Monday, December 30, 2013

यस्ता छन मधेशी पार्टीका सभासदहरु

निर्वाचन आयोगमा आज समानुपातिक नामावली सुचि बुझाएका मधेशी पार्टीहरुको अनुहारहरु यस्ता छन ।

 

तमलोपा - तराई मधेश लोकतान्त्रिक पार्टीले समानुपातिकमा पाएको सात ओटा सिटमा डा. विजय कुमार सिंह, केदार नन्दन चौधरी, एकवाल अह्मद, रमेश प्रसाद कुर्मी, ईन्द्रा झा, मिना चौधरी,राजकुमारी गडरिया छन ।
तमलोपाको तर्फवाट सभासदमा सिफरिस डा. सिंह जनकपुरका प्रसिद्ध चिकित्सक छन । तमलोपाका सचिवालय सदस्य समेत रहेका सिंह जनकपुर क्षेत्रमा अत्यन्तै प्रसिद्ध चिकित्सकको साथै बुद्धजिविमा गनिन्छन । सिंह तमलोपाका धनुषाका संयोजक पनि हुन ।

केदार नन्दन चौधरी सर्लाही क्षेत्र नम्बर ६ का हुन । जाहावाट तमलोपा अध्यक्ष महन्थ ठाकुर चुनाव लडेका थिए । ठाकुरका निकट चौधरीकै घरमा ठाकुर चुनावताका बसेका थिए । रमाईलो कुरा त के छ भन्ने ठाकुरलाई प्रत्यक्षमा हराएका काग्रेस नेता अमरेश सिंहका रिश्तेदार भाई हुन केदार नन्दन चौधरी ।


एकवाल अह्मद कपिलवस्तुका हुन । चुनावको पुर्व सन्धयामा तमलोपा प्रवेश गरेका अह्मदलाई केही शक्ति केन्द्हरुको कृपामा यो चिठठा फेला परेको छ ।
रमेशप्रसाद कुर्मी पर्साका हुन । तमलोपाका केन्द्रिय सदस्य समेत रहेका कुर्मी तमलोपाका संस्थापक मध्येका एक हुन ।

महिला कोटावाट तमलोपाको सभासद हुन लागेकी ईन्द्रा झा वर्तमान सरकारका मन्त्री उमाकान्त झा का पत्नी हुन । तमलोपाका अध्यक्ष ठाकुरकै सिफरिसमा वर्तमान सरकारमा मन्त्री भएका पुर्व सचिव उमाकान्त कै पत्नी भएको हैसियतले पार्टीमा कुनै भुमिका नभएको भए पनि इन्द्रालाई तमलोपाले समानुपातिक नामावलीमा समावेश गरेका थिए । 
मिना चौधरी कन्चनपुर क्षेत्र नम्बर ४ का हुन पुर्व शिक्षिका समेत रहेकी चौधरी थारु समुदायकी हुन ।
राजकुमारी गडरीया रुपन्देही कि हुन । दलीत महिला कोटामा उनलाई तमलोपाको सर्वेन्द्रनाथ शुक्लाको सिफरिसमा सभासदको लागी नाम पठाइएको छ ।

सदभावना पार्टीवाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहित अध्यक्ष महतो कि पत्नी सहील कुमारी महतो, नरसिंह चौधरी, विमल केडिया, मधेरी रानी शाहको नाम आज सिफरिस भएको छ ।
कर्ण सदभावनाको एउटा सुपरिचत नाम हो । यसैगरी नरसिंह चोधरी समावेशी आयोगका अध्यक्ष भईसकेका मान्छे हुन । उनी पनि सदभावनामा लामो समय देखि सक्रिय छन । हाल उनी महतो नेतृत्वको पार्टी उपाध्यक्षको रुपमा सक्रिय छन ।
यसैगरी सदभावनावाट अर्को नाम हुन विमल केडिया । केडिया अघिल्लो संविधानसभामा तमलोपावाट समानुपातिक सभासद भएका थिए । तमलोपाको केन्द्रिय सदस्य समेत रहेका केडिया यस पटक तमलोपाको समानुपातिक लिस्टमा नपरेपछि सदभावना तिर होमिएका थिए । तमलोपाले यस पटक अघिल्लो चुनावमा समानुपातिक सभासदलाई फेरी नदोह्याउने भनेपछि उनले त्याहा मेरो नाम मात्रै राखिदिने र छनौट नगर्ने शर्त पनि तेर्साएका थिए । जवाफमा उनले प्रत्यक्षमा उम्मेदवार बन्नु पर्ने पाएका थिए । उनले औपचारिक रुपमा तमलोपाको केन्द् िसदस्यवाट राजिनामा पनि दिएका छैनन ।
फोरम लोकतान्त्रिकवाट १० जना सिफरिस भएका मध्ये ५ जनजा व्यापारिक पृष्भुमिका छन । डा बाबुराम पोखरेल, डा सुबोध पोखरेल, गिता राणा, दिनबन्धु अग्रवाल, पवन कुमार सारडा,  त्यसैगरी ३ जना थारु समुदायका छन, सुमित्रा थरुनी, योगेन्द्र चौधरी र कल्पना चौधरी । आशा चुर्तुवेदी र रमणी राम पनि फोरम लोकतान्त्रिकवाट सिफरिस भएकि छिन ।
यसैगरी संघीय सदभावावाट अध्यक्ष अनिल झाले आफनो पत्नी डिम्पल झा र फोरम गणतान्त्रिकवाट अध्यक्ष राजकिशोर यादवले पनि पत्नी सरीता यादवलाई सभासदको लागी सिफरिस गरेकि छिन । शरदसिंह भण्डारीले सिफरिस गरेको तीन जना निर्जला राउत, दिनेश साह र धर्मेन्द्र साह हुन । यस मध्ये राउत चाही भण्डारीको व्यापारिक साथी हुन ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete