Friday, January 24, 2014

गजेन्द्र नारायण सिंह र आजको मधेश


आज गजेन्द्र नारायण सिंहको आज १२ औ पुण्यतिथी । नेपाली राजनितीमा अहिले सर्वमान्य मुद्धा बनेको संघीयता, समावेशीता र नागरिकताको मुद्धालाई आधार बनाएर ०४६ सालमा सिंहले सदभावना पार्टीको स्थापना गरेका थिए । हर्क गुरुडको प्रतिवेदन सार्वजनिक भएपछि सिंह लगायतका नेताहरुले सदभावना परिषद गठन गरेका थिए । गुरुडको प्रतिवेदनले मधेशीहरु भरतीय हुन भनेर आरोप लगाएका थिए । त्यसको विरुद्धमा गठन गरिएको सदभावना परिषद नै सदभावना पार्टीको रुपमा रुपानान्तर भयो ।

पार्टीमा रुपानान्तर भएपछि सदभावना पार्टीसंसद हुदै सरकारमा पनि सहभागी भएपनि मधेशीहरुको लागी नागरिकता लगायतका मुद्धामा पटक पटक आन्दोलन भने गरिरहे । सुरुवातताका सिंहलाई काठमाडौमा विखण्डनवादी नेताको रुपमा आरोप लगाउने गर्थे । तर पनि कुनै प्रवाह नगरी सिंहले मधेशमा संगठन बनाई राखे । उनले त्यतीवेला नै झापा र बर्दीयामा जुन प्रकार संगठन निर्माण गरेको थियो त्यो आजको मितीमा पनि छैन । उनले झापा र बर्दीयावाट अत्यधिक मत पनि निर्वाचनमा ल्याएका थिए । सिंह कुशल संगठकको रुपमा पनि चिनिथ्यो ।
सदभावना पार्टी संसद हुदै सरकारमा सहभागी हुदै जादा फुटको मार खेप्नु पर्यो । जुन आज सम्म पनि निरन्तर रैछ । र अन्तोगत्वा सदभावना पार्टीको अस्तीत्व नै संकटमा छ । हुनत गजेन्द्र नारायण सिंह जिउदा जेनतेन सबैलाई मिलाएर नै राखेका थिए । उनको मृत्यूसंगै सदभावनाको फेरी फुटको वाढी नै आयो र फलस्वरुप कयौन राम्रा नेताहरु मौन बस्न बाध्य भए । आजको मितीमा पनि ६ ओटा सदभावना पार्टी अस्तीत्वमा छ ।
दोस्रो जनआन्दोलनमा सात दलीय गठबन्धनमा महत्वपुर्ण भुमिका खेलेका सदभावना पार्टी जनआन्दोलन संगै सरकारमा सहभागी हुदा मन्त्री बन्नका लागी विभिन्न नौटकींहरु भए । जुन नौटंकिहरुमा राजेन्द्र महतो देखि श्यामसुन्दर गुप्ता देखि अनिल झा सम्म सामेल थिए । र त्यही नौटंकीको कारण सदभावनाप्रतिको धारणमा आम परिवर्तन आयो । यता नेपालगंज घटना पछि आक्रोशित मधेशी समुदाय आन्दोलनमा होमिए र सदभावनाको विकल्पमा मधेशमा नयां पार्टीहरु उदय भए । जुन सबै गजेन्द्र नारायण सिंहकै सिद्धान्त र आधारमा राजनिती गरिरहेका छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete