Friday, December 27, 2013

तमलोपाका ६ बर्षे तराना

                           १३ पुष २०६४ मा तमलोपाको घोषणासभा

 
१३ पुष २०६४ मा स्थापना भएको तराई मधेश लोकतान्त्रिक पार्टी आज देखि ६ बर्ष पुरा गरेको छ । पहिलो संविधानसभाको पुर्वसन्धयामा गठन भएको तमलोपाले उक्त निर्वाचनमा २१ सिट हाथ  पारेका थिए । पहिलो संविधानसभाको अन्ततिर आईपुग्दा ११ सिटमा झरीसकेको थिए । भर्खरै सकिएको दोस्रो संविधानसभामा पनि उनले ११ सिट नै हाथ पारेका छन । यसरी पहिलो संविधानसभाको विघटनको अवस्था र दोस्रो संविधानसभामा आएको नतिजालाई तुलना गर्ने हो भने तमलोपा मात्रै एउटा यस्तो पार्टी भयो जसले आफनो शक्तिलाई विभिन्न प्रतिकुलताको माझमा पनि कायम राख्न सके । भलई तमलोपाले गरेको आशा अनुसार नतिजा नआए पनि । तर प्रश्न उठछ के तमलोपाको ६ बर्ष यतीकै सफल मान्न सकिन्छ त ? तर्क विभिन्न गर्न सकिन्छ, तर सम्रगमा तमलोपा केही असफलताका वावजुद सफल नै छ ।

सबै भन्दा पहिलो तमलोपाको उदयले मधेशमा अहिले लोकतान्त्रिक धार वलियो भएकौ हो । र मधेशको मुद्धा भनेको लोकतन्त्र भित्रको मुद्धा हो । दोस्रो संविधानसभाको नतिजाले केही गम्भिर प्रश्नहरु ऋगाडी आज तेर्साएकै छन, त्यसमा कुनै दुइमत छैन ? तर सम्रगमा भन्दा मधेशी पार्टीहरु अहिले केही कमजोर देखिए पनि नेपालको वर्तमान लोकतान्त्रिक व्यवस्थाको एउटा अंग बन्न पुगेको छ मधेश मुद्धा, जसमा तमलोपा र मुख्यगरी महन्थ ठाकुरको महत्वपुर्ण भुमिका छन । शायद मधेश राजनितीमा महन्थ ठाकुरको उदय नभएको भए उहिले मधेश माओवादीले कब्जा गरी देश अर्कौ अवस्थामा पुगीसक्थे ।

पहिलो संविधानसभामा माओवादी र सम्रगमा कम्युनिष्ट धार यती वलियो थियो कि त्यसको अगाडी काग्रेस पुरै निरिह नै देखियो । र अन्नतह त्यसलाई मिनिमाईज गर्न मधेशी शक्ति मा पनि ठाकुरको धारले अहम भुमिका खेलेकै हुन ।

तर देशको सम्रग राजनितीमा महत्वपुर्ण भुमिका रहे पनि तमलोपाकै ६ बर्षे जिवनमा केही कमजोरीहरु देखिएकै हुन । त्यसको विभिन्न कारण मध्ये नेतृत्वको पार्टी संचालनमा देखिएको कमजोरीले तमलोपा आज जुन अवस्थामा हुनुपथ्र्यो त्यो छैन ।

पार्टी संचालनको क्रममा महन्थ ठाकुर र तमलोपा माथी मधेशी बाहुनवादको आरोप लागेकै हुन । यसलाई महन्थ ठाकुरले अब आफनो राजनितीक गतिविधी वाट जवाफ दिनै पर्ने हुन्छ कि तमलोपा आम मधेशीको पार्टी हो भनेर । तमलोपाका भित्रियाहरुहरुको अनुसार यसमा ठाकुर भन्दा पनि उनका आसेपासेको भुमिका वढी देखियो । जुन विस्तारै घटनेक्रममा छ । दोस्रो कुरा ठाकुरले अघि सारेको मधेशी पार्टीहरुको एकिकरणको अवधारण आज पुरा मधेशको धारणमा परिणत भएको छ । तर सवाल उठछ अब ठाकुरले यसरीलाई कसरी व्यवस्थापन गर्ने छ । यसलाई सही तरिकाले व्यवस्थापन गरे ठाकुर मधेश राजनितीको त्यो उचाईमा पुग्ने छ जाहा न कोई पुगेका थिए न त पुग्ने छ ।

स्थापना संगै उपेन्द्र यादव र राजेन्द्र महतोसंग मोर्चाबन्दी गरेर ठाकुरले दोस्रो मधेश आन्दोलनको नेतृत्व गरेर तत्कालै निर्वाचन क्षेत्र पुर्नसंरचना गराउन सफल भयो । र त्यही आन्दोलनमा भएको ८ बुदे सहमतीलाई कार्यन्वयन गराउने अगामी चुनैती ठाकुरका अगाडी छन । जसले संघीयता सहित राज्यको हरेक निकायमा मधेशी समुदायको प्रतिनिधित्वको ग्यारेन्टी गर्ने छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete