Sunday, December 15, 2013

पहाडीकरणले सदभावनालाई समाप्त पार्यो - रमण पाण्डे


                                         रमण पाण्डे -  केन्द्रिय सदस्य, सदभावना पार्टी

रमण पाण्डे २०४७ साल मंसीर ७ गते देखि अहिले सम्म नेपाली बोलेका छैन । नेपाली राजनिती देखि मधेश राजनिती र नेपालमा हिन्दी आन्दोलनका लागी प्रख्यात महोतरीको पिपरा गाउका हुन पाण्डे । पाण्डे सदभावनाका संस्थापक विद्यार्थी नेता हुन । उनी ०४७ सालमा विद्यार्थी नै हुदा सदभावना पार्टीले काठमाडौको टुडिखेलमा आमसभाको आयोजना गरेका थिए । त्यही सभा मधेशी नेताहरु हिन्दीमा भाषण गर्दा याहाका एउटा उच्छृख्ल समुहले पाण्डेलाई बेसरी कुटेका थिए । त्यही दिन अर्थात ७ मंसीर ०४७ मा पाण्डेले नेपालमा हिन्दीले नेपाली सरह मान्यता नपाउन्जुल आफु नेपाली नबोल्ने निर्णय गरे । अहिले सम्म उनी नेपाली बोलेका छैन । हालै काठमाडौ आएको बेला उनीसंग हिन्दीमै गरिएको कुराकानीको नेपालीनुवाद -   
 
सदभावना पार्टी किन समाप्तीको बाटोमा लागेको होला ? 
- त्यसको धेरै कारणहरु छन । तर मुऋयगरी दुई तीन ओटा ठाउमा पार्टी र नेतृत्वको यस्तो कदम रहयो  कि आखिर अन्तोग्वा सदभावनालाई समाप्त नै पार्ने अवस्थामा  ल्याई छाडयो । सबै भन्दा पहिला त गजेन्द्र नारायण सिंहको अवशान लगत्तै सदभावनालाई कब्जा गरिने प्रयास भयो । त्यतीबेला दुई जना उपाध्यक्षहरु थिए । बद्री मंडल र हृदेश त्रिपाठी । हामी सबैले त्रिपाठीलाई नेतृत्व गर्न आग्रह गर्यो तर उनले मानेनन, त्यसपछि मंडलले कब्जा गरेर दरबार तिर लग्यो सदभावनालाई । त्यसपछि हामी वडो मेहनतका साथ सदभावनाको पंजा छापलाई त्याहावाट फुत्कायौ तर त्यतीवेला हामीले ठुलो गल्ती गरेका छौ । उक्त समयमा हामी भरतविमल यादव र हृदेश त्रिपाठीलाई माइनस गर्यौ र राजेन्द्र महतोलाई काखी थाप्यौ । राजेन्द्र महतो अगाडी आएर काम गर्ने छाटकाट पनि देखाए । तर अन्तोगत्वा जनकपुर अधिवेशनमा गएर उनले सदभावनाको अस्तीत्वनै समाप्त पार्ने गरी पार्टीलाई पहाडीकरण गर्ने निर्णय गर्यो । जुन समुदायसंग हामी आफना अधिकारका लागी लडीरहेका छौ । अर्थात जो शासक हुन्छ त्यो शासितहरुलाई किन अगाडी आउन दिन्छ । सदभावना पार्टीले शुरु देखि नै पहाडमा जनजाती र दलीतका मुद्धा उठाउदै आएका छन । तर जनकपुर महाधिवेशनले सबै पहाडी समुदायका लागी पार्टीलाई खुल्ला गरेर पहाडीकरण गर्ने निर्णय गर्यो । उनीहरुलाई किन चाहिन्छ सदभावना पार्टी । सुनियोजित रुपमा लागेर आखिर समाप्त पारेर देखाईदिए ।
 
उसो भए सदभावनामा लागेका बर्षै देखिका नेताहरुको भविष्य के हुन्छ त ?  
- हेर्नुस राजनितीमा सम्भावनाको खेल हुन्छ । त्यसैले सदभावना पार्टीले लोकतन्त्र, मधेशवाद र भारतसंगको विशेष सम्बन्धलाई प्राथमिकतामा राखेर अघि वढयो भने कुनै न कुनै रुपमा मधेशी जनताले फेरी ठाउ दिने नै छ । नत्र अब उठन सक्दैनन । माओवादीको पिछलग्गु बनेर यसरी नै मधेशी पार्टीहरु अघि वढी नै रहयो भने सबै समाप्त हुनेछ ।
 
भारतसंगको विशेष सम्बन्ध किन चाहियो मधेशी पार्टीहरुलाई ?  
- मधेशकै समबन्ध भारतसंग विशेष छ , अनी मधेशीको हक अधिकारका लागी लडछु भन्नेले विशेष समबन्ध नराखी हुन्छ । भारतसंग मेरो रिश्तेदारीको सम्बन्ध छ । काठमाडौको पो छिमेकि छन भारत हाम्रो रिश्तेदारीको अर्थात रगतको सम्बन्ध छ । हाम्रो भारतसंगको सम्बन्धमा काठमाडौ र पहाडी शासकवर्गले विचलन ल्याउन प्रयास गरिरहेको मेरो बुक्राई छ ।
 
तर विश्लेषकहरुले त भारतको प्रायोरिटिमा मधेश पर्दैन न भन्छन त ?  
- भारतको प्रायोरिटिमा मधेश पर्नु पनि हुदैन । जुन दिन भारतको प्रायोरिटिमा मधेश पर्छ , त्यो हाम्रो रिश्तेदारीको सम्बन्ध समाप्त भएर जान्छ । रिश्तेदारलाई पनि प्रायोरिटीमा कहि राखिन्छ । त्यसको महत्व आफैमा विशेष हुन्छन के ।
 
तपाई नेपाली होईन भन्या ?  
- म अहिले सम्म नेपाली भएको महसुस गरेकै छैन । यो राज्यले अहिले सम्म मलाइ नेपाली हुन नै दिएनन । म पनि नेपाली हुन र त्यो महसुस गर्नकै लागी यत्रो संघर्ष गरिहेका छौ । तर यो राज्यले मलाई सधै तिमी मधेशी नै हौ भनेर अनुभुति गराईरहेका छन । त्यसैले आजसम्म म मधेशी नै छु ।
 
तर आजका युवाहरु त्यस्तो मान्ला र ?  
- हेर्नुस, ग वाट गणपति र गद्या दुवै हुन्छ । राज्यले मधेशीहरुको पहिचान समाप्त पार्ने यत्रो ठुलो षडयन्त्र विगतमा बुनिसकेको छ कि त्यसको सिधा प्रभाव आजको युवा पिढीहरुमा देखिन्छ । सदभावना पार्टी त्यतीकै आज समाप्त हुने अवस्थामा पुगेको छैन नि । नत्र जुन समुदायका नागरिक आफनो देशमा ८० प्रतिशत राज्श्व तिर्छन र तिनको हालत यस्तो, आखिर किन ?
 
अन्तमा भन्नुपर्दा, मधेशी पार्टीहरुलाइ अब कसरी अगाडी वढनुपर्छ ?  
- मधेशी पार्टीहरु माओवादीको साथ छोडनु पर्छ अनि मधेशमै पनि दुई धारको राजनिती छ । त्यसैले मधेशी पार्टीहरु विचको लोकतान्त्रिक धारहरु एकै ठाउमा बसेर एउटै पार्टी बनाउनुको अब विकल्प छैन ।
नवीन झा

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete