Thursday, November 28, 2013

मधेशी पार्टीहरुको कन्त विजोग

दोस्रो संविधानसभा निर्वाचनको प्रत्यक्षमा लज्जाजनक हार व्योहोरेका मधेशी पार्टीहरुका लागी समानुपातिकले केही हद सम्म इज्जत बाचाई दिएको छ । फोरम लोकतान्त्रिकले समानुपातिकमा पाएको १० सीट सहित जम्मा १४, तमलोपाले ७ सहित ११, फोरम नेपालले ८ सहित १०,  सदभावना पाटीर्ले ५ सहित ६, राष्टिय मधेश समाजवादी पार्टी ३, तराईमधेश सदभावना पार्टी ३, फोरम गणतान्त्रिक १ र संघीय सदभावनाले १ सिट ल्याएर पार्टीको अस्तीत्व जोगाएको देखिन्छन । यी सबै मधेशी पार्टीको कुल सिट संख्या ४९ मात्रै रहेको छ । यो नतिजालाई केलाउदा सबै भन्दा वढी क्षती फोरम नेपालले व्योहोरेको देखिन्छ । हाल अस्तीत्वमा रहेको सबै फोरमले ल्याएको कुल सिट गत संविधानसभामा फोरमले प्रत्यक्षमा जितेको सिट भन्दा पनि कम देखिन्छन ।
तमलोपा र सदभावनाले पनि ठुलै क्षती व्योहोरेको छ ।

धनुषामा  सबै फोरमको जमानत जफ्त  

 

दोस्रो संबिधान सभाको सम्पन्न निर्वाचनमा मधेश आन्दोलनको नेतृत्व गरेको दाबी गर्ने मधेशी जनअधिकार फोरम नेपालको धनुषा जिल्लाको सात वटै निर्वाचन क्षेत्रमा जमानत जफ्त भएकोछ ।फोरम नेपालले सबै क्षेत्रमा नया उम्मेदवार उठाएका थिए ।
निर्वाचन क्षेत्र नम्बर ६ मा सर्बाधिक कम १ सय ६४ मत परेको छ भने सर्बाधिक वढी निर्वाचन क्षेत्र नम्बर १ मा १ हजार ३ सय २७ मत फोरम नेपालले ल्याएकोछ । फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिकको पनि कुनै क्षेत्रमा जमानत जोगिएको छैन । सर्बाधिक वढी फोरम लोकतान्त्रिकका उम्मेदवार क्षेत्र नम्बर १मा उमाशंकर अरगरियाले ३ हजार १ सय १७ मत ल्याएका थिए । गणतान्त्रिकको सबै भन्दा कम निर्वाचन क्ष्ँेत्र नम्बर ४ मा ४९ मत मात्र परेको थियो । नेपाली काग्रेस बाहेकका दलहरुले सबै क्षेत्रमा जमानत जोगाउन  असफल भएकाछन । निर्वाचन आयोगको नियम अनुसार खसेको सदर मतको १० प्रतिशत मत ल्याउने उम्मेदबारको मात्र जमानत जोगिन सक्छ ।
धनुषाको घोषित निर्वाचन परिणाम अनुसार सबै क्षेत्रमा नेपाली काग्रेसको मात्रै जमानत जोगिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा एक स्वतन्त्र र तीन दलले जमानत जोगाएकाछन । त्यस मध्ये नेकाले, स्वतन्त्र उम्मेदवार जोगकुमार यादव श्रवण, एकिकृत नेकपा माओवादी र एमालेले  मात्रै जमानत जोगाउन सफल भएकाछन । ४१ जना उम्मेदवार मैदानमा थिए ।
त्यसैगरि निर्वाचन क्षेत्र नम्बर २ मा  तीन दलको मात्र जमानत जोगिएकोछ । जमानत जोगिने दलहरुमा नेका, एकिृत माओवादी र एमाले छन । चुनावी मैदानमा ४१ जना उत्रेका थिए ।
निर्वाचन क्षेत्र नम्बर ४ मा सदभावना र नेकाको मात्र जमानत जोगिएकोछ । अन्य सबै दलको जमानत जफत् भएकोछ । प्रतिष्पर्धामा रहेको दाबी गर्ने  दलहरुपनि जमानत जोगाउन असफल भएकाछन । स्वतन्त्र समेत ६२ जना चुनावी मैदानमा थिए ।
निर्वाचन क्षेत्र नम्बर ६ मा काग्रेस, एमाले, राप्रपा नेपाल र एमाओवादीको जमानत मात्र जोगिएकोछ ।४२ जना उम्मेदवार थिए । त्यसैगरि निर्वाचन क्षेत्र नम्बर ७ मा एमाले, नेका, एकिकृत माओवादी र स्वतन्त्र उम्मेदवार समिर घिमिरेको मात्र जमानत जोगिएकोछ । उक्त क्षेत्रबाट उम्मेदवारी ४१ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन क्षेत्र नम्बर ५ मापनि नेपाली काग्रेस, नेकपा एमाले र तराई मधेश लोकतान्त्रिक पार्टीको बाहेक अन्य सबै दलको जमानत जफत भएको जनकपुर टुडेले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
 

जमानत जफतले धनुषामा मात्र ९ लाख भन्दा बढी राजस्व सरकारलाई आम्दानी

संविधानसभा निर्वाचनमा उठेका धनुषाका ३ सय ३५ उम्मेदवारहरु मध्ये प्रत्यतर्फका ३ सय १३ जना उम्मेदवारको जमानत जफत भएको छ । उम्मेदवार मध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा धनुषामा प्रत्यतर्फका ३ सय १३ जना उम्मेदवारको जमानत जफत भएको हो । उनीहरुले कुल सदर मतको १० प्रतिशत मत पाउन नसक्दा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसरी जमानत जफत भएपछि सरकारलाई ९ लाख ३९ हजार राजस्व आम्दानी भएको छ । उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेवापत जनही ३ हजार धरौटी राखेका थिए ।
नेपाली कांग्रेसले ५ वटा निर्वाचन क्षेत्रमा बिजयी हासिल गरेका छन भने पराजित २ वटा क्ष्ँेत्रमा प्रतिद्धन्दि भएर जमानत जोगाएका छन । नेकपा एमालेका ६, एकीकृत नेकपा माओवादीका ४, सदभावनाका १ , तमलोपाका १ र राप्रपा नेपालका १ र स्वतन्त्रका २ जना उम्मेदवार गरी २२ जना उम्मेदवार बाहेक ३ सय १३ जना उम्मेदवारको जमानत जफत भएको हो ।
जमानत जफत हुनेहरुमा मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल कम्युनिष्ट संयुक्त, जन युनिटी कोअपरेटिभ, संघीय सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सदभावना पार्टी, नेपाल लेवर पार्टी, मधेश समता पार्टी नेपाल, जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स, नेकपा माले समाजवादी, दलित जनजाति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनता दल नेपाल, जनता पार्टी नेपाल, नेपाली जनता दल, तराई मधेश सदभावना पार्टी नेपाल लगायतका दलहरु रहेको जनकपुर टुडेले जनाएका छन ।



1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete