Wednesday, November 6, 2013

भारतद्धारा मंगलयान प्रक्षेपण


भारतले महत्वकांक्षी मंगलयानलाई मंगलवार दिउसो २ः३८ बजे सफलतापूर्वक प्रक्षेपण गरेको छ। आन्द्र प्रदेशको श्रीहरिकोटाको सतीस अन्तरीक्ष केन्द्रबाट भारतले यो यान मंगलग्रहमा पठाएको हो।
पीएट्ठएलबी(सी २५ रकेटबाट भारतले मंगलयान पठाएको हो। भारतीय अन्तरीक्ष अनुसन्धान संगठन ९आइएसआरओ०ले यो अभियानले मंगलमा मानव अस्तित्वको खोजीमा सफलता पाउने विश्वास लिएको छ। १० करोड डलर खर्च भएको भारतको महत्वकांक्षी मंगल अभियानले त्यहाँ जीव रहे नरहेको खोज गर्नेछ। साथै मंगलमा कस्तो वायुमन्डल विद्यमान छ भन्ने अनुसन्धान गर्नेछ।                                           एकातिर विश्वकै गरिबको झुपडपट्टि र अर्कोतर्फ उदाउँदो अर्थतन्त्रबीच भारतले पठाएको सानो मानवरहित उपग्रह बारे ठूलो बहस भइरहको छ। कोही यसलाइ अन्तरीक्ष अभियानमा भारतको ठूलो फड्को भनिरहेका छन्। केहीले भने यो अभियानलाई भारत सुपर पावर बन्दैछ भन्ने भ्रम प्रचार गर्न रचिएको कथाको रुपमा टिप्पणी गरेका छन्। वास्तवमै प्रश्न निकै महत्वपूर्ण छ( यो अभियानले भारत र विश्वका लागि के अर्थ राख्छ ?
धेरै कुरामा भारतसँग प्रतिस्पर्धा गर्दै आएको चीनले अन्तरीक्ष क्षेत्रमा भारतलाई निकै पछाडि पारेको छ। चीनसँग भएको रकेटले भारतसँग भएको रकेटले भन्दा ४ गुना बढी तौल उठाउन सक्छ। यो बाहेक अन्तरीक्ष खोज र विकासका हरेक क्षेत्रमा चीनले आफूलाई बलियो रुपमा पेश गर्दै आएको छ।  सन् २००३ मै चीनले मानवयुक्त यान अन्तरीक्षमा सफलतापूर्वक पठाइसकेको छ, भारतले अहिलेसम्म यो क्षेत्रमा कुनै सफलता पाएको छैन। चीनले सन् २००७ मा आफ्नो पहिलो चन्द्र अभियान सुरु गरेको थियो। यो मामिलामा पनि चीन भारतभन्दा अगाडि रह्यो। यही सन्दर्भमा भारतले आफ्नो मिसन मंगलग्रहमा पठाउन लागेको हो।             सन् १९६० देखि अहिलेसम्म ४५ वटा मंगल अभियान चलाइए। ती मध्ये एक तिहाइ असफल भए। भारतको दाबी छ पछिल्लो आधा शताब्दी यताका सबै मंगल अभियानभन्दा उसको अभियान कम खर्चिलो छ। तर केहीले भारतीय मंगल अभियानको वैज्ञानिक उद्देश्यप्रति प्रश्न उठाइरहेका छन्।                                       यदि सबै कुरा सफल भएमा छिटै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९आइएसआरओ  मंगल मिसन चलाउने सूचिमा चौथो हुनेछ। अहिलेसम्म अमेरिका, युरोपियन युनियन र रसियाले मात्रे मंगल मिसन चलाउँदै आएका छन्।


विभिन्न एजेन्सीको सहयोगमा

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete