Monday, September 23, 2013

श्यामलाल मिश्रको अन्र्तवार्ता

'नेतृत्व बेइमान भयो'
नेपाली काङ्ग्रेसबाट २००७ को सशस्त्र क्रान्तिमा होमिएका श्यामलाल मिश्र तराई काङ्ग्रेस र नेपाल सद्भावना परिषद् स्थापना गरेर मधेशको समस्या उठाउने अग्रणी नेताका रूपमा चिनिन्छन्। मधेश आन्दोलनलाई जागरणको चरमोत्कर्ष मान्ने सुनसरी, इनरुवा निवासी ८५ वर्षीय मिश्र हालै काठमाडौं आएको वेला नवीन झा ले गरेको कुराकानीः 
                                                           मिश्रसंग पत्रकार नवीन झा
राजनीतिमा कसरी आउनुभयो?
बनारसमा पढ्दैथिएँ, भारतमा राजनीतिक माहोल तातेको वेला पूर्णियाका समाजवादी नेता डा. कुलदीप झ्ाहरूसँग सम्पर्क भयो। राणाशासकहरूले झ्ुन्ड्याएका चार शहीदको बलिदानले उद्वेलित बनाएको छँदैथियो, राणा हटाएर राजालाई पुनःस्थापना गर्ने नेपाली काङ्ग्रेसको राजनीतिमा हेलिएँ र कुसाहा मोर्चाको कमाण्डर भएँ। 
काङ्ग्रेसबाट राजनीति शुरु गरेर पछि तराई काङ्ग्रेस खोल्न पुग्नुभयो!
संविधानसभाको निर्वाचन नगर्ने राजा त्रिभुवनको नियत प्रस्ट भइसकेकाले सिरहाका कुलानन्द झ्ाको सल्लाहमा वेदानन्द झ्ालगायतका राजनीतिकर्मी मिलेर २००९ सालमा तराई काङ्ग्रेस खोल्यौं। त्रिभुवनको मृत्युपछि नेपाली काङ्ग्रेसले पनि संविधानसभाको मुद्दा छाड्यो। त्यहीबीच महाधिवेशन गरेर मधेशका समस्या र संविधानसभाको निर्वाचनलाई प्रमुख मुद्दा बनाइरह्यौं।
संविधानसभाको निर्वाचन त भएन नि...
काङ्ग्रेस राजा महेन्द्रसँगै संसदीय चुनावतिर लाग्यो, वेदानन्दजी पनि जानुभयो। संविधानसभाको पक्षमा अडिग रामजनम तिवारी, वलराम दास, मलगायतका केही मधेशी नेता एक्लिन पुग्यौं।  
काङ्ग्रेससँग के-के मतभेद थिए?
पार्टीभित्र भेदभाव हुन्थ्यो, कामको मूल्याङ्कन हुँदैनथ्यो। मधेश र मधेशी नेता-कार्यकर्ता काङ्ग्रेसको मेरुदण्ड भए पनि व्यवहार काखा र पाखाको हुन्थ्यो। आज पहाडमा नखस्केको काङ्ग्रेसको मधेशमा दुर्दशा हुनुको जिम्मेवार मधेशीलाई विभेद गर्ने सामन्ती सोच नै हो। 
विभेदका खास कारण के हुन्?
विभेदको सुरुआत खस शासकहरूले सन् १८१६ मा ब्रिटिस-भारतसँग सुगौली सन्धि गरेर नेपालको ठूलो भूभागमा बेदख्खली स्वीकार गरेपछि भएको हो। त्यसवेला काठमाडौंका शासकले विर्ता प्रथा ल्याएर मधेशमा हजारौं बिघा जमिन हत्याए, शासकका नाममा चन्द्रनिगाहपुर र भीमनगर बनाएर मधेशमा हावी हुँदै गए। वनको महाविनास गरेर आफ्नै नाममा राजमार्ग बनाएका महेन्द्रले रैथाने मधेशीहरूलाई अल्पसङ्ख्यक बनाउन पहाडका मानिसहरूको बसाइँसराइलाई प्रोत्साहित गरे।
मधेशीहरूमाथि मधेशीकै थिचोमिचो पनि त छ!
शासकहरूले दरबारको तावेदारी गरेकाले माननीय बनाइदिएका केही मधेशी अहिले थरीथरीका मधेशवादी दलमा छाएकाले त्यसको मार असली मधेशीहरू माथि परेको छ। हामीले मधेशको कुरा उठाउँदा मधेश भन्ने मान्छे भेट्टाउन गाह्रो थियो, मधेश आन्दोलनमा ५६ जनाले बलिदान दिए, तर त्यसबाट नेतृत्व पाएकाहरू शहीदको कदर नगरी सत्ताको स्वादमा डुबेका छन्।  
मधेशवादी राजनीतिले बाटो बिराएकै हो?
राजनीति ठीक छ, तर नेतृत्वले यसलाई विचलित बनाउँदै छ। उनीहरूले सत्तामुखी र लोभी हुनुहुँदैन, आफ्नो सिद्धान्त र उद्देश्यमा अडिग रहनुपर्छ। नेताहरू जिम्मेवार नहुँदा जनतामा निराशा बढेको छ। गाउँघरमा उनीहरू चिया-पसल, पान-पसलदेखि घरघरमा आलोचित छन्। 
हतियारधारीको बिगबिगीलाई के भन्नुहुन्छ?
यो पानीको फोका मात्र हो। 
मधेशको मुद्दामा काङ्ग्रेस र एमालेभन्दा एमा'वादी नजिक हो? एमा'वादीहरू टोकरीमा रहेका विषविनाका सर्प जस्तै हुन्; नत्र जयकृष्ण गोइत, नागेन्द्र पासवान, मातृका यादवहरू त्यसमै अटाइहाल्थे नि!  
सद्भावनाको विकल्पमा अरू मधेशवादी दलहरू किन आए?
सद्भावनाको त्याग र तपस्याको अवमूल्यन गर्न मिल्दैन। त्यतिवेलाका हाम्रा नेता गजेन्द्रनारायण सिंहजीले पार्टी बनाउन पञ्चायती नेताहरूलाई पनि लिने गर्नुभएको थियो। अहिले तिनै मण्डलेहरूले सद्भावनालाई क्षतविक्षत बनाइदिए।
मधेशीको समस्या कसरी समाधान हुन्छ?
आजैबाट समान व्यवहार, सहभागिता र अधिकार हुनुपर्छ। मधेशीलाई पनि यो राष्ट्रको धेरै माया छ। हामीले सद्भावना परिषद् खोल्दा नै जनक बुद्धका सुन्दर देश, जय पहाड जय मधेश, देश नही तोडेंगे, अधिकार नही छोडेंगे भन्ने नारा लगाएका थियौं।  
३ बर्ष अगाडी श्यामलाल मिश्र  संग गरिएको कुराकानी । मिश्रको दुई बर्ष अगाडी निधन भएको थियो । हालै सशस्त्र समुहवाट शान्तिपुर्ण राजनितीमा आएका एक नेताका अनुसार मिश्रको यो अन्र्तवार्ता छापिएपछि भारतमा भुमिगत जीवन विताईरहेका सशस्त्र  समुहका नेताह्रले ३ सय कपी पत्रिका किनेर आफनो कार्यकर्ता र नेतालाई पढनका लागी दिएका थिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं यस इमेल मा चासो सम्पर्क LUS हो भने हामी, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete