Saturday, December 14, 2013

समाप्तीको बाटोमा सदभावना


निर्वाचनमा लज्जाजनक हार व्योहोरेपछि २४ देखि २८ मंसीर सम्म सदभावना पार्टीको केन्द्रिय कार्यसमितीको बैठक बस्यो । चुनावमा राम्ररी पछारेपछि सदभावनाका केही हनुमानहरुले महत्वपुर्ण निर्णयहरु ऋाउने आशामा थिए । तर नेताहरुको प्रवृतिका कारण केही झिनो आशा पनि समाप्त भएर आएको छ । बैठकले फेरी त्यही केही सदाबहार निर्णय गरेका छन, समानुपातिकका नामावली बझाउने जिम्मा महामहिम अध्यक्षलाई, संविधानसभामा सहभागी हुने, र संघीयता विरुद्ध ठुलो षडयन्त्र भयो भन्दै निर्वाचनमा भएको धांधली छानविन हुनुपर्ने । मधेशी पार्टीहरुले अब हेक्का के राख्नुपर्छ संघीयता अब मधेशी पार्टीको मात्रै एजेन्डा होईन र संघीयताकै नाराले राजनिती अगाडी वढने वाला छैन । संघीयता एउटा महत्वपुर्ण मुद्धा हो तर यसले नै दिर्घकालिन राजनितीकलाई जीवन्तता भेटने वाला छैन ।
जनताले निर्वाचन मार्फत सदभावनासंग आफनो नाता तोडिसकेको छ । तर, सदभावना पार्टीको यो बैठकले जनतासंग सदभावनालाई जोडने कुनै पनि निर्णय गरेका छैन । त्यसैले आजको मितीमा भन्दा अब सदभावना पार्टी समाप्तीको बाटोमा अघि वढीसकेको छ । निर्वाचनको परिणामलाई हेर्दा सदभावना पृष्टभुमिका एक जना नेता पनि यो चुनावमा निर्वाचित भएका छैन । प्रत्यक्ष तर्फ सदभावनका एक जना नेता संजय साह मात्र जितेका छन तर साह सदभावनाको नाम भन्दा पनि आफनो बाहुबलीले जितेका छन ।
निर्वाचन भन्दा अगाडी सदभावना अध्यक्ष राजेन्द्र महतोले आफूहरु ४० सिटमा जित्न गईरहेको दाबी गर्दै आएका थिए । कति सम्म भने उनले अरु मधेशी पार्टीहरुको सबै अध्यक्ष भन्दा आफु वढी सक्षम रहेको आलाप गाउदै आएका थिए ।

किन सक्दै सदभावना ?

२०४७ सालमा गठन भएको सदभावना पार्टी नागरिकता, समावेशी र संघीयता लगायतका मुद्धामा महत्वपुर्ण आवाज चाही उठाएकै हुन ? जुन मधेशी जनताको दिर्घकालिन हितमा थियो र सदभावनाको उक्त कदम इतिहासमा स्वर्णिम अक्षरले पनि लेखिने छन । प्रश्न आउछ - आखिर यत्रो महत्वपुर्ण मुद्धा उठाउने पार्टी किन सकिन लाग्यो त ? उत्तर पनि वढो सजिलो छ, सदभावना साच्चिकै जनतासंग जोडिने प्रयासमै कहिल्यै पनि लागेनन । विगत हेर्दा यो नै सदभावनाको नियत जस्तो देखिन्छ । गजेन्द्र नारायण सिंह देखी राजेन्द्र महतो सम्मको नियत एउटै देखिन्छ । गजेन्द्र नारायण सिंह त यती मात्रका लागी मात्रै ईतिहासमा सम्झने छन किनकी यी मुद्धाहरु उनकै अगुवाई प्रस्फुटित भएका थिए । तर उनी पनि सत्ताको खेलमा प्रवेश त्यही यसरी अल्झे कि त्यो भन्नु पर्ने बिषय नै छैन । फलस्वरुप तत्कालिन अवस्थामा धेरै आशालाग्दो अवस्था भएपनि सदभावनाले संगठन बनाउन सकेनन । जुन उपक्रम राजेन्द्र महतो सम्म आउदो पनि जारी नै रहयो र आज पनि मधेशमा मधेशी मनोविज्ञान कमजोर भएको छैन तर मधेशीहरु त्यो विकशित मनोविज्ञान जस्तै बहुआयमिक नेतापनि खोजीरहेका छन । जुन सदभावनाले दिन सम्भावना रती पनि छैन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete