Monday, September 30, 2013

लालू अब जेल तिर


भारतको राष्ट्रिय राजनितीका सबै भन्दा चर्चीत अनुहारहरु मध्ये एक हुन राष्ट्रिय जनता दलका अध्यक्ष लालूप्रसाद यादव ।
उनी र उनकी पत्नी राबडी देवी १५ साल सम्म बिहारमा राज गरेका थिए । पछि उनी केन्द्रिय रेलमन्त्री भएर केन्द्रिय राजनितीमा चर्चाका पात्र बने । बिहारको एउटा गरिब परिवारमा जन्मेका लालू प्रसाद यादव सत्ताको राजमा पुग्न लामो सफर गरेको देखिन्छ ।
 समाजवादी नेता जयप्रकाश नारायण्वाट प्रभावित भएर विद्यार्थी राजनितीमा होमिएका लालू २९ बर्षकै उमेरमा पहिलो पटक संसद बनेका थिए । जनता पार्टीवाट पहिलो पटक संसल बनेका लालू
त्यतीवेला भारतका युवा संसदका रुपमा प्रख्यात थिए ।
त्यसपछिको १० बर्ष उनी बिहार राजनितीको साचो बन्न पुगे जाहा उनले यादव र मुस्लिम मतदाताहरु माझ लोकप्रीय थिए ।
बिहारमा मुस्लिम मतदााहरु पारम्परिक अनुसार कागे्रसलाई भोट दिने गरेका थिए । तर १९८९ मा भएको भागलपुर दंगापछि ठुलो संख्यामा रहेका मुस्लिमहरु लालूलाई समर्थन गर्न लागे ।
 कतिपय विश्लेषहरुले लालू त्यही मुस्लिम र यादव गठजोडका कारण बिहारमा राज्य गरेको दृष्टान्त प्रस्तुत गर्ने गर्छन ।  सन १९८९ मा भको आम चुनाव र बिहार विद्यानसभाको चुनावमा लालूले राज्य र राष्ट्रिय मोर्चा दुवैमा सफल नेतृत्व दिएका थिए ।  जसपछि सन १९९० मा उनी बिहारमा मुख्यमन्त्री बन्न पुगे ।

सन १९९७ मा जनता दल विभाजन भएपछि लालूले राष्ट्रिय जनता दल नाम आफनो अलगै पार्टी स्थापना गरे । सन २००५ को विद्यँनसभा चुनावमा हार्ने वेला सम्म यी पाटीृले विहारमा सरकार चलाउदै थिए ।  यसबिचमा लालू केन्द्रिय राजनितीमा सक्रिय भईसकेका थिए र युपिएको पहिलो सरकारमा उनी रेलमन्त्री बन्न पुगे । हुनकी यस विचमा बिहारमा आरजेडी कमजोर बन्दै गएका थिए र मुख्यमन्त्री नितिशकुमार र उनको पार्टी जेडियू मजबुत बन्दै गए ।
सन २००९ को विद्यँनसभा चुनावमा लालूको पार्टीले ठुलो क्षती व्योहोर्नु पर्यो । र युपीए गठबन्धनमा आरजेडीको महत्व घटन गयो । तरपनि लोकसभामा उनको पाटीृको ४ जना संसद थिए जबकी राज्यसभामा जम्मा २ जना ।
आउदो निर्वाचनमा लालूले आफनो गुमेको साख फर्काउने तयारीमा जोडतोडका साथ भिरेका थिए तर यसैविचमा उनी ‘चारा घोटाला’ मा भ्रष्टाचारी ठहर हुदै अब जेल तिर लाग्नु पर्ने हुन्छ ।


Sunday, September 29, 2013

काठमाडौंमा मधेसी-भोगाइ

रीता साह 
एकदिन बेलुकीपख सानेपाचोकमा तरकारी किन्न गएको थिएँ । सडक छेउमा बसेर साग बेच्ने एकजना दिदीसँग साग किने । एक मुठा सागको मूल्य २० रुपैयाँ थियो । मैले ५० रुपैयाँ दिएर बाँकी पैसा फिर्ता मागेँ । दिदीले अलिक झर्केर सोध्नुभयो, ुकति फिर्ता आउँछ रुु मैले भनेँ, ु२० रुपैयाँ काटेर जति फिर्ता हुन्छ त्यति दिनु ।ु सागवाली दिदीले मलाई पुलुक्क हेर्दै भन्नुभयो, ुतपाईंको जातलाई जति दिए पनि पैसा पुग्दैन ।ु अस्वाभाविक लाग्यो तर केही नबोली घर फर्कें ।
विहान ९ बजेतिर सधैं झै छोरालाई स्कुल पुर्‍याएर र्फकने बेला बाटामा एउटा साइकलमा व्यापार गर्नेसँग स्याउ किन्नलाई रोकिएँ । उनीसँग करिब ५०र५५ वर्ष उमेरका एक पुरुष पनि स्याउ किन्दै थिए । हेर्दा पढेलेखेका देखिन्थे ती पुरुष । मैले स्याउवालासँग सोधेँ, ुकिलोको कति रुु मसँग सरोकारै नभएका ती पुरुषले बीचैमा बोले, ुकिन नेपालीमा बोलेको रु स्याउ भैया पनि त इन्डियनै हो नि १ु मैले भनेँ, ुम इन्डियन होइन । मेरो घर सप्तरी हो ।ु ती पुरुषले जवाफ दिए, ुमाइती इन्डियामा होला नि त १ु  एकिदिन मन्दिर जाँदै थिएँ । बाटामा फूल र प्रसाद किन्न एउटा पसलमा गएँ । फूल र प्रसाद किनेँ । पसलेले मलाई पैसा फिर्ता दिनुपर्ने भयो । उनले मलाई भारु फिर्ता गरे । मैले भनेँ, ुमलाई यो भारु पैसा नदिनु, काठमाडौंमा भारु चल्न गाह्रो हुन्छ ।ु पसलेले झोक्किँदै भने, ुकस्तो मान्छे रहेछ, इन्डियाको भएर पनि इन्डियन पैसा नलिने रे १ु मैले प्रस्टसँग नेपाली बोलिरहेको स्मरण गराउँदै मलाई कसरी इन्डियन ठान्नुभयो भनेर आपत्ति जनाएँ ।

माथिका प्रसंगहरू साउन(भदौयता म आफंैले भोगेका घटना हुन् । १४ वर्षको काठमाडौं बसाइमा यस्ता घटना मैले धेरैपटक भोगिसकेकी छु । जति नै शिक्षित वा सम्पन्न मधेसी किन नहोऊन्, उनीहरूले काठमाडांैमा यस्ता व्यवहारको सामना गर्नुपरेकै हुन्छ । फरक यत्ति मात्र हो, कति मधेसी यस्ता व्यवहारको प्रतिकार गर्छन्, वादविवाद गर्छन्, कतिपयले चाहिँ नसुनेको जस्तो गरेर वा चुपचाप सहेर जान्छन् । आम मानिसलाई यस्ता व्यवहार सामान्यजस्तो लागे पनि मधेसीहरूका लागि भने पहिचान र मानसम्मानसँग गाँसिएका विषयवस्तु हुन् यी । आफ्नै मुलुकको राजधानीभित्र मधेसीहरूले कसरी परायाको व्यवहार बेहोर्नुपरेको छ भन्ने कुरा यस्ता घटनाले देखाउँछन् । 

राजधानीजस्तो ठाउँ, जहाँ देशका विभिन्न भागबाट आई बसोबास गरेका शिक्षितवर्गको बाहुल्य छ, समाज पनि मिश्रति प्रकारको छ, त्यहाँ मधेसीहरूले यस्तो व्यवहारको सामना प्रत्येक दिन गरिरहनुपरेको छ । आखिर किन मधेसीहरूले यस्तो दुव्र्यवहार खप्नुपरेको छ रु मधेसीप्रति यस्ता व्यवहार गर्ने मानसिकताका पछाडि कुन मनोविज्ञानले काम गरेको होला रु मेरो मनमा बारम्बार यस्ता प्रश्न उठ्ने गर्छन् ।
मधेसीहरू कालो वर्णको हुनु, नेपालीमा बोल्दा भाषागत स्पष्टता नहुनु, लवज फरक हुनु, लुगा लगाउने शैली फरक हुनुजस्ता कारणले हामी पहाडी समुदायका मानिसबाट सहजै फरक देखिन्छौँ । तर, यदि यही कारणले मधेसीमाथि दुव्र्यवहार हुने भए राजधानीमा अरू पनि थुप्रै पहाडी जनजातिहरूको अनुहार पनि चिनियाँ, जापानी वा भुटानीहरूसँग मिल्छ । अझ पहाडकै कतिपय जनजातिहरूले पनि नेपाली भाषा राम्रोसँग बुझ्दैनन् तर उनीहरूसँगको व्यवहार हामी मधेसीहरूप्रति गरिएको जस्तो भएको देखिँदैन ।
मेरो छोरो एउटा नाम चलेको निजी स्कुलमा पढ्छ । गत वर्ष अर्कै स्कुलमा थियो । त्यो स्कुल झनै ठूलो थियो । पौडी कक्षामा जाने दिन टावेल, चप्पल घरबाटै लानुपथ्र्यो । झोला ठूलो र भारी होला भनेर पातलो प्रकारको टावेल दिएर पठाउँथ्यौँ । त्यस्तो टावेललाई तराईतिर गम्छा भन्ने गरिन्छ । त्यो गम्छा हेरेर उसका साथीहरूले मेरा छोरालाई ुकालेु, ुहिन्दीु र ुमस्र्याु भनेर जिस्क्याउने गर्दारहेछन् । यस्तो व्यवहार भोगेको मेरो छोरो घरमा आएर सोध्छ, ुमामु, मलाई किन यस्तो भनेका होलान् रु के हामी नेपाली होइनौँ रुु
यस्ता प्रश्नले म पनि अवाक् हुन्थेँ । म उसलाई ुसाथीभाइमा यस्तै हुन्छु भनेर आलटाल गरिदिन्थेँ । छोरालाई साथीहरूले गरेको यस्तो व्यवहारबारे हामीले उसको स्कुलमा गएर एक दुईपटक रिपोर्ट पनि गर्‍यौँ । शिक्षकहरू पनि दुःख व्यक्त गर्नुहुन्थ्यो । बच्चाहरूलाई सम्झाउने न हो, शिक्षकहरूले त्यस्तो व्यवहार गर्ने विद्यार्थीहरूलाई सम्झाउने प्रयास पनि गर्नुभएकै हो, तर पनि छोरामाथि उसका साथीहरूले गर्ने व्यवहार रोकिएन । शिक्षकहरूको प्रयास पनि खेर गयो । छोराको मनोविज्ञानमा चोट पुग्ला भनेर यस वर्ष हामीले अलि कम विद्यार्थी भएको स्कुलमा भर्ना गराइदियौँ । तर, नयाँ स्कुलमा पनि उस्तै दुव्र्यवहार, आफ्नै साथीहरूद्वारा ।
हालैको कुरा हो, एउटा बच्चाले बिदा हुने बेला भनेछ, ुम तिम्रो देश घुम्न जाँदै छु ।ु छोराले भनेछ, ुमेरो देश त यही हो । तिमी कहाँ जाँदै छौ रुु छोराको साथीको जवाफ, ुदिल्ली।।ु,
बच्चाले जिस्केर भन्नु वा नजानेर भन्नु धेरै चिन्ताको विषय होइन । तर, मेरो मनमा प्रश्न उठिरहन्छ कि घरपरिवारमा जे कुरा सिकाइन्छ, मानिसहरूप्रति गर्ने व्यवहार जस्तो हुन्छ, बच्चाले आफ्नो वरपरको समाजमा जस्तो वातावरण देखेको हुन्छ, त्यो परिवार र समाजमा हुर्केको बच्चाले अरूसँग पनि त्यस्तै व्यवहार गर्छ । मलाई लाग्छ, काठमाडौंको समाजले अहिले पनि मधेसीलाई भारतीय, विदेशी भन्ने सोच्छ, यस्तै सोचाइअनुसारको व्यवहार गर्छ । मधेसी पनि नेपाली हुन् भन्ने कुरालाई काठमाडांैको समाजले आत्मसात् गर्न सकेको छैन । मेरो विचारमा मेरो छोरामाथि उसको स्कुलमा भएको उपर्युक्त दुव्र्यवहारको मुख्य दोषी उसका साथीहरू होइनन्, हामी मधेसीलाई भारतीय ठान्ने काठमाडौंको मानसिकता हो । काठमाडांैको मानसिकता परिवर्तन नभई मेरा छोराका स्कुले साथीहरूको मानसिकता र व्यवहार पनि परिवर्तन हुन सक्दैन ।
काठमाडांैमा मधेसीहरूसँग हुने यस्ता व्यवहारको जिम्मेवार केही हदसम्म ठूलठूला नेताहरू पनि हुन् । राजनीतिक दलहरूबीच मतान्तर हुन्छ, वादविवाद हुन्छ । विचारमा मतभिन्नता आउँदा उनीहरू सार्वजनिक ठाउँमै मधेसीहरूलाई ुइन्डियाबाट आएका, भारतका दलालु आदि भनेर लाञ्छना लगाइदिन्छन् । नेताहरूले व्यक्त गर्ने यस्तो भाषणको सन्देश लाखौँ जनतासम्म पुगेको हुन्छ । यसको असर त्यो समाजमा पर्छ नै । नेताले नै यस्तो विचार प्रवाह गरिदिएपछि त्यही समाजमा रहेका मानिसहरूले मधेसीहरूलाई भारतीय ठानेर फरक व्यवहार गरिदिन्छन् ।
काठमाडौंमा साइकलमा सामग्री राखेर बेचबिखन गर्ने वा कवाडी सामग्री किन्ने गरिब व्यापारीहरूप्रति हेपाइपूर्ण व्यवहार गरिन्छ । आफूलाई हेपेर व्यवहार गरिँदा पनि उनीहरू केही बोल्न सक्दैनन् । त्यस्ता दुव्र्यवहारविरुद्ध उजुरी गर्ने र कारबाही गर्ने निकाय पनि छैनन् । कथम् कदाचित स्थानीय प्रहरीसमक्ष उजुरी गरिए पनि प्रहरी, प्रशासनले पीडितलाई नै झपारेर वा मजाकको पात्र बनाएर पठाइदिन्छन् ।
यस्तो दुव्र्यवहार गर्नेहरूले क्षणभरका लागि विजेता महसुस गर्न सक्छन् । तर, यसको नकारात्मक प्रभाव भने समाज र राष्ट्रलाई नै पर्छ । काठमाडांैमा हुने यस्ता व्यवहारको प्रतिकार गर्न नसके पनि मधेसीहरूको मनमा बदलाको भाव जागेको हुन्छ । उनीहरूले मधेसमा बस्ने पहाडीप्रति आफूमाथि काठमाडौंमा भएको व्यवहारको रोष पोख्न सक्छन् । हाम्रासामु कैयौं उदाहरण छन् । ऋत्विक रोशन काण्डलाई हेरौँ, काठमाडांैमा मधेसीमाथि दुव्र्यव्यहार हुँदा मधेसमा बस्ने पहाडी समुदायका मानिसमाथि रोष पोख्ने काम भयो । मधेस विद्रोहका बेला आक्रोशको तारो मधेसमा रहेका पहाडी समुदाय पनि भएका थिए ।
कुनै व्यक्ति वा समुदायप्रति आरोप लगाउने मनसायले मैले उपर्युक्त घटना प्रस्तुत गरेको होइन । मेरो आसय के मात्रै हो भने संविधान, ऐन, नियम, कानुनमा कसैमाथि भेदभाव गरिनेछैन भन्ने कुरा उल्लेख गरेर मात्रै हुँदैन । नियम(कानुनको पालना भएको नियत र व्यवहारमै देखिनुपर्छ ।
अहिले मुलुकको राजनीति चुनावमय बनेको छ । सबैजसो ठूला पार्टीका प्रमुख नेताहरूले आफूलाई मधेसीका रूपमा चिनाउन थालेका छन् । यदि उनीहरूले साँच्चिकै आफूलाई मधेसीका रूपमा चिनाउन चाहेका हुन् भने उनीहरूका सामु काठमाडांैमा आम मधेसीमाथि हुने दुव्र्यवहारको समस्यालाई समाधान गर्ने चुनौती छ ।
समाजमा सौहार्दपूर्ण वातावरणको निर्माण गर्नु नेताको मात्र कर्तव्य होइन, समाजका हरेक नागरिकको कर्तव्य हो । नागरिकहरूले पनि आफ्नो मानसिकता र व्यवहारमा परिवर्तन ल्याउन सके भने त्यसको सकारात्मक प्रभाव बच्चामा पनि परिहाल्छ । त्यसैले, हरेक परिवारले आफ्ना बच्चाहरूलाई सबैप्रति आदर र सम्मान गर्ने संस्कार सिकाउनु जरुरी छ । मान्छेले मान्छेमाथि दुव्र्यवहार गरेको देखियो भने हरेक नागरिकले जात र छालाको वर्ण बिर्सेर, पीडक पक्षलाई दुरुत्साहित गर्ने कोसिस गर्नुपर्छ अनि मात्र समाजमा वास्तविक सद्भाव कायम हुनेछ ।
साभार - कान्तिपुर दैनिक


Friday, September 27, 2013

शनिवारीय दलान- बिलटौआइन डे

— नवकृष्ण ऐहिक  
साल मे एक बेर अबैत अछि बिलटौआइन डे....नइँ नइँ वेलेंटाइन डे. एहि बेर वेलेंटाइन डे पर हमरा भाइक एक बरख पुरना बात मोन पडि गेल. मंगला केँ दू-चारि दिन भेल छल बंबई सँ गाम अयला कि पडि गेल वेलेंटाइन डे. निश्चित रहैत छैक अंगरेजी पावनि...अपना सब जकाँ थोडहि ने छैक जे जतेक पावनि छैक सब अनिश्चितताक घेरा मे. अर्थात्‌ एहि बेर जे पावनि जाहि तारीख मे भेल से अगिलो बेर एही तारीख मे होयत तकर कोनो ठेकान नहि. आ ताहू मे आब तऽ सब पावनि दू दिना भेल जा रहल छैक. गामो मे पूबारि टोल मे आइ छैक पावनि तऽ पछबारि टोल मे काल्हि होयतैक. जतेक पंडित ततेक मतभिन्नता. मुदा अंगरेजी पाबनि मे से पेंच पाँच नहि छैक....फिक्स छैक डेट ओ ओहि डेट पर सब साल ओ पावनि हेबे करैत छैक कोनो पंडित आ पूछपाछक काज नहि. से बिलटौआइन डे 14 फरवरी कऽ मनाओल जाइत अछि. एहि डे पर देश मे कते संघर्ष आ लाठी रोडाक बात होइत मुदा तइयो अन्हरा नाचय अपने ताले. जे होयबाक छैक से हेबे करतैक आ जकरा जे करबाक छैक करबे करत...कियए नहि करत सब स्वतंत्र अछि विचार आ व्यवहार सभ दृष्टिकोण सँ. देश स्वतंत्र अछि ने....आ तकर बाद लोकतंत्र...तऽ लोकक स्वतंत्रता केँ छीनि सकत. मुदा ताहि सब सँ भाइ केँ कोन लेना-देना. अचानके ओहि दिन मंगलाक हमर दलान पर आयल आ बैस रहल. ओकर हुलिया तऽ असली जोकरे सन रहैत छैक. बंबई सँ नवका फैशन वला अंगा सब कीनने अबैत अछि आ लटका लैत अछि. एखुनका बधा सब केँ केऽ कहत ..नीक बात दीक लगैत छैक. रह जेना रहबय से. जखन अपन माय-बाप केँ बर्दाश्त छौक तऽ हमरा की...कोनो देखैत खराप थोडहि ने लगैत अछि तोहर जोकर सन अंगा आ मुँह. मंगला पेंट मे छिहत्तरिटा जेबी छल जाहि मे सँ एकटा मे सँ मोबाइल निकालि टीप-टाप करय लागल. की तखनहि खुरचन भाइ सेहो कतहुँ सँ टपकि गेलाह. टीवी पर देखाबयवला धार्मिक धारावाहिक सब मे जहिना नारद कतहुँ कखनो टपकि जाइत छथि तहिना भाइ कखन कोन दिस सँ आबि जयताह तकर नहि ठेकान.
ओ बैसलाह आ मंगला केँ कहलनि-की हौ..की टीप-टाप करैत छह? मंगला कहलक किछु नहि ओहिना... खुरचन भाइ ओकर मोबाइल मे मुरियारी दऽ देखलनि आ बजलाह-बहुत नीक गुलाबक फूल छह हौ...! मंगला कहलकनि-आइ वेलेंटाइन डे छैक ने से.....! खुरचन भाइ अनठा कऽ कहलथिन-की बिलटौआइन डे...! मंगला जोर सँ ठहाका लगौलक आ कहलक-वेलेंटाइन डे. खुरचन भाइ कने गंभीर भऽ कहलथिन-हमरा नइ ने सिखाबऽ....तोरा की बुझाइ छह जे एकटा तौंहीं बंबई देखने छह...बिलटौआइन डे केँ नाम बदलि कहबऽ आ हम विश्वास कऽ लेबऽ नइ. मंगला कहलक-ओह अहाँ की जाने गेलियैक...ई नव जमानाक नव पाबनि छैक अहाँ सब नहि बुझबैक. बिलटौआइनक मतलब की भेलैक...? खुरचन भाइ ओकरा सँ पूछलथिन-अच्छे कहऽ तऽ पंडितक स्त्रिलिंग की होइत छैक? मंगला बाजल-ईहो कोनो पूछबाक बात भेल, के नहि जनै छै पंडितक स्त्रिलिंग पंडिताइन होइत छैक खुरचन भाइ कहलथिन-तखन फेर बिलटौआक स्त्रिलिंग बिलटौआइन नहि तऽ की होयतैक. मंगला कहलकनि-उँह...अहाँ केँ मजाक बुझाइत अछि... की तखनहि ओकरा सुगना बजा कऽ लऽ गेल बैट-बॉल खेलबाक लेल. खुरचन भाइ गंभीर भऽ कहलनि-देखै छियैक पछिमाहा संस्कृतिक पाछां कोना आजुक छौंरा सब अन्हरा कऽ भागि रहलय? मतलबो नहि बुझैत छैक वेलेंटाइन डेक आ कोना उत्साहित अछि. ई अन्हरजाली लागल आँखिये ई युवक सब युग केँ कोम्हर सँ कोम्हर लऽ जायत से ने जानि.
रष्टव्य – मैथिली दैनिक 'मिथिला समाद' मे अगस्त 2008 सं दिसम्बर 2009 धरि दैनिक रूपें प्रकाशित धारावाहिक व्यंग्य 'खुरचन भाइक कछ्मच्छी' केर एक अंश.
स्रोत- मिथीमिडिया

महन्थ ठाकुरका निजि सचिव काफ्ले भण्डारीको पार्टीमा

                                                       नबिन काफ्ले, तस्बीर- मधेश स्पेशल


तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाका अध्यक्ष महन्थ ठाकुरका निजि सचिव नबिन काफ्ले सो पार्टी परित्याग गरी शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । तमलोपाको सर्लाहीबाट महधिवेशन प्रतिनिधिसमेत रहनुभएका काफ्लेलाई सो पार्टीले आसन्न संविधानसभाको निर्वाचनमा जिल्लाको ३ नम्बर क्षेत्रबाट प्रत्याशी बनाउन सिफारिस गरेको थियो । सो क्षेत्रमा गत संविधानसभा निर्वाचनमा तमलोपाका उम्मेदवार विजयी भएका थिए ।
नवप्रवेशी काफ्लेलाई राष्ट्रिय मधेश समाजवादी पार्टी रामसपाका अध्यक्ष शरत्सिँह भण्डारीले शुक्रबार पार्टी कार्यालय ग्वार्को ललिपुरमा आयोजित एक कार्यक्रमका बीच सदस्यता प्रदान गर्नुभयो । पार्टीको सदस्यता प्राप्त गरेपछि काफ्लेले आफू जातीय, क्षेत्रीय र साम्प्रदायिक सङ्कीर्णताभन्दा माथि उठेको पार्टीबाट राजनीतिक यात्रा थाल्ने निधो गरेर रामसपामा प्रवेश गरेको बताउनुभयो । नवप्रवेशी काफ्ले तमलोपा अध्यक्ष ठाकुरसँग गत २२ वर्षदेखि निकट रहँदै पछिल्लोपटक उहाँको निजि सचिवालयको प्रमुखको रुपमा कार्यरत्त हुनुहुन्थ्यो ।

जनकपुरमा सह प्रध्यापकको हत्या


जनकपुर स्थित जनक हजारी वद्यापीठका सहायक प्रध्यापक सत्यनारायण गडेरीको गोली हानी हत्या गरिएको छ । उनको शव शुक्रबार बिहान जनकपुर नजिकैको कुर्था गाविसको ६ मा भेटिएको हो ।
उनी धनुषा साइन्स क्याम्पसमा पनि पढाउँथे । सिरहाका स्थायी बासिन्दा गडेर जनकपुर ८ मा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको छातीको तल्लो भागमा गोली लागेको र घाँटीमा धारिला हतियार प्रहार भएको देखिएको छ । उनलाई राति हत्या हत्या गरिएको प्रहरीको आशंका छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । उनको हत्या पछि जनकपरमा केही  मधेशी विद्यार्थी संगठनहरुले त्याहा स्कुल, कलेज बन्द गराएका छन । हिजो बेलुका सम्म प्रध्यापकहरुकै सम्पर्कमा रहेका गडेरी साँझ देखि सम्पर्क विहीन रहेका थिए ।गडेरीले नेपाली व्याकर्ण बोर्डिङ्घ स्कुलका विभिन्न नेपाली भाषाका किताबहरु लेख्दै लेखकको रुपमा समेत परिचित थिए । गडेरीको श्रीमती सहित एक छोरा एक छोरी रहेका छन् । गडेरीको हत्या भएको केही मिटर पर उनले प्रयोग गरेको ज १ प १९९९ नम्बरको मोटरसाईकल समेत भेटिएको छ ।

Thursday, September 26, 2013

श्यामसुन्दर गुप्ता द्धारा शोभराजको सिको


जेलमा रहेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले योजनावद्ध रुपमा प्रहरीलाई विषादीयुक्त खाना दिएको प्रहरी अनुसन्धानले देखाएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानले घटना योजनवद्ध हुनसक्ने आँकलन गरेको  छ ।   घटनामा गुप्तामाथि शंका गर्ने धेरै आधार देखिएका छन् । प्रहरी स्रोतका अनुसार गुप्ताका छोराले दरबारमार्गस्थित केएफसीबाट ल्याएको मासु प्रहरीलाई मात्र खान दिएका थिए ।   त्यस्तै, खाना र कोल्डड्रिंकस खाएर केही प्रहरी बेहोस भइसकेपछि गुप्ताका छोरा भाष्करले बिरामी भएको नाटक गरेको हुनसक्ने प्रहरी अनुसन्धानमा देखिएको छ ।

शंका गर्ने ठाँउ भएपछि भाष्करले आफू पनि बिरामी भएको नाटक गरेजस्तो देखिन्छ,ु अनुसन्धानमा आवद्द एक प्रहरी अधिकारीले भने । प्रारम्भिक अनुसन्धानमा शंकास्पद देखिएपछि अस्पतालमै रहेका गुप्ताका छोरा भाष्करलाई प्रहरीले नियन्त्रणमा राखेको छ । गुप्ता भने बिहीबार डिल्लीबजार कारागार फर्किसकेका छन् । घटनाकव छानबिन गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयले बिहीबार एसएसपी हेमन्त पालको नेतृत्वमा तीन सद्स्य छानबिन समिति गठन गरेको छ ।

सुन्धारास्थित केन्द्रीय कारागारमा रहेको अन्तर्राष्ट्रिय कुख्या अपराधी चाल्र्स गुरुमुख शोभराज प्रहरीलाई विषादी मिसाइएको खाना खुवाएर नै भारतको जेलबाट भाग्न सफल भएका थिए । उनले आफ्नो जन्मदिनको पार्टीमा फलफूलमा विष मिसाएर प्रहरीलाई बेहोस पारी सन् १९८६ मा भाग्न सफल भएका थिए ।

आफ्नो जन्मदिनको पार्टी मनाउन भन्दै फलफूलमा विषादी मिसाएर खाना दिइ प्रहरालाई बेहोस बनाई शोभराज भागेका थिए । डेढ वर्षदेखि जेलमा रहेका गुप्ताले पनि त्यस्तै योजना गरेको प्रहरी अनुमान छ । उनले योजनाबद्ध रुपमा नै अस्पताल भर्ना भएको र भाग्ने प्रयास गरेको प्रहरी अधिकारीको आशंका छ ।

व्यापारी पवन संघाईको अपहरण मुद्दाम २०६८ माघमा पक्राउ परेका गुप्ता पूर्वपक्षका लागि थुनामा छन् ।

Wednesday, September 25, 2013

उपेन्द्र यादव भन्नुहुन्छ -‘राष्ट्रियताको आखाले सबै समस्या हल गर्नु पर्छ’



मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश लगायतका अन्य उत्पीडित समुदायहरुको समस्यालाई राष्ट्रिय दृष्टिकोणका साथ हल गर्नुपर्ने बताएका छन ।
आज काठमाडौमा मधेश बिटमा काम गर्ने पत्रकारहरुसंगको लन्च मिटिंगमा यादवले सबै खाले समस्यालाई जवसम्म राष्ट्रिय दृष्टिकोणका साथ हेरिदैनन, तब सम्म ती समस्याहरुको ठोस सामाधान ननिस्कने बताए ।
 यादवले आफुहरु लोकतन्त्रलाई ट्रयाकमा ल्याउनका लागी नै चुनावमा आएको बताए । अहिले मुलुकको तल्लो स्तर देखि माथील्लो निकाय सम्म कर्मचारीतन्त्रमा चलेको र त्यसलाई जनप्रतिनिधीहरुको हाथमा सुम्पिन चुनाव अति आवश्यक रहेको यादवले बताए ।
 उनले आउदो निर्वाचनमा मधेशका जिल्लाहरुमा फोरम नेपालको मुख्य प्रतिस्पर्धी काग्रेस रहेको ठहर आफुहरुको  रहेको बताए । ‘माओवादीले जतीसुकै लभ गरेपनि मधेशमा अहिले पनि हाम्रो मुख्य प्रतिस्पर्धी काग्रेस नै छ’ यादवले भने ।

Monday, September 23, 2013

श्यामलाल मिश्रको अन्र्तवार्ता

'नेतृत्व बेइमान भयो'
नेपाली काङ्ग्रेसबाट २००७ को सशस्त्र क्रान्तिमा होमिएका श्यामलाल मिश्र तराई काङ्ग्रेस र नेपाल सद्भावना परिषद् स्थापना गरेर मधेशको समस्या उठाउने अग्रणी नेताका रूपमा चिनिन्छन्। मधेश आन्दोलनलाई जागरणको चरमोत्कर्ष मान्ने सुनसरी, इनरुवा निवासी ८५ वर्षीय मिश्र हालै काठमाडौं आएको वेला नवीन झा ले गरेको कुराकानीः 
                                                           मिश्रसंग पत्रकार नवीन झा
राजनीतिमा कसरी आउनुभयो?
बनारसमा पढ्दैथिएँ, भारतमा राजनीतिक माहोल तातेको वेला पूर्णियाका समाजवादी नेता डा. कुलदीप झ्ाहरूसँग सम्पर्क भयो। राणाशासकहरूले झ्ुन्ड्याएका चार शहीदको बलिदानले उद्वेलित बनाएको छँदैथियो, राणा हटाएर राजालाई पुनःस्थापना गर्ने नेपाली काङ्ग्रेसको राजनीतिमा हेलिएँ र कुसाहा मोर्चाको कमाण्डर भएँ। 
काङ्ग्रेसबाट राजनीति शुरु गरेर पछि तराई काङ्ग्रेस खोल्न पुग्नुभयो!
संविधानसभाको निर्वाचन नगर्ने राजा त्रिभुवनको नियत प्रस्ट भइसकेकाले सिरहाका कुलानन्द झ्ाको सल्लाहमा वेदानन्द झ्ालगायतका राजनीतिकर्मी मिलेर २००९ सालमा तराई काङ्ग्रेस खोल्यौं। त्रिभुवनको मृत्युपछि नेपाली काङ्ग्रेसले पनि संविधानसभाको मुद्दा छाड्यो। त्यहीबीच महाधिवेशन गरेर मधेशका समस्या र संविधानसभाको निर्वाचनलाई प्रमुख मुद्दा बनाइरह्यौं।
संविधानसभाको निर्वाचन त भएन नि...
काङ्ग्रेस राजा महेन्द्रसँगै संसदीय चुनावतिर लाग्यो, वेदानन्दजी पनि जानुभयो। संविधानसभाको पक्षमा अडिग रामजनम तिवारी, वलराम दास, मलगायतका केही मधेशी नेता एक्लिन पुग्यौं।  
काङ्ग्रेससँग के-के मतभेद थिए?
पार्टीभित्र भेदभाव हुन्थ्यो, कामको मूल्याङ्कन हुँदैनथ्यो। मधेश र मधेशी नेता-कार्यकर्ता काङ्ग्रेसको मेरुदण्ड भए पनि व्यवहार काखा र पाखाको हुन्थ्यो। आज पहाडमा नखस्केको काङ्ग्रेसको मधेशमा दुर्दशा हुनुको जिम्मेवार मधेशीलाई विभेद गर्ने सामन्ती सोच नै हो। 
विभेदका खास कारण के हुन्?
विभेदको सुरुआत खस शासकहरूले सन् १८१६ मा ब्रिटिस-भारतसँग सुगौली सन्धि गरेर नेपालको ठूलो भूभागमा बेदख्खली स्वीकार गरेपछि भएको हो। त्यसवेला काठमाडौंका शासकले विर्ता प्रथा ल्याएर मधेशमा हजारौं बिघा जमिन हत्याए, शासकका नाममा चन्द्रनिगाहपुर र भीमनगर बनाएर मधेशमा हावी हुँदै गए। वनको महाविनास गरेर आफ्नै नाममा राजमार्ग बनाएका महेन्द्रले रैथाने मधेशीहरूलाई अल्पसङ्ख्यक बनाउन पहाडका मानिसहरूको बसाइँसराइलाई प्रोत्साहित गरे।
मधेशीहरूमाथि मधेशीकै थिचोमिचो पनि त छ!
शासकहरूले दरबारको तावेदारी गरेकाले माननीय बनाइदिएका केही मधेशी अहिले थरीथरीका मधेशवादी दलमा छाएकाले त्यसको मार असली मधेशीहरू माथि परेको छ। हामीले मधेशको कुरा उठाउँदा मधेश भन्ने मान्छे भेट्टाउन गाह्रो थियो, मधेश आन्दोलनमा ५६ जनाले बलिदान दिए, तर त्यसबाट नेतृत्व पाएकाहरू शहीदको कदर नगरी सत्ताको स्वादमा डुबेका छन्।  
मधेशवादी राजनीतिले बाटो बिराएकै हो?
राजनीति ठीक छ, तर नेतृत्वले यसलाई विचलित बनाउँदै छ। उनीहरूले सत्तामुखी र लोभी हुनुहुँदैन, आफ्नो सिद्धान्त र उद्देश्यमा अडिग रहनुपर्छ। नेताहरू जिम्मेवार नहुँदा जनतामा निराशा बढेको छ। गाउँघरमा उनीहरू चिया-पसल, पान-पसलदेखि घरघरमा आलोचित छन्। 
हतियारधारीको बिगबिगीलाई के भन्नुहुन्छ?
यो पानीको फोका मात्र हो। 
मधेशको मुद्दामा काङ्ग्रेस र एमालेभन्दा एमा'वादी नजिक हो? एमा'वादीहरू टोकरीमा रहेका विषविनाका सर्प जस्तै हुन्; नत्र जयकृष्ण गोइत, नागेन्द्र पासवान, मातृका यादवहरू त्यसमै अटाइहाल्थे नि!  
सद्भावनाको विकल्पमा अरू मधेशवादी दलहरू किन आए?
सद्भावनाको त्याग र तपस्याको अवमूल्यन गर्न मिल्दैन। त्यतिवेलाका हाम्रा नेता गजेन्द्रनारायण सिंहजीले पार्टी बनाउन पञ्चायती नेताहरूलाई पनि लिने गर्नुभएको थियो। अहिले तिनै मण्डलेहरूले सद्भावनालाई क्षतविक्षत बनाइदिए।
मधेशीको समस्या कसरी समाधान हुन्छ?
आजैबाट समान व्यवहार, सहभागिता र अधिकार हुनुपर्छ। मधेशीलाई पनि यो राष्ट्रको धेरै माया छ। हामीले सद्भावना परिषद् खोल्दा नै जनक बुद्धका सुन्दर देश, जय पहाड जय मधेश, देश नही तोडेंगे, अधिकार नही छोडेंगे भन्ने नारा लगाएका थियौं।  
३ बर्ष अगाडी श्यामलाल मिश्र  संग गरिएको कुराकानी । मिश्रको दुई बर्ष अगाडी निधन भएको थियो । हालै सशस्त्र समुहवाट शान्तिपुर्ण राजनितीमा आएका एक नेताका अनुसार मिश्रको यो अन्र्तवार्ता छापिएपछि भारतमा भुमिगत जीवन विताईरहेका सशस्त्र  समुहका नेताह्रले ३ सय कपी पत्रिका किनेर आफनो कार्यकर्ता र नेतालाई पढनका लागी दिएका थिए ।

Sunday, September 22, 2013

गोईत -ज्वालाको गठजोड

मधेशमा सशस्त्र संघर्ष शुरु गर्ने प्रमुख दुई व्यक्ति एकै ठाउमा उभिएको घोषणा गरेका छन ।
नवीन झा

२८ भदौमा सर्लाही सदरमुकाम मंलगवाको नापी कार्यलयमा भएको शक्तिशाली बम बिस्फोटको जिम्मा लिएका जयकृष्ण गोईत र ज्वालासिंहले २९ भदौमा कार्यगत एकता गरेको घोषणा गरे । एक अर्काको नाम समेत नसुन्ने यी दुई बिचको कार्यगत एकताले तराई मधेशको सशस्त्र आन्द्योलन पनि आश्चर्यजनक मोड लिएको जानकारहरु बताउछन । साथै उनीहरुले कार्यगत एकता गर्दा आउदो निर्वाचन विरुद्ध सशक्त भएर पनि उभिने जनाएका छन ।
०६१ सालको साउनमा संगै सशस्त्र सघर्षमा होमिएका गोईत र ज्वाला १ बर्ष पनि संगै बस्न सकेका थिएन । गोईतको नेतृत्वमा सुरु भएको जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक संगठनमा ज्वाला पुर्वी ईन्चार्जको रुपमा काम गर्दै थिए । तर काम संगै सुरु गरेको ११ महिनामै ज्वाला गोईतप्रति असन्तुष्टि जनाउदै ०६२ असारमा आफनै नेतृत्वमा छुटै संगठन खोलेका थिए । 

                                      ज्वाला                                      गोईत
ज्वालाले छुटै पार्टी बनाउदाको एक सहयात्री तथा उनका तत्कालिन प्रवक्ता समेत रहेका राम बृक्ष महतो भन्छन, अहिले गोईत र ज्वाला विच भएको सहकार्यले मधेशको राजनितीमा ठुलै उथलपुथल ल्याउला जस्तो लग्दैन तर आउदो निर्वाचनमा केही ठाउमा आफनो हिंसात्मक उपस्थिती भन्ने देखाउन सक्छ । हाल वार्ता प्रक्रियामा आईसकेका महतोका अनुसार ज्वाला र गोईत आजको अवस्थामा पनि एक भएर ठुलो शक्ति बन्ने अवस्था छैन । ज्वला र गोईतसंगै काम गरेका महतो पछिल्लो घटनालाई आश्चर्यजनक मान्छन । ज्वाला र गोईत एक अर्काको नाम समेत नसुन्ने दुई पात्र हुन, महतो भन्छन, तर आज एक भएको सुन्दा मलाई पनि आश्चर्य लागेको छ । 
०६१ साउन ११ गते एउटा विज्ञप्ति निकाली नेपालमा ‘तेस्रो बन्दुक’को उदय भएको घोषणा गरेका गोईत त्यस अघि माओवादीका भातृ संगठन ‘मधेशी राष्ट्रिय मुक्ति मोर्चा’का अध्यक्ष थिए । ०६१ ऋसार ३० गते चितवनमा माओवादी नेतृत्वको उपस्थितमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको सम्पन्न राष्ट्रिय भेलाले मोर्चाको अध्यक्षमा मातृका यादवलाई अध्यक्षको जिम्म्ेवारी दिएका थिए । उक्त निर्णय प्रति उनले असहमती जनाउदैं तीन जना कार्यकर्तालाई लिएर विहारको मधुवनी जिल्लामा पर्ने ‘विक्रमश्ोर गाविस’ पुगेका थिए । तत्कालिन अवस्थामा उनीसंग विश्वनाथ पाण्डे सहित तीन जना मात्रैं नेता रहेको भित्रियाहरु बताउछन । ११ साउनमा विक्रमशेर गाविस वाटैं एउटा विज्ञप्ति निकाली उनले स्वतन्त्र तराईको माग गर्दै सशस्त्र आन्दोलनको घोषणा गरेका थिए । उक्त विज्ञप्ति मार्फत उनले सप्तरीका तीन जना पहाडी मुलका कर्मचारीलाई सात दिन भित्र तराई छाडन उर्दी समेत जारी गरिएको थिए । 
मधेशमा सदभावना पार्टीको स्थापनाकाल देखि नैं मधेशवादी राजनितीमा सक्रिय सप्तरीका नेता भोला प्रसाद मुखिया भन्छन ‘यसले एउटा अध्यायको समाप्त गरेर, अर्को अध्याय मधेशी राजनितीलाइ नयां उठान गर्न छन ।’ विगतमा सशस्त्र राजनितीमा पनि सक्रिय रहेका मुखिया गोईतकै कारण मधेशको सशस्त्र राजनितीक विगतमा गतिविधी गलत वाटोमा गएको आरोप लगाउछन ।  ‘कुनैं पनि काममा अनुशासन भएन भने त्यसले अराजकतालाई निम्ताउछने गर्छन’ मुखियाले भने ‘मधेशमा सशस्त्र समुहको नाममा वढेको अराजकताको जिम्म्ेवारी गोईतले लिनैं पर्छ ।’ गाईत अरुको कुरा नसुनेकैं कारण हिजो च्याउसरी सशस्त्र समुह जन्मिन पुगेको बताउदैं मुखियाले ‘गोइतमा अरुको कुरा सुन्ने क्षमता मात्रैं भईखिएको भए आज उनी मधेशको सर्वमान्य नेताको रुपमा पुजिन्थ्यो ।’
हाल गोईतलाई शुरुवातीका चरण एकजना पनि सहयोगी नेता हाल उपल्व्ध छैंन । गोईतले शुरुवाती चरणका प्रमुख नेताहरु विश्वनाथ पाण्डे –चटानसिंह), नगेन्द्र पासवान – ज्वालासिंह), विनय महतो (सुरज), रामबाबु यादव र रामविलास यादव थिए । विनय महतो र चटानसिंह तत्कालिन माओवादीका वरिष्ट सैंन्य कमाण्डर थिए, महतो गोईतको अभियानमा सक्रिय भएको लगत्तै प्रहरीको कारवाहीमा मारिएका थिए ।चटानसिंह भन्ने हाल मधेश मुक्ति टाईर्गसका सैंन्य कमाण्डर हुन । त्यसैंगरी प्रमुख राजनितीक व्यक्तिमध्ये रामवाबु यादव (रणविरसिंह)  मानिन्थ्यो । जसलाइ भारतीय प्रहरीले पक्राउ गरी सिरहा प्रहरीलाई बुझाएको थियो । सिरहा प्रहरीलाई बुझएको लगत्तैं उनके मृत्यू भएको थियो ।मृत्यूको बेला उनी मधेश राष्ट्र जनतान्त्रिक पार्टीका अध्यक्ष थिए ।
राम विलास यादव अहिले भने छुटैं अखिल तराई मुक्त मोर्चाको नेृर्तत्व गरिरहेका छन । ८ महिना अघि गोईतसंग अलग भएका यादव वैंद्धिक नेताको रुपमा मधेशमा चिनिन्छन । गोईतसंग सवैं भन्दा लामो समय सम्म सहकार्य पनि उनलैं नैं गरेका हुन । मातृका यादव नेतृत्वको नेकपा माओवादी संग उनी सहकार्यको प्रयासमा रहेको स्रोतको दावी छ ।त्यसका लागी विभिन्न चरणको वार्ता समेत आन्तरिक रुपमा भईरहेको भित्रियाहरुको कथन छ ।  
माओवादी पार्टी मैं रहदां जग्गा विवाद नराम्ररी नमुछिएका नगेन्द्र पासवान –ज्वालसिंह) शुरुवाती चरणकैं गोइतका प्रमुख राजनितीक सहयोद्धा थिए । तर जानकारहरुका अनुसार गोइृतको व्यक्तिगत व्यहावारप्रति तीेव्र असन्त्ुष्टि हुदैं जादां ज्वाल सिंह गोइत वाट वाहिरिए । अहिले सम्म कैं सवैं भन्द्या ठुलो धक्का गोईतका लागी उही भएको भित्रियाहरु बताउछन । तत्कालिन अवस्थामा संगठन भित्र निकैं प्राभाव राख्ने नेताको रुपमा ज्वालालाई लिइन्थ्यो । संगठन भित्र राम्रो पकड भएका ज्वालाको सप्तरीमा भएको एउटा घटनामा गोईतसंग मतभिन्नता उत्पन्न भएपछि उनी बाहिरिएका थिए । यसरी छोटो समयमा संगठन भित्र राम्रो पकड बनाएर ज्वाला छुटै संगठन बनाएपछि गोईत उनीसंग यती रिसाएको थियो कि उनको नाम समेत लिने गरेका थिएन । तर संविधानसभा विघटनसंगै उनीहरु आश्चर्यजनक रुपमा नजिकिएको स्रोतको दाबी छ । विगत १ बर्ष देखि यीनीहरु संगै बस्दै आएका थिए । र, पटक पटकको छलफल पछि गएको २९ भदौमा कार्यगत एकताको घोषण गरेका हुन । जुन पुर्ण रुपमा आउदो निर्वाचनमा आफनो उपस्थिती देखाउनका लागी मात्रै केन्द्रित रहेको जानकारहरु बताउछन ।


Friday, September 20, 2013

शनिवारीय दलान - राष्ट्रकविक संग मिथीलाक गपसफ


राष्ट्रकवि माधव घिमिरे कहैछथ - हम मैथलीके प्रसंशक छि ।
नवीन झा

अप्पन देशक मिथिला क्षेत्रमे भिन्न प्रकारक साहित्य संस्कृति छै । अपने एकरा कोना देखैत छियई?
ः हँ, मिथिला प्रदेश बहुतो बात सं समृद्ध अछि । जाहि मे पहिल नम्बर  मैथली भाषा गितके भाषा अछि । ताहिं कारणे ओत मैथिल कोकिल विद्यापतिक जन्मस्थल ओहुना समृद्ध बनोने अछि । एतबे कहा, गाउंगाउंके महिला सब साहित्यक भाषा मे गित गबैंत छैथ, ह कि नई ?
त हम कि बुझैछि छियैक जे हमरा त लागैय जे मैथिलवासी सभ झगडा सेहो गित गबैत करैत छथ । नेपाली भाषा सेहो गितेके भाषा अछि मुदा मैथली भाषा गितक भाषा अछि ।  दोसर यी मिथिला एकटा सांस्कृतिक स्थल अछि । वर्तमान नहिं अतित उपनिषेधकालसं जनक, जिनकर बहुतो परम्परा रहल अछि । जनक सभक परम्परा जाहिंमे सीताक जन्म भेल आ दुगोट महाकाव्य सं हमरा सभक जीवनके अत्याधिक प्रभाव परल अछि । एकटा रामायण आ दोसर महाभारत ।
रामायणक मूल जनक तयार केलैन । हमरा सभके बेटी देलैन । हिन्दूस्तानक व्यक्तिसभ निक घर बसाब नहिं सकलैथ । झगडा भेलै । हम आइए मात्र एकटा पत्रिका पढलौ रामदेव सीताक नैंहर के हम बहुत प्रेम करैत छि से कहलैन । अइके मतलब भारतवर्षक व्यक्तिसभ सेहो अइ संस्कृतिके सम्मान करैत छैथ । यी संस्कृतिक स्थल अछि वर्तमान युगमे मिथिला कलाक प्रचार एहए भेल अछि ।
मिथिलाकला विश्व के नेपाली कला रहल अछि । एकर हरेक बात अलग थलग अछि । एकर  रंगक संयोजन भिन्न अछि । यी  संस्कृति मे कोनाक समाहित अछि, ताय त  दिपावलीमे  लक्ष्मी पुजा करए परल । बहरिया द्वारसं लक्ष्मीक डेगके निशान बनबैत अछि । यी त एक टा  दृष्टान्त मात्र अछि  । एकर मतलब यी जे  जनजीवनमे समहित , जनताक हृदयके भितरे सं आएल यी संस्कृति अछि ।
प्राचीनकालमे पाषण मूर्तिसभ , प्राचिन मिथिला राज्यसभ के फैलिगर रुपसं देखल जाए त , बहुतो प्रकारसं यी संस्कृतिके आधार देखाबैत अछि ।  विशाल रुपसं देखल जाएत , बहुतो किसिमसं यी संस्कृतिके आधार झल्कबैत अछि ।
तेसर बात यी अछि, जे हम न्यायशास्त्रक विधार्थी , तर्कशास्त्रक बात मिथिलामे अछि ।     अहिंके सम्बन्ध बंगाल धरी अई । बंगालके विद्वान् आ अतुका विद्वानके सम्बन्ध अछि । ओ तर्कशास्त्रके जन्म भेल स्थान ।
तर्कमे यी भूमि, एकरा हम विशेष रुपसं लैत छियैक । व्यक्तिसभ हमरा कि कहलैन त अहां हिमालके कविता लिखलियै , मधेशके नै । हमर की आदत अछि,  हम हिमाल आ मधेशके अलग कऽक नहिं देखैत छिएक । अखन एतए हिमाल, पहाड, मधेश कहैत छैक यी बात हमरा मान्य नहिं अछि । देश एक छएक , लेक आ बेसी, लेक  सेहो तराइबासीके छैक , हिमाल सेहो छैक । हिमालवासीके सेहो ओ अमरकुञ्ज छैक, दुटा परस्पर नैभक जिनाइ कठिन छएक । व्यक्तिसभ कि कहलखिन जे  ‘गण्डकी कोसी कणार्ली मेची र महाकाली, लेक र बेसी ब्युझाउछन् लहर लाखौँ उचाली’ लिखु । गण्डकी कोसी कणार्लीे कि अहांक प्रदेशमे नहिं गेल अछि ? नहिं गेल अछि त हम नहिं गाएब , गेल अछि त गाएब । ह, हम मिथिला पर सेहो गित लिखने छि ।
याद अबैत अछि ?
....... ओत नई अबैया ।
    हमर किन्नरकिन्नरी गित संग्रहमे छैक । ओतैसं देखक छापब । आहिंके  पूर्णपाठ छापके हाएत त छापिलेब । हमर कहब हम मिथिलाके नहिं बिसरने छि । ओतके महत्व हमरा बुझल अछि । हम कोना मिथिला बिसैर सकैत छि ? हमरा ओ मुरली बजाक गोपिनिके भिडमे गाई घुरल अर्मकुण्डसं  सुगन्ध फैलल हम ओत रहिक ओ सुगन्ध फैलल देखैत छिएक । मिथिलाक बहुतो विशेषता अछि । जाहिंमे स हम अहां सभके तीनटा बतोलहुं अछि । आब अन्य बातसभ  वैदिक समय, उपनिषद्काल आब महाकाव्यक कालसं प्रसिद्ध स्थल अछि ।
नेपालके  साहित्य अपने समृद्ध अछि ओहिंमे मैथिली साहित्यक कतेक योगदान अछि ?
ः ओकर योगदान खास कऽक काठमाडौं भ्यालीमे देखल जाइत अछि । एतुका मल्ल राजासभ मैथली भाषाक संग सम्बन्ध जोडलैन । सिम्रनगढके राजाक संग एक प्रकारक सांस्कृतिक भाषा छल ओ छल मैथली । नेपालके मात्र बात नहिं करु । रविन्द्रनाथ ठाकुर अत्यन्त सुन्दर गित सब लिखने छैथ । ओहि बेरमे हुनक लेखाइमे मैथिल भाषक अत्यधिक प्रभाव परल छल । मैथिल कोकिल विद्यापतिके । एकटा  त भाषा प्रचारके लेल गित भेनाई आवश्यक अछि । गितसं जल्दिए जनमानसमे प्रभाव परैत छएक । बुद्धिजिविसभ मे काव्य सेहो होनाइ आवश्यक अछि । महाकाव्य, उपन्यास सब भेनाइ जरुरी अछि । तखन मात्र ओ फैलैत अछि । ओकर प्राचिनरुपसं आधुनिक रुपमे ओ जाइत अछि । किछुओ वर्ष हम गेल छलौ ।  मिथिलामे ओत एकगोट नाट्यकर्मी छलैथ नाम बिसैरि गेलौे , ह महेन्द्र मलंगिया जी ?  कहके मतलब नेपालमात्र नहिं भऽक बंगालमे सेहो एकर प्रभाव अछि । दोसर एक टा  बात कि अछि त मैथिल भाषाक प्रभाव विहारदिश बेसी अछि । नेपालमे सेहो अछि आ बंगालमे सेहो । ओतए बहुसंङ्ख्यक व्यक्ति मैथिल भाषा बुझैत छैथ ।
नेपालमे मल्ल्कालमे मैथलीके जे प्रभाव छलैक बिचमे आबिक कने टुटल जका नई लगैत छएक ?
एना होइत छैक । राज्य अपन भाषा, अपन साहित्यके प्रचारमे काज करवला भेल त अपन भाषासाहित्यक विकास होइत छैक नई त नई । हिन्दूस्तानमे अंग्रेजसभ शासन कएलकै । अंगे्रजसंग नजदिक भऽक जिअल राणासभक शासन आएल । ओहिं शासनकालमे स्वभाविके अहां मैथिल भाषाक मात्र नहिं अन्य भाषाक विकास सेहो नहिं भेलै । यद्यपि राणाके कालके सेहो हम एक टा बात निक मानैत छि । अंग्रेज सब लखनउ विद्रोह दबेबाक लेल जंगबहादुरके सेना पठाक खुसी भए कि मांगैत छि कहिक पुछलाबाद जंगबहादुर भाइभारदासभसंग सल्लाह कऽक पश्चिम तराई मगलैन ।
अखन राज्यपुनर्संरचनाके बात उठिरहल अछि । नेपाली भाषा जते मैथिली वा अन्य भाषाक स्थिति निक नहिं अछि । अहांक विचारमे कोन स्तरमे काम भेलासं मैथिली सहितक दबाओलगेल वा पछा पारल गेल भाषाक विकास भ सकैत अछि ?     
(अइमे हमर प्रष्ट विचार कि अछि त सम्पर्क भाषा नेपाली अछि । कोनो राष्ट्रमे राष्ट्रभाषा शिथिल भेल त सम्पर्क भाषा छिन्नभिन्न होइत अछि । सम्पर्कके रुपमे जे नेपाली भाषा प्राप्त भेल अछि । ओकर उन्नतीमे दख्खल देब नहिं चाहिं । ओहिं संगे मिलैत जुलैत अन्य भाषा मैथिली , अवधि ओकर विकास भेल त ओकर शब्द चिन्तन इत्यादि सं यी भाषा सेहो समृद्ध होइत जायत मुदा हम कि कहैत छि जे मैथिली अवधि सहितक अन्य भाषा बढिक नेपालीक स्थान लेबाक चाहिं, यि त कठिन बात अछि ।  कियाक त एक टा राष्ट्रमे दु तीनटा  राष्ट्रभाषा भेल त काज करबामे सेहो कठिनाई होएत । झमेला उत्पन्न हाएत । आब यी प्राचीन रुपमे साहित्य भेल भाषा एकर विकास उन्नती , जनस्तरमे आएल अछि ।  आब राष्द्र एकरा कोना आगा बढाबे तईमे स्पष्ट नीति भेनाई आवश्यक अछि । राज्यक एक टा कर्तव्य कि अछि त अपना भितर पैघ होइ वा माझिल भाषा ओकरा मर नहिं देनाइ कियाक त जनताक अपन संस्कृति , अपन रितीरिवाज व्यवहार ओहि भाषामे अंकित भेल रहैत अछि ।
नेपालीक परम्परा इतिहासक अप्पन महिमा अछि, अंग्रेजीके सेहो अछि , हिन्दी, मैथलीक सेहो अछि । हमसभ नेपाली , अंग्रेजी , हिन्दी , मैथिलीमे चारीटा भाषाक ऐतिहासिक मूल्यांकन करी त सबस बेसी समृद्ध के अछि ? एक , दु , तीन , चार कहि दियौन ?
ः नहिं ,  अंग्रेजी एक प्रकार सं विश्वक भाषा जेहन भेल । विज्ञान प्रविधि अन्तर्राष्ट्रिय सम्बन्ध, भूमण्डलीय करणसनक बातसं अंग्रेजी त बाह्य अछि । एहन बेरमे अंग्रेजी नहिं चाहि कहिक अपन सभक विकास नहिं होएत । यी एक प्रकारक अन्तर्राष्ट्रिय भाषा भचुकल अछि । आब आएल हिन्दीक बात हिन्दीके हिन्दूस्तानक राष्ट्रभाषाके सम्मानके रुपमे अपना  सभके देखबाक चाहिं । अपना सभमे लएबाक प्रयास कएलगेल हमरासभक  तराईकाभाषासभ ध्वस्त भ जाएत । जखन हिन्दीक नारा लगाओल जाएत त अपन सनेपाली भाषा ध्वस्त नहिं हाएत । मैथली, भोजपुरी, अवधि यि तीन भाषा मरिजाएत । यि भाषाके खा जाएत । नेपालीके कहिं त हिन्दी नहिं खा सकैत अछि । हमसभ नेपालीक जगहमे हिन्दी लाएब त हिन्दूस्तान पहिले अइ बातके नहिं मानत । ओ पूरे हिन्दुस्तान भित्र त लागू कर नहि सकल अछि । अपन देशमे त लागु नहिं कर सकल अछि । दोसर देशमे कोना हेतैक । यदि हिन्दी भाषा लाओल जाएत त पहिले तराईके खा जाएत । ओकरा बाद नेपालीके खाएत । यी देश नहिंयो रहि सकैत अछि । ताहिं कारणे हमसभ तराईके भाषा आ अन्य भाषाके संरक्षण कएनाई आवश्यक अछि ।
 मिथिला साहित्य संस्कृतिसंग सम्बन्धित अहांक कोनो संस्मरण अछि ?
ः विद्यापतिक पदावलीके संकलन भेल एक टा किताब पढने छलियै । ओ जयदेवक गितसंग मिलैत जुलैत छलैक । ओहि समयमे हमर मनमे ओ भाषा निक साहित्य भेल भाषा अछि कहिक विम्ब ठाड भेल छल ।  हम  पच्चिस तीस वर्षक उमेरमे पढ्ने हेबै । बादमे जनकपुर जाइत अबैत आ  ओतुका व्यक्तिसभसंग सम्पर्क भेलाकबाद बुझली जे यी मैथली अई ।

धन्यवाद अछि अपनेके 
ः किछु अछि त कहु हम त नेपालीके लेखक छि । साहित्यिक रुपमे हम मैथिलीके प्रसंसक व्यक्ति छि । 
                                                                                










Wednesday, September 18, 2013

सीमापारि सर्दै व्यापारी

आन्दोलन र सशस्त्र समूहका चलखेल तथा तिनबाट उत्पन्न अराजकताले मधेशको बन्दव्यापारलाई सीमापारि धकेलिदिएको छ।
नवीन झा, जलेश्वरमा

“कहिले भारतीय त कहिले नेपाली नम्बरका फोनबाट पैसा माग्ने, नदिए जे पनि हुन्छ भन्थे। बच्चाहरूको नाम र उनीहरू पढ्ने स्कूलको नाम सुनाउँथे। त्यसमाथि दिनहुँको बन्द–हड्ताल त छँदैथियो।” यो भनाइ महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरबाट तीन किलोमिटर दक्षिणको भारतीय बजार भिठ्ठामोडका होलसेल किराना व्यापारी ऋषिकुमार मुरारकाको हो। उनी जलेश्वरमा दशौं वर्ष पुरानो कारोबार बन्द गरेर दुई वर्षअघि भिठ्ठामोड पसेका हुन्। भिठ्ठामोडका अधिकांश ठूला पसल मुरारका जस्तै 'अशान्त मधेश' बाट पलायन भएर आएका नेपाली व्यापारीले चलाएका छन्। वर्ष दिनअघि भिठ्ठामोडमा 'खुश्बू वस्त्रालय' खोलेका रामजसो दास जलेश्वर नजिकैको मरैय बजारमा २५ वर्षदेखि चलेको कपडा पसलमा ताला लगाउनु पर्दा तरक्क आँशु झ्रेको बताउँछन्। अर्का विस्थापित नेपाली व्यापारी विक्रम अग्रवाल भन्छन्, “जलेश्वरमा टिक्न केसम्म गरिनँ? मारवाडी भएर मदिरा पसल समेत खोलें। तर, केटाहरूको समूहले आएर खान्थे र पैसा माग्दा पार्टीको मान्छेलाई हेप्ने भन्दै धम्की दिन्थे।”

सुनसान शहर

जलेश्वरनाथ महादेवको मन्दिर भएको मिथिला क्षेत्रकै एउटा प्रमुख धार्मिकस्थल हो, जलेश्वर। पाँच वर्षअघिसम्म नेपालका विभिन्न जिल्ला र भारतबाट आउने मानिसहरूको घुइँचो लाग्ने मन्दिरमा मधेशी–पहाडी सरोबरी देखिन्थे। अहिले जलेश्वरमा पहाडी र भारतबाट आउनेहरूको त कुरै छोडौं, स्थानीयहरूको चहलपहल हेर्न पनि साप्ताहिक हाट नै पर्खनुपर्छ। बुद्धिजीवीहरू यसका लागि मधेश आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई जिम्मेवार ठहर्‍याउँछन्। जलेश्वर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपु साह भन्छन्, “परिस्थिति यस्तै रहने हो भने जलेश्वर पूरै सिद्धिन्छ।” सरकारी कार्यालयमा काम परेर आउनेहरूबाट मुश्किलले धानिएका महेन्द्र चोक छेउछाउका करीब दुई दर्जन चियानास्ता पसल– जलेश्वरको सम्पूर्ण व्यापारिक गतिविधि यति नै छ, अहिले। ४० वर्षदेखि जलेश्वरमा स्थापित जलान, सर्राफ, मुरारका लगायतका व्यापारिक परिवारमध्ये गएको पाँच वर्षमा कोही भारत त कोही नारायणघाट र काठमाडौं सरेका छन्। उवासंघका उपाध्यक्ष साह जातीय सद्भाव र आर्थिक जीवनका पाटाहरू बुझदै नबुझ्ी मधेशको नाममा गरिएको राजनीतिले जलेश्वरको मात्र हैन, पूरै मधेशको आर्थिक जीवन बर्बाद पारेको बताउँछन्। मधेशी जनअधिकार फोरमका तर्फबाट पूर्व सभासद् अभिषेकप्रताप साह पछिल्लो समय तराई–मधेशका व्यापारीहरू सशस्त्र समूह र माओवादीदेखि प्रशासनसम्मको शिकार भएका बताउँछन्। उनका अनुसार, प्रशासनका मानिस व्यापारीसँग पेट्रोल–डिजल माग्छन् भने माओवादी चन्दा र सशस्त्र समूह फिरौती असुल्छन्। मधेशमा बिग्रेको बन्दव्यापारको प्रतिबिम्ब राजस्व संकलनमा स्पष्ट देखिन्छ। आर्थिक वर्ष २०६६/६७ मा रु.२७ करोड ४३ लाख ५२ हजार राजस्व संकलन भएको जलेश्वर भन्सार कार्यालयमा २०६७/६८ मा रु.१३ करोड ९६ लाख १० हजार मात्र उठ्यो।

माओवादीको उपहार

२०५२ सालमा पश्चिम पहाडबाट सल्किएको माओवादी हिंसाको झिल्को महोत्तरी आइपुग्दा अरुण खेम्का जलेश्वरको मिनी बजारमा वरफ उद्योग चलाइरहेका थिए। माओवादीको विगविगीसँगै हैसियत भन्दा बढी चन्दाको माग हुन थालेपछि खेम्का परिवार उद्योग बन्द गरेर भिठ्ठामोड पुग्यो। अहिले भिठ्ठामोडमा सबभन्दा चल्तीको 'नेपाल–भारत साडी संगम' चलाइरहेका खेम्का भन्छन्, “उताको जति माया लागे पनि यता आएर राम्रै गरेछु भन्ने लागेको छ। उता त अहिले पनि व्यापार गरेर बाँच्ने अवस्था छैन।”२०६२/६३ को जनआन्दोलनलगत्तै मधेश आन्दोलन भयो। तर, आन्दोलनपछि मधेशमा शान्ति होइन, माओवादीले रोपेको हिंसाको बीउ फस्टाउने वातावरण बन्यो। व्यापारी र पहाडी समुदाय राजनीतिको आवरणमा खुलेका सशस्त्र आपराधिक समूहको निशानामा परे। कसैले चाहेर पनि उद्यम गर्न सक्ने अवस्था रहेन। भिठ्ठामोडमै इलेक्ट्रोनिक्स सामानको होलसेल पसल चलाइरहेका महोत्तरी थरुवाहीका दिलीप मण्डलले आफ्नै ठाउँमा काम गर्न चाहे पनि संभव नभएपछि यता आएको बताए। धवौलीका नजाम साफीले पनि चार वर्ष गाउँमै चलेको टेलरिङ पसल भिठ्ठामोड सारेका छन्। सधैंको बन्द, हड्तालमाथि चन्दा आतंक र असुरक्षा थपिएपछि छोड्नुपरेको उनले बताए। साफी भन्छन्, “चौबीसै घण्टा परिवारको को कहाँ कतिबेला अपहरणमा पर्ने र कति रुपैयाँ बुझाउनुपर्ने हो भन्ने त्रासमा बस्नु परेपछि पलायन हुनुपर्‍यो।”

Tuesday, September 17, 2013

मंगल पाण्डेको कथा


मंगल पाण्डे (भोला मुखिया)

राजनीतिमा हतियार बोक्दा धमिलिएको मेरो निजी र पारिवारिक जीवनमा आज कतै उज्यालो छैन। राति प्रायः एक्लै रुन्छु। मलाई सशस्त्र राजनीतिमा लाग्न प्रेरित गर्नेहरूलाई आक्रमणै गर्न जाऊँ जस्तो लाग्छ।”

यो भनाइ मधेशको पहिलो भूमिगत पार्टीका संस्थापक भोला मुखिया (मंगल पाण्डे) को हो। एसएलसीपछि सडक विभागको सुर्खेतस्थित एउटा योजनामा सुपरभाइजर बन्न पुगेका सप्तरीका भोला त्यसको तीन वर्षमा भारतको मुम्बई पुगे। सुर्खेतमा एउटा प्रहरीले 'झिंजाको डाँकू' भन्दै गाली गरेकोले मुम्बईबाट फर्कंदा धनुषाको झिंजा हेर्न पसेका उनलाई गाउँको फन्को मारेर आँप बगैंचामा सुस्ताइरहेको बेला गाउँलेहरूले सीआईडी भनी समाते। त्यतिबेला विराटनगरका एक सरकारी कर्मचारीको घरबाट भागेर आएको बताएर ज्यान जोगाएका भोला त्यसपछि कुख्यात डाँकू मानिकचन्द पासवानको घरमा नोकर बनेर झिंजामै बसे।

एकमहीनामै पासवानको अंगरक्षक बनेका उनलाई केही डकैतीमा सामेल गरियो। यो कर्मबाट अत्तालिंदै तेस्रो महीनामै घर गएर पढाउने काममा लागेका उनी ठूलो दाइसँग माछाको ठेक्का लिएर कोशी क्षेत्रको ठूलै माछा व्यापारी पनि भए। शिक्षण र व्यापारसँगै सद्भावना पार्टीको राजनीतिमा पनि लागेका भोला केही मित्रले 'मधेशीको मुक्तिको लागि सशस्त्र पार्टी खोल्न' उकासेपछि हतियारको राजनीतितिर आकर्षित भएका थिए।

मधेशी भएको कारण धेरै ठाउँमा अपमानित अनुभव गरेका उनलाई साथीहरूको प्रस्ताव ठीकै लाग्यो र १६ चैत २०५४ मा आरडी आजाद, रामकुमार पण्डित, राजन र रमण सिंहसँग मिलेर उनले संगठन विस्तारपछि हतियार उठाउने योजनाका साथ 'मधेश मुक्ति टाइगर्स' स्थापना गरे। टाइगर्समा मंगल पाण्डे भनेर चिनिने उनी त्यही बीचमा भोला मुखियाको नामबाट मधेशी जनअधिकार फोरमको सप्तरी जिल्ला उपाध्यक्ष पनि बने।

२०६१ साउनमा जयकृष्ण गोइतले हतियार उठाएपछि त्यसअघि नै भूमिगत संगठन खोलेका मंगल पाण्डेले आफू पछि परिने डरले त्यही मंसीरमा हतियार उठाउने निर्णय गरे। मधेश आन्दोलनपछि भूमिगत भएका उनी क्रमशः आफ्नोसहित अन्य सशस्त्र समूहहरूमा राजनीति कम र अपराध बढी महसूस गर्न थाले। साथीहरू नै गलत काममा लागेपछि पार्टी फुट्न थाल्यो। “राम्रो अवस्थामा रहेको माछा व्यापार र ६ छोराछोरीसहितको परिवारबाट टाढिएँ”, उनी भन्छन्, “संविधानसभा निर्वाचनपछि सरकारसँग वार्ता गरेर त्यो जञ्जालबाट त निस्किएँ, तर अहिले आत्मा रोइरहेको छ।”

त्यसयता शान्तिपूर्ण राजनीतिमा उत्रने प्रयास गरिरहेका भोला मुखियाले हालै जनतान्त्रिक तराई–मुक्ति टाइगर्स नामको नयाँ पार्टी खोलेका छन्। तर आफूप्रति बौद्धिक जमातको बेवास्ताबाट निराश उनी भन्छन्, “समाजलाई विश्वासमा नलिई राजनीति गर्दा विचार जति राम्रो भए पनि घर न घाटको हुनुपर्ने रहेछ।”

Monday, September 16, 2013

तराईका तेस्रोलिङ्गी

कानुनी मान्यता पाए पनि तराईमा अझै तेस्रोलिङ्गीहरू सामाजिक उपेक्षाको सिकार भइरहेका छन्।

नवीन झा



पाँच वर्षदेखि तराईमा क्रियाशील तेस्रोलिङ्गी-अधिकारकर्मी परिना चौधरी तराईको सामाजिक संरचनामा तेस्रोलिङ्गी-अधिकारवादीहरू परिचय लुकाएर काम गर्न बाध्य भएको बताउँछिन्। हालै आफ्ना पाँच सहकर्मीसँगै तालिममा काठमाडौँ आएकी परिनासँग २२ पुसमा भेट्दा उनीबाहेक अरूले आफ्नो परिचय खोल्न चाहेनन्। उनकी एक साथीले यो संवाददातालाई भनिन्, “मैले आफूलाई सार्वजनिक रूपमा चिनाएँ भने समाज त परको कुरा, घरमै पनि बस्न सक्ने वातावरण हुँदैन।”

नेपालगञ्जलाई कार्यक्षेत्र बनाएकी परिनाका अनुसार बाँके र बर्दियामा सात हजार भन्दा बढी तेस्रोलिङ्गी उनीहरूको अभियानमा आबद्ध छन्। “तेस्रोलिङ्गी हुनु भनेको शारीरिक अपाङ्गता हुनु न हो”, उनी भन्छिन्, “तर समाजमा अरू अपाङ्गता भएका र हामीलाई हेर्ने दृष्टिकोणमा धेरै भिन्नता छ। तराई-मधेशको सङ्कीर्ण परम्पराले हामीहरूलाई गिज्याइरहेको छ।”

२०५७ सालमा एसएलसी पास गरेर पढ्न काठमाडौँ आएकी परिनाले यहाँको वातावरणमा आफूलाई असहज महसुस गरी नेपालगञ्ज फर्केर पढाइलाई निरन्तरता दिइन्। पुरुषको जस्तो शारीरिक बनोट भए पनि सानैदेखि महिलाहरूका क्रियाकलापप्रति आकर्षित उनले समाजले गलत रूपमा हेर्ने डरले १० कक्षा पढ्ने बेलासम्म आफूलाई सार्वजनिक गरिनन्। काठमाडौँ आएर आफ्नो अधिकार बारेमा ज्ञान हुन थालेपछि मात्रै उनमा तेस्रोलिङ्गीको अधिकारको वकालतमा लाग्नुपर्छ भन्ने धारणा विकास भयो।

नेपालगञ्जमा काम शुरु गर्दा परिनाले समाजबाट अपहेलना मात्र होइन, ढुङ्गामुढा समेत खाएकी थिइन्। डेढ वर्षअघि नेपालगञ्ज जैसपुरको मुस्लिम बस्तीमा पुग्दा स्थानीय सामाजिक अगुवाहरूले उनी र उनका साथीलाई समाज बिगार्न आएका भनेर गाली गरी फर्काइदिएका थिए। तर परिना भन्छिन्, “अहिले त्यही ठाउँलाई लक्ष्य बनाएर हामीले सचेतना कार्यक्रम चलाएका छौँ।” परिनाका अनुसार मधेशको समाजमा तेस्रोलिङ्गीको सङ्ख्या धेरै छ, तर उनीहरू आफ्नो धार्मिक-सामाजिक मान्यताका कारण बाहिर आउन सक्दैनन्। परिनासँग काठमाडौँ आएका तेस्रोलिङ्गी साथीहरू मधेशी-बाहुन थिए।

नेपालमा सन् २००१ मा तेस्रोलिङ्गी अधिकारकर्मीले ब्लु डायमण्ड सोसाइटीको नाममा सङ्गठित भएर यस विषयमा काम गर्न थालेपछि काठमाडौँ लगायतका केही ठाउँमा उनीहरू आफ्नो अधिकारप्रति सचेत हुँदै अगाडि आएका हुन्। पछि सर्वोच्च अदालतले तेस्रोलिङ्गीले आफ्नो स्वतन्त्र पहिचानका आधारमा नागरिकता लिन र अन्य सरकारी कामकाजमा संलग्न हुन पाउने फैसला गर्‍यो। तर परिना भन्छिन्, “तराई मधेशका जिल्लामा अझै पनि धेरै तेस्रोलिङ्गी आफ्नो स्वतन्त्र परिचयका आधारमा नागरिकता लगायतका कामकाजमा संलग्न हुन नसक्ने अवस्था छ। त्यहाँ यो अभियानका लागि ठूलो चेतनामूलक कार्यक्रमको खाँचो छ।” उनी आफैँ नेपालगञ्जमा वेस्टर्न स्टार नेपाल नामक संस्था खोलेर यो अभियानलाई अगाडि बढाउँदै आएकी छन्।

नेपालगञ्ज मात्र होइन बारा, रौतहट, धनुषा र सुनसरीमा पनि तेस्रोलिङ्गीको अधिकारको आवाज उठ्न थालेको छ। मैथिली संस्कृतिविद् तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका संस्कृति विभाग प्रमुख प्राज्ञ रामभरोस कापडी तराई-मधेशको समाज दिनप्रति दिन खुला र सहज हुँदै गएको बताउँछन्। उनका अनुसार पहिला-पहिला सङ्कीर्णताका कारण यस्ता व्यक्तिलाई सार्वजनिक ठाउँमा देख्ने वित्तिकै जिस्क्याउने चलन थियो, पछि विस्तारै यस्ता गतिविधि न्यून हुँदै गइरहेका र उनीहरू पनि सचेततापूर्वक अगाडि आउन थालेका छन्। “तर ग्रामीण क्षेत्रमा अझै पनि यस्तो समस्या विद्यमान छ”, कापडी भन्छन्, “शहरी क्षेत्रमा चाहिँ उनीहरूको गतिविधि बढ्दै गएकाले सामाजिक धारणा बदलिँदैछ।”

जनकपुरका अधिकारकर्मी सञ्जय चौधरी धनुषामा मात्रै १० हजार भन्दा बढी तेस्रोलिङ्गी भएका बताउँछन्। “यस क्षेत्रमा काम गर्न अझै धेरै चुनौती छ। समाजदेखि घरपरिवारसम्म राम्रो नजरले हेर्दैनन्”, उनी भन्छन्, “तर पनि विस्तारै सुधारका लक्षणहरू देखा पर्दैछन्।” जनकपुर जस्ता शहरबजारमा तेस्रोलिङ्गीहरू विस्तारै खुलेर आउन थाले पनि ठूलो जनसङ्ख्या भएका ग्रामीण भेगमा अहिले पनि उनीहरू यस्तो कुरा लुकाइहेका छन्।

Source - http://nepalihimal.com/news.php?id=4721

Sunday, September 15, 2013

अब मधेश हार्ने छैनन

के मधेशवादी नेताहरु चुनाव हार्दैमा मधेश राजनितीक रुपमा ओरालो लाग्ला ?
नवीन झा 

आउदो निर्वाचनलाई लक्षित गरेर हाल विभिन्न पार्टीहरुको वारेमा अनेकन टिप्पणीहरु सुन्न पाईन्छ । त्यसै सन्दर्भमा मधेशवादी दलहरु अब सकिन्छ भन्ने आवाज पनि काठमाडौमा बाक्लै सुनिन्छन । काठमाडौको एउटा तप्कामा अब मधेशवाट मधेशी नेताहरु अघिल्लो चुनाव जस्तो गरी जित्न नसकिने र उनीहरु मध्ये धेरैको अस्तीत्व समाप्त भएर जाने तर्क गर्छन । हो, एउटा कुरा के निश्चित छ भने आउदो निर्वाचनमा अघिल्लो निर्वाचनको जस्तै आकारमा त मधेशवादी दलहरु आउने छैनन । तर के मधेशवादी दलहरु हार्दैमा निर्वाचन पछि फेरी राजनितीक रुपमा मधेश ओरोला लाग्ला त ?

निर्वाचनमा मधेशवादी दलहरु जुन आकारमा आए पनि मधेश अब राजनितीक रुपमा ओरालो लाग्ने छैनन । मधेशमा विकसित राजनितीक मनोविज्ञानको उचाईलाई अहिले कुनै मधेशवादी दलहरु वा नेताहरु प्रतिनिधित्व गर्ने अवस्थामा पनि छैनन । त्यसैले आउदो चुनावमा जुनसुकै पार्टीहरु मधेशवाट चुनाव जितेपनि मधेशको मुद्धा र मधेशवादी राजनिती अब ओझेलमा पर्ने छैनन ।


कतिपयले ००७ र ०४७ मा पनि मधेशवादी दलहरुले भावनात्मक रुपमा अघि आएपनि व्यवहारिक रुपमा धेरै टिक्न नसक्दै ओझेलमा परेको उदाहरण काठमाडौमा अचेल खुवै दिने गरिन्छन । तर ००७ सालको सेरोफेरोमा सुरु भएको मधेश राजनिती ०७० मा आईपुग्दा अनेकन तिता ईतिहासको अनुभुति संगालिसकेका छन । र आज मधेशका युवाहरु खासगरी जुन मधेशवादी राजनितीक वर्तमानवाट गुज्रीरहेका छन त्यो पक्कै पनि उनीहरुका लागी सहज त  छैनन तर त्यसको अर्थ यो पनि छैन कि मधेशका युवाहरु एमाले, काग्रेस र माओवादी प्रति सन्तुष्टि छन । त्यसैले मधेश राजनितीक रुपमा एकदमै खतरनाक मोडमा छन । जसलाई आउदो निर्वाचनले खासै प्रभाव पार्ने लक्षणहरु देखा परिरहेको छैन ।

आउदो निर्वाचनमा मधेशवाट जुनसुकै पार्टीहरु चुनाव जितेपनि त्यसले मधेशमा वढदै गएको राजनितीक मनोविज्ञानलाई कुनै असर पार्ने छैनन । जुन विभिन्न तरिकाले अनेकन रुपमा भिन्ना भिन्नै रुपमा देखिने छन र मधेशको मुद्धा मात्र होईन कि मधेशको राजनितीक पनि ओराला लाग्ने छैन । र एक मधेशी युवा नेता कै शब्दमा भन्ने हो भने, आउदो निर्वाचनमा मधेशवादी दलहरु हारे पनि अब मधेश हार्ने छैनन ।

Saturday, September 14, 2013

मधेशी नेता र भारतीय सचिव सिंह विच भेटवार्ता

हिजो दुई नेपाल भ्रमणमा काठमाडौ आईपुगेकी भारतीय विदेश सचिव सिंह आज विहान मधेशी नेताहरुसंग सामुहिक रुपमा भेटेका छन । 


दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेश सचिव सुजाता सिंह आज विहान मधेशवादी नेताहरु संग भेटेका छन । उनी बसेको द्धारिका होटलमा विहान ८ बजे पुगेका मधेशी पार्टीका शिर्ष नेताहरुसंग सिंहले सामुहिक भेटवार्ता गरेका थिए । 
मधेशी मोर्चामा आबद्धमा महन्थ ठाकुर, विजय गच्छदार, राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव, सहित फोरम नेपालका भरतविमल यादव, संघीय सदभावनाका अनिल झा उनीसंगको भेटवार्तामा सहभागी थिईन ।  सदभावना अध्यक्ष महतोका अनुसार भारतीय सचिव सिंह नेपालमा ४ मंसिरमै चुनाव होस भन्ने धारणा राखेकी थिईन ।

भारतीय विदेश सचिव सिंह काठमाडौमा

नेपालको राजनिती तातीरहेको बेला भारतीय विदेश सचिव सुजाता सिंह दुई दिने भ्रमणका लागी आज दिउसो काठमाडौ आईपुगेकी छिन ।

भारती बिदेश सचिव सुजाता सिंह आज काठमाडौ आईपुगेकि छिन । दुई दिने नेपाल भ्रमणमा आज दिउसो काठमाडौ आईपुगिकी सिंह नेपाली काग्रेसका सभापति सुशिल कोईरालसंग भेटवार्ता पनि गरिन । यसअघि उनलाई त्रिभुवन विमानस्थलमा नेपालका लागी भारतीय राजदुत रन्जित रे र नेपालका परराष्ट्र सचिव अर्जुन बहादुर राइृले स्वागत गरेका थिए । नेपाली काग्रेसका सभापति कोईरालासंग भेटवार्ता गरिसकेकी सिंह आजै साझ एमाले अध्यक्ष झलनाथ खनाल संग पनि भेटदै छन । उनी भोली सम्म काठमाडौमा रहदां राष्ट्रपति, मन्त्रीपरिषदका अध्यक्ष सहित विभिन्न पार्टीका नेताहरु संग भेटने छिन । अहिले उनी द्धारिका होटलमा छिन र मधेशवादी नेताहरुलाई उनी भोली बिहान ८.३० बजे त्यही भेटदै छिन ।

Friday, September 13, 2013

मर्चवार (रुपन्देही) मा प्रहरी ज्यादती

रक्षक नै भक्षक भएर प्रस्तुत हुदा रुपन्देहीको मार्चवारमा राम सेवक धोवीको मृत्यु हुदा उनको वारेमा बोली दिने आज कोई छैन ।

गएको साउन २७ मा रुपन्देहीको मर्चवारमा स्थानिय प्रहरीले राम सेवक धोवीलाई पक्राउ गरी हत्या गरेका छन । गाउको चौकमा सांझपख रक्सी खाएर समान्य भनाभन भईरहदा स्यानिय प्रहरीले उनलाई समातेर लगेका थिए । विहान उनको शव फेला परेको थियो । तर प्रहरीले आफुहरुले नसमातेको बताउदै आएका छन । त्यसको विरोधमा उत्रेका गाउलेहरु माथी प्रहरीले  लाठी चार्ज गरेका थिए । लाठी चार्जवाट उक्त गाउका लगभग २० जनाजती धाईते भएका छन । हाल उनीहरुको उपचार भैरहवामा भईरहेको छ ।
२७ साउनको बेलुकी प्रहरीले उनलाई समात्दा स्थानिय चौकमा त्याहा सयौ मान्छेहरुले हेरेका थिए । तर २८ साउनको विहानै प्रहरीले खेतमा वेवारिसे लास फेला परेको भन्दै घरपरिवारलाई वोलाएर समान्य पोष्टमार्टन पनि गर्न दिएन । दबाबमा उनको दाहसंस्कार गराइएको थियो । पछि गाउलेहरुले त्यसको विरोध गर्दै मानवअधिकारवादीहको सहयोग प्रहरी चौकी घेरा गर्न पुगेका थिए । तर प्रहरीले उल्टै गाउलेहरु माथी लाठी प्रहार गरेका थिए । अचम्म के छ भने अहिले सम्म कुनै पनि मिडियामा यो घटनाको वारेमा समाचार समेत आएका छैनन ।

फोरम नेपालको हारसरमा मन्थन

सुरक्षा सहित अन्य कयौन चुनौति आईलाग्दा फोरम नेपाल त्यसको तयारीमा धनुषाको हारसर गाउमा बसेर एक हप्ते मन्थन गरेका छन । 

२ भदौ देखि ८ सम्म फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको केन्द्रदेखि जिल्ला तहसम्मका झण्डै १०० नेतालाई  लिएर धनुषा जिल्लाको गोपालपुर गाविस अन्र्तगतको हारसरमा बसे । त्याहा यसरी सात दिने बासका लागी यादव किन पुगे त ?  फोरम स्रोतका अनुसार पार्टी चौतर्फी घेराबन्दीमा पर्न थालेको  बेला चुनावमा कसरी प्रस्तुत हुने वारेमा आन्तरिक तयारीका लागी यादवले उक्त बासको बन्दोबस्त मिलाएका थिए । 
अर्को संयोग वा सुनियोजीत तयारी भनौ, एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड पनि यो अवद्यी भर धनुषामै विताएका थिए । प्रचण्डले आफु पनि मधेशवाटै चुनाव लडने उदघोष गरेका छन । अघिल्लो संविधानसभाको पुर्व सन्ध्यामा माओवादी र फोरम विच रौतहटको गौरमा आमुन्ने सामुन्ने हुदा ठुलै हिंसात्मक उत्पात मचेको थियो । 
अघिल्लो महिना मात्रै फोरमको महोतरी जिल्लामा रहेको पार्टी कार्यलयमा गोली प्रहार हुदा त्याहा उनका जिल्ला सचिव धाईते भएका थिए । घटनाको जिम्मेवारी तराई मधेशमा सक्रिय सशस्त्र समुहहरुले लिएका थिए । त्यसपछि फोरम नेपालका नेतृत्वले आउदो निर्वाचनमा आफुहरु सशस्त्र समुहको निशानामा पर्न सक्ने भन्दै आन्तरिक रुपमा विभिन्न छलफल चलाउन थालेका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले महोतरी घटनापछि यो संवाददातासंगको एउटा टेलिफोन वार्तालापमा भनेका थिए, ‘हामी यो घटना पछि चुप लगाएर बस्दैनौ, यो घटना गराउने लाई हामी त्यतीकै छाडदैनौ ।’

भिडने तयारी 
यादवको ‘हारसर राजनिती शिविर’ मा पहिलो तीन पछिको बाकी चार दिन पुर्ण रुपमा चुनावी सुरक्षा र चुनावमा फोरम नेपालका नेताहरु कसरी प्रस्तुत हुने बिषयमा केन्द्रित थियो । 
फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादव भन्छन, ‘शुरुको तीन दिन राजनितीक प्रशिक्षण वाहेक अन्य चार दिन हामी चुनावी चुनौतीका सबै पाटाहरु माथी छलफल गर्यो ।’ आउदो चुनावमा फोरम नेपालले मधेशमा सशस्त्र समुहहरुका साथै अन्य मधेशवादी दलहरु नै आफनो लागी सबै भन्द्या ठुलो चुनौती हुन सक्ने आकंलन निकालेको फोरम स्रोतको दाबी छ । ‘त्यो अवस्था फोरम नेपालका लागी भने अत्यन्तै जटील हुनेछ’ फोरम नेपालका एक नेता भन्छन ‘यस्तो अवस्थामा हामी अत्यन्तै कुटिल भएर काम गर्नु पर्ने हुन्छ ।’ ती नेताका अनुसार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध मधेशी पार्टीहरु कुनै न कुनै रुपमा सहकार्य गरेरै चुनावी मैदानमा जाने भएकाले फोरम नेपाल आफनो तयारीलाई अली गोप्य र सशक्त बनाउन लागेका हुन । 
केन्द्रिय सदस्य यादवले पनि एक हप्ते उक्त शिविर आउदो निर्वाचनका लागी महत्वपुर्ण सावित हुने कुरामा जोड दिए । उनले भने , ‘८ भदौमा यो शिविर सक्ने वितिकै पार्टीको केन्द्रिय कार्यसमितीको बैठक बस्दै छ, जसले केही महत्वपुर्ण निर्णयहरु पनि सार्वजनिक गर्ने छन ।’  यादवका अनुसार हारसर शिविरमा चुनावका लागी आवश्यक सबै मोर्चामा पार्टीलाई कसरी प्रस्तुत गर्ने वारेमा अध्यक्ष यादव सहित केहि वरिष्ठ नेताहरुले प्रशिक्षण दिएका थिए । 
भदौको अन्तिम साता मात्रै फोरम नेपालका अध्यक्ष यादवको नेतृत्वमा रहेको मोर्चाले चार दलीय सयन्त्रसंग चुनावका लागी ६ बुदें सहमती गरेका थिए । हुनत संविधानसभा विघटनको पुर्व सन्ध्या देखि आन्दोलनमै रहेका यादव मधेशमा छुटै आन्द्योलन गरेर मधेशवादीदलहरुको अस्तीत्व धरापमा पार्न पनि खाजेकै थिए तर उनले चाहदै मा आन्द्योलन हुन नसक्ने कुराको पछिल्लो प्रमाणको रुपमा पनि कतिपयले यो सहमतीलाई लिएका छन ।    
पहिलो संविधान सभाको चुनावमा मधेशवाट सबै भन्द्या ठुलो पार्टीको रुपमा उदय भएका यादव नेतृत्वको फोरम पछिल्लो चरणमा अत्यन्तै सानो आकारमा सिमित हुन पुगेका छन । विजय गच्छदार र जेपी गुप्तावाट ठुलो क्षती व्योहोरेका यादव आफनो पार्टी फुटाउनमा मधेशी मोर्चाको ठुलो हाथ रहेको आरोप लगाउदै आएका छन । त्यसको आलावा फोरमले सानो तिनो फुटको पनि राम्रै मार खेपिसकेका छन । 
त्यसपछि पछिल्लो समयमा तराईका केही सशस्त्र समुहले पनि उनका नेताहरुलाई चुनावी अभियानमा अवरोध गर्न थालेपछि यादव अरु मधेशी पार्टीहरु प्रति थप क्रुद्ध भएका छन । उनी निकट स्रोतका अनुसार, यादव महोतरी घटनामा मधेशवादी दलहरु मौन बस्नुलाई गम्भिरता पुर्वक लिनु पर्ने कुरा आफना निकटस्तहरु सम्कक्ष राख्ने गर्छन । 
यसरी चौतर्फी रुपमा आफु घेराबन्दीमा परेको भन्दै यादव पछिल्लो समयमा रुष्ट पनि देखिन्थ्यो । त्यसैकै परिणम स्वरुप होला, यादव हारसरको राजनितीक शिविरमा आफना विश्वास पात्र र चुनावका लागी उपयुक्तहरुलाई मात्रै डाकेका थिए । जसमध्ये अधिकांश आउदो निर्वाचनका उम्मेदवार पनि हुन । यसरी सुरक्षा सहित राजनितीक रुपमै आफुलाई अप्ठायरो महसुस गर्ने यादव के चुनावलाई थप हिंसात्मक बनाउला त ? फोरम नेपालका एक नेता भन्छन, ‘आईलागेमा आफना रक्षाका लागी अरु त बचाउने काम पनि हुदैन ।’

Thursday, September 12, 2013

मिथिला क्यानभासका नायक

मैथिल चित्रकला प्रदर्शनभन्दा तिनले दिने सन्देश ठूलो कुरा हो। सुमन त्यही गरिरहेका छन्।
नवीन झा
उनका लागि सबैभन्दा प्रिय र मूल्यवान् सम्पत्ति भनेका कुची र क्यानभास हुन् त्यो पनि गाउँमै बनेका। यिनै चिजले आज उनलाई सुबोधचन्द्र दासबाट एससी सुमन बनाइदिएको छ। 
५० वर्षअघि सिरहा, भवानीपुरको मैथिल परिवारमा सुबोधचन्द्रलाई जन्म दिने बाबुआमा छोरा डाक्टर बनोस् भन्ने चाहन्थे, तर उनले चित्रकलामा रमाएकी हजुरआमाको सिको गर्दै कुची समाए। यसरी आमाबुबाको इच्छा पूरा गर्न नसकेका उनी आज देशभित्र मात्रै होइन, विदेशमा समेत सुविख्यात मैथिल चित्रकारको रूपमा उभिन सफल भएका छन्। सन् १९९१ देखि व्यावसायिक यात्रा थालेका सुमनले भारत, जापान, अष्ट्रेलिया, फ्रान्स, जर्मनीलगायतका देशमा मैथिल कलाको एकल प्रदर्शनी गरिसकेका छन्।

मैथिल चित्रकला प्रदर्शनभन्दा तिनले दिने सन्देश ठूलो कुरा हो। सुमन त्यही गरिरहेका छन्। यी सर्जकले मिथिलाको समाजदेखि राजनीतिसम्मलाई चित्रमा उतारेका छन्। गएको फागुन अन्तिम साता काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा रु.१७ हजारदेखि रु.८० हजारसम्मका ६५ वटा चित्र राखेर एघारौं एकल प्रदर्शनी गरेका सुमन भन्छन्, “कलाले समाजलाई जोड्ने काम गर्छ, राजनीति पनि समाज र मुलुक तोड्न होइन, जोड्नकै लागि गरिन्छ।” 
सुमन ७ कक्षामा पढ्दा एकजना मन्त्री आउँदै थिए, उनको विद्यालयमा। विद्यालयले चित्रकला प्रतियोगिता गरेर उत्कृष्ट हुनेलाई मन्त्रीबाट पुरस्कार दिने घोषणा गरेको थियो। मौका त मिल्यो तर, चित्रकला महिलाले घरका भित्तामा गर्ने काम हो भन्ने बुबाको खप्की खानुपर्ला भन्ने डर पनि सँगै थियो। तैपनि उनले लुकीलुकी एउटा चित्र बनाए। उनको जीवनको पहिलो वाजी त्यही चित्रले मार्‍यो। यसरी मन्त्रीको हातबाट पहिलो पटक कलम, मसी र किताब पुरस्कार थापेका सुमनले त्यो खबर घरमा नपुगिदे'स् भन्ने चाहेका थिए, तर उनका एक शिक्षकले बुबालाई सुनाइदिएछन्। तर, छोरा अगाडि पर्दा बाबुले न स्याबासी दिए, न गाली गरे। त्यो क्षण सम्झ्ँदा सुमनलाई अहिले लाग्छ, “पिताजी जीवित भएको भए शायद आज मलाई स्याबास भन्नुहुन्थ्यो कि!” 
स्कूले जीवनको यो मैथिल कलामोह उनले दरभङ्गा विश्वविद्यालयमा पढ्दा पनि कायमै राखे। चित्रकलाबारे नयाँ कुरा भेट्यो कि, टिपिहाल्थे। एकपटक उनले दरभङ्गा रेल्वे स्टेशनमा चना चटपटेको ठेलागाडा अगाडि एउटा झ्ुत्रो कागज देखे जसमा गजबको पेन्टिङ थियो। कसैले देखे के भन्लान् भनेर त्यसलाई नउठाई अगाडि बढेका उनी मनले नमानेर फेरि फर्के, कागज टिपे। त्यो थोत्रो पेन्टिङ आज पनि उनको साथमा छ। पढाइ सिध्याएपछि व्यावसायिक प्रयोजनका लागि पहिलो चित्र बनाउनुअघि उनले त्यही पेन्टिङ निकालेर हेरेका थिए। जीवनका थुप्रै उतारचढाव पार गरेर यहाँसम्म आइपुग्दा सुमनलाई मिथिला चित्रकलाको फैलावटले आत्मसन्तोष दिएको छ। यति हुँदाहुँदै पनि समग्र मिथिलाको क्यानभास समस्यामा जकडिएको ठान्ने सुमन भन्छन्, “एउटा राम्रो चित्रकारले सबभन्दा पहिला जागिरको परिबन्धबाट मुक्त हुनुपर्छ, नत्र कहिल्यै स्तरीय सिर्जनै हुँदैन।”
Source - http://nepalihimal.com/news.php?id=4064
 

Tuesday, September 10, 2013

आपराधिक प्रयोगमा हतकडी

प्रहरीले अभियुक्त र अपराधीलाई नियन्त्रणमा राख्न प्रयोग गर्ने हतकडी अपराधीले नै प्रयोग गर्न थालेको भेटिएको छ ।

नविन झा

२० भदौमा काठमाडौं प्रहरीको टोलीले बालाजु माछापोखरीमा रहेको भुवन लामिछानेको ‘जेबी फेशन वेयर्स’ नामको कपडा पसलबाट प्रहरीले प्रयोग गर्ने ८ थान हतकडी बरामद गर्यो । प्रहरीले सोधपुछ गर्दा लामिछानेले माओवादीको युवा दस्ता वाईसीएललाई ती हतकडी बेच्न राखेको बताए । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारी प्रहरी र सेना बाहेकले हतकडी राख्नु र बेच्नु खतरनाक रहेकाले यो प्रकरणको गम्भीर अनुसन्धान गरिरहेको बताउँछन् ।



 लूटपाट गर्ने नयाँ तरीका
सुरक्षा सामग्री ल्याउने लाइसेन्सधारी ठेकेदारहरूले गृह मन्त्रालयको अनुमतिमा मात्रै हतकडी ल्याउन पाउँछन् । हतियार, सुरक्षा निकायका पोशाक सहित हतकडी पनि बजारमा बेच्न नपाउने नियम छ । महानगरीय प्रहरी अपराध महाशाखाका नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदी “प्रहरी भएको भ्रम दिन लूटपाट गर्नेहरूले हतकडी प्रयोग गर्ने नयाँ तरीका अपनाएका हुन सक्ने” बताउँछन् । चतुर्वेदी भन्छन्, “हतकडी लिएर आफूलाई प्रहरी भन्दै लूटपाट लगायत अपराध भएको सूचना हामीले केही पहिले पनि पाएका थियौं ।” उनका अनुसार, माओवादीका पूर्व लडाकू त्यस्ता काममा बढी सहभागी रहेको देखिएको छ ।

पक्राउ परेका लामिछानेले वाईसीएल भन्नेहरूले पसलमै आएर अर्डर दिएकाले हतकडी ल्याएर राखेको प्रहरीलाई बताएका छन् । तर, उनले वाईसिएल भन्नेको परिचय दिएका छैनन् भने हतकडी ल्याएको ठाउँ पनि भनेका छैनन् ।

 हनुमानढोकामा प्रहरी हिरासतमा रहेका लामिछानेले २० भदौमा हिमाल सँग भने, “मलाई हतकडी अर्डर दिनेको नाम थाहा नभए पनि देख्दा सबैलाई चिन्छु ।” लामिछानेले प्रहरीलाई शुरूमा न्यूरोडको आरबी कम्प्लेक्सबाट १० थान हतकडी ल्याएको बताएका थिए । तर, आरबी कम्प्लेक्समा प्रहरीले उनले भने अनुसार हतकडी बेच्ने गरिएको पाएन । 

लामिछानेले यो पटक दुई थान र अघिल्लो पटक १० थान हतकडी रु.१५ सयका दरले वाईसीएललाई बेचिसकेको पनि बताएका छन् । त्योभन्दा अघि पनि रु.७०० का दरले पाँच थान हतकडी बेचेको उनको भनाइ छ । तर, प्रहरीले बरामद गरेका हतकडीमा रु.३८०० मूल्य भएको स्टीकर देखिन्छ । नुवाकोट चौघडा घर भएका लामिछानेको १० वर्षदेखि त्यही पसल छ भने नेपालटारमा घर पनि छ ।

काठमाडौं प्रहरीले गत वैशाखयता मात्रै लूटपाटका घटनामा संलग्न ६ जना पूर्व माओवादी लडाकूलाई हतियार सहित पक्राउ गरिसकेको छ । ४ वैशाखमा पूर्वसभासद् चन्द्रबहादुर थापाका स्वकीय सचिव यमबहादुर थापा सहित पाँच जनालाई प्रहरीले अत्याधुनिक राइफल र पेस्तोल सहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो । 

Source - http://nepalihimal.com/article/1636

Monday, September 9, 2013

मधेशवादीलाई चुनौती

मधेशवादी दलहरूले तराई–मधेशमा आफैंले मासु खुवाएर हुर्काएका डमरुहरू बाघ भएको अनुभव गर्न थालेका छन्।

नवीन झा

१० साउनमा सशस्त्र समूहको गोली प्रहारबाट घाइते फोरम नेपालका महोत्तरी सचिव प्रगास साह।

१० साउनको दिउँसो मधेशी जनअधिकार फोरमको महोत्तरी जिल्ला कार्यालयमा सचिव प्रगास साहमाथि गोली प्रहार भयो। घटनाको केही समयपछि एउटा सशस्त्र भूमिगत समूहका नेता राजन मुक्तिले स्थानीय संचारकर्मीहरूलाई फोन गरेर साहलाई गोली हानेको जिम्मेवारी लिए। त्यसको पर्सिपल्ट १२ साउनमा फोरम अध्यक्ष उपेन्द्र यादव केन्द्रदेखि जिल्लासम्मका आफ्ना नेता–कार्यकर्ताको सुरक्षाको आग्रह गर्न अन्तरिम चुनावी सरकारका प्रमुख खिलराज रेग्मीकहाँ पुगे।

त्यसअघि ३० असारमा सशस्त्र समूहहरूले विज्ञप्ति प्रकाशित गरेर मधेशवादी दलहरूलाई तराई–मधेशबाट कार्यालय हटाउन दबाब दिए। मधेशवादी दलका नेताहरूलाई 'मधेश विरोधी' को रूपमा चित्रण गरेको संयुक्त विज्ञप्तिले मधेशबाट कार्यालय नहटाए 'सशस्त्र कारबाही' गर्ने चेतावनी समेत दिएको थियो, जुन तराई–मधेशको पछिल्लो अवस्था बताउन काफी छ। केही साताअघि चुनावी कार्यक्रम लिएर जिल्ला झ्रेका मधेशवादी नेताहरू अहिले काठमाडौंमा पसिसकेका छन्। एक विश्लेषक भन्छन्, “मधेशवादी भनिएका नेताहरूबाट मतदाता नामावली भर्ने म्याद र आगामी संविधानसभामा समानुपातिकतर्फको सभासद् संख्या थपिनुपर्ने माग त्यसै आएको हैन।”

महोत्तरीमा फोरम सचिव साहमाथि गोली प्रहार भएकै दिन १० साउनमा अखिल तराई मुक्ति मोर्चा स्थापना भएको ९ वर्ष पुगेको अवसरमा त्यसका अध्यक्ष जयकृष्ण गोइतले जारी गरेको विज्ञप्तिमा 'नयाँ आधारमा नयाँ एकता प्रक्रिया अघि बढेको' उल्लेख छ। मधेशवादी दलहरूका कारण मधेश अस्तित्वविहीन हुन लागेको उल्लेख गरिएको विज्ञप्तिले सशस्त्र समूहहरूबीच एकता भइरहेको जनाएकोमा शंका छैन। मधेश मुक्ति टाइगर्सका अध्यक्ष प्रफुल्ल यादव (राजनप्रताप)ले फोनमा भने, “अब मधेश विरोधी नेताहरूले मधेशमा टिक्न पाउने छैनन्।”

उपयोगितावादको शिकार

अचम्म के छ भने, फोरमको जिल्ला नेतामाथि पार्टी कार्यालयमै गोली प्रहार हुँदा मधेशवादी भनेर चिनिएका अरू दलहरूले कुनै खैलाबैला गरेनन्, मानौं त्यो घटना अति सामान्य हो। घटनापछि मन्त्रिपरिषद् अध्यक्षसँग सुरक्षा माग्न एक्लै बालुवाटार पुगेका फोरम अध्यक्ष यादवले यसबारे टिप्पणी आवश्यक नभएको बताए। मधेशी राजनीतिका जानकारहरू यो घटनालाई हिजोका दिनमा फोरम लगायतका मधेशी दलहरूले गरेको गल्तीको परिणाम ठान्छन्। “हिजो उपयोग गरिएका सशस्त्र समूहहरूलाई व्यवस्थापन नगरी छाडेको परिणाम हो, यो”, नाम उल्लेख गर्न नचाहने एक विश्लेषक भन्छन्, “यसमा उपेन्द्र यादव एक्ला दोषी होइनन्।”

त्यसको परिणाम आउँदो निर्वाचनमा मधेशवादी पार्टीहरूले भोग्ने ती विश्लेषकले बताए। सशस्त्र समूहबाट केही महीना अघि सद्भावना पार्टीमा प्रवेश गरेका धनुषाका राजीव झा मधेश आन्दोलनमा भूमिका भएका सशस्त्र समूहहरूलाई मधेशवादी नेताहरूले राजनीतिक मूलधारमा नल्याई सरकारलाई तर्साउने 'कार्ड' बनाउँदा यो स्थिति आएको बताउँछन्। “मधेश आन्दोलन अघि उपेन्द्रजी भूमिगत हुनुहुन्थ्यो, राजनीतिक कार्यक्रमका लागि भूमिगत समूहबाटै आर्थिक सहयोग जुट्थ्यो”, झा भन्छन्, “तर, मधेश आन्दोलन पछि उहाँले ती शक्तिहरूलाई उल्टै पेल्नुभयो।”

हुन पनि, पहिलो मधेश आन्दोलनताका यादवले सरकारसँग गरेको २२ बुँदे सहमतिप्रति असहमत जमात ठूलो थियो। आन्दोलनको रापतापका कारण त्यस वेला यादवलाई खासै फरक नपरे पनि अहिले अप्ठ्यारोमा पारेको विश्लेषकहरू बताउँछन्। तर, यो अप्ठ्यारोमा उनी मात्र छैनन्। तराई–मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल मधेशको अधिकारका लागि लडिरहेको दाबी गर्नेहरूले मधेशवादी नेताहरूलाई 'दुश्मन' को सूचीमा राखेको बताउँछन्। कुनै राजनीतिक प्रभाव नभए पनि सशस्त्र संगठनहरूको आपराधिक चरित्रले सबैमाथि समान खतरा उत्पन्न गराएको छ।

राजनीतिक प्रभाव शून्य

तराई जनतान्त्रिक पार्टी, मधेशका अध्यक्ष मुकेश चौधरी आफूहरूसँग निर्वाचन विथोल्ने हैसियत नभए पनि मधेशवादी लगायतका पार्टीका नेताहरूलाई तराई–मधेशमा टिक्न नदिने टेलिफोनमा बताए। त्यही कारण एकता प्रक्रियालाई सबै समूहले महत्वका साथ लिएको उनको भनाइ छ। आगामी चुनावलाई ध्यानमा राखेर गोइत, नगेन्द्र पासवान (ज्वाला सिंह), राजनप्रताप, मुकेश चौधरीहरू एकै ठाउँमा आउन लागेको संकेत गोइतको विज्ञप्तिले पनि दिन्छ। सशस्त्र समूहमध्येका दुई प्रमुख गोइत र जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष ज्वाला सिंह एकअर्काको 'जानी दुश्मन' भए पनि एकता बैठक आयोजना गरिरहेका छन्। उनीहरूको बैठक मधेशवादी पार्टीहरूलाई धम्काउनमा केन्द्रित देखिन्छ।

मधेशका स्वतन्त्र विश्लेषकहरू सशस्त्र समूहहरू केही दर्जन व्यक्तिमा सीमित भए पनि तिनीहरूलाई उपेक्षा गर्न नसकिने बताउँछन्। हुन पनि, खुला सीमा क्षेत्रमा जुनसुकै उद्देश्यका लागि प्रयोग हुन तयार सशस्त्र समूहहरू मधेशी नेताहरूलाई निरुत्साहित पार्न जे पनि गर्न सक्छन् भन्ने कुरा महोत्तरी घटनाले देखाइसकेको छ।

Source: http://nepalihimal.com/article/1454