Wednesday, November 27, 2013

किन हारे मधेशी नेताहरु ?

नवीन झा
पहिलो संविधानसभामा ठुलो राजनितीक शक्तिको रुपमा उदाएका मधेशी पार्टीहरु, खासगरी फोरम, तमलोपा र सदभावना पार्टी दोस्रो संविधानसभाको निर्वाचनमा लज्जाजनक पराजय व्योहोरेका छन । आखिर के भयो यस्तो गत चार बर्षमा ? जसले यो अवस्थामा ल्यायो । अघिल्लो हप्ता सम्पन्न निर्वाचनको क्रममा धनुषा, महोतरी, सर्लाही, सिरहा, सप्तरी, सुनसरी र मोरंग घुमिरहदा ती क्षेत्रका मधेशी तथा गैरमधेशी समुदायसंगको कुराकानी र मेरो आफनो बुझाईलाई याहा जस्ताको त्यस्तै राख्न चाहन्छु । सुरु गरौ सर्लाहीवाट जाहा धेरैको आखा गडेको थियो किनकी मधेशी पार्टीको ३ ओटा अध्यक्षहरुको भाग्य त्याहासंग जोडिएको थियो ।
 
हामी सर्लाही पुग्दा दिनको १ बजीरहेको थियो । हामी सिधै सदभावना पार्टीका अध्यक्ष राजेन्द्रको प्रत्यक्ष लगानीमा संचालित रेडियो मधेशको अगाडी पुग्यौ । हामी रेडियो मधेश छिर्ने उदेश्यले होईन कि खाना नखाएका कारण त्यस रेडियोको अगाडीमा रहेको होटल हाम्रो गणत्व्य थियो । होटलको सामुन्नेमै भएकाले आखा त्याहा पुग्नु कुनै अनौठौ भएन । रेडियो भएको भवन कुनै पार्टी कार्यलय जस्तो देखिन्थ्यो । हामीले कुरा पनि गर्यो । हैन यो तराई मधेशका एफएमहरुलाई यो के भएको ।
खाना खाईसकेपछि हामीलाई मंगलवावाट ग्रामीण क्षेत्र तिर लाग्नु पर्ने थियो । मुख्यगरी त्यो दिन हामी महन्थ ठाकुरको क्षेत्र धुम्ने योजनामा थियौ र त्यही अनुरुप हामी लाग्यौ पनि । मंलगवा सकिने वितिकै अत्यन्तै साघुरो कच्ची सडक मार्फत हामी अघि वढनु पर्ने भयो । ठाकुरको मान्छेलाई फोन गर्दा खैरवा गाविसमा आउन भन्यो जाहा ठाकुर घरदैलौ कार्यक्रममा व्यवस्त थिए । ठाकुर उक्त क्षेत्रवाट ०४६ यता ३ पटक जितेका अरे अनि अघिल्लो संविधानसभा चुनावमा हारेका । वाटोको अवस्था हेरेपछि म साथीहरुलाई जिस्काए । ठिक गरेका रैछन याहाका जनता, जसले अघिल्लो संविधानसभामा ठाकुरलाई हराए । जुन नेतालाई १५ बर्ष सम्म एकक्षत्र जिताउदा पनि विकासमा नाममा केही नगरे पछि किन चाहियो त्यस्ता नेता । यस्तै कुराकानी गर्दागर्दै सिसौट बजार पुग्यौ । जाहा निर त्यही दिन ठाकुर आएर फर्केका थिए । सिसौट ब्राह्म्ण बस्ती भएका ठाकुरको भोटब्याकको रुपमा उनका हर्ताकर्ताले परिभाषित गर्ने गरेका थिए । सिसौटको मुख्य चौकमै काग्रेसका अमरेश सिंहको ठुलो द्धारा देखियो, जुन आचारसंहिता विपरित थियो । त्याहाका केही स्थानिय बासिन्दाले प्रहरी प्रशासन कसैले हटाउन नसकेको उक्त द्धारको वारेमा खिल्ली उडाए ।
खिल्ली उठाउनेहरु तमलोपाका भक्तहरु थिए । उनीहरुले महन्थ ठाकुरको सानो सानो व्यानर देखाउन छुटाएनन हामीलाइ । कुरा सुन्दा ठाकुर राम्रो अवस्थामा थिएनन भन्नेमा ढुक्क भए । त्यसपछि हामी  खैरवा गयौ । जाहा ठाकुर घरदैलौमा थिए । केहीवेर कुरा सकेर मंगलवा फर्कियौ । मंगलवामा केही मानिसहरुसंग कुरा गर्दा ठाकुर किन राम्रो अवस्थामा थिएन भन्ने कुरा बुझनमा आयो । न राम्रोसंग बोल्ने, नकुनै विकासको काम गर्ने, काठमाडौ गए भन्ने भेटन जादा कुनै वास्ता नगर्ने अनि कती हामी ठुलो भन्ने नेतालाई बोकी राखौ, एक जना कर्मचारीको टिप्प्णी थियो । ठाकुरको वारेमा जाहा कुरा गर्दा पनि उनको इमान्दारिता र स्वच्छव छवीको चर्चा सराहना हुन्थ्यो तर त्यसक्षेत्रको जनताको लागी केही नगरेको गुनासा पनि आउथ्यो । र भन्थे, बरु अमरेश हारे पनि केही काम त यसपाली गरेर देखाएका छन ।
राजेन्द्र महतोको वारेमा हामी धेरै खोजतलास गर्ने तिर लागेनौ किनकी उनको पार्टीको जनाधार वारे म अनभिज्ञ थिएन । पार्टी प्रवेशमा चमत्कारी गरेका महतोका वारेमा काठमाडौका साथीभाई वा केही सम्पादकहरु प्नि भन्ने गर्थे कि यसपाली महतोले केही गर्छ, अनि मैले यो हावा हो भन्दा, उनीहरु मलाई वायस भयो भन्ने गर्थे । तीनीहरुले उपेन्द्र यादवको वारेमा पनि खुब कुरा गर्न रुचाउथे । यादवले केही गर्ला कि भनेर अनि मैले कतीचोटी फोरम नेपाल र उपेन्द्र यादव नाजुक अवस्थामा छ भन्दा फेरी त्यही कुरा आउथ्यो । म सुरु देखि नै एउटा कुरामा ढुक्क थिए कि मधेशी पार्टीहरुमा तमलोपा र  फोरम लोकतान्त्रिक मात्रै चुनावमा राम्रो गर्नेछन । यद्यपी हाम्रो आकंलन पनि शतप्रतिशत मिलेन । मेरो आफनो आकंलनमा फोरम लोकतान्त्रिक र तमलोपा ६ देखि ८ सिट सम्मको हराहारीमा जित्छन । तर ४ मै थन्किए ।
राजेन्द्र महतोको हारमा मुख्य गरी दुई कुराले काम गरेको देखियो । पहिलो कुरा ढेड बर्ष अगाडी सदभावना पार्टीकै विद्याथी नेता बच्चा साहको हत्या प्रकरणमा महतो मुछियो । महतो क्षेत्रकै विद्यार्थी नेता साहको हत्यामा महतोको प्रत्यक्ष संग्लनता रहेको आरोप जताततै  सुन्नेमा आयो । वास्तविकता के हो त्यो खोजीनितीको कुरा होला तर महतोको क्षेत्रमा यो कुरा एक बर्ष अगाडी देखि नै चर्चामा थियो र निर्वाचनको बेला झन मानिसहरु कुरा नगर्ने सवालनै आउदैनन ।
दोस्रो कुरा उनी विगतमा मन्त्री हुदा आफनै क्षेत्रका मानिसहरु संग विभिन्न कामको लागी ठुलो रकम धुस लिएको आरोप । संविधानसभा भन्दा अघिल्लो सरकार देखिनै गएको ५ बर्ष महतो प्रायजसो सबै सरकारमा मन्त्री थिए । महतोका निर्वाचन क्षेत्रका मानिसहरु महतो समान्य सरुवा वढुवामा पनि ठुलो रकम असुल गरेका थिए । महतोका निर्वाचन क्षेत्रमा उनका पुर्व पिए लगायत केही  मानिसहरुको नामनै किटेर उनीहरुलाई ल्याउन महतोलाई जिस्काउने गरेका थिए । निर्वाचन प्रसार प्रसारकै अवद्यीमा महतो आफनो पिए पनि परिवर्तन गरेका थिए ।
सर्लाही पछि धनुषाको कुरा गरौ, धनुषामा मधेशी पार्टीको उम्मेदवारमा संजय साह बाहेक अरु कोई पनि जित्ने रेसमा थिएन । जनकपुर बजार साह जित्छ भन्ने ठुलो मत देखिन्थ्यो । एक जना प्राध्यापकले संजय साह र काग्रेसका उम्मेदवार रामसरोज यादवको वारेमा रमाइलो कुरा गर्नु भयो । सुरुमा रामसरोज प्रति जनकपुरका बुद्धजिवीहरु साकारात्मक थिए रे । तर रामसरोज संग जीवनाथ चौधरीको गठजोठ भएपछि उनी पनि गुण्डाकै नायक रैछ भन्ने हल्ला फैलियो र त्यसले संजय साहलाई साकारात्मक फाईदा नै हुन पुग्यो ।
महोतरीमा शरदसिंह भण्डारीको भविष्य जोडिएको थियो । दुई ओटा निर्वाचन क्षेत्रवाट उम्मेदवारी दिएका भण्डारी एउटामा सुरु देखि नै कमजोर देखिएका थिए भने अर्कोमा रेसमा थिए तर उनको पनि केही चलेनन रे यस पाली ।

सिरहा पुगेको दिन निर्वाचन प्रचारप्रसारको अन्तिम दिन थियो । सिरहाबजारमा प्रचण्डको सवारीले होला पुरै सिरहा माओवादीमय देखिन्थ्यो । सिरहाको ५ नम्बर क्षेत्रवाट माओवादी अध्यक्ष प्रचण्ड पनि उम्मेदवार भएर त्याहा माओवादीको चुरीफुरी अली वढी नै थियो । सिरहा माओवादीमय देखेर हामी मधेशका बुद्धजिविहरुलाई सोध्यौ पनि कि माओवादीप्रतिको यो आकर्षण के हो ? धेरै जसोले मधेशी नेताहरुले नै मधेशको मुद्धाप्रति काग्रेसएमाले भन्द्या माओवादी वढी साकारात्मक भएको विगतमा गरेको टिप्प्णी र माओवादीसंग मधेशी नेताहरु मिलेर बनाएको सरकारको दुष्परिणमको रुपमा अथर््ायाए । सप्तरीमा पनि माओवादीको चुरीफरी वढी नै देखियो । सिरहा र सप्तरी धुम्दा त मधेश माओवादी कब्जामा जाला कि जस्तो पनि भान हुन्थ्यो । अधिकाश ठाउमा मानिसहरु मधेश नेताहरुलाई त्यसको दोषी ठान्थे ।
त्यसपछि सुनसरी र मोरड जाहा मधेशी पार्टीका दुई जना अध्यक्षका राजनिती अडकिएका थिए । उपेन्द्र यादव र विजय गच्छदार सुनसरी र मोरड दुबै जिल्लावाट उम्मेवादी दिएका कारण हाम्रो चासो पनि अली वढी नै थिए त्याहा । मोेरड र सुनसरीमा पुर्ण रुपमा मधेशी र पहाडी भोटेर भनेर विभाजित थियो ।  मोरड र सुनसरीमा उपेन्द्र यादव अब पनि जितेर गयो भने याहावाट पहाडीहरुलाई लखेटने छन भने काग्रेस, एमाले र माओवादीका पहाडी मुलका उम्मेदवारहरुले फैलाएका थिए । सुनसरी भन्दा पनि मोरड यो हावा अली वढी देखिएको थियो । र निर्वाचनको परिणाम धेरै हद सम्म त्यसले निर्यायक भुमिका पनि खेल्न पुगे ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete