Sunday, September 29, 2013

काठमाडौंमा मधेसी-भोगाइ

रीता साह 
एकदिन बेलुकीपख सानेपाचोकमा तरकारी किन्न गएको थिएँ । सडक छेउमा बसेर साग बेच्ने एकजना दिदीसँग साग किने । एक मुठा सागको मूल्य २० रुपैयाँ थियो । मैले ५० रुपैयाँ दिएर बाँकी पैसा फिर्ता मागेँ । दिदीले अलिक झर्केर सोध्नुभयो, ुकति फिर्ता आउँछ रुु मैले भनेँ, ु२० रुपैयाँ काटेर जति फिर्ता हुन्छ त्यति दिनु ।ु सागवाली दिदीले मलाई पुलुक्क हेर्दै भन्नुभयो, ुतपाईंको जातलाई जति दिए पनि पैसा पुग्दैन ।ु अस्वाभाविक लाग्यो तर केही नबोली घर फर्कें ।
विहान ९ बजेतिर सधैं झै छोरालाई स्कुल पुर्‍याएर र्फकने बेला बाटामा एउटा साइकलमा व्यापार गर्नेसँग स्याउ किन्नलाई रोकिएँ । उनीसँग करिब ५०र५५ वर्ष उमेरका एक पुरुष पनि स्याउ किन्दै थिए । हेर्दा पढेलेखेका देखिन्थे ती पुरुष । मैले स्याउवालासँग सोधेँ, ुकिलोको कति रुु मसँग सरोकारै नभएका ती पुरुषले बीचैमा बोले, ुकिन नेपालीमा बोलेको रु स्याउ भैया पनि त इन्डियनै हो नि १ु मैले भनेँ, ुम इन्डियन होइन । मेरो घर सप्तरी हो ।ु ती पुरुषले जवाफ दिए, ुमाइती इन्डियामा होला नि त १ु  एकिदिन मन्दिर जाँदै थिएँ । बाटामा फूल र प्रसाद किन्न एउटा पसलमा गएँ । फूल र प्रसाद किनेँ । पसलेले मलाई पैसा फिर्ता दिनुपर्ने भयो । उनले मलाई भारु फिर्ता गरे । मैले भनेँ, ुमलाई यो भारु पैसा नदिनु, काठमाडौंमा भारु चल्न गाह्रो हुन्छ ।ु पसलेले झोक्किँदै भने, ुकस्तो मान्छे रहेछ, इन्डियाको भएर पनि इन्डियन पैसा नलिने रे १ु मैले प्रस्टसँग नेपाली बोलिरहेको स्मरण गराउँदै मलाई कसरी इन्डियन ठान्नुभयो भनेर आपत्ति जनाएँ ।

माथिका प्रसंगहरू साउन(भदौयता म आफंैले भोगेका घटना हुन् । १४ वर्षको काठमाडौं बसाइमा यस्ता घटना मैले धेरैपटक भोगिसकेकी छु । जति नै शिक्षित वा सम्पन्न मधेसी किन नहोऊन्, उनीहरूले काठमाडांैमा यस्ता व्यवहारको सामना गर्नुपरेकै हुन्छ । फरक यत्ति मात्र हो, कति मधेसी यस्ता व्यवहारको प्रतिकार गर्छन्, वादविवाद गर्छन्, कतिपयले चाहिँ नसुनेको जस्तो गरेर वा चुपचाप सहेर जान्छन् । आम मानिसलाई यस्ता व्यवहार सामान्यजस्तो लागे पनि मधेसीहरूका लागि भने पहिचान र मानसम्मानसँग गाँसिएका विषयवस्तु हुन् यी । आफ्नै मुलुकको राजधानीभित्र मधेसीहरूले कसरी परायाको व्यवहार बेहोर्नुपरेको छ भन्ने कुरा यस्ता घटनाले देखाउँछन् । 

राजधानीजस्तो ठाउँ, जहाँ देशका विभिन्न भागबाट आई बसोबास गरेका शिक्षितवर्गको बाहुल्य छ, समाज पनि मिश्रति प्रकारको छ, त्यहाँ मधेसीहरूले यस्तो व्यवहारको सामना प्रत्येक दिन गरिरहनुपरेको छ । आखिर किन मधेसीहरूले यस्तो दुव्र्यवहार खप्नुपरेको छ रु मधेसीप्रति यस्ता व्यवहार गर्ने मानसिकताका पछाडि कुन मनोविज्ञानले काम गरेको होला रु मेरो मनमा बारम्बार यस्ता प्रश्न उठ्ने गर्छन् ।
मधेसीहरू कालो वर्णको हुनु, नेपालीमा बोल्दा भाषागत स्पष्टता नहुनु, लवज फरक हुनु, लुगा लगाउने शैली फरक हुनुजस्ता कारणले हामी पहाडी समुदायका मानिसबाट सहजै फरक देखिन्छौँ । तर, यदि यही कारणले मधेसीमाथि दुव्र्यवहार हुने भए राजधानीमा अरू पनि थुप्रै पहाडी जनजातिहरूको अनुहार पनि चिनियाँ, जापानी वा भुटानीहरूसँग मिल्छ । अझ पहाडकै कतिपय जनजातिहरूले पनि नेपाली भाषा राम्रोसँग बुझ्दैनन् तर उनीहरूसँगको व्यवहार हामी मधेसीहरूप्रति गरिएको जस्तो भएको देखिँदैन ।
मेरो छोरो एउटा नाम चलेको निजी स्कुलमा पढ्छ । गत वर्ष अर्कै स्कुलमा थियो । त्यो स्कुल झनै ठूलो थियो । पौडी कक्षामा जाने दिन टावेल, चप्पल घरबाटै लानुपथ्र्यो । झोला ठूलो र भारी होला भनेर पातलो प्रकारको टावेल दिएर पठाउँथ्यौँ । त्यस्तो टावेललाई तराईतिर गम्छा भन्ने गरिन्छ । त्यो गम्छा हेरेर उसका साथीहरूले मेरा छोरालाई ुकालेु, ुहिन्दीु र ुमस्र्याु भनेर जिस्क्याउने गर्दारहेछन् । यस्तो व्यवहार भोगेको मेरो छोरो घरमा आएर सोध्छ, ुमामु, मलाई किन यस्तो भनेका होलान् रु के हामी नेपाली होइनौँ रुु
यस्ता प्रश्नले म पनि अवाक् हुन्थेँ । म उसलाई ुसाथीभाइमा यस्तै हुन्छु भनेर आलटाल गरिदिन्थेँ । छोरालाई साथीहरूले गरेको यस्तो व्यवहारबारे हामीले उसको स्कुलमा गएर एक दुईपटक रिपोर्ट पनि गर्‍यौँ । शिक्षकहरू पनि दुःख व्यक्त गर्नुहुन्थ्यो । बच्चाहरूलाई सम्झाउने न हो, शिक्षकहरूले त्यस्तो व्यवहार गर्ने विद्यार्थीहरूलाई सम्झाउने प्रयास पनि गर्नुभएकै हो, तर पनि छोरामाथि उसका साथीहरूले गर्ने व्यवहार रोकिएन । शिक्षकहरूको प्रयास पनि खेर गयो । छोराको मनोविज्ञानमा चोट पुग्ला भनेर यस वर्ष हामीले अलि कम विद्यार्थी भएको स्कुलमा भर्ना गराइदियौँ । तर, नयाँ स्कुलमा पनि उस्तै दुव्र्यवहार, आफ्नै साथीहरूद्वारा ।
हालैको कुरा हो, एउटा बच्चाले बिदा हुने बेला भनेछ, ुम तिम्रो देश घुम्न जाँदै छु ।ु छोराले भनेछ, ुमेरो देश त यही हो । तिमी कहाँ जाँदै छौ रुु छोराको साथीको जवाफ, ुदिल्ली।।ु,
बच्चाले जिस्केर भन्नु वा नजानेर भन्नु धेरै चिन्ताको विषय होइन । तर, मेरो मनमा प्रश्न उठिरहन्छ कि घरपरिवारमा जे कुरा सिकाइन्छ, मानिसहरूप्रति गर्ने व्यवहार जस्तो हुन्छ, बच्चाले आफ्नो वरपरको समाजमा जस्तो वातावरण देखेको हुन्छ, त्यो परिवार र समाजमा हुर्केको बच्चाले अरूसँग पनि त्यस्तै व्यवहार गर्छ । मलाई लाग्छ, काठमाडौंको समाजले अहिले पनि मधेसीलाई भारतीय, विदेशी भन्ने सोच्छ, यस्तै सोचाइअनुसारको व्यवहार गर्छ । मधेसी पनि नेपाली हुन् भन्ने कुरालाई काठमाडांैको समाजले आत्मसात् गर्न सकेको छैन । मेरो विचारमा मेरो छोरामाथि उसको स्कुलमा भएको उपर्युक्त दुव्र्यवहारको मुख्य दोषी उसका साथीहरू होइनन्, हामी मधेसीलाई भारतीय ठान्ने काठमाडौंको मानसिकता हो । काठमाडांैको मानसिकता परिवर्तन नभई मेरा छोराका स्कुले साथीहरूको मानसिकता र व्यवहार पनि परिवर्तन हुन सक्दैन ।
काठमाडांैमा मधेसीहरूसँग हुने यस्ता व्यवहारको जिम्मेवार केही हदसम्म ठूलठूला नेताहरू पनि हुन् । राजनीतिक दलहरूबीच मतान्तर हुन्छ, वादविवाद हुन्छ । विचारमा मतभिन्नता आउँदा उनीहरू सार्वजनिक ठाउँमै मधेसीहरूलाई ुइन्डियाबाट आएका, भारतका दलालु आदि भनेर लाञ्छना लगाइदिन्छन् । नेताहरूले व्यक्त गर्ने यस्तो भाषणको सन्देश लाखौँ जनतासम्म पुगेको हुन्छ । यसको असर त्यो समाजमा पर्छ नै । नेताले नै यस्तो विचार प्रवाह गरिदिएपछि त्यही समाजमा रहेका मानिसहरूले मधेसीहरूलाई भारतीय ठानेर फरक व्यवहार गरिदिन्छन् ।
काठमाडौंमा साइकलमा सामग्री राखेर बेचबिखन गर्ने वा कवाडी सामग्री किन्ने गरिब व्यापारीहरूप्रति हेपाइपूर्ण व्यवहार गरिन्छ । आफूलाई हेपेर व्यवहार गरिँदा पनि उनीहरू केही बोल्न सक्दैनन् । त्यस्ता दुव्र्यवहारविरुद्ध उजुरी गर्ने र कारबाही गर्ने निकाय पनि छैनन् । कथम् कदाचित स्थानीय प्रहरीसमक्ष उजुरी गरिए पनि प्रहरी, प्रशासनले पीडितलाई नै झपारेर वा मजाकको पात्र बनाएर पठाइदिन्छन् ।
यस्तो दुव्र्यवहार गर्नेहरूले क्षणभरका लागि विजेता महसुस गर्न सक्छन् । तर, यसको नकारात्मक प्रभाव भने समाज र राष्ट्रलाई नै पर्छ । काठमाडांैमा हुने यस्ता व्यवहारको प्रतिकार गर्न नसके पनि मधेसीहरूको मनमा बदलाको भाव जागेको हुन्छ । उनीहरूले मधेसमा बस्ने पहाडीप्रति आफूमाथि काठमाडौंमा भएको व्यवहारको रोष पोख्न सक्छन् । हाम्रासामु कैयौं उदाहरण छन् । ऋत्विक रोशन काण्डलाई हेरौँ, काठमाडांैमा मधेसीमाथि दुव्र्यव्यहार हुँदा मधेसमा बस्ने पहाडी समुदायका मानिसमाथि रोष पोख्ने काम भयो । मधेस विद्रोहका बेला आक्रोशको तारो मधेसमा रहेका पहाडी समुदाय पनि भएका थिए ।
कुनै व्यक्ति वा समुदायप्रति आरोप लगाउने मनसायले मैले उपर्युक्त घटना प्रस्तुत गरेको होइन । मेरो आसय के मात्रै हो भने संविधान, ऐन, नियम, कानुनमा कसैमाथि भेदभाव गरिनेछैन भन्ने कुरा उल्लेख गरेर मात्रै हुँदैन । नियम(कानुनको पालना भएको नियत र व्यवहारमै देखिनुपर्छ ।
अहिले मुलुकको राजनीति चुनावमय बनेको छ । सबैजसो ठूला पार्टीका प्रमुख नेताहरूले आफूलाई मधेसीका रूपमा चिनाउन थालेका छन् । यदि उनीहरूले साँच्चिकै आफूलाई मधेसीका रूपमा चिनाउन चाहेका हुन् भने उनीहरूका सामु काठमाडांैमा आम मधेसीमाथि हुने दुव्र्यवहारको समस्यालाई समाधान गर्ने चुनौती छ ।
समाजमा सौहार्दपूर्ण वातावरणको निर्माण गर्नु नेताको मात्र कर्तव्य होइन, समाजका हरेक नागरिकको कर्तव्य हो । नागरिकहरूले पनि आफ्नो मानसिकता र व्यवहारमा परिवर्तन ल्याउन सके भने त्यसको सकारात्मक प्रभाव बच्चामा पनि परिहाल्छ । त्यसैले, हरेक परिवारले आफ्ना बच्चाहरूलाई सबैप्रति आदर र सम्मान गर्ने संस्कार सिकाउनु जरुरी छ । मान्छेले मान्छेमाथि दुव्र्यवहार गरेको देखियो भने हरेक नागरिकले जात र छालाको वर्ण बिर्सेर, पीडक पक्षलाई दुरुत्साहित गर्ने कोसिस गर्नुपर्छ अनि मात्र समाजमा वास्तविक सद्भाव कायम हुनेछ ।
साभार - कान्तिपुर दैनिक


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं यस इमेल मा चासो सम्पर्क LUS हो भने हामी, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete