Tuesday, November 12, 2013

गैरजिम्मेवार जिम्मेवारी

सोमबार र मंगलवारमा मात्रै तराइमधेशका जिल्लाहरुमा आधा दर्जन ठाउमा बम राखिएको हल्ला फैलिएको थियो । र यी सबै ठाउमा प्रहरी र सेनाको टोलीले ती बमहरुलाई निस्क्रिय पारियो । केही ठाउमा नक्कली बम पनि रैछ । हल्ला मात्रै फैलाइएको थियो । तर रोचक तथ्य के छ भने ती ठाउहरुमा राखिएको बमवारे फेसबुकमा जिम्मेवारी लिने गरिन्छन ।
सिरहाको लहानमा राखिएको नष्ट गर्दै- फोटो साक्षीखबर

ऋर्को तर्फ आजै साझ फेसबुक मार्फत मधेश मुक्ति टाइर्गस, तराई र तराई जनतान्त्रिक पार्टीले संयुक्त विज्ञप्ति जारी संविधानसभा मधेशको विपक्षमा भएकाले त्यसको औचित्य नभएको र त्यसको सक्रिय बहिष्कार गर्ने घोषण गरेको छ । प्रशन उठछन के बमहरुको जिम्मेवारी लिएका यी संगठनहरु र प्रेस विज्ञप्ति मार्फत सक्रिय बहिष्कारको घोषणा गरेका यी दुई सशस्त्र संगठन सक्षम छन । या हिजो र आज तराइ मधेशका जिल्लाहरुमा राखिएको के साच्चिकै यीनहरुकै कर्तुत हुन । या फगत होडबाजीको जिम्मेवारी ? तराइमधेशमा घटनाहरुको जिम्मेवारी लिने चलन नाया होइन तर हेक्का के राख्नु पर्छ भन्ने त्यसले ठुलो मुल्य नै अहिले सम्म चुकाउनु परेको देखिन्छ ।
तराईमधेशका सशस्त्र समुहहरुसंग दुई ओटा मात्रै विकल्प अहिले सम्म देखिएको छ, एउटा सरकारसंग सहजकर्ताको सहजताले वार्ता प्रक्रियामा आउने वा अन्तोगत्वा प्रहरीको फन्दामा पर्नु । यी दुवै मध्ये जुन वाटोमा जादा पनि यस्ता जिम्मेवारीले यनीहरुलाई अप्ठायारामै धकेल्छन । वार्तामा आएकाहरुले मुद्धाका कारण विभिन्न अवसरवाट वन्चित भईरहेका हुन्छन भने प्रहरी फन्दामा परेकाहरुले मुद्धा माथी मुद्धाका कारण लामो कैद भोग्न वाध्य भईरहेका हुन्छन ।
धनुषाको महेन्द्नगरमा राखिएको बम- फोटो अजय साह/धनुषा
त्यसैले यदी भविष्यमा मधेशको अधिकारकै पक्षमा लडिराख्न यीनीहरु चाहन्छन भने यस्ता क्रियाकलाप बन्द नगरे स्वयम यस्ता पात्रहरु समस्यामा पर्नेछन । जुन मधेशका लागी कुनै न कुनै रुपमा अहितकर हुन्छन ।  अहिले आफनो अस्तीत्व देखाउनेका लागी जे जस्ता होडवाजी भइरहेको छ, त्यसले यनीहरुलाई थप राजनितक रुपमा कमजोर बनाउने छन । किनकी मधेश यर्थातीय धरातल बुझेर नै कुनै कदम चाल्नु उचित हुन्छ । खाली आवश्यकता छ दृड र इमान्दारिताको ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete