Friday, December 20, 2013

मोर्चाबन्दी होईन एकिकरण

बरु केही ढिलै होस तर एउटा ठोस कार्यनितीको साथ मधेशी पार्टीहरु एकिकरणकै वाटोमा अघि वढनु पर्छ । मोर्चाबन्दी मधेशीको नजरमा बदनाम भईसकेको छ ।  
चुनावमा पराजय पछि सबै मधेशी पार्टीहरुको एउटा समान निष्कर्ष देखिन्छ कि फुटकै कारण हामीहरुले यो धक्का खाएका हौ । हो पनि सबै मधेशी पार्टीहरुको मत प्रतिशत अघिल्लो निर्वाचनकै हराहरीमा छन । जबकि यस पटक मतदाताको संख्या अघिल्लो चुनाव भन्दा निकैले घटेको थियो । यसले मधेशी मनोविज्ञान वा मधेशी पार्टीहरु प्रतिको जनमत कमजोर भएको छैन कुरा देखाईरहेको छ । खाली फुटका कारण मधेशी मत विभाजित भएको देखिन्छ । हालै एउटा मधेश केन्द्रित साप्ताहिक पत्रिकाले मधेशको २० ओटा जिल्लामा काग्रेस, एमाले र माओवादीको मत र मधेशी पार्टीहरुको मत संख्यालाई तुलना गरेको विवरण सार्वजनिक गरेका थिए । उक्त विवरणका अनुसार मधेशी पार्टीहरुको मत एक ठाउमा आएको थप ४० ओटा सिटमा त्यतीकै यीनीहरुको जित देखिन्छ । फेरी अर्को पाटो के छ भने मधेशी पार्टीहरु एक भएको खण्डमा वातावरण पनि थप साकारात्मक बन्न सक्थ्यो त्यसले कयौन थप सिटको सम्भावना पनि त्यतीकै हुन्थ्यो । 


चुनाव भन्दा अघि मधेशी पार्टीहरु विचको एकिकरणको मुद्धालाई मधेशी पार्टीहरु विचमै तमलोपाको मात्र एजेन्डा हो भनेर अर्थान्थ्यो । त्यसको एक मात्र कारण के थियो नेतृत्वको ठकराव । र विगतमा उक्त अभियानले गति लिन नसक्नुमा अर्को दोस्रो महत्वपुर्ण कुरा के थियो भने तमलोपाकै महन्थ ठाकुर पछिका नेताहरुको दोहरो भुमिका । तेस्रो कुरा, केही विदेशी शक्ति केन्द्रहरुको अनावश्यक चासो । किनकी मधेशमा एक पार्टीको अवधारणा नितान्त रुपमा महन्थ ठाकुरले अघि सारेको अवधारण हो तर त्यसमा विदेशी चासो यसरी हावी हुन गयो त्यसको अर्थ भन्दा अनर्थ धेरै देखिन थालियो ।

अहिले आएर एउटा साकारात्मक कुरा के देखिन थालिएको भने उपेन्द्र यादव देखि शरदसिंह भण्डारी सम्मका नेताहरु मधेशी पार्टीहरु एकिकरणको वाटोमा अघि वढनु पर्छ भन्ने पक्षमा देखिएका छन । विगतमा ठाकुरले सबै पक्षसंग उक्त प्रस्ताव राखे पनि केही साना दल वाहेक प्रमुख कोई पनि साकारात्मक देखिएका थिएनन । तर अहिले उपेन्द्र यादव, विजय गच्छदार देखि लिएर राजेन्द्र महतो सम्मका नेताहरु एकिकरणको पक्षमा साकारात्मक देखिन थालेका छन । तर यही विचमा केही शक्ति केन्द्रले मधेशी पार्टीहरु विच एउटा नया मोर्चा वनाउने प्रयासमा जुटेको केही नेताहरुले अनौपचारिक कुराकानीमा बताउन थालेका छन । जुन मधेशी पार्टीहरुका आत्मघाती हुने कुरामा कुनै दुईमत छैन । त्यसलै वरु केही महिना फर्खेरै भए पनि एउटा ठोस कार्यनितीको तहत मधेशी पार्टीहरु एकिकरणकै वाटोमा अघि वढनु पर्छ । किनकी मोर्चाबन्दी प्रति मधेशमा साकारात्मक भावना देखिदैनन । मोचालार्ई मधेशी जनताहरु सत्ता र भत्ताको पर्यायको रुपमा देख्ने गरेका छन । यसर्थ जटील भविष्य प्रति यदी मधेशी पार्टीहरु सचेत छन भने मोर्चाबन्दी भन्दा एकिकरणकै वाटो रोजे हुन्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete