Thursday, January 23, 2014

काहा चुक्दै छन महन्थ ठाकुर ?


गत साता तमलोपाकै एक वरिष्ठ नेताले यो पंक्तिकारसंगको भलाकुसारीमा भने ठाकुरजी वाट पार्टी चल्दैनन । मैलै किन, सबैले महन्थ ठाकुरलाई त्यत्रो महान नेताको संज्ञा दिन्छ, अनि कसरी फेरी चल्दैन भन्नुहुन्छ । फेरी एकिकरणको सवालमा पनि अहिले सबै मधेशी पार्टीहरु ठाकुरको नेतृत्वमा अघि वढने संकेत दिईरहेका छन । त्यस्तोमा तपाईले कसरी ठाकुरजी पार्टी चलाउनु सक्नु हुन्न भन्नुहुन्छ ? उनले भने यही कारणहरुका कारण ठाकुरजी पार्टी चलाउने सक्न हुन्न । 

पछिल्लो समयमा मधेश राजनितीको केन्द्रमा महन्थ ठाकुर मधेश राजनितीमा हाम फालेको ६ बर्ष पुरा भएको छ । उनको नेतृत्वमा रहेको तमलोपामा अहिले पनि अरु मधेशी पार्टीहरु भन्दा धेरै सक्षम राजनिती गर्नेहरुको जमात छ । तर पनि ठाकुर आफै स्वच्छ, इमान्दार र राजनितीका ज्ञाता भएपनि गएको ६ बर्ष तमलोपा उभो लाग्नु भन्दा ओरालो तिर नै ढल्केको छ । र विस्तारै अझै ढल्कने छ । ठाकुरको कमजोरीलाई बुदागत रुपमा हेरौ ।
 
१, सुक्ला शरणम - तमलोपा अध्यक्ष ठाकुरको पार्टीमा सबै भन्द्या वढी घनिष्टता पुर्वपन्च सर्वेन्द्रनाथ शुक्लासंग छ । ठाकुर माथी शुक्ला यती हावी छ । पार्टीको अधिकाशं निर्णयहरु उपाध्यक्षहरुलाई वाईपास गरेर शुक्लाले गर्न भ्याईदिन्छ । पार्टी उपाध्यक्षहरु हृदेश त्रिपाठी र बृषेशचन्द्र लाल भन्दा वढी मजवुत छन पार्टीमा शुक्ला । जुन कुरा पार्टीको दोस्रो तहका नेताहरुलाई बिल्कुलै मन पर्दैन । कतिपयले त ठाकुरको छविलाई नै धमिल्याउने पुर्वपन्च शुक्लालाई तमलोपामा मजबुत भुमिका दिइएको बताउछन ।
 
२, पंडितजी बैण्डको गोलचक्कर - तपाई महन्थ ठाकुरलाई राम्ररी केही समय पछयाउनुस अनि आफै थाहा पाउनु हुन्छ, उहाको आगेपिछे को को छन र कस्ता कस्ता छन । विना काम विभिन्न ठाउमा दलाली गर्ने एक दर्जनजतीको संख्यामा रहेका वाहुनहरुको गोलचक्करमा ठाकुरको दिनचर्या वित्ने गर्छन । र ठाकुरपनि त्यसमै रमाउनुहुन्छ ।
 
३, असंगठनात्मक चरित्र - गएको ६ बर्षलाई नियाल्दा ठाकुरमा संगठन बनाउने क्षमता नभएको देखिन्छ । अत्यन्तै सम्भावनायुक्त मानिसहरु तमलोपामा हुदाहुदै पनि उनीहरु सदुपयोग गर्नु भन्दा ती एक दर्जनको हराहराहरीमा रहेका बाहुनको गन्थनमा रमाउन खोज्छन ठाकुर ।
 
४, अरुमाथी शंकास्पद रहने - पार्टीको हरेक कामका लागी ठाकुरजीको आखामा शुक्लानै उपयुक्त मानिस हुन । अरु नाया अनुहारलाई उनी विश्वास गर्दैनन । वरु केही शक्तिशाली सिफरिसलाई उनले सधै प्राथमिकतामा राख्ने गर्छन ।
 
५, शारिरिक अवस्था - उमेरले पनि अली वढी नै भएकाले र त्यसमा पनि विरामीले च्यापिएका कारण उनको भौतिक सक्रियता पनि कमजोर देखिन्छ ।
 
अन्तममा,
यसरी एउटा निष्ठाका कारण मानिसहरुमा ठाकुरजी प्रती विश्वास भएपनि उनी आफना केही कमजोरीका कारण आफनो राजनितीलाई सुसंगठित र सुव्यवस्थीत बनाउन सफल देखिएका छैन । हाल चर्चामा रहेको एकिकरण सफल भएपनि उनको राजनिती रुपमा अब ओरालो लाग्ने सम्भावना नै वढी छ । किनकी मधेशमा एकातिर नायां शक्तिको अभ्यास तीव्र रुपमा शुरु भईसकेको छ भने अर्को तिर मधेशी पार्टीका नेतृत्वहरु सच्चिने तयार देखिदैनन । मधेशी पार्टीहरुका कतिपय भित्रियाहरुका अनुसार एकिकरण मार्फत ठाकुरले आफनो राजनितीलाई सुरक्षित अवतरण गराउन खोजेको संकेतहरु पनि ठाउठाउवाट आउन थालेको छ ।


3 comments:

  1. Navin ji, news banate hai to apna bibek v prayog kijiye..aap ka hi manu to etna sab malum hote huwe ye aap k sabd me tamalopa ka barist neta kyoin wakt jaya kar rahe hai tmalopa me?? kyoin wo khud ek party nahi bana lete hai?? sukla hawi hai ya fir mahamantri pad hi aisa hota hai jo nirnay me aham vumuka nivata hai... yadi aisa hota to Tripathi ji ko barist upadhyaksha aur utna bara mantralay kyoin dete thakur ji?? Tripathi ji ne to kavi asantusti jaher nahi ki..kaur dusre upadhyaksha log v to apna mulyankan khud karte honge..bata du sukla ka janadhar hai..eswar wo jit k aye hai aur pahle v bahut kam mat se hare the..usi jagah par dusre upadhyaksha aur dusre mahamantri ka v ap janadhar dekh sakte hai.....wo brahman hai janm se aur unk kshetra me v brahman voters jiyada hi hai to unka sahyogi do jinhe mai janta hu salau se hai to en me kiya burai hai...unka to dusra sahyogi kafle tha..??? to kaise man lu ki thakur ji brahman k jhund me ramate hai?? unka ek upadhyakhsa kuswaha tha, dusra lal hai, aur mahamntri chaudhary hai, sahmahamntri sonal hai to kaise huwa brahman ka jhund?? jo man me aya bak dene se party nahi chalti..ap se binamra agrah hai apan dimag v lagaiye news bana ne se pahle aur nahi to jisa ka hawale de k samachar bana te hai uska nam v likhye...

    ReplyDelete
  2. ab ko madeshi janta lai m ke bhan chah n ch6 bhane ,mahan takut,upendra ,bijay gchdar jasta netalai bypass garer hami (young generatation) hin nu par6 other wise yi chor haru madesh lai becher chod 6 .......

    ReplyDelete
  3. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete