Sunday, December 8, 2013

मधेश राजनितीमा अबका परिदृश्यहरु

आश्चर्यजनक कुनै चमत्कार भएन भने ढिलोचाडो ऋब मधेश राजनितीमा दुई ओटा खम्बा मात्रै रहनेछ । एउटा लाई महन्थ ठाकुरले नेतृत्व गर्नेछन भने अर्कोलाई उपेन्द्र यादवले ।
नवीन झा
निर्वाचनमा अनेपक्षित हार व्योहोरेका मधेशी पार्टीहरु मध्ये कोही एकिकरण त कोही सरकार बनाउने त कोही छानविन समितीको अडानमा देखिएका छन । जुनसुकै भुमिकामा अहिले जो भए पनि आफनो हैसियतलाई सबैले राम्ररी पुर्नमुल्याकंन गरिरहेकै होला । र काठमाडौमा एउटा मनगन्ते आमधारण के देखिन्छ भने मधेशी पार्टीहरुले उठाएको संघियताको मुद्धा बेठिक थियो र अब यी मधेशी नेताहरु सकिन्छ । के त्यस्तै होला वा यही दिशामा मधेश राजनिती अघि वढेको देखिन्छ त ? शुरु गरौ आजको अवस्थावाट ।

मधेशमा सबै भन्द्या ठुलो पार्टीको रुपमा आएको फोरम लोकतान्त्रिकले घोषित रुपमै सरकार बनाउने खेलमा सामेल भईसकेका छन । उनले २५ गते सम्म निर्वाचन आयोगमा समानुपातिकको नामावली पनि बुझाउने छन । त्यसको आफनै रहस्य होला कि सबै मधेशी पार्टीहरु सरकारमा नजाने मनस्थितीमा भएपनि गच्छदार किन एक्लै उक्त खेल तिर अग्रसर भए । कतिपय भित्रियाहरुका अनुसार उनी विरुद्ध संविधानसभामा अदालतमा परेको उजुरीलाई मुख्य कारक ठान्छन । मोरडमा पराजित भएका गच्छदार विरुद्ध सुनसरीवाट जितेकोमा मुद्धा परेको छ र अदालतले उनलाई उपस्थित हुन चाडो चाडो आदेश दिनुलाइ कतिपयले उक्त खेलसंग जोडने गर्छन । त्यसैले गच्छदार सरकार बनाउने खेलमा र मधेशी पार्टीहरु विच एउटा अर्कौ भुमिकामा देखिन सक्छ जुन उनकै लागी पछि घातक सावित हुनेछ ।
तमलोपा, सदभावना लगायतका पार्टीहरु अहिले समानुपातिकको नामावली नपठाउने अडान व्यक्त गरेका छन । तर आन्तरिक रुपमा यी पार्टीहरु सामानुपातिकको नामावली छान्न व्यस्त छन । यी पार्टीहरुले २८ गते सम्म ती नामावली पठाउने सम्भावना छ । माओवादीसंग को संयुक्त छलफलमा समेत सहभागी यी पार्टी देखाउनकै लागी भए पनि छानविन समिती गठन गराउने सहमती गरेर संसदमा छिर्ने छन । त्यसपछि माओवादीसंगको छलफलीय सांठगांठ यथावत रहने सम्भावना न्युन रहने छ । र यी पार्टीहरु पहिलो सरकारमा सहभागी पनि हुने कुनै सम्भावना आजको मिती छैन ।
यसपछि गच्छदार वाहेकका पार्टीहरु विच एकिकरणको एउटा हल्लाखल्ला मच्नेछन ।  गएको हप्ता मात्रै राजकिशोर यादव, अनिल झा र अमर यादवले संयुक्त रुपमा विज्ञप्ति निकालेर त्यसको झलक दिईसकेका छन । दौडमा आफु पछि नपरुन भन्ने चाहनाकै लागी शरदसिंह भण्डारी पनि शनिवार विज्ञप्ति निकाली प्रमुख दुई ओटा मधेशवादी दलहरुसंग एकिकरण प्रस्ताव गरेको छ । भण्डारी अन्तोगत्वा तमलोपासंग एकिकरणको पक्रियामा अघि वढने छ । राजकिशोर यादव, अनिल झा, सरीता गिरीहरुले पनि एकता गर्ने घोषणा गर्नु अघि महन्थ ठाकुरसंग भेटेर सामुहिक छलफल गरिसकेका छन । त्यसकारण उक्त समुहका अधिकांशहरु ठाकुरसंग विलयको घोषणा गर्ने छन । र, केही छुटने सम्भावना पनि बन्न सक्छ ।
र यही विचमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी खैलाबैला मच्न सक्छ । उक्त पार्टीवाट प्रत्यक्ष तर्फ जितेका एक मात्र सभासद संजय साह पार्टी कब्जा गर्ने रणनितीमा अघि वढने छ । यद्यपी साह सफल हुने छैनन । यदी साह सफल भए पनि उनी त्यसलाई संस्थागत स्वरुप दिन सक्दैनन । र फेरी उनी गच्छदारको शरणमा पुग्न सक्छ । साहको खैलाबैल्ला सम्म पुग्दा राजेन्द्र महतो पनि ठाकुरसंग एकिकरणको पक्रियामा अघि वढने छन । ठाकुरसंगको यदी महतो एकिकरण गर्न असफल भए उनी अब राजनितीक रुपमा उठन सक्दैन ।
यता सरकारमा जाने चाहना हुदाहुदै पनि महेन्द्र यादव गच्छदार जस्तो गरी हतपत गर्दैन्न । उनी अरु मधेशी पार्टीहरुको गतिविधी नियालेर मात्रै कुनै कदम चाल्ने छन । र उपेन्द्र यादवसंगको सहकार्य तिर उ मोडिन सक्छ । उपेन्द्र यादव तिर ठाकुरसंगको एकिकरणको पक्रियामा अटाउन नसक्ने केही अनुहारहरु पनि जोडिने छन तर उनीहरुका लागी सोचे जस्तो सजिलो चाही हुने छैनन ।
उता सरकार केही महिना चलेपछि गच्छदारको पार्टीमा असन्तुष्टिको ज्वारभाटाहरु देखिन थाल्छ । र संविधानसभाको बहस प्रक्रिया सुरु हुदा त्याहावाट दूई किस्तामा नेताहरु वाहिरिने छन । केही काग्रेस, एमालेको शक्ति सौदाबाजीले उता तिर मोडिने सक्छ भने धेरै जसो ठाकुरसंग र केही उपेन्द्र यादवसंग पनि टासिने प्रयासमा भौतारिने छन ।
संविधानसभामा संविधानहरुको बहस प्रारम्भ हुने वितिकै यस पटक गच्छदार वाहेकका पार्टीहरु आफुलाई सशक्क्त रुपमा उभ्याउने प्रयासमा जाने छन । सबै भन्द्या असहज वातावरण संघियताको मुद्धामा उत्पन्न हुने सम्भावना छ । काग्रेस, एमाले संघियताको सवालमा अलीकती तलमाथी गरेमा यी पार्टी संविधानसभावाट वाहिरिने सक्ने जती चेष्टा पनि गर्न पछि पर्ने छैन । यदी काग्रेस, एमाले संघीयताको सवालमा साकारात्मक रुपमा आए त्यसलाई आफनो पक्ष र आफनो जितको रुपमा प्रस्तुत गराउने तर्फ अग्रसर हुने छन । त्यही निर हाल तराई मधेश राष्टिय अभियान चलाईरहेका जेपी गुप्ताको भविष्य पनि जोडिएको छ । तर काग्रेस, एमालेले त्यसलाई साकारात्मक रुपमा त्यसलाई व्यवस्थापन गरे मधेशमा यी पार्टीहरुको जनाधार थप वलियो पनि हुन सक्ने सम्भावना रहनेछ ।
यसरी हालको अस्थामा हेर्दा अर्को दुई तीन बर्ष वा अर्को चुनाव सम्म पुग्दा महन्थ ठाकुर र उपेन्द्र यादव दुई ओटा खम्बाको रुपमा उभिन सक्छ ।  

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete