Friday, January 3, 2014

स्थानिय निर्वाचनको विपक्षमा मधेशवादी पार्टीहरु


मधेशवादी पार्टीहरुले संघीयता नआउन्जेल र राज्यको पुर्नसंरचना नहुन्जेल स्थानिय निकायको निर्वाचनमा नजाने र निर्वाचन हुन पनि नदिने बताएका छन । हालै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले नाया सरकार बन्ने वितिकै आफुहरु स्थानिय निकायको निर्वाचनको तयारीमा जुटने बताएका थिए ।

मधेशवादी दलहरुले स्थानिय निकायको निर्वाचन अन्तरिम संविधान अनुसार हुन नसक्ने भन्दै नया संविधानमा आउने नयां व्यवस्था अनुसार मात्रै स्थानिय निकायको निर्वाचनमा जादा उपयुक्त हुने आन्तरिक छलफल गरिरहेको बताएका छन । तराइ मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलका अनुसार यस बिषयमा सबै मधेशी पार्टीहरु विच आन्तरिक छलफल भईरहेको छ । सोनल भन्छन, संघीयता आउन लागेको बेलामा स्थानिय निकायको  राज्य सरकारसंगको सम्बन्ध र केन्द्र सरकारसंगको सम्बन्ध लगायत महत्वपुर्ण शक्ति वाडफाडका कुरा अहिले छाडेर निर्वाचन हुन सक्दैनन । आफुहरु स्थानिय निकायको निर्वाचनको विपक्षमा नरहेको भन्दै जारी हुने नयां संवैद्यानिक व्यवस्था अनुसार मात्रै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।  नयां बन्ने सरकारले सहमतीमा संघीयता सहितको नयां संविधान चाडो भन्दा चाडो जारी गर्नु पर्छ, त्यसपछिको व्यवस्थाले नै अब राज्यको हरेक निकाय अघि वढनु पर्ने सोनलको तर्क छ । तत्काल स्थानिय निकायको निर्वाचनमा जानु भनेको संघियता नल्याउने चलखेलको रुपमा मधेशी पार्टीहरुको बुझाई रहेको सोनल बताउछन । यसवारेमा सबै मधेशी पार्टीहरु विच एकमत छन, यदी नयां सरकारले त्यसो गरेमा हामी सबै त्यसको विपक्षमा जानेछौ, सोनल भन्छन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete