Saturday, December 28, 2013

.......नत्र राज्यको अवज्ञा गर्छु - महन्थ ठाकुर


तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशको मुद्धालाई सम्बोधन नगरे आफुहरु राज्यको अवज्ञा गरेर विद्रोहमा जाने बताएका छन । पार्टीको छैठौ बार्षीकोत्सवको अवसर शनिवार विहान काठमाडौको विजुली वजार स्थित पार्टी कार्यलयमा झण्डा पुजा पछि पत्रकारहरु संग कुरा गर्दै ठाकुरले आफुहरु संवैद्यानिक रुपमै मधेशको आवाजलाई यो राज्यले सम्बोधन गरोस भन्ने चाहेको बताए । राज्य व्यवस्थाको नियतप्रती आम मधेशीहरु रुष्ट छन, त्यस्तो अवस्थामा राज्य सचेत भएन भने जनता चुप लागेर बस्दैनन, ठाकुरले भने । मधेशीहरुले अनुभुती गर्ने गरी कुनै परिवर्तन देखिएको छैन, खोई मधेशको मातृभाषहरुको सम्मान ? जनकपुर र राजविराजमा अहिले पनि सरकारी कामकाज मैथलीमा किन हुदैन ? ठाकुरले प्रश्न गर्दै भने, मधेशी समुदायको भाषा, संस्कृती र जग्गा लगायतको सबै माथी यो राज्यले आक्रमण गरेको छ । 
 त्यसैले आफु दोस्रो संविधानसभामा पनि हेर्ने छौ कि यो राज्य चलाउनेहरु इमान्दार छ कि छैन, उनको भनाई थियो । उनले भने, अब पनि राज्य यो वाहानामा वा उ वाहानामा मधेशीहरुलाई आफनो ठानेनन भने मधेशीहरु पनि यो राज्यलाई आफनो किन ठानि राख्छ ? त्यसपछि आफुहरु शान्तिपुर्वक यो राज्यव्यवस्थालाई अवज्ञा गर्ने छौ ।

तमलोपाले आफनो छैठौ बार्षीकोत्सवको अबसरमा आज विहान पार्टी कार्यलयमा झण्डा पुजा गरेका थिए भने दिउसो डिल्लीवजार स्थित अमृतभोग कम्पलेक्समा शुभाकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा प्रमुख दलहरुको शिर्ष नेताहरुको संगै मधेशीपार्टीहरुका अध्यक्ष लगायतका नेता, बुद्धजीवीहरुको सहभागी भएका थिए । एमाओवादीका डा बाबुराम भटराई, काग्रेस उपसभापति रामचन्द्र पौडेल, एमालेका वरिष्ट नेता माधव नेपालको संगै मधेशी पार्टीहरुको तर्फवाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरु उपस्थित थिए ।

पहिलो संविधानसभाको पुर्वसन्धयामा गठन भएको तमलोपाले हालै सम्पन्न दोस्रो संविधानसभामा ११ सिट प्राप्त गरेका छन । अघिल्लो चुनावले उनले २१ सिट प्राप्त गरेका थिए । महेन्द्र यादव तमलोपा फुटेपछि उनीसंग ९ जना संसद गएका थिए । तत्कालिन नेपाली काग्रेसका सभापतिको गिरिजाप्रसाद कोईरालाको सरकारमा मन्त्री रहेकै बेला उनले सरकार र पार्टी दुवै परित्याग गरी तमलोपा गठन गरेका थिए । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete