प्रहरीले अभियुक्त र अपराधीलाई नियन्त्रणमा राख्न प्रयोग गर्ने हतकडी अपराधीले नै प्रयोग गर्न थालेको भेटिएको छ ।
नविन झा
२० भदौमा काठमाडौं प्रहरीको टोलीले बालाजु माछापोखरीमा रहेको भुवन लामिछानेको ‘जेबी फेशन वेयर्स’ नामको कपडा पसलबाट प्रहरीले प्रयोग गर्ने ८ थान हतकडी बरामद गर्यो । प्रहरीले सोधपुछ गर्दा लामिछानेले माओवादीको युवा दस्ता वाईसीएललाई ती हतकडी बेच्न राखेको बताए । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारी प्रहरी र सेना बाहेकले हतकडी राख्नु र बेच्नु खतरनाक रहेकाले यो प्रकरणको गम्भीर अनुसन्धान गरिरहेको बताउँछन् ।
लूटपाट गर्ने नयाँ तरीका
सुरक्षा सामग्री ल्याउने लाइसेन्सधारी ठेकेदारहरूले गृह मन्त्रालयको अनुमतिमा मात्रै हतकडी ल्याउन पाउँछन् । हतियार, सुरक्षा निकायका पोशाक सहित हतकडी पनि बजारमा बेच्न नपाउने नियम छ । महानगरीय प्रहरी अपराध महाशाखाका नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदी “प्रहरी भएको भ्रम दिन लूटपाट गर्नेहरूले हतकडी प्रयोग गर्ने नयाँ तरीका अपनाएका हुन सक्ने” बताउँछन् । चतुर्वेदी भन्छन्, “हतकडी लिएर आफूलाई प्रहरी भन्दै लूटपाट लगायत अपराध भएको सूचना हामीले केही पहिले पनि पाएका थियौं ।” उनका अनुसार, माओवादीका पूर्व लडाकू त्यस्ता काममा बढी सहभागी रहेको देखिएको छ ।
पक्राउ परेका लामिछानेले वाईसीएल भन्नेहरूले पसलमै आएर अर्डर दिएकाले हतकडी ल्याएर राखेको प्रहरीलाई बताएका छन् । तर, उनले वाईसिएल भन्नेको परिचय दिएका छैनन् भने हतकडी ल्याएको ठाउँ पनि भनेका छैनन् ।
हनुमानढोकामा प्रहरी हिरासतमा रहेका लामिछानेले २० भदौमा हिमाल सँग भने, “मलाई हतकडी अर्डर दिनेको नाम थाहा नभए पनि देख्दा सबैलाई चिन्छु ।” लामिछानेले प्रहरीलाई शुरूमा न्यूरोडको आरबी कम्प्लेक्सबाट १० थान हतकडी ल्याएको बताएका थिए । तर, आरबी कम्प्लेक्समा प्रहरीले उनले भने अनुसार हतकडी बेच्ने गरिएको पाएन ।
लामिछानेले यो पटक दुई थान र अघिल्लो पटक १० थान हतकडी रु.१५ सयका दरले वाईसीएललाई बेचिसकेको पनि बताएका छन् । त्योभन्दा अघि पनि रु.७०० का दरले पाँच थान हतकडी बेचेको उनको भनाइ छ । तर, प्रहरीले बरामद गरेका हतकडीमा रु.३८०० मूल्य भएको स्टीकर देखिन्छ । नुवाकोट चौघडा घर भएका लामिछानेको १० वर्षदेखि त्यही पसल छ भने नेपालटारमा घर पनि छ ।
काठमाडौं प्रहरीले गत वैशाखयता मात्रै लूटपाटका घटनामा संलग्न ६ जना पूर्व माओवादी लडाकूलाई हतियार सहित पक्राउ गरिसकेको छ । ४ वैशाखमा पूर्वसभासद् चन्द्रबहादुर थापाका स्वकीय सचिव यमबहादुर थापा सहित पाँच जनालाई प्रहरीले अत्याधुनिक राइफल र पेस्तोल सहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो ।
Source - http://nepalihimal.com/article/1636
Source - http://nepalihimal.com/article/1636
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं यस इमेल मा चासो सम्पर्क LUS हो भने हामी, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete