Thursday, January 2, 2014

किन निशानामा धनुषा ?


धनुषावाट २८ जना सभासद दोस्रो संविधानसभामा चुनिएका छन । काठमाडौ उपत्यका पछि यो संख्या सबै भन्दा वढी हो । आखिर सभासदको संख्यामा धनुषाको महत्व किन ? यो रेसमा सबै भन्दा अगाडी काग्रेस, एमाले, एमाओवादी देखिएका छन भने पुछारमा मधेशवादीदलहरु छन । प्रश्न उठछ काग्रेस, एमालेवाट मधेशका अरु जिल्ला भन्दा धनुषामै किन अगाडी ? जानकारहरुको अनुसार, धनुषावाट यतीको संख्यामा सभासद पाउनाले धनुषा अर्थात जनकपुरको राजनितीक महत्व यसले दर्शाउछ । भलही सभासदको संख्या वढनुमा एउटा प्रमुख कारण काग्रेस भित्रको गुठबन्दीको प्रभाव होला तर त्यो गुटबन्दीले पनि जनकपुरलाई नै किन केन्द्रमा राखिन्छ । यसको सिधा असर मधेशको राजनितीक प्रभाव संग जोडिएर देखिन्छ । जनकपुरको प्रभावले सप्तरी देखि सर्लाहीसम्मको राजनितीक हैसियतलाई दर्शाउने गरेको कतिपयको टिप्पणी हुन्छ । र त्यो आज देखि होइन कि ००७ देखि ०४६ हुदै ०६२,०६३ हुदै मधेश आन्दोलन सम्म देखियो । परम्परगत कारण खोज्ने हो भने ००७ र ०४६ मा काग्रेसको भुमिगत एउटा अखडा भएकाले यो क्षेत्रको राजनितीक महत्व आफनै स्थान छ भने मधेश आन्दोलनले जनकपुर सम्भावित मधेश वा मिथिला क्षेत्रको राजधानीको रुपमा अगाडी सार्यो त्यसले याहाको महत्व झन वढाएर लग्यो । र काग्रेस र एमाले यी क्षेत्रलाई कुनै पनि मुल्यमा मधेशवादी दलहरुको कब्जामा नजाओस भन्ने रणनिती अपनाए । एउटा दलविशेषले आफनो अनुकुलको रणनिती अपनाउनु आफनो ठाउमा नराम्रो भन्न मिल्दैनन ।

कमजोर मधेशवादी

तर संघीयताको राजधानीको रुपमा जनकपुरलाई अगाडी सारेको मधेशवादी दलहरु अघिल्लो र पछिल्लो संविधानसभामा एउटा निर्वाचन क्षेत्रमा मात्रै चुनाव जित्नुले उनीहरुको हैसियतलाई यसले दर्शाउछ । र निर्वाचन जितेका पनि मधेशवादी भन्दा पनि आफनो बाहुबलीको आधारमा चुनाव जित्ने गरेको प्रष्टै छ । हुनत यसपाली सम्रग मधेशमै मधेशी पार्टीहरुको प्रभाव कमजोर देखिएका छन । तर अघिल्लो पटक पुरै मधेशमा यत्रतत्र देखिएका मधेशी पार्टी त्यतीवेला पनि किन यो क्षेत्रमा उपस्थिती देखाउन सकेनन । जबकि मधेश आन्दोलनमा जनकपुर पनि कम तातेका थिएन । वरु लहान पछि दोस्रो केन्द्रको रुपमा जनकपुर थिए । यसवारे मधेशी पार्टीहरुमा कति छलफल भईरहेको छ वा छैन त्यो त थाहा भएन । तर मधेश आन्द्योलनताका संघीयताको राजधानीको रुपमा अघि सारिएको जनकपुरको वारेमा ठोस रुपमा अघि नआए त्यसले सम्रगमा संघीयताको मुद्धा नै कमजोर हुनेछ । त्यो वाहेक अरु केही हुने छैन । अरु गैरमधेशवादी दलहरुको देखिएको सभासदहरुको त्याहाको भिड पक्कै पनि अगामी दिनमा आफनो कठिन परिक्षााहरु दिने पर्ने हुन्छ ? उनीहरु त्यो क्षेत्र मुख्य मुद्धाप्रति कति कठिवद्ध भएर उभिने छन वा पोपेटको रुपमा आफनो निहित स्वार्थको झमेलामा भुलिने छन । तर सबै भन्दा वढी सोच्नुपर्ने बिषय यो मधेशवादी दलहरुको लागी हुनु पर्ने हो । किनकी एउटा ठुलो आशंका के छ भने भोलीको दिनमा संघीयताको स्वरुपमा यो जमात तगारो भएर नउभिदिओस । 

धनुषावाट २८ जना सभासद

संबिधान सभामा धनुषाबाट प्रतिनिधित्व गर्ने सभासदहरुको संख्या बुधबार २८ पुगेकोछ ।संघिय समाजबादी पार्टी ९अशोक राई० ले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने रमदैया भवाडी गाविसकी उर्मिला साहलाई सभासदमा निर्वाचित गरेपछि संख्या बढेर २८ पुगेकोछ ।
यस अघि धनुषाबाट प्रत्यक्ष र समानुपातिकगरि सभासदहरुको संख्या २७ थियो ।संघिय समाजबादी पार्टीबाट सभासद बनेकी साह पहिलो संबिधान सभामा एमालेबाट सभासद बनेकी थिइन ।पार्टी फेरेर सभासद बन्ने अत्यन्त थोरै भाग्यशाली नेताहरु मध्ये साहपनि एक हुन ।  धनुषाबाट अब नेपाली का“ग्रेसका प्रत्यक्ष ५ र समानुपातिक ९ गरी १४ सभासद, एमालेको १ प्रत्यक्ष र ३ समानुपातिकगरि   ४ सभासद, एमाओवादीबाट २ समानुपातिक सभासद, तमलोपाका २ समानुपातिक सभासद, सदभावनाको १ प्रत्यक्ष र १ समानुपातिकगरि २ सभासद, नेकपा माले९सीपी मैनाली०बाट १ समानुपातिक सभासद, राप्रपाबाट १ समानुपातिक सभासद, ।ामसपाबाट १ जना समानुपातिक सभासद र संघिय समाजबादीबाट १ समानुपातिक सभासद धनुषाबाट परेकाछन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete