Friday, November 8, 2013

मधेशी अधिकारवादीहरुको अपील - मधेशीवादीलाई मात्रै भोट दिन आग्रह


काठमाडौमा सक्रिय मधेशका अधिकारवादीहरुले शुक्रवार एक संयुक्त अपील जारी गर्दै मधेशी समुदायलाई मधेशवादी दलहरुलाई  भोट दिन आग्रह गरेका छन । उनीहरु संघीयता र पहिचान विरोधी शक्तिले मत पाएमा मधेश आन्दोलनको म्यान्डेट तुहिने खतरा भएकाले सबै मधेशी समुदायलाई मधेश प्रति ईमान्द्यार र मधेश आन्द्योलनको भावना बोकेकालाई मात्रै भोट दिन आग्रह गरेका छन । यसरी अपील जारी गर्नेहरुमा डा. रामकेवल साह - मधेशी प्रोफेशन एलायन्स,  अधिवक्ता सुरेन्द्र महतो- मधेशी कानून व्यावसायी समाज,  संजीव झा- मधेशी डाक्टर्स एशोशेसन, गणेश कुमार मन्डल - मधेशी नागरिक समाज,  पंकज दास - मधेशी पत्रकार संघ,  मोहन सिंह -मधेशी पत्रकार समाज, अधिवक्ता दिपेन्द्र झा र अधिवक्ता मनोहर शाह छन । उनीहरुले निकालेको विज्ञप्ती यस्तो छ ......
प्रेस नोट
मधेश र मधेशीको मुद्दा प्रति समर्पित दल तथा उम्मेदवारहरुलाई मंसीर ४ मा हुन गइरहेको
दोश्रो संविधान सभा निर्वाचनमा मत प्रदान गर्न सम्पूर्ण नेपाली जनतालाई आहवान गर्दछौं ।
संघीयता, समावेशी र मधेश आन्दोलनको भावना बोकेको राजनीतिक दल तथा नेतृत्वको
बहुमतले मात्र पहिचान सहितको संघियता सुनिश्चित हुन्छ । यस कारण संविधान सभा
निर्वाचनमा मधेशका मुद्दाहरु प्रति इमान्दार उम्मेदवारहरुलाई विजयी गराइ संविधान सभामा
बलियो उपस्थिती गराउन आग्रह गर्दछौं ।
संघीयता र पहिचान बिरोधी राजनितिक शक्तिले मत पाएमा मधेश आन्दोलनले दिएको
म्यानडेट तुहिने खतरा प्रति सचेत रहन खवरदारी गर्न चाहन्छौं । बर्षै देखि बहिष्करणमा
परेका मधेशी, आदिवासी जनजाती, दलित, मुस्लीम, महिला लगायतका समुदायको पहिचान
र स्वातयत्ताको संरक्षण गर्न एकतावद्ध भई मताधिकारको सदुपयोग गरांै । मधेशमैत्री
संविधान निर्माणमा सहयोग गरौ  ।
अनुरोधक
डा. रामकेवल साह - मधेशी प्रोफेशन एलायन्स, 
अधिवक्ता सुरेन्द्र महतो -मधेशी कानून व्यावसायी समाज,  
संजीव झा -मधेशी डाक्टर्स एशोशेसन
गणेश कुमार मन्डल - मधेशी नागरिक समाज,  
पंकज दास - मधेशी पत्रकार संघ, 
 मोहन सिंह - मधेशी पत्रकार समाज, 
अधिवक्ता दिपेन्द्र झा र अधिवक्ता मनोहर शाह
 मिति २०७० कात्तिक २२ शुक्रवार

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete