Friday, November 1, 2013

महन्थ ठाकुरको हत्या योजना यसरी भयो असफल

मधेश खबर एक्सक्लूसिव
बारा जिल्ला क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेदवार महमुद आलमको हत्याको एक महिना नपुग्दै मधेशका एकजना बरिष्ठ नेतालाई हत्या गर्ने योजनाको यहाँ खुलासा भएको छ । मधेशमा इमान्दार तथा वरिष्ठ मान्दै आएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको भारतीय आपराधीबाट हत्या गर्ने योजना हाललाई विफल भएको छ । मधेश खबरलाई राती २ बजे प्राप्त सुचना अनुसार नेता आलमलाई जस्तै ठाकुरलाई पनि चुनाव प्रचारकै क्रममा हत्या गर्ने योजनाका साथ भारतीय अपराधि नेपाल छिर्नेक्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले समातेर हत्या योजनालाई असफल बनाएको छ ।  
मधेश खबरलाई प्राप्त समाचार अनुसार बुधवार राती भारतीय सीमा एसएसबीले शंकास्पद मोटरसाइकल चेकिंग गर्न खोज्दा त्यसमा सवार दुई युवकले गोली फायर गर्दै भाग्न सफल भएका छन् । दोहोर फायरीगंको क्रममा ती अपराधी भाग्न सफल भएपनि विहिवार विहानीदेखि त्यसको खोज नीति हुँदा नेपालमा तमलोपाका अध्यक्ष ठाकुरलाई हत्या गर्ने योजनामा नेपाल छिर्न लागेको अनुसन्धानबाट खुलेको छ । एसएसबीका डिप्टी कमान्डेंट नीरज चंदले जानकारी दिए अनुसार मटरसाइकलबाट २ राइफल, ९ पिस्तौल और ४४ गोलियां बरामद भएको छ । एसएसबीका इंटेलिजेन्सले गरेका अनुसन्धानबाट नेपालका पूर्व मन्त्री एवं सविधानसभा सदस्यका प्रत्यक्ष उम्मेदवार ठाकुरको हत्याका लागि सुपारी दिएको खुलासा भएको छ । 

 प्राप्त स्रोत अनुसार भारतीय एसएसबीले तथा खासगरी जनकपुर, सर्लाही, महोत्तरीसँग जोडिएका भारतीय सीमा चौकीमाथि निगरानी बढाएको छ ।  भारतीय सुरक्षा स्रोत अनुसार तमलोपाका अध्यक्ष ठाकुरको हत्या गराउनका लागि बिहार मुजफ्फरपुरका कुख्यात अपराधी सुरेश सहनीलाई सुपारी दिएको थियो । सहनीले सीतामढ़ीका एकजना सुटरलाई यो कामको जिम्मा दिएको थियो । यसै योजना मुताविक दुई जना सुटर बुधवार राती नेपाल छिर्ने बेलामा भारतीय नाकाबाट फरार भएका छन् । विहार जेलमा रहेका सुरेश सहनीका सहयोगीको रुपमा बाहिर बसेर राजेश सहनी और मुन्ना सहनीले काम गरीरहेका छन् । मधेशका कतिपय जिल्लामा विभिन्न हत्या तथा अपहरणको घटनामा सहभागि रहँदै आएका थिए । भारतमा बसेर मधेशका कतिपय जिल्लामा अपराधी गतिविधि गर्दै आएका सहनीसँग सम्पर्क गरेर यो हत्यालाई सफल पार्न खोजेका थिए तर भारतीय एसएसबीले यसलाई असफल पारेका छन् । 
यहाँ सविधानसभाको चुनामा राजनीतिक दुश्मनी साँध्नका लागि राजनीतिक प्रतिद्वन्दीहरुले यसप्रकारको घटना गराउने पछिल्लो घटना महमुद आलमको घटना हो । तर, यस प्रकारका घटनाहरु नेपाली समाजका लागि निन्दनीय रहेको छ । महमूद आलमको ह्त्या राजनीतिक प्रतिसोधका कारण भएको हो । रामचन्द्र प्यासीले चुनाव लड्न टिकट नपाएको कारण महमुद आलमलाई हत्या गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ । त्यो घटना ताजै रहेको बेला मधेशका एकजना वरिष्ठ नेतालाई हत्या गर्ने योजना बन्नुले चुनाव कतिको चुनौतिपूर्ण बन्दै गएको भनि पुष्ट हुन्छ । अध्यक्ष ठाकुरको हत्या पनि राजनीतिक साजिश त होइन भनि शंकाहरु पनि उब्जिएका छन् । यसको बारेमा भारतीय सुरक्षा प्रशासनले अनुसन्धान जारी राखेका छन् । अनुसन्धानबाट कसको नाम अगाडि आउँछ त्यो खुल्न बाँकी नै छन् । अध्यक्ष ठाकुर सर्लाही ५ नम्बर क्षेत्रका उम्मेदवार हुनुहुन्छ । उहाँको जवर्जस्त प्रतिस्पर्धि काँग्रेसका अमरेशकुमार सिह तथा तराई मधेश सद्भावना पार्टीका शिवपुजन राइ रहनु भएको छ । यसअघिको चुनावमा पनि अमरेशन नरायण सिहको घरमा बम विस्फोट भएको समाचारहरु आएका थिए भने शिवपुजन रातो पासपोर्ट काण्डका आरोपी हुन् ।
source-मधेश खबर

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete