर लगायत उनको साथीहरु सत्यदेव मणी त्रिपाठी, सनिश्चर चौधरी, रघुनाथ रायले शहादत्त प्राप्त गरे भने मुख्य सहयोगी प्रजातान्त्रिक योद्धा स्व.श्यामलाल मिश्र तराई काँग्रेस नेपाली काँग्रेसमा विलय भएपछि ने.का.मा नै भई भूमिगत रुपमा सहिद रघुनाथ ठाकुरलाई वैचारिक, आर्थिक, भौतिक सहयोग उपलब्ध गराउँदै आउनु भएको थियो । उहाँ वाच्नु भयो ।

२०३६ सालको जनमत संग्रहपछि स्व.वि.पि.ले “मेरो र राजाको घिच्रो एकै ठाउँमा छ” भन्नु भयो । यसबाट स्व.श्यामलाल मिश्र, स्व.वि.पि.सँग धेरै रिसाउनु भयो । सार्वजनिक रुपमै मञ्च कार्यक्रमहरुमा स्व.वि.पि.को सामुने नै स्व.वि.पि.को नीतिको विरोध गर्न चुक्नु भएन । वि.पि.ले पनि स्व.श्यामलाल मिश्रलाई कारवाही गर्नु सक्नु भएन किन भने जनमत संग्रहमा देशमा वहुदल हारेको थियो भने सुनसरी जिल्लामा वहुदल जितेको थियो । वहुदल जिताउनुमा स्व.मिश्रको महत्वपूर्ण योगदान थियो भने तराई काँग्रेस लिएर पार्टीमा आएको हो भन्ने कुरा सवैलाई थाहा थियो र एउटा ससक्त लोकतन्त्रवादी र मधेशवादी नेता हुन् भन्ने कुरा सवैले वुझेका थिए । मनमा लागेको कुरा गणेशमान सिंह जस्तै जहाँ पनि वोल्न चुक्दैन थिए । उता सप्तरीमा स्व.गजेन्द्र नारायण सिंहलाई पनि केही कारण वि.पि.सँग मनमुटाव भएछ । उहाँलाई मधेशी भएकोले नै वि.पि.ले हेपे जस्तो लाग्यो । उहाँलाई अव मधेशीकै कुरा गर्नु पर्छ जस्तो लाग्यो र उहाँ विरगंज गएर स्व.रामजमन तिवारीलाई भेट्नु भयो र कुरा राख्नु भयो । स्व.रामजनम तिवारीले स्पष्ट रुपमा भन्नु भएको थियो “मधेशको कुरा लिएर आयौ, मलाई वेदानन्द झाले धोका दिएको थियो । यस्तो कुरा हुनु हुदैन । अनि मात्र म साथ दिन्छु ।” र उहाँलाई स्व.श्यामलाल मिश्रको गतिविधि थाहा थियो र रघुनाथ ठाकुर लगायत सहिद भएको समाचार पाइसकेका थिए । त्यसैले स्व.रामजनम तिवारीले स्व.श्यामलाल मिश्रसँग भेट्न भन्नु भयो र उसले यदि साथ दियो भने पक्का पक्की सम्झ म साथ दिन्छु । अनि स्व.गजेन्द्र नारायण सिंह सुनसरी आए र स्व.श्यामलाल मिश्रसँग भेट्नु भयो । आफ्नो कुरा राख्नु भयो र स्व.रामजनम तिवारीसँगको भेटको कुरा सवै सुनाउनु भयो । स्व.श्यामलाल मिश्रको एकातिर रघुनाथ ठाकुर लगायत साथीहरुको शहादत्तले मनोवल टुटेको थियो भने अर्को तर्पm स्व.गजेन्द्र नारायण सिंहसँगको भेटले मनोवल धेरै बढायो । किन भने उहाँ जस्तौ स्व.गजेन्द्र नारायण सिंह पनि २००७ को क्रान्तिको क्रान्तिकारी नेता थिए । दुवै जनाको दोस्ती भयो । यो खवर स्व.रामजनम तिवारीकोमा पु¥याउनु भयो । यसरी नेपाली काँग्रेसभित्र मधेशी नेताहरुको एउटा राम्रो माहोल वन्यो । २०३८ साल देखि २०४० सम्म उहाँहरु पूर्वाञ्चल काँग्रेसको नाम दिएर हिड्नु भयो र स्व.वि.पि.को विरोध गर्नु भयो । यसरी स्व.गजेन्द्र वावु मधेशी राजनीतिकमा लाग्नु भयो ।
त्यसपछि २०४० सालमा हर्क बहादुर गुरुङ्गको जनसंख्या प्रतिवेदन आयो । राजालाई वुझाएको प्रतिवेदनमा नेपालमा वसोवास गर्ने मधेशको भूमिपुत्र मधेशीहरुलाई भारतीय भएको ठहर गरिएको थियो । यस्तो अवस्थामा नेपाली काँग्रेस र वामपन्थीहरु मौन वसे । त्यस अवस्थामा नेपाली काँग्रेसभित्रका मधेशी नेताहरुले बगावत गरे र नेपाल सद्भावना परिषदको स्थापना गरी गुरुङ्ग प्रतिवेदनको विरोध गरी राजालाई विरोध पत्र लेखी पठाए । स्व.गजेन्द्र नारायण सिंहलाई गिरफ्तार गरी जलेश्वर जेलमा राखियो । स्व.रामजनम तिवारीलाई विरगंज जेलमा राखियो भने स्व.श्यामलाल मिश्रलाई काठमाडौंमा पक्राउ गरेर काठमाडौंको हनुमानढोकामा राखियो । यहाँले काठमाडौंको शंकर होटेलमा मिटिङ्ग गराएर निकै विरोध प्रदर्शन गराउनु भयो । त्यसपछि राजाले गुरुङ्ग प्रतिवेदन रद्द गरिदिए । तीनै जना नेताहरु रिहा भए । पंचायती व्यवस्थामा मधेशी नेताहरुलाई मिडियाकै माध्यमले शासक वर्गद्वारा भन्ने गरिन्थ्यो । मधेशीहरुलाई अधिकार चाहियो भने इन्दिरा निर जाऊ । २०४० सालपछि त मधेशी नेताहरुलाई एक किसिमको कठोर अवस्थाबाट नै गुज्रिनु प¥यो । यि नेताहरु शासनको विशेष निगरानीमा हुन्थे । कुन वेला यिनीहरुलाई फसाउन पाए हुन्थ्यो । २०४२ सालमा नेपाली काँग्रेसले सत्याग्रको घोषणा ग¥यो भने स्व.रामराजा प्रसाद सिंहले राजदरवार अगाडि बम काण्ड गराए । अब देशमा ववाल भयो । नेपाली काँग्रेसले सत्याग्र स्थगित ग¥यो भने मधेशी नेताहरुलाई प्रशासनले टार्जेट बनायो । स्व.श्यामलाल मिश्रको निवासमा प्रशासनले छापा हान्यो । हात हतियार फेला परेन । वहाँ एउटा साहित्यकार क्रान्तिकारी कवि पनि हुनुहन्थ्यो । उहाँको किताव राख्ने वाकसमा कालो रंगको डायरी फेला प¥यो । त्यस डायरीमा राजदरवारको सम्वन्धमा लेखेको थियो । “राजा विरेन्द्र आफ्नो परिवारको गलत चालमा फसी आफ्नो बंशको विनाश गर्नुहुनेछ । वहाँको हत्या वहाँको आसेपासेबाट हुनेछ । नेपालबाट राजबंश समाप्त हुनेछ । राजाले चाडै प्रजातन्त्र दिनु पर्छ ।” यस्ता कुरा लेखे वापत प्रशासनले डायरी काण्डको अभियोगमा गिरफ्तार गरी लग्यो । लामो समयसम्म वेपत्ता पारियो । शैनिक कस्टडीमा कठोर यातना विच विजुलीको करेन्ट लगाई राख्यो । हट्टा कट्टा शरीरका धनी स्व.श्यामलाल मिश्रलाई धेरै कमजोर मरण्सन्न अवस्थामा पु¥याइयो । २ वर्ष कैद र २ हजार जरिवाना व्यहोर्नु प¥यो । आखिर यो घटना देशमा घट्यो नै । त्यस वखत उहाँका २ जना साथी डा.लक्ष्मी नारायण झा र साकेत चन्द मिश्रलाई गिरफ्तार गरिएको थियो । उहाँहरुलाई वेपत्ता वनाई मारेर फालिदियो । वहाँहरु सहिद हुनु भयो । स्व.मिश्र जेलबाट छुट्नु भयो ।
२०४६ सालमा नेपाली काँग्रेले जनआन्दोलन घोषणा ग¥यो भने मधेशवादी एवं लोकतन्त्रवादी नेता स्व.गजेन्द्र नारायण सिंह, स्व.रामजनम तिवारी, स्व.श्यामलाल मिश्र लगायत नेताहरु लोकतन्त्रको लागि आन्दोलनमा साथ दिए । यसरी नेपाल सद्भावना परिषदले आफ्नो धर्म निभायो । २०४६ साल चैत्र २६ गते देशमा निरंकुश तानासाही पंचायती व्यवस्था अन्त भयो । अधुरो लोकतन्त्र भएपनि आयो । स्व.कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री भए । सद्भावना परिषद नेताहरुले संविधान सभा निर्वाचन गरि संविधान निर्माण गर्नुपर्छ भन्ने विचार राखे भने शासकवर्ग सद्भावना परिषद नेताहरुलाई वाइपास गरी राजा, ने.का. र वामपन्थी तीन शक्तिद्वारा मिली संविधान निर्माण गरियो । यसरी त्रीपक्षिय सम्झौतारुपी दस्तावेजको रुपमा २०४७ सालको संविधान आयो । सद्भावनाले आलोच्नात्मक समर्थन गर्नु प¥यो । यसमा पार्टी नेता स्व.श्यामलाल मिश्रको प्रतिकृया थियो । “वोतलमा रक्सी त्यही पुरानो छ, लेवल मात्र चेन्ज गरिएको छ ।” आखिर देशमा यो संविधान काम लागेन । माओवादी जस्तो परिवर्तनकारी शक्तिको उदय भयो र संविधान सभाको पनि माग ग¥यो । आज देश परिवर्तनको दिशामा छ । नेपाल सद्भावना परिषदलाई नेपाल सद्भावना पार्टीमा परिणत गरियो । त्यसपछि सद्भावन पार्टीले प्रान्तिय सरकार, नागरिकता, हिन्दी भाषा, मधेशीलाई शेनामा वहाली, राज्यको हरेक निकायको सेवामा ५०% आरक्षण, र समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम जस्ता कुराहरु उठायो भने विखण्डनवादी, सम्प्रदायीक, भारतीय दलाल जस्ता शब्दहरुले हाम्रा नेताहरुलाई सम्मान गरिन्थ्यो । २०४८ सालको निर्वाचनमा जान नेपाल सद्भावना पार्टीलाई निर्वाचन आयोगले दर्ता गरिदिएन । यस पार्टीले हजारौ कार्यकर्ता लिएर सिंह दरवार घेराउ ग¥यो भने प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको निर्देशनमा प्रशासनले लाठी चार्ज ग¥यो । पार्टी नेताहरु स्व.गजेन्द्र नारायण सिंह, स्व.रामजनम तिवारी, स्व.श्यामलाल मिश्र लगायत नेताहरुलाई प्रशासनले पहिचान गरी निर्ममता पूर्वक पिटाई ग¥यो भने सयकडौं कार्यकर्ता घायल भए । त्यसै वखत भारतीय प्रधानमन्त्री स्व.चन्द्र शेखर जी नेपाल भ्रमणमा हुनुहुन्थ्यो । हाम्रा नेता स्व.गजेन्द्र नारायण सिंह, स्व.रामजनम तिवारी, स्व.श्यामलाल मिश्र उहाँसँग भेट गर्न जानु भयो । भेटको क्रममा पार्टी नेता स्व.श्यामलाल मिश्रले आफ्नो भाँचेको हात उहाँलाई देखाउदै भनेका थिए, “क्या ऐसे डेमोके्रसी के लिए लडे थे आप नेपालमे, कि यहाकी जनता अपने अधिकारकी बात नरख सके ? रख्ने पर यह दशा किया जाय । और यहा पर पार्टी दर्ता मे रोक लगाइ जाय” यस कुराबाट भारतीय प्रधानमन्त्री ज्यू धेरै प्रभावित हुनु भएको थियो र स्व.गणेशमान सिंह, स्व.कृष्ण प्रसाद भट्टराई, स्व.गिरिजा प्रसाद कोइरालालाई सम्झाई बुझाई गरी नेपाल सद्भावना पार्टी दर्ता गराउन लगाउनु भयो र सद्भावना नेताहरुलाई सद्भाव र सम्मानपूर्वक विदाई गर्नु भयो । सद्भावना पार्टी २०४८ सालमा निर्वाचन लड्यो र देशको राष्ट्रिय पार्टी बनी संसदमा मधेशको मुद्दा जोडदाररुपले उठायोे । सद्भावना पार्टीको सम्वन्धमा गलत प्रचार गरियो । यो सानो पार्टी हो, नकहिले सरकार वनाउछ । न मधेशको मुद्दा समाधान गराउन सक्छ । भने यस पार्टीको पछि किन लाग्ने ? यस्ता प्रचारका वावजुद २०५१ सालको निर्वाचनपछि विधिको विधान हेरौ । ६ सिट बाट ३ सिटमा झरेको सद्भावना पार्टीको सहयोग विना देशमा सरकार नवन्ने अवस्था आयो । स्व.गजेन्द्र वावुलाई लाग्यो सत्तामा सहभागी नभई मधेशीको लागि केही गर्न सकिदैन । वहाँले सत्तामा गई त्यहाबाट नै संघर्ष गर्ने सोच्नु भयो र विरोधीहरुलाई जवाफ दिनको लागि पनि सत्तामा जान सोच वनाउनु भयो । यो एउटा प्रयोग थियो । प्रयोग सफल पनि हुन्छ असफल पनि हुन्छ । तर त्यो प्रयोग उहाँ आपैm सत्तामा नगई आफ्ना प्रतिनिधीहरुलाई पठाएको भए सत्ताकै कारण पार्टी फुटको खेल हुने थिएन । देशमा पुनः निर्वाचन भयो । यस निर्वाचनमा स्व.गजेन्द्र नारायण सिंह पराजित भए । उहाँको देहान्त पछि सद्भावना पार्टीका नेताहरुमा स्व.गजेन्द्र वावुको देखासिकी सत्तामा जाने लहरनै चलेछ । चाहे त्यो जनभावना विपरित नै होस् वा पार्टी विभाजन गर्नु परोस्, पार्टी परिवर्तन गर्नु परोस् सवै नेताहरु मन्त्री भएर यो निरन्तरता पहिलो संविधान सभासम्म चलिनै रह¥यो । आपूm पार्टीभित्र जहिले पनि आफ्नो सत्ता वाहिर नै वसी संघर्ष गर्ने विचारको पक्षमा उभिरहे । लामो सयमको संघर्ष पछि यस पटकको मंसिर २४ गते देखि ५ दिनसम्म चलेको बैठकका मेरो यस विचारलाई पार्टी सम्वोधन गरेको छ । सत्तामा नजाने निर्णय गरेको छ ।

अन्तरिम संविधान निर्माण भयो र त्यसमा संघियता भन्ने शब्द नै नराखी संविधान सभाको निर्वाचनमा जानको लागि अन्तरिम संविधान घोषणा गरियो । परिणाम स्वरुप मधेश विद्रोह भयो । मधेशीहरु सहिद भए र सहिदको रगतले अन्तरिम संविधान संशोधन भई संघीयता थपियो । त्यसपछि पहिलो संविधान सभाको निर्वाचन भयो । यस निर्वाचनमा मधेशवादी दलहरु एकतावद्ध भई निर्वाचनमा भाग नलिएकै कारण लक्ष्य अनुसारको प्रतिनिधित्व मधेशबाट संविधान सभामा पुग्न सकेन । सत्ताको साँचो सम्मा मात्र सिमित भए संविधान निर्माणको साँचो मधेशी सभासदहरु बन्न सकेनन् । परिणाम स्वरुप शासकवर्गद्वारा मधेशी सभासदहरुलाई मधेशको मुद्दामा कमजोर पार्नकै लागि सत्ताको खेलमा फसाइयो र यसरी मधेशी सभासदहरु सत्ता र पैसाको लागि आ–आफ्नो पार्टी फुटाउन पनि पछि परेनन् । शासकवर्गले चाहेकै यही थियो र मधेश विद्रोहको तापक्रम कतिको रहेछ त्यो हेर्नकै निम्ती मधेशी स्वभिमानमाथि प्रहार गरियो र उपराष्ट्रपति परमानन्द झासँग भाषा र सँस्कृति खोसियो । यस घटनापछि मधेशवादी दलहरुको प्रतिकृया आएन । यसबाट दुखी भई प्रजातान्त्रिक योद्धा लोकतन्त्रवादी, मधेशवादी एवं सद्भावना पार्टीका संस्थापक सदस्य स्व.श्यामलाल मिश्रले यस घटनाको मिडियाको माध्यमले कडा विरोध गर्नु भयो र आफुले गरेको भाषा आन्दोलनको कठोर संघर्ष सम्झेका थिए भने २०१७ सालपछि खोसिएको भाषा र सँस्कृति आज देशमा लोकतन्त्र स्थातिप भएपछि पनि हाम्रो स्वभिमान लौटाउन नचाहने यो कस्तो विडम्वना हो भनी शासकवर्गलाई भनेका थिए भने भाषा र संस्कृतिको रक्षागर्न नसक्नेले कस्तो अधिकार दिलाउछन् भनी मधेसवादी दलहरुलाई भनेका थिए । सत्ताको सम्वन्धमा पहिलो संविधान सभामा सद्भावना पार्टीले सत्तामा वसी विभिन्न मधेश विरोधी षडय्न्त्रहरुको विरुद्ध संघर्ष गर्दै पार्टी विभाजनको वावजुद पनि यसका अध्यक्ष मा.राजेन्द्र महतोले अन्ततिर आएर संघीयताको मामलामा मधेशलाई ५ टुक्रामा विभाजन गर्ने गरी मधेश विरोधी षडय्न्त्रपूर्ण सम्झौता भइसकेको थियो । संविधान निर्माण हुन गैरहेको अवस्थामा मधेश विरोधी सम्झौता वहाँले संघर्ष गरी रद्द गराउनु भयो र पछि आफु मन्त्री नवन्ने घोषणा गरे ।
उपेन्द्र यादवजी पुस्तक लेख्न जानेका छन् । तर लेखेको कुरा विर्सिदिए । स्व.गजेन्द्र वावुलाई गाली गरे सत्तामा गएवापत तर आपैm मधेश मुक्तिको नाममा साझा संगठन खोली संघर्ष थाले र संविधान सभामा संघर्षको निम्ती भनेर त्यस संगठनलाई राजनीतिक दलको रुप दिई संविधान सभामा प्रवेश गरे र सत्ता खेलमा फसी मधेशी जनभावनासँग खेलवाड गरी पार्टी विभाजन गराए । आज परिणाम उहाँको सम्मने छ । वहाँ त्यतिखेरै सत्तामा नगएको भए हुन्थ्यो । विजय गछेदारको कुरा छोडौ, उहाँले विस्तारै कुरा वुझ्नु हुन्छ होला । महन्थ ठाकुरले सत्तामा नजाने राम्रै अडान लिएका थिए । तर उहाँको पार्टी पनि सत्तामा जान वित्तिकै रोगले ग्रसित भई पार्टी विभाजन भयो । जय प्रकाश गुप्ताले ढिलैभएपनि यो कुरा आज बुझिसकेका रहेछन् । हालसम्मको अवस्थाले प्रष्ट पारिदिएको छ । मधेशवादी नेताहरु अहिलेको परिस्थितीमा विवाद गर्नु हुँदैन । सत्तामा अल्झिनु हुँदैन । सत्ता त्याग र मुद्दाको महत्वकै कुरा गर्दा मधेशवादी नेताहरुलाई आफ्नो इतिहाससँग शिक्षा लिनुपर्ने हुन्छ । १७ सालको कदम पछि स्व.रामजनम तिवारीलाई राजा महेन्द्रले वेदानन्द झा जस्तै राम्रो मन्त्रालय दिंदै थिए । तर वहाँले मलाई मन्त्रिको कुर्सी होइन मधेशी समुदायको अधिकार चाहियो भनेर जवाफ फर्काएका थिए भने २०४८ सालपछि स्व.श्यामलाल मिश्रलाई स्व.गिरिजा प्रसाद कोइरालाले आफ्नो विश्वासपात्र हरि सापकोटा मार्पmत राष्ट्रिय सभाका सदस्य वनाई राम्रो मन्त्रालय दिने र अर्को पल्ट २०६४ सालको संविधान सभा सदस्य मनोनित गर्ने प्रस्ताव गरेका थिए । त्यसको लागि वहाँले नैतिक समर्थन मागेका थिए भने स्व. मिश्रजीले जवाफ फर्काएका थिए । पहिला तपाई मधेशको मुद्दालाई संवोधन गरी मधेशी समुदायलाई अधिकार दिलाउनुस् । अनि मात्र मेरो नैतिक समर्थन लिने प्रयास गर्नुस् । भनी जवाफ फर्काएका थिए र भनेका थिए । “जिन्दगीभर मधेशको मुद्दा उठाई कठोर संघर्ष गरे, अब म मर्नेवेलामा आफ्नो कात्रोमा दाग लगाउन चाहन्न ।” यसरी यि मधेशवादी नेताहरुले आफ्नो मुद्दाको निम्ती त्याग देखाएका हुन् । यसबाट शिक्षा लिनुपर्ने हुन्छ । यसरी सत्तामा लागी विभाजित भएका मधेशवादी दलहरु दोश्रो पटकको संविधान सभाको निर्वाचनमा मोर्चा वनाई, एकतावद्ध भई सहभागी हुन नसक्नु र मधेश जनविद्रोहका क्रान्तिकारी युवाहरु, वुद्धिजिवीहरु, यस निर्वाचनमा महत्वपूर्ण भूमिका नखेली मौन वसेका हुनाले पनि यस निर्वाचनमा योजनावद्ध तरिकाले शासकवर्गद्वारा सड्यन्त्र भएको हुन सक्छ र मधेशवादी दलहरुको पक्षमा परिणाम निरासाजनक आएको छ । मधेशी जनता अभैmपनि पछि हटेका छैनन्, मधेशवादी दलहरुलाई चेताएका छन् । २०४२ सालको डायरी कण्डपछि अहिलेसम्मको मेरो कठोर संघर्षको अनुभवले र ऐतिहासिक अध्ययनले मेरो विचारमा निश्कर्ष यस प्रकार छ ः–
“छदम्भेसी, अवसरवादी, सुविधाभोगी जमातले क्रान्ति गर्दैन र क्रान्ति विना परिवर्तन हुँदैन ।” मधेशवादी दलहरुमा यस्ता प्रवृति भएकाहरुले आफ्नो चरित्र परिवर्तन गर्नु प¥यो । हाम्रै पार्टीका केही नेताहरुको ऐतिहासिक भूल, कमी, कमजोरीकै कारण आज मधेशमा फोरम अगाडि आयो र परिणाम हामी क्रान्तिकारी कार्यकर्ताहरुले व्यहोर्नु पर्दैछ भने फोरमले पनि त्यस्तै गल्ति ग¥यो र परिणाम उसको साम्ने छ । अझ मधेशवादी दलहरुमा चेतना आएन भने इमान्दार भएनन् भने मधेशमा फेरि नयाँ शक्तिको निर्माण हुनेछ । त्यस अवस्थामा देशभरिका इमान्दार क्रान्तिकारी युवा, वुद्धिजिवीहरु एक ठाउँमा गोलवन्द भई वेइमान मधेशवादी दलहरुलाई वाइपास गरी निर्णायक आन्दोलन गर्नुको विकल्प छैन । त्यसको लागि हामी सवै मानसिकरुपले तयार भएर वस्नु प¥यो । अहिले देखि नै मधेश आन्दोलनका सवै सहभागी साथीहरु एक आपसमा सम्पर्क स्थापित गर्नु आवश्क छ । त्यसैपनि मधेशवादी दलहरुले समानुपातिकमा मधेश आन्दोलनका क्रान्तिकारी युवा, जुझारु लामो समयसम्म कठोर संघर्ष गरेका इमान्दार तथा संविधान सभा भित्र मधेशको मुद्दालाई उठाउन सक्नेहरुलाई वाइपास गरेर छनौट गरी गम्भिर त्रुटि गरेका छन् । तर आत्तिनु पर्दैन क्रान्तिकारी साथीहरु, संविधान सभाको हल पुग्न नसकेपनि सरकारी वन्दी गृहमा पुग्न कसैले रोक्न सक्दैन र वन्दी गृहमा वसी त्यहीबाट संघर्ष गर्नुपर्छ र मधेशको पक्षमा त्यहीबाट संविधान निर्माण गराउने तिर लाग्नुपर्छ । मधेशवादी नेताहरु आ–आफ्नो स्वर्थभन्दा माथि उठ्नु प¥यो । आपसी मनमुटाव गर्नुभएन । मधेश र मधेशी समुदायप्रति इमान्दार हुनु प¥यो । विगतको कमकमजोरीको टिका टिप्पणी अहिले नगरौं । यो गर्ने वेला होइन । पहिले अधिकार लिऔं । त्यसपछि सोच्ने । मधेशको धर्ती अहिले त्याग र कुर्वानी मागिरहेको छ र मधेशका सहिदहरु, मधेशवादी स्व.नेताहरु र मधेशी जनताको आँखाले हामी सवैलाई हेरिराखेका छन् । सवभन्दा पहिले संविधान सभा वाहिर र भित्र भएका सम्पूर्ण मधेशवादी दलहरुको एउटै मोर्चा वन्नु पर्छ र सामुहिक एजेन्डा वनाई त्यस एजेन्डामाथि नेपालका सम्पूर्ण राजनीतिक दलहरुको दृष्टिकोण स्पष्टरुपमा लिनु पर्छ । सत्ता वाहिर वसी संविधान सभामा आफ्नो मधेशको मुद्दालाई सम्वोधन गराउनु संघर्ष गर्नु पर्छ । कुनै कारणवस मधेशको मुद्दा सम्वोधन नहुने देखिएपछि संविधान सभाभित्र भएका सम्पूर्ण मधेशवादी सभासदहरुद्वारा सामुहिकरुपमा संविधान सभाबाटै संयुक्त राष्ट्र संघमा मुद्दा दायर गरी अनि सडकमा आएर आफ्नो एजेण्डा सम्वोधन गराउन मधेश विद्रोहको घोषणा गर्नु पर्नेछ । यसको लागि मधेशी जनता तयार छन् । मधेशवादी नेताहरु मात्र इमान्दार हुनु आवश्यक छ । यसरी निर्णायक आन्दोलको तैयारीमा लाग्नु पर्छ । विद्रोहको विकल्प छैन ।
मिश्रा सदभावना पार्टीका केन्द्रिय सदस्य हुन

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete