Sunday, January 26, 2014

मधेशको मुड


                               जय प्रकाश गुप्ता

म निर्वाचन भन्दा पहिला नै मधेशी पार्टीहरु १०/१२ सिट भन्दा वढी जित्दैनन भनेर भनेका थियौं । काठमाडौमा रहेको मधेशी नेताहरु र बुद्धजीवीहरुलाई पत्याएर लागेन । उनीहरु अवस्था साकारात्मक नै छ भनेर भनिरहे । हेर्नुस काठमाडौमा अहिले तीन तप्काका मधेशी समुहहरु छन । एउटा मधेशी नेताहरुको, अर्को त्यसको आसेपासेहरुको र तेस्रो बुद्धजिवी पत्रकारहरुको । नेताहरु मधेशको वास्तविक धरातलवाट कटीसकेका छन । उनीहरुका आसेपासे उनीहरुकै जयजयकारम व्यस्त छन । र याहा मधेशी कहलिएका बुद्धजिवी र पत्रकारहरुमा एक दुई जना वाहेक पनि सबै मधेशको भावनावाट टाढिसकेका छन । उनीहरुले हौवा पिटदै हिडे कि मधेशमा मधेशी पार्टीहरु यत्रो संख्यामा त उत्रो संख्यामा आउछ भनेर ।

चुनावी अभियान तीव्र रुपमा भईरहेकै बेला म संग सप्तरीमा भेटन आउनु भएका दिपेन्द्र झा र प्रशान्त झालाई महन्थ ठाकुर, राजेन्द्र महतो, विजय गच्छदार र उपेन्द्र यादव जित्ने अवस्थामा नभएको बताएका थिए । उहांले त्यसलाई खासै वास्ता गर्नु भएन । हेर्नुस मधेशमा यसपाली काग्रेस एमालेले पाएको मत विश्वासको पनि होईन तर विगत चार पांच बर्षमा मधेशी नेताहरुले गरेको क्रियाकलापका कारण आम मधेशीहरुमा यस पटक देखाईदिनु पर्छ भन्ने भावना थियो । त्यसको फाइदा मात्रै कांग्रेस, एमालेले उठाएका छन । काग्रेस एमालेप्रति मधेशमा अहिले पनि भरोसा छैन कि उनीहरु आफनो मुद्धाका लागी यी पार्टीहरुले काम गर्छ भनेर ।
काग्रेस एमालेले आक्रोशको मत पाएको छ । विश्वासको होईन त्यसमा ढुक्क हुनुस । निर्वाचनको नतिजापछि केही साता मधेशमा जताजतै निराशा देखिन्थ्यो र मधेशीहरु सबै मधेशी नेता सक्यो भनेर दुख मनाउ गथ्र्यो । तर समानुपातिकको खेल सुरु भएपछि मधेशीहरुमा थप आक्रोश पैदा भएको छ । म गत साता मात्रै राजविराज, जनकपुर, मंलगवा, गौर, कलैया र विरगंजमा त्याहाका बुद्धजिवीहरुसंग अन्तक्रिया गरेर फर्केका र्छौ । तपाई लाई आश्चर्य लाग्ला त्याहा उठेका प्रश्नहरु सुन्दा ?
मंलगवामा तमलोपा अध्यक्ष महन्थ ठाकुरजीकै समर्थक एक जना बुद्धजिवीले प्रश्न उठाए कि मधेशी जनताको समर्थन के नेताहरु घरायसी व्यहवार चलाउनका लागी हो ? उनले ठाकुरजी उमाकान्त झा लाई एक बर्ष अगाडी मधेशी कोटामा मन्त्री बनाउनु भयो, अहिले उहाकी पत्नी ईन्द्रा झाई सभासदमा मनोयन गर्नुभयो । यीनीहरु के पार्टी र मधेशका लागी कहिल्यै सक्रिय थिए र ? कुरा चाही खाली उमाकान्त झा र इन्द्रा झा को छोरा संग ठाकुरजीको छोरीको विहे हुदै छ ।
राजविराजमा सदभावना पार्टीका एक जना पुराना नेताले सभामै खुटावाट जुत्ता निकाले, जुत्ता देखाउदै भाषण गरे । राजेन्द्र महतोलाई यसैले सम्मान गर्छु भनेर । उपेन्द्र यादवको घडेरी जोडेको कुरामा ठाउ ठाउमा त्यतीकै उठने गर्छ । यी नेताहरु याहा जतीसुकै एकिकरणको अहिले कुरा गरेपनि मधेशमा त्यसलाई मानिसहरुले फेरी मन्त्री बन्नकै लागी यो खेल भईरहेको बताउछन । एकिकरणलाई पनि साकारात्मक रुपमा हेरिएको छैन ।
तर एकिकरण संससद भित्र एउटा हुल चाही बन्ने छ तर त्यो खासै महत्वपुर्ण सावित हुने वाला छैन । अब विस्तारै संविधानसभाले काम थालेपछि याहाको प्रतिगमन छताछुल्ल हुदै जानेछ । र मधेश फेरी सडकमा आउने छ आफनो मुद्धाका लागी त्यतीवेला यी दलहरु पनि सडकमै आउछ, त्यसमा कुनै दुईमत नै छैन । मधेशको मुद्धा संसद वा सरकारवाट कुनै पनि हालतमा सम्बोधन हुदैन त्यसमा म ढुक्क छु र त्यही कारण म यो सबै प्रक्रियावाट टाढा छु । 
दाउर सुरवालको सन्देश मधेशको चौक चौकमा फैलिसकेको छ । गाउ गाउमा त्यसको चर्चा शुरु भईरहेको छ । लोकसेवा धेरै ठाउमा मधेशी कोटा बन्द गर्न सुरु गरिसकेको कुरावाट मधेशी युवाहरु अनभिज्ञ छैन । तपाई हेर्दै जानु अब सरकार बनेपछि र संविधानको मुद्धामा काम शुरु हुने वितिकै सबै कुरा प्रष्ट हुन्छ । र त्यसले आन्द्योलनको वातावरण निर्माण गर्ने छ । हामी त्यसका लागी तयार छौ ।



गएको ४ महिना देखि लगातार मधेशमै रहदै आएका तराई मधेश राष्टिय अभियानका संयोजक जयप्रकाश गुप्ता आकल झुकल मात्रै काठमाडौमा देखिन्छ ।  काठमाडौ आएको मौकामा आज विहान उनीसंग गरिएको कुराकानीमा आधारित 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete