Thursday, November 7, 2013

पेड न्युज सिन्ड्रोम

कान्तिपुर दैनिकको आफनो नियमित स्तम्भ डेटलाइन तराइको आजको अंकमा चन्द्रकिशोर लेख्छन,- यसपटक स्थानीय पत्रिका र एफएमहरूमाथि पेड न्युजुको आक्षेप कतिपय ठाउँमा लागिरहेको अवस्था छ ।

                                                             
                                                           चन्द्रकिशोर

यसपटक स्थानीय पत्रिका र एफएमहरूमाथि पेड न्युजुको आक्षेप कतिपय ठाउँमा लागिरहेको अवस्था छ । पछिल्ला वर्षहरूमा तराईका जिल्लामा स्थानीय सञ्चारमाध्यमहरू प्रभावकारी रूपमा देखिएका छन् र जनतामाझ सूचनाको प्रसार गर्नमा निणरयक भूमिका खेलेका छन् । यतिखेर तराईमा चुनावी राजनीति महँंगो हुँदै गएको सन्दर्भसंगै समाचारको मोल  तिर्नुपरेको गुनासाहरू उठेका छन् । केही मिडिया प्रतिष्ठान र पत्रकारहरूले आर्थिक लेनदेनको आधारमा एफएम वा पत्रिकामार्फत सम्बन्धित उम्मेदवारको समाचारलाई प्राथमिकतामा राख्ने, केवल उनकै यशोगान गरेर फोटो फिचर दिने, राजधानी केन्द्रित पत्रिकामार्फत प्रतिस्पर्धीको चरित्रहत्या गर्न लगाउने, प्रतिस्पर्धीलाई स्थान नदिने जस्ता क्रियाकलाप भएको गुनासो छ । भारतीय निर्वाचनको सन्दर्भमा पछिल्ला केही वर्षदेखि ुपेड न्युजुको सवाल सार्वजनिक बहसमा आए पनि हाम्रो परिप्रेक्ष्यमा यसै पटकदेखि देखापरेको छ । केही स्थानीय सम्पादकहरूको के बुझाइ छ भने उनको पत्रकारिता सार्वजनिक जाँचभन्दा टाढा छ, सँगै यो पनि सोचाइ छ कि पाठकले प्रेसको इमानदारीमाथि सवाल उठाउने आफ्नो अधिकार बिर्सिसकेको छ । स्थानीय मिडियामा बढ्दो ुपेड न्युजु प्रवृत्तिले मिडियाको आलोचना गर्ने क्षमतामा ह्रास ल्याउँछ र यसले आमसञ्चारको नाममा पर्चाकारिताले प्रश्रय पाउंँछ ।
दल र उम्मेदवारका कुरालाई समान रूपमा प्रवाह गर्ने हकमा बन्देज ल्याउँछ र प्रतिस्पर्धी उम्मेदवारसंँग अन्याय गर्छ । पत्रकारले आफूलाई लुकाएर वा भनौं अनुहार छोपेर बिक्री गर्नु हो, पेड न्युजमार्फत समाचार प्रकाशितरप्रसार गर्नु । मिडियाले आफ्नो हुनुको अर्थ र चरित्र गुमाउँछ, यस्तो चलनबाट । राजनीतिमा मूल्यनिष्ठाको प्रश्न खोजी गर्न थालिएका बेलारथाल्नुपर्ने ठाउँमा मिडिया स्वयम् कठघरामा उभिनु एउटा दण्डनीय अपराध हो । जुन आक्षेप र गुनासाहरू सडकमा छरपस्टिएका छन्, त्यसबारे वस्तुनिष्ठ खोजिनिती हुनुपर्छ र यस्ता प्रवृत्तिलाई तत्काल हत्तोत्साही गरिनुपर्छ ।
स्मरण रहोस्, २८ चैत २०६४ मा संविधानसभा-१ को निर्वाचन हुँदा स्थानीय मिडियाको प्रस्तुति र भूमिका तुलनात्मक रूपमा ठिकै थियो ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete