Tuesday, December 31, 2013

फोरम नेपालमा तीव्र विवाद


निर्वाचन आयोगमा हिजो समानुपातिकको नामावली नबुझाएका मधेशी जनअधिकार फोरम नेपालमा तीव्र विवाद रहेको खुल्नमा आएको छ । हिजो केही नेताले नाम नछान्न सकेको भन्दै पन्छिएका थिए भने केहीले पार्टीको मागलाई अगाडी सारेका थिए । तर फोरम नेपाल स्रोतका अनुसार हिजो नामलाई अन्तिम रुप दिनका लागी वोलाईएको संसदीय बोर्डको बैठकलाई उपाध्यक्ष लालबाबु राउत र महासचिव रामसहाय यादवले बहिष्कार गरेपछि फोरम नेपालले अन्तिम नामावली बुझाउन सकेका थिएनन । नाम उल्लेख नगर्ने शर्तमा फोरमका एक नेताले भने हिजो बैठकमा अध्यक्ष यादव समानुपातिकमा पाएको ८ ओटा सिटमा विरेन्द्र महतो, श्रवण अग्रवाल, डा. शिवजी यादव, मनोज यादव र महिलावाट उपमा देव, रीता अग्रवाल, पुनम अग्रवाल र छाया शर्माको नाम सिफरिस गर्ने प्रस्ताव गरेका थिए । उक्तहरु अध्यक्ष यादवले प्रस्ताव गर्ने वितिकै उपाध्यक्ष राउत र महासचिव यादवले खाली डोनरहरुलाई मात्रै सभासद बनाउने भए आफुहरुको के काम भन्दै बैठकवाट वाहिरिएका थिए । उपाध्यक्ष र महासचिव वैठकवाट बाहिरिएपछि अध्यक्ष यादवले बैठक स्थगीत गरेका थिए । अध्यक्ष यादवले उपाध्यक्ष र महासचिवलाई फकाएर भोली सम्म उक्र नामावली बुझाउने सुरमा रहेको स्रोतको भनाई छ । तर फोरम नेपालका एक नेताका अनुसार अध्यक्ष यादवले मनोमानी गरे फोरम नेपालले फेरी ठुलो धक्का खान सक्छ ।

Monday, December 30, 2013

यस्ता छन मधेशी पार्टीका सभासदहरु

निर्वाचन आयोगमा आज समानुपातिक नामावली सुचि बुझाएका मधेशी पार्टीहरुको अनुहारहरु यस्ता छन ।

 

तमलोपा - तराई मधेश लोकतान्त्रिक पार्टीले समानुपातिकमा पाएको सात ओटा सिटमा डा. विजय कुमार सिंह, केदार नन्दन चौधरी, एकवाल अह्मद, रमेश प्रसाद कुर्मी, ईन्द्रा झा, मिना चौधरी,राजकुमारी गडरिया छन ।
तमलोपाको तर्फवाट सभासदमा सिफरिस डा. सिंह जनकपुरका प्रसिद्ध चिकित्सक छन । तमलोपाका सचिवालय सदस्य समेत रहेका सिंह जनकपुर क्षेत्रमा अत्यन्तै प्रसिद्ध चिकित्सकको साथै बुद्धजिविमा गनिन्छन । सिंह तमलोपाका धनुषाका संयोजक पनि हुन ।

केदार नन्दन चौधरी सर्लाही क्षेत्र नम्बर ६ का हुन । जाहावाट तमलोपा अध्यक्ष महन्थ ठाकुर चुनाव लडेका थिए । ठाकुरका निकट चौधरीकै घरमा ठाकुर चुनावताका बसेका थिए । रमाईलो कुरा त के छ भन्ने ठाकुरलाई प्रत्यक्षमा हराएका काग्रेस नेता अमरेश सिंहका रिश्तेदार भाई हुन केदार नन्दन चौधरी ।

फोरम नेपालले समानुपातिक नामावली आज नबुझाउने

 
निर्वाचनमा धांधली भएको भन्दै छानविनको माग गर्दै आएका मधेशी जनअधिकार फोरम नेपालले आज निर्वाचन आयोगमा समानुपातिक नामावली नबुझाउने भएका छन । फोरम नेपाल स्रोतका अनुसार फोरम नेपालको संसदीय बोर्डको आज बसेको बैठकले आज अन्तिम दिन भएपनि नामावली नबुझाउने निर्णय गरेको छ ।

Sunday, December 29, 2013

भारतमा मधेसी विद्यार्थीको पीडा

सुजित केशरी 
 मधेसका विभिन्न जिल्लाबाट अध्ययनका लागि भारत जाने परम्परा धेरै पुरानो भए पनि हालका वर्षहरुमा भारतमा अध्ययनका लागि जाने मधेसी विद्यार्थीको संख्या ह्वात्तै बढेको छ। काठमाडौँ वा पहाडका अन्य सहरमा मधेसी विद्यार्थीलाई भारतीय भनेर हेपिएका कारण, मधेसका अभिभावक आफ्ना छोरा–छोरीलाई भारतमै पढाउनु तुलनात्मकरूपमा सुरक्षित ठान्छन्।

भारत अध्ययनको सिलसिलामा रहेका मधेसी विद्यार्थीलाई प्रथम पीडा भारतीय रेलयात्रामा सुरु हुन्छ। जसरी रेल उत्तरी बिहार र पूर्वी उत्तर प्रदेश नाघ्छ, अनि सुरु हुन्छ, त्यत्तिकै स्थानीयहरुको रेलमा ताण्डव। भोजपुरी, मैथिली वा अवधी, थारु भाषा बोल्नेहरुलाई बिहारी भन्दै सिटबाट गालिगलौजका साथ उठाइन्छ। दोस्रो चोट तब लाग्छ, जतिखेर गन्तव्यमा पुगिसकेर बस्नका लागि भाडामा कोठा खोजिन्छ, मकान मालिकले जब कहाँको बासिन्दा भन्ने प्रश्न सोध्छ, नेपाली भनेर उत्तर दिँदाखेरी सबले यस्तो शंकाको साथ हेर्छन कि मानौं उसको अगाडि आतंकवादी उभिएको होस्। जति नागरिकता देखाउँदा पनि ऊ भनिराख्छ– 'तुम तो नेपाली नही लगते' र अवैधरूपमा नागरिकता लिएको आतंककारी होला भनेर शंका गर्छ। प्रष्ट्याउँदै जाँदा र अझै प्रमाणहरु देखाउँदा बिहार तथा पूर्वी उत्तर प्रदेशबाट बसाइँ सरेर नेपाल बसेका भगौडा भन्छन्। नेपालका पहाडी इलाकामा भारतीय भनेर हेपीएका मधेसी विद्यार्थी जब भारतमा पनि सोही व्यवहार पाउँछन् तब उनीहरु आफ्नो पहिचानबारे अलमलिन्छन्। त्यसपछि धेरैले त नेपाली देखिने आफ्नो रङ रूपदेखि लिएर भोजपुरी, मैथिली तथा थारु भाषा बोल्नै बन्द गर्छन्।

Saturday, December 28, 2013

.......नत्र राज्यको अवज्ञा गर्छु - महन्थ ठाकुर


तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशको मुद्धालाई सम्बोधन नगरे आफुहरु राज्यको अवज्ञा गरेर विद्रोहमा जाने बताएका छन । पार्टीको छैठौ बार्षीकोत्सवको अवसर शनिवार विहान काठमाडौको विजुली वजार स्थित पार्टी कार्यलयमा झण्डा पुजा पछि पत्रकारहरु संग कुरा गर्दै ठाकुरले आफुहरु संवैद्यानिक रुपमै मधेशको आवाजलाई यो राज्यले सम्बोधन गरोस भन्ने चाहेको बताए । राज्य व्यवस्थाको नियतप्रती आम मधेशीहरु रुष्ट छन, त्यस्तो अवस्थामा राज्य सचेत भएन भने जनता चुप लागेर बस्दैनन, ठाकुरले भने । मधेशीहरुले अनुभुती गर्ने गरी कुनै परिवर्तन देखिएको छैन, खोई मधेशको मातृभाषहरुको सम्मान ? जनकपुर र राजविराजमा अहिले पनि सरकारी कामकाज मैथलीमा किन हुदैन ? ठाकुरले प्रश्न गर्दै भने, मधेशी समुदायको भाषा, संस्कृती र जग्गा लगायतको सबै माथी यो राज्यले आक्रमण गरेको छ । 

Friday, December 27, 2013

तमलोपाका ६ बर्षे तराना

                           १३ पुष २०६४ मा तमलोपाको घोषणासभा

 
१३ पुष २०६४ मा स्थापना भएको तराई मधेश लोकतान्त्रिक पार्टी आज देखि ६ बर्ष पुरा गरेको छ । पहिलो संविधानसभाको पुर्वसन्धयामा गठन भएको तमलोपाले उक्त निर्वाचनमा २१ सिट हाथ  पारेका थिए । पहिलो संविधानसभाको अन्ततिर आईपुग्दा ११ सिटमा झरीसकेको थिए । भर्खरै सकिएको दोस्रो संविधानसभामा पनि उनले ११ सिट नै हाथ पारेका छन । यसरी पहिलो संविधानसभाको विघटनको अवस्था र दोस्रो संविधानसभामा आएको नतिजालाई तुलना गर्ने हो भने तमलोपा मात्रै एउटा यस्तो पार्टी भयो जसले आफनो शक्तिलाई विभिन्न प्रतिकुलताको माझमा पनि कायम राख्न सके । भलई तमलोपाले गरेको आशा अनुसार नतिजा नआए पनि । तर प्रश्न उठछ के तमलोपाको ६ बर्ष यतीकै सफल मान्न सकिन्छ त ? तर्क विभिन्न गर्न सकिन्छ, तर सम्रगमा तमलोपा केही असफलताका वावजुद सफल नै छ ।

सबै भन्दा पहिलो तमलोपाको उदयले मधेशमा अहिले लोकतान्त्रिक धार वलियो भएकौ हो । र मधेशको मुद्धा भनेको लोकतन्त्र भित्रको मुद्धा हो । दोस्रो संविधानसभाको नतिजाले केही गम्भिर प्रश्नहरु ऋगाडी आज तेर्साएकै छन, त्यसमा कुनै दुइमत छैन ? तर सम्रगमा भन्दा मधेशी पार्टीहरु अहिले केही कमजोर देखिए पनि नेपालको वर्तमान लोकतान्त्रिक व्यवस्थाको एउटा अंग बन्न पुगेको छ मधेश मुद्धा, जसमा तमलोपा र मुख्यगरी महन्थ ठाकुरको महत्वपुर्ण भुमिका छन । शायद मधेश राजनितीमा महन्थ ठाकुरको उदय नभएको भए उहिले मधेश माओवादीले कब्जा गरी देश अर्कौ अवस्थामा पुगीसक्थे ।

Thursday, December 26, 2013

ठाकुर, यादव र महतो विच एकिकरणका लागी छलफल




फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी पार्टीहरु विच एकिकरणको आवश्यकता रहेको भन्दै, त्यसका लागी तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावना अध्यक्ष राजेन्द्र महतो संग कुराकानी भइरहेको बताएका छन । निर्वाचन पछि पहिलो पटक बसेको फोरम नेपालको केन्द्रिय कार्यसमितीको बैठकमा यादवले चुनावमा मधेशी पार्टीहरु हार्नुमा फुट मुख्य कारण रहेको बताएको एक केन्द्रिय सदस्यले बताए । निर्वाचन पछि म, ठाकुरजी र राजेन्द्र महतो विच पार्टी एकिकरणको वारेमा कुराकानी भईरहेको भन्दै यादवले पार्टीका नेताहरुलाई यसका लागी साकारात्मक वातावरण बनाउन आग्रह गरेको बैठकमा सहभागी एक केन्द्रिय सदस्यको भनाई छ । गएको शनिवार देखि काठमाडौको वालकुमारी स्थित पार्टी कार्यलयमा शुरु भएको बैठक विहिवार दिउसो सकिएको छ । बैठकले संसदीय समितीको सल्लाहमा समानुपातीक नामावली बुझाउने जिम्मा अध्यक्षलाई दिएको छ । त्यसैगरी निर्वाचनमा भएको धांधली वारे महासचिव रामसहाय यादवको नेतृत्वमा तीन सदस्यीय कार्यसमिती समेत बनाएको छ । समितीले १ महिना भित्र अध्यन गरी पार्टीमा प्रतिवेदन बुझाउने छन । त्यसैगरी पार्टीकै केही नेताहरुले निर्वाचनमा नाकारात्मक भुमिका खेलेको भन्दै कारवाही पनि बैठकले गरेको छ ।

Wednesday, December 25, 2013

शनिवार तमलोपाको छैठौ बार्षीकोत्सव


आउदो शनिवार तराइ मधेश लोकतान्त्रिक पार्टीले आफनो छैठौ बार्षीकोत्सव मनाउदै छ । १३ पुष ०६४ मा स्थापना भएको तमलोपाले हरेक बर्ष १३ पुषमा आफनो बार्षीकोत्सव मनाउदै आएको छ । बार्षीकोत्सवको उपलक्ष्यमा पार्टीले शनिवार विहान ८ बजे काठमाडौको विजुलीबजार स्थित पार्टी कार्यलयमा झण्डा पुजाको कार्यक्रमको आयोजना गरेको छ भने दिउसो ३ बजे देखि ५ बजे सम्म डिल्लीवजार स्थित अमृतभोग कम्लेक्समा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
०६४ सालमा तत्कालिन नेपाली काग्रेसका तर्फवाट सरकारमा मन्त्री रहेकै बेला महन्थ ठाकुरले सरकार र पार्टी दुबैवाट राजिनामा दिई तमलोपा गठन गरेका थिए । पहिलो मधेश आन्दोलन पश्चात नेपाली काग्रेस भित्रै पटकपटक मधेशको मुद्धालाई सम्बोधन गर्न दबाब दिएका ठाकुरले सार्वजनिक रुपमा पनि आफनो असन्तुष्टिहरु व्यक्त गर्दै आएका थिए । काग्रेसले मधेशको मुद्धाको वारे सम्बोधन गर्न केही अग्रसरता नदेखाएपछि पहिलो संविधानसभाको पुर्वसन्धयामा ठाकुरले काग्रेस परित्याग गरेका थिए । र त्यसपछि उनकै नेतृत्वमा दोस्रो मधेश आन्द्योलन भयो जसले महत्वपुर्ण मानिएको निर्वाचन क्षेत्रको पुर्नसंरचना गराउन सरकारलाई बाध्य बनाएको थियो ।

 

Tuesday, December 24, 2013

जेपी गुप्ता नेतृत्वको तमराअ अब पार्टी बन्ने


जेपी गुप्ता नेतृत्वको तराई मधेश राष्टिय अभियान अब पार्टीमा रुपान्तरित हुने भएको छ । जनकपुरमा हिजो मात्रै सकिएको अभियानको चिन्तन शिविरले अभियानलाई क्रान्तिकारी पार्टीगत संरचनामा रुपान्तरित गर्ने निर्णय गरेको अभियानका प्रवक्त राकेश रोशनले बताएका छन । अबको तीन महिनामा अभियानले मधेशका सबै जिल्लाहरुमा प्रशिक्षण कार्यक्रमको साथै जिल्ला कमिटी बनाउने  र त्यसपछि केन्द्रिय भेला गरेर केन्द्रिय समितीको घोषणा गर्ने लक्ष्य लिएको छ । आईतवार र सोमबार जनकपुरमा भएको चिन्तन शिविरमा मधेशका सबै जिल्लाहरुवाट ६० जना सहभागी भएका थिए । भेलाले आन्तरिक रुपमा नाया पार्टीका नाम देखि स्वरुप सम्ममा  छलफल गरेका छन । 

Monday, December 23, 2013

तमराअ को राजनितीक चिन्तन शिविर सम्पन्न


जेपी गुप्ताको संयोजकत्वमा रहेको तराई मधेश राष्टिय अभियानले आयोजना गरेको दुई दिने राजनितीक चिन्तन शिविर आज जनकपुरमा सम्पन्न भएको छ । तराई मधेशका २२ ओटै जिल्लाहरुवाट अभियानका नेताहरु सहभागी उक्त भेलामा ४ ओटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । अभियानमा विदेश विभाग प्रमुख देवेश झाले निर्वाचन परिणामको समिक्षा, आरडी अजादले संगठन निर्माण र घोषणा पत्र र अमर मंडलले वर्तमान परिपेक्षमा मधेशमा नयां पार्टीको अवधारणा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यी चारै ओटा कार्यपत्र माथी सहभागीहरुले छलफल गरेका थिए ।

Sunday, December 22, 2013

काठमाडौमा मिथिला मन्थन

                              कार्यक्रममा कविता वाचन गर्दै रुपा झा
 

काठमाडौको सिद्धार्थ आर्ट ग्यालरीमा आफनो १४ औ एकल चित्रकला प्रर्दशनी गरिरहेका चित्रकार एससी सुमनले आइतवार मैथली कवि कवियत्री, गायक, चिन्तकहरुलाई भेला गराएका थिए । आईतवार दिउसो भेला भएकाहरुले गीत, कविता तथा आ आफना विचार राख्दै सुमनका चित्रकारिता प्रति टिप्पणी गरेका थिए । कार्यक्रममा कविहरु रमेश रन्जन, धर्मेन्द्र विह्वल, अमरेन्द्र यादव, मुकेश प्रियदर्शी तथा कवियत्रीहरु रुपा झा, कन्चना झा लगायताकाहरुले कविता वाचन गरेका थिए । त्यसैगरी कार्यक्रममा वरिष्ट संगीतकार तथा गायक गूरुदेव कामतको साथै गायकहरु मुकेश प्रीयदर्शी, रुपा झा लगायतकाहरुले गीत गाएर भेलालाई मन्त्रमुग्ध पारेका थिए । कार्यक्रममा चित्रकार सुमनका आमा मिना कर्णले मैथली लोकगीत गाएर कार्यक्रमलाई थप रोमान्चित पारेका थिए । यसैगरी कार्यक्रममा विद्धानहरु रामअवतार यादव, रामदयाल राकेश, विरेन्द्र पाण्डे लगायतकाहरुले मिथिला चित्रकला लगायत समसामयीक बिषयवस्तू माथी टिप्पणी गरेका थिए । कार्यक्रम मैथलीका प्रसिद्ध साहित्यकार धिरेन्द्र प्रेमर्षीले संचालन गरेका थिए ।

Friday, December 20, 2013

मोर्चाबन्दी होईन एकिकरण

बरु केही ढिलै होस तर एउटा ठोस कार्यनितीको साथ मधेशी पार्टीहरु एकिकरणकै वाटोमा अघि वढनु पर्छ । मोर्चाबन्दी मधेशीको नजरमा बदनाम भईसकेको छ ।  
चुनावमा पराजय पछि सबै मधेशी पार्टीहरुको एउटा समान निष्कर्ष देखिन्छ कि फुटकै कारण हामीहरुले यो धक्का खाएका हौ । हो पनि सबै मधेशी पार्टीहरुको मत प्रतिशत अघिल्लो निर्वाचनकै हराहरीमा छन । जबकि यस पटक मतदाताको संख्या अघिल्लो चुनाव भन्दा निकैले घटेको थियो । यसले मधेशी मनोविज्ञान वा मधेशी पार्टीहरु प्रतिको जनमत कमजोर भएको छैन कुरा देखाईरहेको छ । खाली फुटका कारण मधेशी मत विभाजित भएको देखिन्छ । हालै एउटा मधेश केन्द्रित साप्ताहिक पत्रिकाले मधेशको २० ओटा जिल्लामा काग्रेस, एमाले र माओवादीको मत र मधेशी पार्टीहरुको मत संख्यालाई तुलना गरेको विवरण सार्वजनिक गरेका थिए । उक्त विवरणका अनुसार मधेशी पार्टीहरुको मत एक ठाउमा आएको थप ४० ओटा सिटमा त्यतीकै यीनीहरुको जित देखिन्छ । फेरी अर्को पाटो के छ भने मधेशी पार्टीहरु एक भएको खण्डमा वातावरण पनि थप साकारात्मक बन्न सक्थ्यो त्यसले कयौन थप सिटको सम्भावना पनि त्यतीकै हुन्थ्यो । 

Thursday, December 19, 2013

फोरम नेपालको बैठक ६ पुष देखि


दोस्रो संविधानसभा पछि पहिलो पटक मधेशी जनअधिकार फोरम नेपालको केन्द्रिय कार्यसमितीको बैठक ६ पुष देखि शुरु हुदै छ । निर्वाचनमा ठुलो धक्का खाएका फोरम नेपालले उक्त बैठकमा चुनावको समिक्षासंगै अगामी रणनिती तय गर्ने फोरम नेपालका नेताहरुले बताएका छन । पाटीले चुनावमा हारेपछि फोरम नेपालमा पनि अन्य मधेशवादी दलहरु जस्तै मधेशी पार्टीहरुको एकिकरणको मुद्धा वलियो रुपमा उठन थालेका छन । बैठकले मधेशी पार्टीहरु विच मोर्चाबन्दी वा एकिकरणको सवालमा पनि ठोस धारण तय गर्ने नेताहरुले बताएका छन ।

Tuesday, December 17, 2013

मधेशवाद के हो ?

- मधेशी हितप्रति समर्पित राजनीतिक जीवन दृष्टि नै मधेशवाद हो । — सिके लाल, राजनीतिक विश्लेषक
 
- एउटा भूमि, संस्कृति र गौरवपूर्ण इतिहास बोकेको मधेश र मधेशीको पहिचान, समानता र समन्यायका लागि गरिने चिन्तन नै मधेशवाद हो । मधेशवाद भनेको विभेद विरुद्धको संघर्ष पनि हो ।  — महन्थ ठाकुर, अध्यक्ष, तराई–मधेश लोकतान्त्रि पार्टी 

- विभेद, उत्पीडन र बहिष्कारणमा पारिएका मधेशी समुदायको सम्मान, पहिचान र अधिकारमाथि केन्द्रित राजनीतिक दर्शन नै मधेशवाद हो । विभेदको अन्त्य, समृद्ध मधेश र सम्पन्न देशको निर्माण नै मधेशवादको दर्शन हो । —  शरत्सिंह भण्डारी, अध्यक्ष, राष्ट्रिय मधेश समाजवादी पार्टी
 
- मधेश विद्रोहले कायम गरेको “मधेशवाद” सर्वमान्य हो जसले मधेशलाई आन्तरिक उपनिवेशवाद मुक्त गराई संघीय स्वशासनको प्रत्याभूति दिलाउँदै राष्ट्रिय साझेदारी प्राप्त गरी देशलाई समृद्धशाली बनाउने अभिभारा पूरा गर्दछ ।  — उपेन्द्र झा, राजनीतिक विश्लेषक 

- सम्पूर्ण मधेशीको जीवन दर्शनबारे बुझ्ने वाद नै मधेशवाद हो । जसले मधेशी समुदायलाई विभेदमुक्त वातावरणमा बाँच्ने र विकास गर्ने अधिकारलाई सुनिश्चित गर्छ ।  — राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी
 
- मधेशवाद भनेको मूल रुपमा मधेशीको पहिचान, सम्मान तथा अधिकारको प्रत्याभूमि अन्तर्निहित रहेको सिद्धान्त हो । — राष्ट्रिय मधेश समाजवादी पार्टी, संविधानसभा निर्वाचन–२०७० घोषणापत्र, 



        महोतरीको जिल्ला वन कार्यलयमा नेपाल सरकारको ठाउमा मधेश सरकार लेखिएको

विचारबाट विचारधारा र विचारधाराले सैद्धान्तिक आवरण ग्रहण गरिसकेपछिको रुपान्तरणले ‘वाद’ को निर्माण गर्छ । वास्तवमा वाद विचारहरूको विकसित र सैद्धान्तिक रुप हो । ज्ञान बिनाको सैद्धान्तिक राजनीतिले विषयको वस्तुपरक पहिचान र दीर्घकालीन समाधान दिन सक्दैन । विकास वा परिवर्तन समाजको स्वाभाविक यात्राक्रम हो र यो योजनाबद्ध भएन भने विभेद निम्त्याउँछ । विभेदले विद्रोह र विद्रोहले अलगाव (विखण्डन) लाई जन्म दिन्छ । विभेद र बहिष्कारणको विरुद्ध ऐक्यबद्धता र वैचारिक सचेतना सँगसँगै अगाडि बढ्न सकेन भने ध्रुवीकरण हुनसक्छ । भूमि, जात, धर्म, वर्ग, लिंग र समुदायको आधारमा हुने ध्रुवीकरणले अन्यायलाई संस्थागत गर्न खोज्छ ।

Sunday, December 15, 2013

पहाडीकरणले सदभावनालाई समाप्त पार्यो - रमण पाण्डे


                                         रमण पाण्डे -  केन्द्रिय सदस्य, सदभावना पार्टी

रमण पाण्डे २०४७ साल मंसीर ७ गते देखि अहिले सम्म नेपाली बोलेका छैन । नेपाली राजनिती देखि मधेश राजनिती र नेपालमा हिन्दी आन्दोलनका लागी प्रख्यात महोतरीको पिपरा गाउका हुन पाण्डे । पाण्डे सदभावनाका संस्थापक विद्यार्थी नेता हुन । उनी ०४७ सालमा विद्यार्थी नै हुदा सदभावना पार्टीले काठमाडौको टुडिखेलमा आमसभाको आयोजना गरेका थिए । त्यही सभा मधेशी नेताहरु हिन्दीमा भाषण गर्दा याहाका एउटा उच्छृख्ल समुहले पाण्डेलाई बेसरी कुटेका थिए । त्यही दिन अर्थात ७ मंसीर ०४७ मा पाण्डेले नेपालमा हिन्दीले नेपाली सरह मान्यता नपाउन्जुल आफु नेपाली नबोल्ने निर्णय गरे । अहिले सम्म उनी नेपाली बोलेका छैन । हालै काठमाडौ आएको बेला उनीसंग हिन्दीमै गरिएको कुराकानीको नेपालीनुवाद -   
 
सदभावना पार्टी किन समाप्तीको बाटोमा लागेको होला ? 
- त्यसको धेरै कारणहरु छन । तर मुऋयगरी दुई तीन ओटा ठाउमा पार्टी र नेतृत्वको यस्तो कदम रहयो  कि आखिर अन्तोग्वा सदभावनालाई समाप्त नै पार्ने अवस्थामा  ल्याई छाडयो । सबै भन्दा पहिला त गजेन्द्र नारायण सिंहको अवशान लगत्तै सदभावनालाई कब्जा गरिने प्रयास भयो । त्यतीबेला दुई जना उपाध्यक्षहरु थिए । बद्री मंडल र हृदेश त्रिपाठी । हामी सबैले त्रिपाठीलाई नेतृत्व गर्न आग्रह गर्यो तर उनले मानेनन, त्यसपछि मंडलले कब्जा गरेर दरबार तिर लग्यो सदभावनालाई । त्यसपछि हामी वडो मेहनतका साथ सदभावनाको पंजा छापलाई त्याहावाट फुत्कायौ तर त्यतीवेला हामीले ठुलो गल्ती गरेका छौ । उक्त समयमा हामी भरतविमल यादव र हृदेश त्रिपाठीलाई माइनस गर्यौ र राजेन्द्र महतोलाई काखी थाप्यौ । राजेन्द्र महतो अगाडी आएर काम गर्ने छाटकाट पनि देखाए । तर अन्तोगत्वा जनकपुर अधिवेशनमा गएर उनले सदभावनाको अस्तीत्वनै समाप्त पार्ने गरी पार्टीलाई पहाडीकरण गर्ने निर्णय गर्यो । जुन समुदायसंग हामी आफना अधिकारका लागी लडीरहेका छौ । अर्थात जो शासक हुन्छ त्यो शासितहरुलाई किन अगाडी आउन दिन्छ । सदभावना पार्टीले शुरु देखि नै पहाडमा जनजाती र दलीतका मुद्धा उठाउदै आएका छन । तर जनकपुर महाधिवेशनले सबै पहाडी समुदायका लागी पार्टीलाई खुल्ला गरेर पहाडीकरण गर्ने निर्णय गर्यो । उनीहरुलाई किन चाहिन्छ सदभावना पार्टी । सुनियोजित रुपमा लागेर आखिर समाप्त पारेर देखाईदिए ।
 
उसो भए सदभावनामा लागेका बर्षै देखिका नेताहरुको भविष्य के हुन्छ त ?  
- हेर्नुस राजनितीमा सम्भावनाको खेल हुन्छ । त्यसैले सदभावना पार्टीले लोकतन्त्र, मधेशवाद र भारतसंगको विशेष सम्बन्धलाई प्राथमिकतामा राखेर अघि वढयो भने कुनै न कुनै रुपमा मधेशी जनताले फेरी ठाउ दिने नै छ । नत्र अब उठन सक्दैनन । माओवादीको पिछलग्गु बनेर यसरी नै मधेशी पार्टीहरु अघि वढी नै रहयो भने सबै समाप्त हुनेछ ।
 
भारतसंगको विशेष सम्बन्ध किन चाहियो मधेशी पार्टीहरुलाई ?  
- मधेशकै समबन्ध भारतसंग विशेष छ , अनी मधेशीको हक अधिकारका लागी लडछु भन्नेले विशेष समबन्ध नराखी हुन्छ । भारतसंग मेरो रिश्तेदारीको सम्बन्ध छ । काठमाडौको पो छिमेकि छन भारत हाम्रो रिश्तेदारीको अर्थात रगतको सम्बन्ध छ । हाम्रो भारतसंगको सम्बन्धमा काठमाडौ र पहाडी शासकवर्गले विचलन ल्याउन प्रयास गरिरहेको मेरो बुक्राई छ ।
 
तर विश्लेषकहरुले त भारतको प्रायोरिटिमा मधेश पर्दैन न भन्छन त ?  
- भारतको प्रायोरिटिमा मधेश पर्नु पनि हुदैन । जुन दिन भारतको प्रायोरिटिमा मधेश पर्छ , त्यो हाम्रो रिश्तेदारीको सम्बन्ध समाप्त भएर जान्छ । रिश्तेदारलाई पनि प्रायोरिटीमा कहि राखिन्छ । त्यसको महत्व आफैमा विशेष हुन्छन के ।
 
तपाई नेपाली होईन भन्या ?  
- म अहिले सम्म नेपाली भएको महसुस गरेकै छैन । यो राज्यले अहिले सम्म मलाइ नेपाली हुन नै दिएनन । म पनि नेपाली हुन र त्यो महसुस गर्नकै लागी यत्रो संघर्ष गरिहेका छौ । तर यो राज्यले मलाई सधै तिमी मधेशी नै हौ भनेर अनुभुति गराईरहेका छन । त्यसैले आजसम्म म मधेशी नै छु ।
 
तर आजका युवाहरु त्यस्तो मान्ला र ?  
- हेर्नुस, ग वाट गणपति र गद्या दुवै हुन्छ । राज्यले मधेशीहरुको पहिचान समाप्त पार्ने यत्रो ठुलो षडयन्त्र विगतमा बुनिसकेको छ कि त्यसको सिधा प्रभाव आजको युवा पिढीहरुमा देखिन्छ । सदभावना पार्टी त्यतीकै आज समाप्त हुने अवस्थामा पुगेको छैन नि । नत्र जुन समुदायका नागरिक आफनो देशमा ८० प्रतिशत राज्श्व तिर्छन र तिनको हालत यस्तो, आखिर किन ?
 
अन्तमा भन्नुपर्दा, मधेशी पार्टीहरुलाइ अब कसरी अगाडी वढनुपर्छ ?  
- मधेशी पार्टीहरु माओवादीको साथ छोडनु पर्छ अनि मधेशमै पनि दुई धारको राजनिती छ । त्यसैले मधेशी पार्टीहरु विचको लोकतान्त्रिक धारहरु एकै ठाउमा बसेर एउटै पार्टी बनाउनुको अब विकल्प छैन ।
नवीन झा

मधेशी पार्टीहरु विच चाडै नाया मोर्चा बन्ने - अमरेश सिंह


                                                        अमरेश सिंह
निर्वाचनमा अनपेक्षित हार व्योहोरेका मधेशी पार्टीहरु विच नयां मोर्चाबन्दी हुन लागेको कांग्रेस नेता अमरेश सिंहले बताएका छन । नायां संविधानसभामा पनि चौथौ शक्तिको रुपमा मधेशी मोर्चा नै रहने सिंहको दाबी छ । सबै मधेशी पार्टीहरुको सभासद संख्या राप्रपा नेपाल भन्दा वढी छ, त्यसैले मधेशी पार्टीहरुको बन्न लागेको नाया मोर्चा नै संविधानसभाको चौथौ शक्तिको रुपमा रहने सिंहको भनाई उदृत गर्दै जनकपुर टुडेको अनलाईनले प्रकाशित गरेको समाचारमा उल्लेख गरिएको छ । सिंह काग्रेस, एमाले र माओवादीले राप्रपा नेपाललाई मन नपराउने शक्तिको संज्ञा दिदै हामी शक्ति समिकरण देखि संविधानको अन्य विषयमा पनि राप्रपा भन्दा मधेशी दलहरुलाई नै प्राथमिकतामा राख्ने सिंहको भनाई छ । सिंहले राष्टपति र उपराष्टपति पनि नफेरिने जिकिर गरेका छन । उनले निर्वाचन आयोगले समानुपातिकको नामावली बुझाउने मिती केही दिनका लागी फेरी थप्न सक्ने सम्भावना रहेको पनि बताएका छन ।

Saturday, December 14, 2013

समाप्तीको बाटोमा सदभावना


निर्वाचनमा लज्जाजनक हार व्योहोरेपछि २४ देखि २८ मंसीर सम्म सदभावना पार्टीको केन्द्रिय कार्यसमितीको बैठक बस्यो । चुनावमा राम्ररी पछारेपछि सदभावनाका केही हनुमानहरुले महत्वपुर्ण निर्णयहरु ऋाउने आशामा थिए । तर नेताहरुको प्रवृतिका कारण केही झिनो आशा पनि समाप्त भएर आएको छ । बैठकले फेरी त्यही केही सदाबहार निर्णय गरेका छन, समानुपातिकका नामावली बझाउने जिम्मा महामहिम अध्यक्षलाई, संविधानसभामा सहभागी हुने, र संघीयता विरुद्ध ठुलो षडयन्त्र भयो भन्दै निर्वाचनमा भएको धांधली छानविन हुनुपर्ने । मधेशी पार्टीहरुले अब हेक्का के राख्नुपर्छ संघीयता अब मधेशी पार्टीको मात्रै एजेन्डा होईन र संघीयताकै नाराले राजनिती अगाडी वढने वाला छैन । संघीयता एउटा महत्वपुर्ण मुद्धा हो तर यसले नै दिर्घकालिन राजनितीकलाई जीवन्तता भेटने वाला छैन ।
जनताले निर्वाचन मार्फत सदभावनासंग आफनो नाता तोडिसकेको छ । तर, सदभावना पार्टीको यो बैठकले जनतासंग सदभावनालाई जोडने कुनै पनि निर्णय गरेका छैन । त्यसैले आजको मितीमा भन्दा अब सदभावना पार्टी समाप्तीको बाटोमा अघि वढीसकेको छ । निर्वाचनको परिणामलाई हेर्दा सदभावना पृष्टभुमिका एक जना नेता पनि यो चुनावमा निर्वाचित भएका छैन । प्रत्यक्ष तर्फ सदभावनका एक जना नेता संजय साह मात्र जितेका छन तर साह सदभावनाको नाम भन्दा पनि आफनो बाहुबलीले जितेका छन ।
निर्वाचन भन्दा अगाडी सदभावना अध्यक्ष राजेन्द्र महतोले आफूहरु ४० सिटमा जित्न गईरहेको दाबी गर्दै आएका थिए । कति सम्म भने उनले अरु मधेशी पार्टीहरुको सबै अध्यक्ष भन्दा आफु वढी सक्षम रहेको आलाप गाउदै आएका थिए ।

किन सक्दै सदभावना ?

२०४७ सालमा गठन भएको सदभावना पार्टी नागरिकता, समावेशी र संघीयता लगायतका मुद्धामा महत्वपुर्ण आवाज चाही उठाएकै हुन ? जुन मधेशी जनताको दिर्घकालिन हितमा थियो र सदभावनाको उक्त कदम इतिहासमा स्वर्णिम अक्षरले पनि लेखिने छन । प्रश्न आउछ - आखिर यत्रो महत्वपुर्ण मुद्धा उठाउने पार्टी किन सकिन लाग्यो त ? उत्तर पनि वढो सजिलो छ, सदभावना साच्चिकै जनतासंग जोडिने प्रयासमै कहिल्यै पनि लागेनन । विगत हेर्दा यो नै सदभावनाको नियत जस्तो देखिन्छ । गजेन्द्र नारायण सिंह देखी राजेन्द्र महतो सम्मको नियत एउटै देखिन्छ । गजेन्द्र नारायण सिंह त यती मात्रका लागी मात्रै ईतिहासमा सम्झने छन किनकी यी मुद्धाहरु उनकै अगुवाई प्रस्फुटित भएका थिए । तर उनी पनि सत्ताको खेलमा प्रवेश त्यही यसरी अल्झे कि त्यो भन्नु पर्ने बिषय नै छैन । फलस्वरुप तत्कालिन अवस्थामा धेरै आशालाग्दो अवस्था भएपनि सदभावनाले संगठन बनाउन सकेनन । जुन उपक्रम राजेन्द्र महतो सम्म आउदो पनि जारी नै रहयो र आज पनि मधेशमा मधेशी मनोविज्ञान कमजोर भएको छैन तर मधेशीहरु त्यो विकशित मनोविज्ञान जस्तै बहुआयमिक नेतापनि खोजीरहेका छन । जुन सदभावनाले दिन सम्भावना रती पनि छैन ।

Friday, December 13, 2013

गठबन्धनको नेतृत्वका लागी ठाकुरलाई अघि सार्ने तयारी


निर्वाचनमा धांधली भयो भन्दै माओवादीको अगुवाईमा सुरु गरिएको संघीय गठबन्धनको नेतृत्वको लागी तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने प्रयास भईरहेको छ । केही समय अघि सम्पन्न १६ दलको संयुक्त बैठकले गठबन्धलाई ठोस रुप दिनका लागी भन्दै एउटा कार्यदल पनि गठन गरेका थिए । उक्त गठबन्धमा संग्लन १६ दलहरु मध्ये मधेशवादी दलहरु सहित अन्य केही साना दलहरुले माओवादी नेतृत्व प्रति विश्वास नरहेको भन्दै तमलोपाका अध्यक्षलाई त्यसको नेतृत्व गने आग्रह गरिने जनाएका छन । तमलोपाका महामन्त्री गोविन्द चौधरीका अनुसार यो बिषयमा आन्तरिक छलफल भईरहेको छ । अब बस्ने संयुक्त बैठकमा मधेशवादी दलहरुको तर्फवाट उक्त प्रस्ताव लगिने तयारी भईरहेको चौधरीले बताए ।

Thursday, December 12, 2013

विद्यापति सं धन्य मिथिला, धन्य मैथिली


                                                कातिक धवल त्रयोदशी पर विशेष

कातिक मासक इजोरिया पक्षक त्रयोदशी तिथिकेँ विद्यापतिक अवसान दिवसक ठेकान हुनकहि एकटा रचनाक माध्यमसँ सभ केओ अकानति छथि। हुनक जन्म आु मृत्युक बरखक संबंधमे विद्वानक बीच मतैक्य नहि अछि मुदा जे कोनो शोध आइ धरि सोझाँ आएल अछि ताहिसभक आधारपर मानल जाइछ जे चौदहम शताब्दीक उत्तरार्धसँ पन्द्रहम शताब्दीक पूर्वाध धरि लगभग एक सय बरखधरि विद्यापतिक जीवन काल रहल होयत। कविकोकिल विद्यापतिक कोनो जीवनी उपलब्ध नहि अछि जाहिसँ हुनक जन्म आु मृत्युक तिथि निजगुत भऽ सकए आु एहनमे विद्वान लोकनि अपन-अपन व्याख्याक आधारपर हुनक कालनिर्धारण करैत भेटैत छथि मुदा एहि विषयपर मतैक्यक कोनो खास खगता आब बुझना नइ जाइत अछि किएकतऽ जे कविकोकिल अपन रचनाक बदौलति अमर भऽ गेल छथि हुनक जन्म आु मृत्युक दिन इतिहासकारक अलावे आन ककरो लेल बहुत बेसी महत्व नहि रखैत अछि आु तैँ हुनकर जन्म-मृत्युक काल-निर्धारणपर चर्च करबासँ नीक जे हुनक सृजनशील पक्षक चिंतन करी आु विभिन्न संदर्भमे ओकर प्रासंगिकताक मूल्यांकन करी।
तत्कालीन गढ़-बिसफी आु आजुक बिसफी गामक कविपति विद्यापतिक कतिपय वंशज एक पर एक उद्भट विद्वान भेलाह आु अदौसँ मिथिलाक राज दरबारमे दरबारी भेलाह। किनको राजपंडित तऽ किनको महामत्तक प्रतिष्ठित पद भेटल। राजपण्डित जयदत्त ठाकुरक पौत्र आु राजपण्डित गणपति ठाकुरक पुत्र विद्यापति ठाकुर स्वयं मिथिलाक कीर्तिपुरूष महाराज शिवसिंहक दरबारमे मुख्य संधि-विग्रहीक उच्चपदकेँ सुशोभित कएलनि। राजपंडित आु विद्वत वंशक सपूत विद्यापति मात्र अपन कौलिक परंपराक निर्वाहेटा नहि कएलनि अपितु अपन लोकप्रिय पदावलीक कारणेँ जनकवि सेहो बनि गेलाह। विद्वान लोकनिक मानब छनि जे विद्यापतिक दूटा विवाह छलनि। प्रथम पत्नीसँ दूटा बालक नरपति आु हरपति एवं दोसर पत्नीसँ एकटा बालक वाचस्पति ठाकुर आु एकटा पुत्री दुल्लहि छलनि।
ईश अराधना, राजाकेँ मंत्रणा, नारी-पीड़ाक चित्रण, विद्वानहुकेँ मार्गदर्शन, सामाजिक चिंतन, आु जन-सामान्यकेँ हेतु संस्कार, कुल मिलाकऽ जीवनक समस्त ध्येय हिनक रचनासभमे परिलक्षित होइत अछि। ूकलौ चण्डी महेश्वरौू केँ चरितार्थ करैत शिव-शक्तिक उपासक विद्यापति राधा-कृष्णक श्रृंगार-वर्णनमे सेहो कोनो कोताही नहि रखलनि। ओु अपन आध्यात्म-दर्शनमे शिव-विष्णुकेँ एकहि शक्तिक दू कला मानैत छलाह। हुनक अनेकानेक नचारी आु भगवती गीत खासकऽ जय-जय भैरवि।।तऽ मिथिला आुु मैथिलक पहिचान बनिगेल अछि। जौँ जनकविक गप करी तऽ तुलसीदासक ुुरामचरित मानसुु आु सेक्सपीयरक साहित्यो भरिसक ओतेक विद्वानसँ निराखरधरि नहि पहुँच सकल अछि जतेक कविकोकिलक पदावली देश-देशांतरमे आु करीब पछिला छहसए बरखसँ लोकक ठोर पर चढ़ल आु कोंढ़केँ रूचल अछि। जीवनक हरेक अवसरक हेतु ओ संस्कार-परक गीत जाहिसँ समस्त पूर्वी भारत आु नेपालक क्षेत्रमे लोक-संस्कार एवं लोक-परंपरा उत्तरोत्तर प्रवाहमान रहल, से कविपति विद्यापतिक पदावली आ पछाति कवीन्द्र रवीन्द्रक गीते सँ संभव भेल। कवीन्द्र सेहो विद्यापति-साहित्यक आगाँ सदति नतमस्तक रहलाह। कविशेखर विद्यापतिसँ पूर्व मिथिलाक विद्वानक मध्य मिथक छल जे विद्वतापूर्ण आु उत्कृष्ट साहित्यिक रचना संस्कृतेटामे संभव भऽ सकैछ, मुदा, कविरंजन विद्यापतिक पदावली एहि मान्यताकेँ ध्वस्तकऽ समकालीन आु भविष्यक साहित्यकारक लेल एकटा नव बाट प्रशस्त कएलनि। संस्कृतक प्रकाण्ड विद्वान विद्यापति अपन मधुर श्रृंगार-रसक रचनाक कारणेँ ुअभिनव जयदेवु नामसँ सेहो अलंकृत भेलाह। हिनक रचना-शिल्पक प्रभाव मैथिलीक अलावे पूबक चारिटा प्रमुख भाषा यथा बंगाली, ओड़िया, नेपाली, असमिया पर सहजहि देखबामे अबैछ। बांग्लाक आदिभाषा ब्रजबुलि आर किछु नहि मैथिलीए अछि । एहि कारणेँ विद्यापति मात्र मिथिले क्षेत्रमे प्रसिद्ध नहि भेलाह अपितु देश-विदेश मे हिनका प्रतिष्ठा भेटल आु भारतीय भाषा-साहित्यपर हिनक एकटा बेछप छाप देखबामे अबैछ।कविकोकिल, अभिनव जयदेव, महाकवि, कवि कंठहार, देशावधान, पंचानन, चंपति, विद्यापति चंपई आदि अनेको संबोधनसँ अलंकृत, ईष्टदेव महादेवक प्रति अपार भक्ति-भाव रखनिहार आु जन-जनमे ज्ञान-दानमे रत महाकविसँ प्रसन्न भऽ स्वयं महादेव हुनक सान्निध्य पएबाक हेतु उगना रूपमे हिनक चाकर बनि अएलाह। जनश्रुतिक अनुसार महाकवि अपन वृद्धावस्थामे समस्त परिजनकेँ बजाय कहलनि जे ओ गंगालाभ करय चाहैत छथि। गंगातट पर जएबाक क्रममे हठात् ओ गंगाघाटसँ करीब दू कोस पहिने अपन यात्रा रोकबाक लेल कहलनि आु फेर आत्मविश्वाससँ भरल विद्यापति बजलाह जे यदि ओ अपन माए९गंगा०क शरण पएबाक हेतु एतेक दूरक यात्रा कऽ सकैत छथि तऽ की माए अपन संतानक हेतु दू कोस नहि अओतीहरु ओु फेर गंगा आराधनामे लागि गेलाह आु एहिठाम एकटा पदक रचना कएलनिः—
बड़ सुखसार पाओल तुअ तीरे । छोड़इत निकट नयन बह नीरे ।।
करजोरि बिनमओ विमल तरंगे । पुनि दरसन होय पुनमति गंगे ।।
एक अपराध छेमब मोर जानी । परसल माए पाय तुअ पानी ।।
की करब जपतप जोग धेयाने । जनम कृतारथ एकहि सनाने ।।
भनइ विद्यापति समदओं तोही । अंतकाल जनु विसरहुँ मोही ।।
अपन अंत समएक पूर्वाभान भेने महाकवि अपन पुत्री दुल्लहिकेँ संबोधित करैत एकटा महत्वपूर्ण पदक रचना कएलनि आु एही पदक आधारपर हुनकर अवसान दिवसक निर्धारण कएल गेल अछिः—
दुल्लहि तोर कतय छथि माय । कहुन ओ आबथि एखन नहाय ।।
वृथा बुझथु संसार विलास । पल-पल नाना भौतिक त्रास ।।
माए बाप जओँ सद्गति पाब । सन्नति कहाँ अनुपम सुख आब ।।
विद्यापतिक आयु अवसान । कार्तिक धवल त्रयोदशी जान ।।
 
पतितपावनि गंगा मिथिलाक एहि विभूतिकेँ अपार भक्तिक मान रखलनि आु अपन धारा बदलि हिनका अपन धारामे समाहित कएलनि। विद्यापति जाहि स्थानपर अपन देह त्याग कएलनि से वर्तमानमे समस्तीपुर जिलाक मउ वाजितपुर कहबैछ। एहिठाम विद्यापति नगर नामसँ रेलवे स्टेशनक निर्माण सेहो कएल गेल अछि। मिथिलाक एहि कालजयी रचनाकार आु महान विभूतिकेँ चरण-वंदन करैत कहय चाहबः—
महाकविकेँ कोटिशः नमन करी, भरि-भरि शब्दक पुष्पांजलि ।
धन्य मिथिला धन्य मैथिली , जनमलथि जतय विद्यापति ।।
— संतोषी कुमार/मिथीमिडिया

Wednesday, December 11, 2013

सुमनको सुगन्ध - काठमाडौमा १४ औ एकल मिथिला चित्रकला प्रदर्शनी शुरु

प्रसिद्ध मैथली चित्रकार एस. सी. सुमनको १४ औ एकल चित्रकला प्रदर्शनी मंगलवार देखि काठमाडौको सिद्धार्थ आर्ट ग्यालरीमा शुरु भएको छ । 

                                   चित्रकला प्रर्दशनीमा चित्रकार एस सी सुमन 

मैथली चित्रकला क्षेत्रका प्रख्यात हस्ताक्षर एस सी सुमनको १४ औ एकल चित्रकला पर्दशनी शुरु भएको छ । काठमाडौको सिद्धार्थ आर्ट ग्यालरीमा शुरु भएको उक्त प्रदर्शनीको भारतीय राजदुत रन्जित रे ले उदघाटन गरेका थिए । डिसेम्बर १०,मंगलवार देखि शुरु भएको प्रदर्शनी जनवरी ६ सम्म चल्ने छ । ४१ ऋोटा चित्रकला रहेको उक्त प्रदर्शको थिम चाही सुमनले, मानिस विनाको रुख र रुख विनाको मानिस, भनेर राखेका छन । सबै चित्रकलाहरु यही थिममा समेटिएको सुमनले बताए । उदघाटन कार्यक्रममा बोल्दै भारतीय राजदुत रन्जित रे संसारमै प्रख्यात रहेको मिथिला चित्रकलाको आफु प्रंसशक रहेको बताए । भारतमा मिथिलाको मधुवनी पेन्टिग खुबै प्रख्यात छन, आफु पनि त्यसको प्रसंशक थिए तर सुमन चित्रकला हेरेपछि म मिथिला चित्रकला प्रति मेरो थप झुकाब वढेको रे ले बताए । सुमनको चित्रहरु अत्यन्तै सन्देशात्मक रहेको भन्दै यसले मिथिला चित्रकला उचाईलाई प्रस्तुत गरेको उनको तर्क थियो । प्रदर्शनीमा राखिएको चित्रकलाहरु रु २८ हजार देखि ६० हजार सम्मका छन । यस अघि २०११ मा सुमनले गरेको एकल चित्रकला प्रर्दशनीले काठमाडौमा खुवै चर्चा पाएको थियो ।
                                          प्रदर्शनीमा भारतीय राजदुत रन्जित रे
साथमा यो पनि पढनुस-
मिथिला क्यानभासका नायक
http://dalannepal.blogspot.com/2013/09/blog-post_12.html?spref=fb

Monday, December 9, 2013

हामी उत्साहित छौ - वेदप्रकाश – प्रमुख, हिन्दू स्वंयमसेवक संघ, नेपाल

 भारत आसामका वेदप्रकाश उपाध्याय विगत चार बर्ष देखि हिन्दू स्वंयसेवक संघ नेपालका प्रमुखको रुपमा काठमाडौमा सक्रिय छन । वेदप्रकाशजीको नामले  जानिने उनी भन्छन, दोस्रो संविधानसभाको परिणमले हामी उत्साहित छौ । उनीसंग गरिएको कुराकानी -
 
हामी ढुक्क के मा छौ भन्ने अब कम से कम हिन्दू राष्टको वारेमा जनमत संग्रहको वातावरण बन्छ । 

हिन्दू राष्टको वारेमा जनमत संग्रह होस भन्ने हाम्रो चाहना हो । र त्यसका लागी हामी राजनिती माहौल तयार पार्दै छौ ।
 

साकारात्मक कुरा त के हो भन्ने कांग्रेस ठुलो पार्टीको रुपमा आएको छ । जाहा धेरै हिन्दूवादीहरु छन ।
 
विजेपी सत्तामा आउदा त्यसले नेपालको वारेमा धेरै फरक नपर्ला खाली हामीलाई काम गर्न सजिलो हुनेछ ।

                          वेदप्रकाश – प्रमुख, हिन्दू स्वंयमसेवक संघ, नेपाल


हिन्दू धर्मको नारा दिएर राप्रपा नेपाल चौथौ शक्तिको रुपमा आउदा त तपाईहरु खुशी हुनुभएको होला नि ?  
-  होईन, हामी कसैको एउटाको समर्थन वा विरोध गर्दैनौ । तर हिन्दू धर्मको रक्षाको लागी जो जो अगाडी आउछ, सबैलाई सहयोग गर्छौ । जाहा सम्म यो निर्वाचनको परिणामको कुरा गर्नु हुन्छ, निश्चित रुपमा हामी उत्साहित भएका छौ । हामी कुनै व्यक्ति विशेष वा पार्टी विशेष केन्द्रित थिएनौ तर हिन्दू धर्मको वारे हामी सबै ठाउवाट साकारात्मक वातावरण वनाउने काम चाही गरेकै हौ । जसको फाईदा कमल थापा नेतृत्वको राप्रपाले लिएको छ । त्यसको विभिन्न कारणहरु छन ।
उसो भए के अब नेपालमा हिन्दूत्वको नारा राजनितीक रुपमा अगाडी वढछ त ?  
-  हेर्नुस सबै पार्टीहरुमा हिन्दूवादीहरु छन । अब त्यो सबै अगाडी आउनेमा हामी विश्वस्त छौ । साकारात्मक कुरा त के हो भन्ने कांग्रेस ठुलो पार्टीको रुपमा आएको छ । जाहा धेरै हिन्दूवादीहरु छन । हामी ढुक्क के मा छौ भन्ने अब कम से कम हिन्दू राष्टको वारेमा जनमत संग्रहको वातावरण बन्छ ।
ए, उसो भए हिन्दू राष्टको वारेमा तपाईहरु जनमत संग्रह होस भन्ने चाहन्नु हुन्छ ?  
-  हो हिन्दू राष्टको वारेमा जनमत संग्रह होस भन्ने हाम्रो चाहना हो । र त्यसका लागी हामी राजनिती माहौल तयार पार्दै छौ ।
तर कमल थापाले नै हिन्दू राष्ट र राजतन्त्रको मुद्धालाई छाडने संकेत गरेका छन त ?   
- हामी कुनै पार्टी विशेष वा व्यक्ति विशेष छैनौ । हो कमल थापाले पाएको सभासदको संख्यामा हाम्रो विभिन्न भुमिका अहम छ । तर हामी उनी प्रती मात्रै केन्द्रित छैनौ । हाम्रो मान्छे अर्थात हिन्दूवादी सबै पार्टी धेरैको संख्यामा छन त्यसैले अब चाडै एउटा साकारात्मक माहौल तयार हुन सक्छ ।
के भारतमा विजेपीले सत्तामा आउने लागको छाटकाटले त्यस्तो माहौल बन्छ भन्ने तपाईहरुको बुझाई हो ?  
-  भारतमा विजेपी सत्तामा आउन लागेको कुराले हामी मात्रै होइन कि संसार भरीका हिन्दूहरु उत्साहित छन । हामी त झन नहुने कुरै भएन तर भारतमा विजेपी सत्तामा आउदा त्यसले नेपालको वारेमा धेरै फरक नपर्ला खाली हामीलाई काम गर्न सजिलो हुनेछ ।
भारत आफै धर्मनिरपेक्ष छ अनि नेपाल चाही किन हिन्दू राष्ट हुनु पर्यो भनेर त्याहाका हिन्दुवादी नेताहरु लागी परेको देखिन्छ ?  
- भारतको स्वयंम अनुभवले हामी अली चिन्तित छौ ।
राजपरिवारसंग पनि त यसवारेमा कुराकानी भइरहेको होला नि ?  
- होईन, हाम्रो राजपरिवार संग औपचारिक रुपमा कुनै सम्बन्ध छैन । नेपाल जनताले राजपरिवारलाई फालिसकेका कारण हामी त्यसको पक्षमा छैन । नेपाली जनता हिन्दू राष्टको पक्षमा छ भन्ने हाम्रो बुझाई हो । निर्वाचनको जनमतले पनि त्यो देखाउछ । त्यसैले हामी हिन्दू गणतन्त्रको पक्षमा छौ । 
नवीन झा

Sunday, December 8, 2013

मधेश राजनितीमा अबका परिदृश्यहरु

आश्चर्यजनक कुनै चमत्कार भएन भने ढिलोचाडो ऋब मधेश राजनितीमा दुई ओटा खम्बा मात्रै रहनेछ । एउटा लाई महन्थ ठाकुरले नेतृत्व गर्नेछन भने अर्कोलाई उपेन्द्र यादवले ।
नवीन झा
निर्वाचनमा अनेपक्षित हार व्योहोरेका मधेशी पार्टीहरु मध्ये कोही एकिकरण त कोही सरकार बनाउने त कोही छानविन समितीको अडानमा देखिएका छन । जुनसुकै भुमिकामा अहिले जो भए पनि आफनो हैसियतलाई सबैले राम्ररी पुर्नमुल्याकंन गरिरहेकै होला । र काठमाडौमा एउटा मनगन्ते आमधारण के देखिन्छ भने मधेशी पार्टीहरुले उठाएको संघियताको मुद्धा बेठिक थियो र अब यी मधेशी नेताहरु सकिन्छ । के त्यस्तै होला वा यही दिशामा मधेश राजनिती अघि वढेको देखिन्छ त ? शुरु गरौ आजको अवस्थावाट ।

मधेशमा सबै भन्द्या ठुलो पार्टीको रुपमा आएको फोरम लोकतान्त्रिकले घोषित रुपमै सरकार बनाउने खेलमा सामेल भईसकेका छन । उनले २५ गते सम्म निर्वाचन आयोगमा समानुपातिकको नामावली पनि बुझाउने छन । त्यसको आफनै रहस्य होला कि सबै मधेशी पार्टीहरु सरकारमा नजाने मनस्थितीमा भएपनि गच्छदार किन एक्लै उक्त खेल तिर अग्रसर भए । कतिपय भित्रियाहरुका अनुसार उनी विरुद्ध संविधानसभामा अदालतमा परेको उजुरीलाई मुख्य कारक ठान्छन । मोरडमा पराजित भएका गच्छदार विरुद्ध सुनसरीवाट जितेकोमा मुद्धा परेको छ र अदालतले उनलाई उपस्थित हुन चाडो चाडो आदेश दिनुलाइ कतिपयले उक्त खेलसंग जोडने गर्छन । त्यसैले गच्छदार सरकार बनाउने खेलमा र मधेशी पार्टीहरु विच एउटा अर्कौ भुमिकामा देखिन सक्छ जुन उनकै लागी पछि घातक सावित हुनेछ ।
तमलोपा, सदभावना लगायतका पार्टीहरु अहिले समानुपातिकको नामावली नपठाउने अडान व्यक्त गरेका छन । तर आन्तरिक रुपमा यी पार्टीहरु सामानुपातिकको नामावली छान्न व्यस्त छन । यी पार्टीहरुले २८ गते सम्म ती नामावली पठाउने सम्भावना छ । माओवादीसंग को संयुक्त छलफलमा समेत सहभागी यी पार्टी देखाउनकै लागी भए पनि छानविन समिती गठन गराउने सहमती गरेर संसदमा छिर्ने छन । त्यसपछि माओवादीसंगको छलफलीय सांठगांठ यथावत रहने सम्भावना न्युन रहने छ । र यी पार्टीहरु पहिलो सरकारमा सहभागी पनि हुने कुनै सम्भावना आजको मिती छैन ।
यसपछि गच्छदार वाहेकका पार्टीहरु विच एकिकरणको एउटा हल्लाखल्ला मच्नेछन ।  गएको हप्ता मात्रै राजकिशोर यादव, अनिल झा र अमर यादवले संयुक्त रुपमा विज्ञप्ति निकालेर त्यसको झलक दिईसकेका छन । दौडमा आफु पछि नपरुन भन्ने चाहनाकै लागी शरदसिंह भण्डारी पनि शनिवार विज्ञप्ति निकाली प्रमुख दुई ओटा मधेशवादी दलहरुसंग एकिकरण प्रस्ताव गरेको छ । भण्डारी अन्तोगत्वा तमलोपासंग एकिकरणको पक्रियामा अघि वढने छ । राजकिशोर यादव, अनिल झा, सरीता गिरीहरुले पनि एकता गर्ने घोषणा गर्नु अघि महन्थ ठाकुरसंग भेटेर सामुहिक छलफल गरिसकेका छन । त्यसकारण उक्त समुहका अधिकांशहरु ठाकुरसंग विलयको घोषणा गर्ने छन । र, केही छुटने सम्भावना पनि बन्न सक्छ ।
र यही विचमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी खैलाबैला मच्न सक्छ । उक्त पार्टीवाट प्रत्यक्ष तर्फ जितेका एक मात्र सभासद संजय साह पार्टी कब्जा गर्ने रणनितीमा अघि वढने छ । यद्यपी साह सफल हुने छैनन । यदी साह सफल भए पनि उनी त्यसलाई संस्थागत स्वरुप दिन सक्दैनन । र फेरी उनी गच्छदारको शरणमा पुग्न सक्छ । साहको खैलाबैल्ला सम्म पुग्दा राजेन्द्र महतो पनि ठाकुरसंग एकिकरणको पक्रियामा अघि वढने छन । ठाकुरसंगको यदी महतो एकिकरण गर्न असफल भए उनी अब राजनितीक रुपमा उठन सक्दैन ।
यता सरकारमा जाने चाहना हुदाहुदै पनि महेन्द्र यादव गच्छदार जस्तो गरी हतपत गर्दैन्न । उनी अरु मधेशी पार्टीहरुको गतिविधी नियालेर मात्रै कुनै कदम चाल्ने छन । र उपेन्द्र यादवसंगको सहकार्य तिर उ मोडिन सक्छ । उपेन्द्र यादव तिर ठाकुरसंगको एकिकरणको पक्रियामा अटाउन नसक्ने केही अनुहारहरु पनि जोडिने छन तर उनीहरुका लागी सोचे जस्तो सजिलो चाही हुने छैनन ।
उता सरकार केही महिना चलेपछि गच्छदारको पार्टीमा असन्तुष्टिको ज्वारभाटाहरु देखिन थाल्छ । र संविधानसभाको बहस प्रक्रिया सुरु हुदा त्याहावाट दूई किस्तामा नेताहरु वाहिरिने छन । केही काग्रेस, एमालेको शक्ति सौदाबाजीले उता तिर मोडिने सक्छ भने धेरै जसो ठाकुरसंग र केही उपेन्द्र यादवसंग पनि टासिने प्रयासमा भौतारिने छन ।
संविधानसभामा संविधानहरुको बहस प्रारम्भ हुने वितिकै यस पटक गच्छदार वाहेकका पार्टीहरु आफुलाई सशक्क्त रुपमा उभ्याउने प्रयासमा जाने छन । सबै भन्द्या असहज वातावरण संघियताको मुद्धामा उत्पन्न हुने सम्भावना छ । काग्रेस, एमाले संघियताको सवालमा अलीकती तलमाथी गरेमा यी पार्टी संविधानसभावाट वाहिरिने सक्ने जती चेष्टा पनि गर्न पछि पर्ने छैन । यदी काग्रेस, एमाले संघीयताको सवालमा साकारात्मक रुपमा आए त्यसलाई आफनो पक्ष र आफनो जितको रुपमा प्रस्तुत गराउने तर्फ अग्रसर हुने छन । त्यही निर हाल तराई मधेश राष्टिय अभियान चलाईरहेका जेपी गुप्ताको भविष्य पनि जोडिएको छ । तर काग्रेस, एमालेले त्यसलाई साकारात्मक रुपमा त्यसलाई व्यवस्थापन गरे मधेशमा यी पार्टीहरुको जनाधार थप वलियो पनि हुन सक्ने सम्भावना रहनेछ ।
यसरी हालको अस्थामा हेर्दा अर्को दुई तीन बर्ष वा अर्को चुनाव सम्म पुग्दा महन्थ ठाकुर र उपेन्द्र यादव दुई ओटा खम्बाको रुपमा उभिन सक्छ ।  

Saturday, December 7, 2013

सरोज मिश्राको कथा

एउटा क्रान्तिकारी बुबाको झोला बोकेर हिडेका सरोज भन्छन, मधेशलाई स्वायत्ता सहितको संघियता घोषणा नगरुन्जेल विहे गर्ने त कुरै आउदैनन । मधेशमा म एउटा थप गुलाम बच्चा पैदा गराउने चाहना राखेनौ । वरु गुलामीवाट मुक्तिका लागी आफनो जीवन खर्चने प्रण गरे । 
                               सरोज मिश्रा- केन्द्रिय सदस्य, सदभावना पार्टी


२०३८ सालमा सरोज मिश्रा १० बर्ष कै थिए । तर राणा विरोधी आन्द्योलन देखि तराई कांग्रेसका संस्थापक बुबा श्यामलाल मिश्रा ०३८ को चुनावमा स्वतन्त्र उम्मेदवार हुदा उनी उक्त क्षेत्रमा बुबासंगै सबै गाउहरु पुगे । त्यो उमेरमा सरोजले के राजनिती गर्न त्यस्तो घुमफिर गरेको होला त ? उनी भन्छन, राजनिती गर्न त होईन तर बुबाले कार्यक्रमहरु गर्ने भाषणमा मलाई जान खुबै मन लाग्थ्यो, त्यसमा पनि उहा क्रान्तिकारी कविताहरु जताजतै लेखर सुनाउनु हुन्थ्यो, म त्यही लोभले सानै देखि उहा पछि पछि हिडे । सुरुमा बुबासंगै लान आनाकानी गर्नुहुन्थ्यो तर म हटटी स्वभाव भएकाले उहाको आनाकानीले केही फरक परेन । पछिपछि त उहाले आफै पनि अग्रसर भएर मलाई संगै लान थाल्नु भयो ।
श्यामलाल मिश्रा ००७ को राणा विरोधी आन्दोलनमा काग्रेसका सुनसरी मोरडका प्रमुख कमाण्डर थिए । उनको भुमिका भन्ने हो विपी कोईराला पछि दोस्रो स्थानमा आउथ्यो पुर्व तिर । तीनै मिश्राले पछि तराई काग्रेस हुदै सदभावना पार्टीका संस्थापक मध्येका एक हुन पुगे । 
०३८ मा पन्चहरुले मिश्रा संगै सप्तरीमा गजेन्द्र नारायण सिंहलाई पनि हराए । उनीहरु दुवै काग्रेस परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसको ठिक दुई बर्ष पछि डा गुरुडको प्रतिवेदन आयो जसमा मधेशीहरु भरतीय हुन भनेर आरोप लगाएका थिए । सरोज सम्झदै भन्छन, त्यती बेला म १२ बर्षको थिए, व्यापक हल्लाखल्ला त्यो प्रतिवेदनले मचायो । बुबा – श्यामलाल मिश्रा) तत्कालिन राजा विरेन्द्रलाई पत्र लेख्नुभयो र उक्त प्रतिवेदन लागु नगर्न आग्रह गरे । बुबाले पत्र लेखेर काडमाडौ आउनु भयो र काडमाडौमा मधेशीको पक्षमा पर्चा पम्लेटिगहरु गनु भयो । राती १२ बजे सुन्धाराको एउटा होटलवाट उहांलाई प्रहरीले समातेर लानु भयो । उहासंग जनकपुरका पत्रकार राजेश्वर नेपाली पनि हुनुहुथ्यो तर नेपालीलाई पत्रकार हो भनेर समातेनन । तीनै नेपालीले सरोजहरुलाई घरमा बुबाको जानकारी गराएका थिए । १२ बर्षे ती कलिला दिमागमा त बुबा चोर वा डाका नभएपछि यो प्रहरीले किन समातेको भनेर खुल्दुल्ली पसेछ । डेढ महिना पछि काठमाडौ प्रहरीको नियन्त्रणवाट मुक्त भएपछि श्यामलाल मिश्रा घर फर्के । सरोज बुबा घर फर्केको सम्झनालाई यसरी व्यक्त गरे, शुक्रवारको दिन थियो, हामी स्कुलवाट १ बजे तिर पढेर आउदा बुबा पनि भर्खरै घर आउनु भाको थियो । मैले बुबालाई हेरेपछि, बुबा तपाई लाई किन पुलिसले समातेको भनेर प्रश्न गर्न भ्याए । बुबाले पहिला खाना खाउ अनि त्यसपछि म तिमीलाई यो कुरा बताउछु भन्नु भयो । बुबासंग एउटै थालमा खाना खाए । खाना खाएपछि बुबाले डायरी लिएर दरबज्जा –दलान) मा जानु भयो मलाई लिएर अनि आफुहरुलाई राजनितीक आस्थाका कारण प्रहरीहरुले समातेको सम्झाए । मधेशका वारेमा आफुहरु कुरा गरिरहेकै कारण र अर्को तर्फ बहुदलवादी भएकाले । तर बुबाले सरोज सम्झाए, हेर छोरा सत्य कहिले पनि पराजित हुदैन, परेशानी मात्रै हुन्छ । त्यसैले जस्तोसुकै अप्ठायारा आइपरेपनि सत्य बोल्न छाडनु हुदैन र मातृभुमि प्र्रति वफदार हुनुपर्छ ।
०४० सालको प्रसंगवारे सरोज थप भन्छन, गजेन्द्र नारायण सिंहलाई प्रहरीले समातेर जलेश्वर जेल पठाईसकेका थिए भने रामजनम तिवारीलाई समातेर विरगंज जेल पठाईदिएका थिए । त्यतीवेलाका गुरुड रिर्पोटको विरोधकर्ताहरु मध्ये बुबा एक्लै वाहिर हुनुहुथ्यो । बुबा पनि डेढ दुई महिना सम्म घरमा सुत्नु भएनन । प्रहरीहरु बेलाबेलामा आएर घरमा छापा मारिरहथ्यो । अवस्था वडो दर्दनाक थियो । केही समय पछि गजेन्द्र नारायण सिंह र रामजनम तिवारी पनि रिहा भए र सदभावना परिषदको स्थापना भयो ।
यता सरोज पनि विस्तारै वालकपन वाट माथी उठदै थिए तर ०४२ सालमा रामराजा प्रसाद सिंहको बंम काण्ड हुन पुगे । बम काण्डको भोली पल्ट बुबाले आफनो डायरीमा विरेन्द्र नेपालको अन्तिम राजा हुने र नेपालको राजपरिवार आफनै कलहले ध्वस्त हुने लेखे र केहीलाई सुनाए पनि । त्यो कुरा तत्कालिा प्रशासन समकक्ष पुगेछ र सेनाले श्यामलाल मिश्रालाई समातेर लगे । सरोज उक्त समय सम्झदै भन्छन, ८ महिना सम्म त बुबा काहा हुनुहुथ्यो केही अत्तोपत्तो समेत चलेन, घरमा रुवाबासी थियो । कति दिन सम्म घरमा खाना पाकेन, हामीहरु भुजा खाएर रुदै बसेका थियौ । ८ महिना पछि अचानक एक विहान एक जना हाम्रो घरमा आउनु भयो र मिश्राजी विराटनगरमा हुनुहुन्छ भनेर भने, हामीलाई पत्याउन गाह्ँो भयो किनकी धेरै मिश्रालाई मारिदिए भन्ने गर्थे । तर बुबाले आफनो हाथमा लाउनु घडी उनी मार्फत पठाएका थिए कि विश्वास गरुन भनेर । हामी घरको सबै जना उनीसंगै तत्काल विराटनगर गयौ र प्रहरी काहा पुग्दा टाढावाटा मात्रै बुबालाई देखाई दिए । हामीहरु त्यती धेरै रोयौ पनि कि एक मिनेट भएपनि बुबासंग कुरा गर्न दिनुस भनेर तर प्रहरीले दिएन । बुबा परवाटै हाथ हल्लाउनु भयो । हामी बेलुकी आशूकै साथमा इनरवा फर्कयौ । दुई तीन पछि फेरी गयौ तर प्रहरी याहावाट लगी सक्यो भनेर भेटन दिएन । त्यसको डेढ दुई महिना पछिको कुरा हो, फेरी विहानै प्रहरीमा हवल्दारको काम गर्ने एक जना हाम्रो छिमेकी आएर मिश्रा काकालाई ईनरवा ल्याएको खबर दिए । हामी त्यतीकै सबै जना गयौ र त्याहा प्रहरीले बुबासंग राम्ररी भेटघाट गर्न दिए । त्यसको झण्डै छौ सात महिना पछि बुबा रिहा हुनु भयो ।
यसरी रिहा भएपछि र यता गजेन्द्रनारायण सिंह र रामजनम तिवारीले सदभावना परिषदको भुमिकालाई विस्तार गरिसक्नु भएको थियो । त्यसपछि बुबाको होलटाईमर म भए । ईनरवा वाट बुबाको चिठी लिएर गजेन्दै नारायण सिंह काहा जाने र उतावाट उहाको चिठी बुबाका लागी लिएर आउने । विरगंज पनि जान्थै रामजनम तिवारी काहा बुबाको चिठी लिएर । म त्यतीमा लक्का जवान भईसकेका थिए । र त्यही सुरमा ०४६ को आन्द्योलन पनि भयो । हामी सक्रिय पुर्वक त्यसमा लागे र त्यसपछि सदभावना परिषदलाई पार्टी बनाउने काम भयो म बुबासंग यती व्यस्त भए कि मेरो जवानीले मलाई कहिल्यै पनि म जवान हु भन्ने कुराको महसुस नै गर्न दिएन ।
र तीन जना क्रान्तिकारीहरु – बुबा श्यामलाल मिश्रा, गजेन्द्र ना सिंह र रामजनम तिवारी) को सामिप्यताले मलाई यो धर्तीमा गुलाम बच्चा नजन्माउने अठोठ गराई दिए । बुबा लगायत परिवारले सुरुले धेरै कोशिस पनि गरे तर मेरो विचारलाई पछि बुबाले सम्मान गरे । आज म ४० बर्षको उमेरमा मधेशकालागी दौडधुप गरिरहेको छु । दुई बर्ष अगाडी बुबा बित्नु भन्द्या केही दिन पुर्व वडो भावुक भएर त विहे चाही नगर्ने नै भईस त भनेर सोध्दा, बुबालाई सान्तवनाको लागी बुबा न आतिनुस मधेशका नागरिकहरुको स्वायत्ताको चाहना बमोजिम संघीयता घोषणा हुने वितकै म विहे गर्छु भनेर सम्भाए तर म अब विहे गर्ने सोचमा छैनौ । पुरै जीवनलाई यसरी नै मधेशको स्वतन्त्रता र विकासलाई खर्चीरहन्छू । 


Wednesday, December 4, 2013

मधेशलाई अपहरण गरिएको छ - महन्थ ठाकुर

                                                       - महन्थ ठाकुर
- मधेशलाई यो राज्यले निर्वाचन मार्फत अपहरण गरेको छ ।
- निर्वाचन आयोग र सेनाले मिलेर निर्वाचनमा धांधली गरेका थिए ।

- अब हेर्दै जानु मधेशमा के के हुन्छ ।
- ०३६ सालमा बहुदल लाई हराएपछि राज्यले के ठानेको थियो,  बहुदल हार्यो तर त्यस्तो भएनन नि । बहुदलको आन्दोलन थप सशक्त भएर आएको होईन ?
- एउटा कुरा के बुझनुस भने मधेशको मानसिकता माओवादी विरोधी छ । त्यसैले केही मुद्धामा सहकार्य हुन सक्छ तर अहिले मोर्चा नै बनिहाल्छ जस्तो मलाई लाग्दैनन ।
- सबै कुरामा असहमती भएकाले सहमती गर्ने सहमती वाहेक याहा के भएको छ ?

 -  तपाइहरुले निर्वाचनमा धाधंली भयो भनेर निर्वाचन आयोगको बैठक पनि बहिष्कार गर्नु भयो । कसरी धाधंली भयो ?
समान्य भाषामा बुझनुस, जसरी हवाइजहाज अपहरण गरिन्छ । त्यसरी नै आज मधेशलाई यो राज्यले निर्वाचन मार्फत अपहरण गरेको छ । हवाईजहाजमा सबै यात्रीहरु ऋाफुलाई सुरक्षित महसुस गरिरहेका हुन्छ । तर अपहरणकर्ताले त्यसलाई कसरी अपहरण गर्छ । अनि यात्रीहरु जहाजवाट झरेपछि मात्रै थाहा पाउछ कि हामी त अपहरणमा पो परेका थियौ ।
- तपाई कै भाषामा भन्नु पर्दा यसरी मधेशलाई कसले अपहरण गर्यो त ?
राज्यले यो निर्वाचनमा मधेशलाई सुनियोजित रुपमा अपहरण गरेको छ ।
- निर्वाचनमा त्यत्रो कर्मचारी, निर्वाचन ओयोग र सुरक्षाकर्मी र पर्यवेक्षहरु पनि त थिए । यतीको विचमा कसरी त्यो सफल भयो ?
मुख्यगरी निर्वाचन आयोग र सेनाले मिलेर निर्वाचनमा धांधली गरेका थिए । ४ गतेको ५ बजे सम्म कसैले पनि धाधंली भयो भनेर भनेका थिएन तर ५ बजेपछि नै ठाउठाउमा यो आवाज आउन थाले । तर म त ४ गतेको विहान निर्वाचन शुरु हुने वितिकै थाहा पाए कि निर्वाचनमा धाधंली भईरहेको छ । तपाई निर्वाचन आयोगका प्रमुख र सरकारलाई सोध्नुस मैले जानकारी गराएको थिए कि थिईन्न ।
- ऋनि उनीहरु के जवाफ तपाई फर्काए ?
उनीहरुलाई मैले ४ गते विहानै भन्दा उनीहरुले लिखित उजुरी दिनुस भने । त्यतीवेला म गाउमा थिए । केलुकी मंगलवा आउने वितिकै उजुरी पनि पेश गरे । उनीहरुले पनि धाधंलीको कुरा सुनेको भने तर अहिले आएर केही भएकै थिएनन भन्न थालेका छन ।
- उसो भए तपाईहरु अब के गर्नुहुन्छ ?
हेर्नुस, काठमाडौमा मानिसहरु जेसुकै टिकाटिप्पणी गरेर बसेपनि हामी मधेशलाई हार्न चाही दिदैनौ । र अब हेर्दै जानु मधेशमा के के हुन्छ ।
- के हुन्छ मधेशमा ?
हेर्दै जानु न । ०३६ सालमा बहुदल लाई हराएपछि राज्यले के ठानेका थिए । कि अब बहुदल हार्यो तर त्यस्तो भएनन नि । बहुदलको आन्दोलन थप सशक्त भएर आएको होईन ।
- तपाईहरु के माओवादीसंग मोर्चाबन्दी गर्न लाग्नु भएको हो ?
 होईन , अहिले निर्वाचनमा धाधंलीको बिषयमा हामी अस्ती संयुक्त रुपमा छलफल गरेका हौ । एउटा कुरा के बुझनुस भने मधेशको मानसिकता माओवादी विरोधी छ । त्यसैले केही मुद्धामा सहकार्य हुन सक्छ तर अहिले मोर्चा नै बनिहाल्छ जस्तो मलाई लाग्दैनन । यद्यपी एउटा कार्यदल बनेको छ, हेरै के हुन्छ ।
- मओवादीले अहिले संविधान संशोधन गरेर सहमतीय प्रणलीमा जानु पर्ने कुरा गरिरहेका छन , तपाईहरुको यसमा के मत छ ?
 हेर्नुस नेपालमा सहमती भन्ने शब्द वडो आश्चर्यजनक रुपमा प्रयोग हुन्छ । याहा एउटा कुरामा मात्रै सहमती हुन्छ । वाकी केहीमा हुदैन । सबै कुरामा असहमती भएकाले सहमती गर्ने सहमती वाहेक याहा के भएको छ ।
- राष्टपतिको वारेमा पनि अहिले कुराहरु आईरहेको छ , तपाईहरुको यसमा के विचार छ ?
हामी यसवारे अहिले ठोस  कुनै निर्णय गरेका छैन । आज देखि हाम्रो बैठक बस्दै छ ,त्यसमा हामी छलफल गरेर एउटा निर्णयमा पुुग्छौ ।
- समानुपातिकको नामावली त बुझाउनुहुन्छ नि ?
समयमै हामी बुझाउछु  ।
नवीन झा  


भारतीय गाडी निश्चित नाकावाट मात्रै प्रवेश गराउनु पर्ने सिफारिस

                                 भरतीय डिएसपिलाई पनि कारवाहीको सिफारिस
बर्दीयामा भारतीय प्रहरीहरु आएर नेपालीहरुको घरमा खानतलासी गरेपछि सरकारले गठन गरेको छानविन समितीले घटना दुवै तिर सुरक्षकर्मीहरु दोषी रहेको भन्दै कारवाहीका लागी सिफारिस गरेका छन । गृहमन्त्रालयका सहसचिव चुडामणी शर्माको संयोजकत्वमा गठन गरिएको समितीले गरलरीया छोटी भंसारमा खटेका २० जना सुरक्षकर्मीहरुलाई कारवाही गर्न सिफारिस  गरेको छ ।
यसैगरी भारतीय प्रहरी पनि विना कुनै समन्वय गुलरीया छिरेको भन्दै भारतीय डिएसपी उदयप्रसाद सिंहलाई कुटनिती स्तरवाट कारवाही गर्न सिफारिस गरेको छ ।

यसै गरी उक्त समितीले नै नेपालको हरेक निकाय अहिले सहज प्रवेश पाइरहेका भारतीय गाडीहरुलाई निश्चीत नाकावाट मात्रै भित्रयाउने व्यवस्था गर्न भनेको छ ।
त्यसको साथै समितीले सिमा सुरक्षा सम्बन्धी छुटै कार्यविधी पनि तयार गर्न सरकारलाई सिफारिस गरेको छ ।

Tuesday, December 3, 2013

मधेशी पार्टीहरु पनि निर्वाचन आयोगको बैठक बहिष्कार गरे

                          मधेशी पार्टीहरु द्धारा पनि निर्वाचन आयोगको बैठक बहिष्कार 
समानुपातिक सिट वाडफाड सहितको जानकारीका लागी निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक मधेशी पार्टीहरुले पनि बहिष्कार गरेका छन । उनीहरुले पनि निर्वाचनमा धांधली भएको भन्दै छानविन गर्न माग गर्दै उक्त बैठक बहिष्कार गरेको नेताहरुले बताएका छन । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक वाहेक अरु सबै मधेशी पार्टीहरुले बैठक वहिष्कार गरेका हुन । वहिष्कार गरेका सबै मधेशी पार्टीहरु सोमवार मोओवादीले आयोजना गरेको बैठकमा पनि सहभागी भएका थिए । वहिष्कार गरेका मधेशी पार्टीहरु संविधानसभामा जाने नजाने वारे पनि दुविधामा देखिन्छन । प्रायजसो मधेशी पार्टीहरु भित्र ठुलो स्वरमा सहभागी नहुने आवाज देखिन्छन । तर यी मधेशी पार्टीहरुका शिर्ष नेताहरुले परिस्थिती हेरेर आउदो साता मात्रै निर्णयमा पुगिने जनाएका छन ।

Monday, December 2, 2013

रेल्वे विस्तार कार्य पुस तेस्रो सप्ताहदेखि प्रारम्भ हुने


निर्माण औजार इक्वीपमेन्ट समयमै नेपाल ल्याइए पुस महिनाको तेश्रो सातादेखि रेल्वे विस्तार कार्य प्रारम्भ हुने भएको छ ।
सीमासित जोडिएको धनुषाको इनर्वा गाविसबाट रेल्वे विस्तार कार्य सुरु हुने बताइएको छ ।
सुरुमा माटो पुर्ने र पुल निर्माण कार्य गरिने छ ।  भारतीय ठेकेदारहरुले नेपालमा विस्तार कार्य गर्न रुची नदेखाएपछि एक वर्षदेखि काम ठप्प परेको छ ।
गत असोज महिनामा एक भारतीय निर्माण कम्पनीले ठेक्का लिएपछि काम सुरु हुने सम्भावना बढेको छ ।
यसअघि भारतीय निर्माण कम्पनीले ठेक्का लिन नरुचाएपछि पटक पटक टेण्डर गर्नुपरेको थियो ।
दुई पटकको सर्वे पूरा भइसकेको छ भने मुआवजा वितरण कार्य पनि धनुषामा ९० प्रतिशत पूरा भइसकेको जनकपुर–जयनगर बर्दिबास व्रँेडगेज रेल्वे निर्माण साईट जनकपुरका प्रमुख टेक राज बोहराले जनाए ।
काम सुरु हुन नसकेको कारण मुआवजा कार्य पूरा हुन नसकेको बताउदै उनले काम सुरु हुने लगत्तै मुआवजा कार्य पूरा गरिने बताए ।
बोहराका अनुसार सरकारले भारतीय ठेकेदारलाई इक्विपमेन्ट निर्माण औजार ल्याउन भन्सार छुट गराउन सहयोग गरे पुस तेश्रो सातादेखि काम सुरु हुन्छ ।
ठेक्काको काम पूरा भइसकेको र निर्माण कार्यमा प्रयोग गरिने मेशिनरी सामान, सवारी नेपाल ल्याउन भन्सार छुटको लागि अर्थमन्त्रालयमा पत्र पठाइएको छ ।
भन्सार छुट पत्र प्राप्त भएको केही दिन भित्रै सामानहरु ल्याएर काम थाल्ने तयारी रहेको भारतीय ठेकेदारलाई उदृद्ध गर्दै प्रमुख बोहराले भने ।
भन्सार छुटको काम समयमै भयो भने आउ“दो पुस महिनाको तेश्रो सातादेखि काम सुरु हुन्छ–उनले भने । एक महिना अघि मात्र एक भारतीय कन्सट्रक्सन कम्पनीले रेल्वे विस्तार काम ठेक्का लिएको छ ।
ठेक्का लिएको निर्माण कम्पनीले दुई वर्ष भित्रमा काम पूरा गर्नुपर्ने सम्झौता भएको छ ।
भारतको सहयोगमा जनकपुर–बर्दिबास रेल विस्तार गर्न लागिएको हो ।
रेल्वे विस्तारको लागि सर्वे भएको दुई वर्ष बढी भइसक्दा पनि काम सुरु हुन सकेको थिएन । जग्गा अधिग्रहणको मुआवजा नेपाल सरकारले उपलब्ध गराएको छ भने रेल्वे लीक ओछ्याउन, पुल निर्माण गर्न, माटो पुर्न, इन्जिन, बोगी लगायतका सामाग्री भारत सरकारले उपलब्ध गराउने छ ।
भारत सरकारले रेल्वे विस्तारको लागि टेन्डर आह्वान गरी ठेकेदार छनोट गरेको छ ।
सन् २०१० फ्रेवरीमा नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार रेल्वे निर्माण्ँ कार्य ढिलोमा तीन बर्षमा सम्पन्न गर्नु पर्ने थियो ।
धनुषामा मुआब्जा वितरणको कार्य ९० प्रतिशत भईसकेको छ भने महोत्तरीमा ६० प्रतिशत भएको छ । ठेकेदार छनोट नभएकाले भारत सरकारले वर्षायाम सम्पन्न पछि मात्र निर्माण कार्य सुरु गर्ने संकेत देखिएको बोहराले बताए ।
भारतले जयनगरबाट जनकपुर हुदै बदिर्बाससम्म ६९ किल्लो मिटर व्रोड गेज रेल्वे निर्माण गर्न लागेको छ । जयनगरदेखि महोत्तरीको बर्दिबास सम्म ५१ किलोमिट रेल्वे विस्तार गर्ने योजना छ ।
भारतसित टा“सिएको मुख्य नाकामध्ये एक जयनगरबाट रेलमार्ग मार्पmत राजधानीसहित विभिन्न शहरहरुमा सामानहरु आयात निर्यात गर्न सक्ने छ ।
न्युन ढुवानी खर्चमा बढी मालसामान आयात निर्यात गर्न सके सामानको मुल्य नियन्त्रणमा रह्ने अनुमान गरिएकोछ ।
आफ्नो

Sunday, December 1, 2013

मिडियाको मर्यादा

नवीन झा
चुनावी रिर्पाेटिंगका लागी २७ कार्तिकमा हामी काठमाडौ छोडन लाग्दा मधेशका कयौन जिल्लावाट केही साथीहरुले काठमाडौको मिडियामा आईरहेको रिर्पोटिंग वारे रोचक तथ्यहरु सुनाईसकेका थिए । खास चुनावको मुखमा नेपालमा केही प्रमुख संचारमाध्यमहरुले गरिरहेको रिर्पोटिंगको स्तरलाई लिएर मधेशमा हल्लाखल्ला नै मचिसकेको अवस्थाको भान फेसबुक र टिवटरहरु मलाई पनि भएको थियो । र त्यही उत्सुकताका कारण हामी मधेश भर्दा, हामीले गरेको हरेक भेटघाटमा एउटा प्रश्न नछुटाई गर्ने गर्थे, मिडियामा आईरहेको रिपोर्टिगलाई याहाका समाजले कसरी लिईरहेको छ ? ती उत्तरकर्ताहरुले काठमाडौका मात्रै होईन कि स्थानिय एफएम र पत्रिकाहरुको वारेमा पनि टिप्पणी गर्दा हाम्रो मिडियाहरु समाजको नजरमा कति मर्यादित छन भन्ने कुरा छर्लग हुने गरी दिमागमा घुसे । कतिपय ठाउ आफैलाई पनि नरमाईलो हुने गरी आलोचन सुन्नु पर्यो तर पत्रकार हुदैमा आफनो आलोचना सुन्न वाट रती पनि विचलित नहुने मेरो वाणीका कारण रमाईलो संस्मरण पनि मेरो दिमागमा बस्न गयो र भविष्यका लागी कयौन मार्गदर्शन पनि । याहा म मधेशका जिल्लाहरुमा सुनेको टिप्पणी जस्ताको त्यस्तै लेख्ने प्रयास गर्दै छु । आशा छ कसैले पनि त्यसलाई अन्यथा लिनु भन्द्या साकारात्मक सोचका साथ पढनु होला ।

हाम्रो रिर्पोटिंग यात्रा महोतरीवाट सुरु भएको थियो । महोत्तरीको जलेश्वरमा भएको पहिलो कुराकानी मै हामी मिडियाको थुप्रै आलोचना सुन्नु पर्यो । दिप कुमार साह जलेश्वर उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन । उनले काठमाडौको मिडिया देखि स्थानिय एफएमहरुको रामलिला सुनाउदा हामी स्तब्ध नै भयो । स्थानिय एफएमहरुले चुनावका बेला समाचार भन्दा उम्मेदवारका विज्ञापन बजाउन व्यवस्त थिए । अरु बेला महिनाको ३ देखि ४ हजारमा विज्ञापन बजाउने रेडियोहरु उम्मेदवारको विज्ञापन बजाउदा २५ हजार सम्म पाउथ्यो अनि रेडियोमा समाचार कसरी बज्छन, साहले कडा प्रश्न तेर्साएपछि हामी स्तब्ध भयौ । त्यसपछि उनले राष्टिय मिडियाहरु प्रति कटाक्ष छाडे । एउटा टेलिभिजनले मधेश राजनितीको बारे प्रस्तुत गरेको रिर्पोटलाई उनले वडो रमाईलो ढंगले प्रस्तुत गरे ।
त्यसपछि हामी धनुषाको जनकपुरमा पनि केही अग्रज पत्रकारहरुसंग कुरा गर्दा पनि उनीहरु काठमाडौको मिडियाहरुमा खासगरी आएको चुनावी रिर्पोटिंगवारे असन्तुष्ट देखिन्थे । सिरहा पुग्दा त अचम्मको कुराहरु सुन्नु पर्यो । सिरहा बजारमा प्रचण्डको चुनावीसभामा पुग्दा सिरहाका चर्चीत समाजसेवी राकेश गुप्तालाई भेटे । चुनावी प्रसंगकै सुरुवातमै उनले आफु गएको तीन दिन देखि कान्तिपुर दैनिक पढन छाडिसकेको बताए । म त फेसबुकमै लेखिदिएको छू, निर्वाचन नहुन्जेल कान्तिपुर पत्रिका पढने छैनौ । किन यस्तो भनेर प्रश्न गरेपछि, उनले सिधै भने कान्तिपुरले गरिरहेको चुनावी रिपोर्टिग पढदा म झन कन्फयुज भईरहेको छू । सिरहाको सबै क्षेत्रमा मधेशवादी दलहरुका नेता कम्पीटिशनमा छन । तर तपाई पत्रिका पढनुस उनले खाली काग्रेस, एमाले र माओवादी मात्रै भिडन्तमा छन भनेर लेख्ने गर्छन । याहाका मानिसहरु पत्रिका पढदा आफैमा अचम्म लाग्ने गर्छन । त्इसपछि एउटा दैनिक पत्रिकामै काम गरिरहेका सिरहा संवादाताले वडो रोचक प्रसंग सुनाए । काठमाडौवाट गएका पत्रकार मित्रले एउटा एमाले नेताको साहारामा गाडी लिएछन अनि रिपोर्टिग गर्दा कसरी मधेशी पार्टीहरुको वारेमा लेखुन ।
सिरहा पछि सप्तरीको राजविराज पुग्दा मित्र श्यामसुन्दर यादवसंग भेटयौ । यादव पत्रकारिताका साथै मैथली अभियानी पनि हुन । राजविराजमा हामी पुगेकाु कुरा मैथली अभियानका एक जना अगुवा प्राध्यापक अमरकान्त झा समकक्ष पुगे । उहा वाहिर कतै जानु तरखरमा हुनुहुथ्यो । तर हामीसंग पहिला भेटन आउनु भयो । उहाले भेटने लगत्तै हिमालखवरपत्रिकाको वारेमा गुनासा पोख्नु भयो । केही महिना अघि उहाले एउटा मिथिलाको वारेमा लेख लेख्नु भएको थियो । पत्रिकामा आउदा त्यसको तोडमडोड गरिएको उहाको गुनासा थियो । म उहालाइ रमाईलो पाराले त्यो सन्दर्भलाई अन्यत्रै मोडे र आफनो पोजिसनको वारेमा स्पष्ट पारे । त्याहावाट विराटनगर पुग्दा मधेशी बुद्धजीवीहरुमा अरु थप आक्रोशित देखे । मोरडका ४ ओटा क्षेत्रमा मधेशी पार्टीहरुका उम्मेदवारहरु जित्ने भिडन्तमा थिए । तर मिडियामा आएका रिर्पोटहरुमा सबै ठाउवाट मधेशीहरु हर्दै छन भनेर मात्रै समाचारहरु आउथ्यो । एउटा दैनिक पत्रिकाको विराटनगर सहकर्मी जो मधेशी मुलकै थिए । उहाले वडो रोचक तथ्य सुनाउनु भयो । मधेशी शिर्ष नेताहरुको बारेमा एकै खाल र एउटै तथ्यलाई समेटेर तीन दिन साचार प्रकाशित भयो । ती मित्रले मिडियाले मधेशी पार्टीहरु विरुद्ध सुनुयोजित मिडिया क्यामपेनिंग भईरहेको जिकिर गरे ।
यसरी मिडियाको वारेमा व्यापक गुनासा आउनु व्यवसायीक पत्रकारिताको लागी कति सुहाउदो कुरा हो ? एक चोटी सोचौ त ? हुनत चुनाव भन्दा ढेड महिना पुर्व नै आफनो नियमित स्तम्भमा चन्द्रकिशोरले पेड न्युजको वारेमा उल्लेख गरेका थिए । र उनले काठमाडौको मिडियाले सुनियोजित रुपमा नेता विशेष लक्षित गरी रिर्पोटिंग गर्न थालेको उल्लेख गरेका थिए ।

मधेसवादी पार्टीहरूले मुद्दाका हिसाबले आफ्नो मौलिक पहिचान नै देखाउन सकेनन्। – जेपी गुप्ता

-  मधेसका मुद्दा असफल या नेपाली जनताले मधेसका मुद्दालाई अस्वीकार गरेको भन्दा पनि मधेसवादी पार्टी र मधेसी नेताहरूले तत्कालीन समयमा राखेको दृष्टिकोण वा उनीहरूको कार्यनीतिको पूर्णरूपेण असफलता हो।
-  सबैभन्दा महत्त्वपूर्ण कारण मधेसी पार्टीहरू एक भएर चुनावमा जानसक्ने अवस्था हुँदाहुँदै विभिन्न जातीय आधार निर्माणतिर लागेर आफू–आफूबीच नै थप वैमनश्यता बढाउनु। एकता भाव प्रदर्शन गरी एउटै मुद्दामा केन्द्रित रही चुनावमा जानुपर्थ्यो, त्यसो हुन सकेन। यस्ता अनेक कारण छन् जसले मधेसी पार्टीलाई यस्तो नराम्रो परिणाम भोग्न विवश तुल्यायो।





० मधेसमा मधेसी दलहरूले निर्वाचनमा नराम्रो पराजय भोग्नुपर्यो, यसको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
– कारण त धेरै हुन सक्छन्, तर सङ्क्षेपमा भन्नुपर्दा मधेसका पार्टीहरू ०६४ सालको संविधानसभामा आएपश्चात् उनीहरूले सत्ताको स्वादमा मधेसी मुद्दाको विसर्जन गर्ने मार्ग अवलम्बन गरे। अर्थात्, ज्वलन्त मधेसी मुद्दामा केन्द्रित नरही उनीहरू विभिन्न राजनीतिक दलहरूलाई सत्तामा पुर्योउने भर्यारङको भूमिकामा मात्रै देखापरे। यो कुरा मधेस वा मधेसी जनताले प्रस्टसँग अनुभूत गरे कि मधेसी पार्टीहरूको ध्यान मधेसी मुद्दामा नभई सत्ताका लागि रहेको छ। यस्तै केही संवैधानिक र कानुनी कुराहरू पनि रहेका छन् जसमा मधेसी पार्टीहरूले प्रारम्भदेखि नै ध्यान दिएनन्। जस्तो कि मतदाता नामावलीमा नागरिकताको अनिवार्यता, निर्वाचन क्षेत्र वृद्धिबारे निरपेक्ष भाव राख्नु र त्यसपछिको सबैभन्दा महत्त्वपूर्ण कारण मधेसी पार्टीहरू एक भएर चुनावमा जानसक्ने अवस्था हुँदाहुँदै विभिन्न जातीय आधार निर्माणतिर लागेर आफू–आफूबीच नै थप वैमनश्यता बढाउनु। एकता भाव प्रदर्शन गरी एउटै मुद्दामा केन्द्रित रही चुनावमा जानुपर्थ्यो, त्यसो हुन सकेन। यस्ता अनेक कारण छन् जसले मधेसी पार्टीलाई यस्तो नराम्रो परिणाम भोग्न विवश तुल्यायो।
० मधेसी नेता वा दलहरूले अपनाएको एजेण्डा असफल भएको त होइन ?
– मधेसका मुद्दा असफल या नेपाली जनताले मधेसका मुद्दालाई अस्वीकार गरेको भन्दा पनि मधेसवादी पार्टी र मधेसी नेताहरूले तत्कालीन समयमा राखेको दृष्टिकोण वा उनीहरूको कार्यनीतिको पूर्णरूपेण असफलता हो।
० यतिबेला आएर मधेसी जनता सङ्घीयता चाहँदैनन् जस्तो पनि देखियो नि, काङ्ग्रेस र एमालेलाई मात्रै विश्वास गरेका किन होला र ?
– यो प्रश्नको आशय त काङ्ग्रेस र एमाले सङ्घीयता चाहँदैनन् भन्ने रहेको बुझिन्छ, तर काङ्ग्रेस र एमालेले पनि सङ्घीयताको कुरामा त जोड दिइरहेकै छन् नि। काङ्ग्रेस र एमालेले पनि पहिलेको सङ्घीयताविरोधी छविबाट आफूलाई बाहिर निकालेको छ। यसपटकको निर्वाचन प्रचारका क्रममा उनीहरूले व्यक्त गरेका प्रतिबद्धताका आधारमा हामीले यो स्पष्टै अनुभूति गरेका छौँ । यथेष्ट जोड दिएका छन् सङ्घीयताको मुद्दामा उनीहरूले। अपितु, मधेस र माओवादीले चाहेकोभन्दा सङ्घीयताको स्वरूपमा उनीहरूको फरक दृष्टिकोण देखिन्छ। तसर्थ, उनीहरूको विजयलाई सङ्घीयताको विरोधको जनादेशका रूपमा लिनु वा बुझ्नु सही हुँदैन।
० एक मधेस प्रदेशको मुद्दा मधेसले छोडेजस्तो छ नि, यसले पनि मत–परिणाममा फरक पार्योर कि ?
– आ, यसपटक अर्को एउटा विडम्बनापूर्ण कुरा यो पनि भयो कि जसरी मधेसले मधेसको बारेमा एउटा निश्चित धारणा राख्दै आएको थियो, मधेसी दलहरू उक्त धारणामा अडेर रहन नसकेझैँ देखियो। उपेन्द्र यादव, विजय गच्छदार, राजेन्द्र महतो र महन्थ ठाकुरहरूले पनि मधेसमा विविध प्रदेशको कुरा ल्याए। यसले गर्दा मधेसवादी दल र अन्य दलहरूले अघिसारेका एजेण्डामा आममधेसी जनताले खास अन्तर पाएनन्। मैले भन्न खोजेको के भने मधेसवादी पार्टीहरूले यसपटकको निर्वाचनमा मुद्दाका हिसाबले आफ्नो मौलिक पहिचान नै देखाउन सकेनन्। यसको नकारात्मक असर सोझै मतपरिणाममा देखिएको छ।
० यसपटकको निर्वाचनको परिणाम हेर्दा त क्षेत्रीय दलहरूको औचित्य पनि सकियो जस्तो छ नि ?
– चुनावी राजनीतिमा यस्तो देखिएला, हो, चुनावी राजनीतिमा यस्ता कुराहरू भइराख्छ। हिजो नेपाली काङ्ग्रेसले कमजोर जनादेश पाउँदा काङ्ग्रेसको औचित्य समाप्त भयो भन्ने मानसिकता केही मानिस वा केही समुदायमा थियो। तर, पाँच वर्षपछि भएको चुनावले त्यस धारणालाई गलत सावित गरिदियो। यस हिसाबले मलाई लाग्छ कि सङ्घीयताको कुरा, भाषाको कुरा र यस्तै अन्य मुद्दाहरू सर्वकालिक कुराहरू हुन्। पार्टीहरू बितेर गए पनि यसका बारेमा वस्तुपरक दृष्टिकोण कायम रहन्छ। यो दायित्व आजका दिनमा काङ्ग्रेस र एमालेको काँधमा गएको छ। सङ्घीयता, राज्यको रूपान्तरणको विषयलाई व्यवस्थित गर्न उनीहरूले सकेनन् भने आगामी दिनमा उनीहरूको असफलता छरप्रस्ट रूपमा देखिने नै छ।
० यसपटकको चुनावी परिणामले मधेसमा नयाँ शक्तिको आवश्यकता औँल्याएको हो कि होइन ?
– यो सत्य या तथ्यलाई स्वीकार गर्न म कत्ति पनि हिच्किचाउँदिनँ। मधेसी जनताको भावनालाई मौजुदा मधेसी दल र नेताहरूले प्रतिनिधित्व गर्न नसकेको स्पष्टै छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र उपेन्द्र यादवहरूको मधेसी मोर्चाको सम्पूर्ण रूपकै असफलता हो। मधेसी पार्टीहरूले अब पुरानै दृष्टिकोणबाट अगाडि बढ्न खोज्नुको साटो या मधेसका सवाललाई अनुत्तरित राख्नुभन्दा पनि यी सवालको समाधानका लागि मधेसी जनताको निम्ति उन्नत दृष्टिकोणका साथ सोचेर अगाडि बढ्नु अपरिहार्य छ। मलाई लाग्छ कि आफ्ना मुद्दाहरूको शान्तिपूर्ण तवरले समाधानका लागि नयाँ रूपमा अघि बढ्नुपर्छ भन्ने मधेसमा धेरै ठूलो जनमत छ। जो नेता असफल भए, जनताबाट तिरस्कृत भए, उनीहरूको विकल्पचाहिँ खोजिनुपर्दछ भन्ने चुनावको परिणामको सन्देश हो भन्ने मलाई लाग्छ।
साभार- घटनाविचार साप्ताहिक


Saturday, November 30, 2013

हामी राष्टियता र स्वतन्त्रताका लागी लडिरहन्छौ – महन्थ ठाकुर


तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचनको परिणाम तलमाथी हुदैमा आफुहरुको लडाई नरोक्ने बताएका छन । हाम्रो लडाई अर्थात मधेशको लडाई राष्टियता र स्वतन्त्रताको लडाई हो, जुन जारी रहने छ । हामीले आफनो संघर्ष र मधेशवादको वारेमा मधेशी जनतालाई राम्ररी बुझाउन नसकेकै कारण अहिले केही कमजोर देखिएका हौ, तर त्यसले केही हुदैन । हामी आफनो कमीकमजोरी सच्याउदै अघि वढनु पर्छ । संघर्षको विकल्प छैन, ठाकुरले भने हामी न आफनो संघर्षवाट विचलीत भएका हौ, न त मैदान छोडेका छौ । काठमाडौमा मधेशी पत्रकार संघले आयोजना गरेको अन्त्क्रियामा बोल्दै ठाकुरले मधेशी मधेशी मात्रै भनेर हुदैन हामी मधेशवादको औचित्य जनस्तर सम्म पुर्याउनु पर्छ, त्यसपछि मात्रै हामी अघि वढन सक्छौ । हाम्रो राष्टियता खोसिएको छ, र स्वतन्त्रा विना राष्टियता पाउन सक्ने छैनौ, ठाकुरले भने, मधेश राष्ट हो र हाम्रो राष्टियता खस शासकहरुले खासेका छन । जुन कुरा हामी संघर्ष वाटै प्राप्ति गर्छौ ।

Friday, November 29, 2013

५ लाख लिएर राजन मुक्तिले जिम्मा लिएका थिए मिथिला बिष्फोटको

                                                 राजन मुक्ति
डेढ बर्ष अघि जनकपुरको रामानन्द चौकमा भएको बम बिष्फोटको तत्कालै जिम्मा लिएका सशस्त्र समुहका राजन मुक्तिले, उक्त जिम्मा आफुले रु ५ लाखमा लिएको बताएका छन । ऋघिल्लो हप्ता मात्रै नेपाल प्रहरीको फन्दामा परेका मुक्तिले उक्त बिष्फोटमा आफुसंगै अरु कयौन पक्षहरु पनि संग्लन रहेको प्रहरी समकक्ष बताएका छन । तर उनले उनीहरुको वारेमा हाल सम्म बताएका छैनन ।  मुक्ति संग बयान लिएका एक सुरक्षा अधिकारीका अनुसार ०६९ बैशाखमा जनकपुरमा भएको बम बिष्फोटको मुख्य योजनाकारहरुमा मुक्तिसंगै मुकेश चौधरी र अन्य केही पक्षहरु पनि छन । अनुसन्धानमा प्रतिकुल असर नपरोस भन्ने उदेश्यका साथ ती पक्षहरुको वारेमा प्रहरी अधिकारीहरु मुख खोल्न चाहदैनन । यद्यपी प्रहरी स्रोतले १ महिना देखि ढेड महिना भित्र उक्त बिष्फोटमा संग्लन सबै पक्ष प्रहरी नियन्त्रणमा आउने दाबी गर्छन । नेपाल प्रहरीको बिशेष टोलीले नियन्त्रणमा लिएका मुक्तिलाई अनुसन्धानका लागी सुरुमा काठमाडौ ल्याइएको थियो र अहिले उनलाई जनकपुरमा राखेर अनुसन्धान गरिरहेको छ । उक्त बिष्फोटमा मिथिला रंगक्षेत्रका चर्चीत अभिनेत्री रन्जू झा सहित ५ जनाको मृत्यु भएको थियो ।

भगतसिंह पनि प्रहरी फन्दामा 

                            भगत सिंह, फोटो – ईकान्तिपुर

शुक्रवार बेलुकी नेपाल प्रहरीले नेपालगंजको सिमावर्ती भारतीय बजार रुपैडियावाट भगत सिंहलाई पक्राउ गरेका छन । सिंह नेतृत्वको सशस्त्र समुहले सरकारसंग वार्ता गरेर हथियार समेत बुझाई सकेको छ । निर्वाचनमा सहभागी हुने उदेश्यले उनको वार्ता टोली निर्वाचन पुर्व फोरम लोकतान्त्रिकसंग पार्टी एकिकरणको घोषण गरेका थिए । र त्यसपछि सिंहले वार्ता टोलीहरु ऋाफनो मनमानी रुपमा एकिकरण गरेको भन्दै असहमती जनाएका थिए । प्रहरीले वार्ता टोलीहरु शान्ति प्रक्रियामा आएपनि भगतसिंह सशस्त्र गतिविधीमै संग्लन रहेको भन्दै पक्राउ गरेका छन । उनी माथी दर्जनौ हत्या, अपहरण लगायतका मुद्धाहरु छन । 

Thursday, November 28, 2013

मधेशी पार्टीहरुको कन्त विजोग

दोस्रो संविधानसभा निर्वाचनको प्रत्यक्षमा लज्जाजनक हार व्योहोरेका मधेशी पार्टीहरुका लागी समानुपातिकले केही हद सम्म इज्जत बाचाई दिएको छ । फोरम लोकतान्त्रिकले समानुपातिकमा पाएको १० सीट सहित जम्मा १४, तमलोपाले ७ सहित ११, फोरम नेपालले ८ सहित १०,  सदभावना पाटीर्ले ५ सहित ६, राष्टिय मधेश समाजवादी पार्टी ३, तराईमधेश सदभावना पार्टी ३, फोरम गणतान्त्रिक १ र संघीय सदभावनाले १ सिट ल्याएर पार्टीको अस्तीत्व जोगाएको देखिन्छन । यी सबै मधेशी पार्टीको कुल सिट संख्या ४९ मात्रै रहेको छ । यो नतिजालाई केलाउदा सबै भन्दा वढी क्षती फोरम नेपालले व्योहोरेको देखिन्छ । हाल अस्तीत्वमा रहेको सबै फोरमले ल्याएको कुल सिट गत संविधानसभामा फोरमले प्रत्यक्षमा जितेको सिट भन्दा पनि कम देखिन्छन ।
तमलोपा र सदभावनाले पनि ठुलै क्षती व्योहोरेको छ ।

धनुषामा  सबै फोरमको जमानत जफ्त  

 

दोस्रो संबिधान सभाको सम्पन्न निर्वाचनमा मधेश आन्दोलनको नेतृत्व गरेको दाबी गर्ने मधेशी जनअधिकार फोरम नेपालको धनुषा जिल्लाको सात वटै निर्वाचन क्षेत्रमा जमानत जफ्त भएकोछ ।फोरम नेपालले सबै क्षेत्रमा नया उम्मेदवार उठाएका थिए ।
निर्वाचन क्षेत्र नम्बर ६ मा सर्बाधिक कम १ सय ६४ मत परेको छ भने सर्बाधिक वढी निर्वाचन क्षेत्र नम्बर १ मा १ हजार ३ सय २७ मत फोरम नेपालले ल्याएकोछ । फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिकको पनि कुनै क्षेत्रमा जमानत जोगिएको छैन । सर्बाधिक वढी फोरम लोकतान्त्रिकका उम्मेदवार क्षेत्र नम्बर १मा उमाशंकर अरगरियाले ३ हजार १ सय १७ मत ल्याएका थिए । गणतान्त्रिकको सबै भन्दा कम निर्वाचन क्ष्ँेत्र नम्बर ४ मा ४९ मत मात्र परेको थियो । नेपाली काग्रेस बाहेकका दलहरुले सबै क्षेत्रमा जमानत जोगाउन  असफल भएकाछन । निर्वाचन आयोगको नियम अनुसार खसेको सदर मतको १० प्रतिशत मत ल्याउने उम्मेदबारको मात्र जमानत जोगिन सक्छ ।
धनुषाको घोषित निर्वाचन परिणाम अनुसार सबै क्षेत्रमा नेपाली काग्रेसको मात्रै जमानत जोगिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा एक स्वतन्त्र र तीन दलले जमानत जोगाएकाछन । त्यस मध्ये नेकाले, स्वतन्त्र उम्मेदवार जोगकुमार यादव श्रवण, एकिकृत नेकपा माओवादी र एमालेले  मात्रै जमानत जोगाउन सफल भएकाछन । ४१ जना उम्मेदवार मैदानमा थिए ।
त्यसैगरि निर्वाचन क्षेत्र नम्बर २ मा  तीन दलको मात्र जमानत जोगिएकोछ । जमानत जोगिने दलहरुमा नेका, एकिृत माओवादी र एमाले छन । चुनावी मैदानमा ४१ जना उत्रेका थिए ।
निर्वाचन क्षेत्र नम्बर ४ मा सदभावना र नेकाको मात्र जमानत जोगिएकोछ । अन्य सबै दलको जमानत जफत् भएकोछ । प्रतिष्पर्धामा रहेको दाबी गर्ने  दलहरुपनि जमानत जोगाउन असफल भएकाछन । स्वतन्त्र समेत ६२ जना चुनावी मैदानमा थिए ।
निर्वाचन क्षेत्र नम्बर ६ मा काग्रेस, एमाले, राप्रपा नेपाल र एमाओवादीको जमानत मात्र जोगिएकोछ ।४२ जना उम्मेदवार थिए । त्यसैगरि निर्वाचन क्षेत्र नम्बर ७ मा एमाले, नेका, एकिकृत माओवादी र स्वतन्त्र उम्मेदवार समिर घिमिरेको मात्र जमानत जोगिएकोछ । उक्त क्षेत्रबाट उम्मेदवारी ४१ जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन क्षेत्र नम्बर ५ मापनि नेपाली काग्रेस, नेकपा एमाले र तराई मधेश लोकतान्त्रिक पार्टीको बाहेक अन्य सबै दलको जमानत जफत भएको जनकपुर टुडेले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
 

जमानत जफतले धनुषामा मात्र ९ लाख भन्दा बढी राजस्व सरकारलाई आम्दानी

संविधानसभा निर्वाचनमा उठेका धनुषाका ३ सय ३५ उम्मेदवारहरु मध्ये प्रत्यतर्फका ३ सय १३ जना उम्मेदवारको जमानत जफत भएको छ । उम्मेदवार मध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा धनुषामा प्रत्यतर्फका ३ सय १३ जना उम्मेदवारको जमानत जफत भएको हो । उनीहरुले कुल सदर मतको १० प्रतिशत मत पाउन नसक्दा जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसरी जमानत जफत भएपछि सरकारलाई ९ लाख ३९ हजार राजस्व आम्दानी भएको छ । उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेवापत जनही ३ हजार धरौटी राखेका थिए ।
नेपाली कांग्रेसले ५ वटा निर्वाचन क्षेत्रमा बिजयी हासिल गरेका छन भने पराजित २ वटा क्ष्ँेत्रमा प्रतिद्धन्दि भएर जमानत जोगाएका छन । नेकपा एमालेका ६, एकीकृत नेकपा माओवादीका ४, सदभावनाका १ , तमलोपाका १ र राप्रपा नेपालका १ र स्वतन्त्रका २ जना उम्मेदवार गरी २२ जना उम्मेदवार बाहेक ३ सय १३ जना उम्मेदवारको जमानत जफत भएको हो ।
जमानत जफत हुनेहरुमा मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल कम्युनिष्ट संयुक्त, जन युनिटी कोअपरेटिभ, संघीय सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सदभावना पार्टी, नेपाल लेवर पार्टी, मधेश समता पार्टी नेपाल, जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स, नेकपा माले समाजवादी, दलित जनजाति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनता दल नेपाल, जनता पार्टी नेपाल, नेपाली जनता दल, तराई मधेश सदभावना पार्टी नेपाल लगायतका दलहरु रहेको जनकपुर टुडेले जनाएका छन ।



Wednesday, November 27, 2013

किन हारे मधेशी नेताहरु ?

नवीन झा
पहिलो संविधानसभामा ठुलो राजनितीक शक्तिको रुपमा उदाएका मधेशी पार्टीहरु, खासगरी फोरम, तमलोपा र सदभावना पार्टी दोस्रो संविधानसभाको निर्वाचनमा लज्जाजनक पराजय व्योहोरेका छन । आखिर के भयो यस्तो गत चार बर्षमा ? जसले यो अवस्थामा ल्यायो । अघिल्लो हप्ता सम्पन्न निर्वाचनको क्रममा धनुषा, महोतरी, सर्लाही, सिरहा, सप्तरी, सुनसरी र मोरंग घुमिरहदा ती क्षेत्रका मधेशी तथा गैरमधेशी समुदायसंगको कुराकानी र मेरो आफनो बुझाईलाई याहा जस्ताको त्यस्तै राख्न चाहन्छु । सुरु गरौ सर्लाहीवाट जाहा धेरैको आखा गडेको थियो किनकी मधेशी पार्टीको ३ ओटा अध्यक्षहरुको भाग्य त्याहासंग जोडिएको थियो ।
 
हामी सर्लाही पुग्दा दिनको १ बजीरहेको थियो । हामी सिधै सदभावना पार्टीका अध्यक्ष राजेन्द्रको प्रत्यक्ष लगानीमा संचालित रेडियो मधेशको अगाडी पुग्यौ । हामी रेडियो मधेश छिर्ने उदेश्यले होईन कि खाना नखाएका कारण त्यस रेडियोको अगाडीमा रहेको होटल हाम्रो गणत्व्य थियो । होटलको सामुन्नेमै भएकाले आखा त्याहा पुग्नु कुनै अनौठौ भएन । रेडियो भएको भवन कुनै पार्टी कार्यलय जस्तो देखिन्थ्यो । हामीले कुरा पनि गर्यो । हैन यो तराई मधेशका एफएमहरुलाई यो के भएको ।
खाना खाईसकेपछि हामीलाई मंगलवावाट ग्रामीण क्षेत्र तिर लाग्नु पर्ने थियो । मुख्यगरी त्यो दिन हामी महन्थ ठाकुरको क्षेत्र धुम्ने योजनामा थियौ र त्यही अनुरुप हामी लाग्यौ पनि । मंलगवा सकिने वितिकै अत्यन्तै साघुरो कच्ची सडक मार्फत हामी अघि वढनु पर्ने भयो । ठाकुरको मान्छेलाई फोन गर्दा खैरवा गाविसमा आउन भन्यो जाहा ठाकुर घरदैलौ कार्यक्रममा व्यवस्त थिए । ठाकुर उक्त क्षेत्रवाट ०४६ यता ३ पटक जितेका अरे अनि अघिल्लो संविधानसभा चुनावमा हारेका । वाटोको अवस्था हेरेपछि म साथीहरुलाई जिस्काए । ठिक गरेका रैछन याहाका जनता, जसले अघिल्लो संविधानसभामा ठाकुरलाई हराए । जुन नेतालाई १५ बर्ष सम्म एकक्षत्र जिताउदा पनि विकासमा नाममा केही नगरे पछि किन चाहियो त्यस्ता नेता । यस्तै कुराकानी गर्दागर्दै सिसौट बजार पुग्यौ । जाहा निर त्यही दिन ठाकुर आएर फर्केका थिए । सिसौट ब्राह्म्ण बस्ती भएका ठाकुरको भोटब्याकको रुपमा उनका हर्ताकर्ताले परिभाषित गर्ने गरेका थिए । सिसौटको मुख्य चौकमै काग्रेसका अमरेश सिंहको ठुलो द्धारा देखियो, जुन आचारसंहिता विपरित थियो । त्याहाका केही स्थानिय बासिन्दाले प्रहरी प्रशासन कसैले हटाउन नसकेको उक्त द्धारको वारेमा खिल्ली उडाए ।
खिल्ली उठाउनेहरु तमलोपाका भक्तहरु थिए । उनीहरुले महन्थ ठाकुरको सानो सानो व्यानर देखाउन छुटाएनन हामीलाइ । कुरा सुन्दा ठाकुर राम्रो अवस्थामा थिएनन भन्नेमा ढुक्क भए । त्यसपछि हामी  खैरवा गयौ । जाहा ठाकुर घरदैलौमा थिए । केहीवेर कुरा सकेर मंगलवा फर्कियौ । मंगलवामा केही मानिसहरुसंग कुरा गर्दा ठाकुर किन राम्रो अवस्थामा थिएन भन्ने कुरा बुझनमा आयो । न राम्रोसंग बोल्ने, नकुनै विकासको काम गर्ने, काठमाडौ गए भन्ने भेटन जादा कुनै वास्ता नगर्ने अनि कती हामी ठुलो भन्ने नेतालाई बोकी राखौ, एक जना कर्मचारीको टिप्प्णी थियो । ठाकुरको वारेमा जाहा कुरा गर्दा पनि उनको इमान्दारिता र स्वच्छव छवीको चर्चा सराहना हुन्थ्यो तर त्यसक्षेत्रको जनताको लागी केही नगरेको गुनासा पनि आउथ्यो । र भन्थे, बरु अमरेश हारे पनि केही काम त यसपाली गरेर देखाएका छन ।
राजेन्द्र महतोको वारेमा हामी धेरै खोजतलास गर्ने तिर लागेनौ किनकी उनको पार्टीको जनाधार वारे म अनभिज्ञ थिएन । पार्टी प्रवेशमा चमत्कारी गरेका महतोका वारेमा काठमाडौका साथीभाई वा केही सम्पादकहरु प्नि भन्ने गर्थे कि यसपाली महतोले केही गर्छ, अनि मैले यो हावा हो भन्दा, उनीहरु मलाई वायस भयो भन्ने गर्थे । तीनीहरुले उपेन्द्र यादवको वारेमा पनि खुब कुरा गर्न रुचाउथे । यादवले केही गर्ला कि भनेर अनि मैले कतीचोटी फोरम नेपाल र उपेन्द्र यादव नाजुक अवस्थामा छ भन्दा फेरी त्यही कुरा आउथ्यो । म सुरु देखि नै एउटा कुरामा ढुक्क थिए कि मधेशी पार्टीहरुमा तमलोपा र  फोरम लोकतान्त्रिक मात्रै चुनावमा राम्रो गर्नेछन । यद्यपी हाम्रो आकंलन पनि शतप्रतिशत मिलेन । मेरो आफनो आकंलनमा फोरम लोकतान्त्रिक र तमलोपा ६ देखि ८ सिट सम्मको हराहारीमा जित्छन । तर ४ मै थन्किए ।
राजेन्द्र महतोको हारमा मुख्य गरी दुई कुराले काम गरेको देखियो । पहिलो कुरा ढेड बर्ष अगाडी सदभावना पार्टीकै विद्याथी नेता बच्चा साहको हत्या प्रकरणमा महतो मुछियो । महतो क्षेत्रकै विद्यार्थी नेता साहको हत्यामा महतोको प्रत्यक्ष संग्लनता रहेको आरोप जताततै  सुन्नेमा आयो । वास्तविकता के हो त्यो खोजीनितीको कुरा होला तर महतोको क्षेत्रमा यो कुरा एक बर्ष अगाडी देखि नै चर्चामा थियो र निर्वाचनको बेला झन मानिसहरु कुरा नगर्ने सवालनै आउदैनन ।
दोस्रो कुरा उनी विगतमा मन्त्री हुदा आफनै क्षेत्रका मानिसहरु संग विभिन्न कामको लागी ठुलो रकम धुस लिएको आरोप । संविधानसभा भन्दा अघिल्लो सरकार देखिनै गएको ५ बर्ष महतो प्रायजसो सबै सरकारमा मन्त्री थिए । महतोका निर्वाचन क्षेत्रका मानिसहरु महतो समान्य सरुवा वढुवामा पनि ठुलो रकम असुल गरेका थिए । महतोका निर्वाचन क्षेत्रमा उनका पुर्व पिए लगायत केही  मानिसहरुको नामनै किटेर उनीहरुलाई ल्याउन महतोलाई जिस्काउने गरेका थिए । निर्वाचन प्रसार प्रसारकै अवद्यीमा महतो आफनो पिए पनि परिवर्तन गरेका थिए ।
सर्लाही पछि धनुषाको कुरा गरौ, धनुषामा मधेशी पार्टीको उम्मेदवारमा संजय साह बाहेक अरु कोई पनि जित्ने रेसमा थिएन । जनकपुर बजार साह जित्छ भन्ने ठुलो मत देखिन्थ्यो । एक जना प्राध्यापकले संजय साह र काग्रेसका उम्मेदवार रामसरोज यादवको वारेमा रमाइलो कुरा गर्नु भयो । सुरुमा रामसरोज प्रति जनकपुरका बुद्धजिवीहरु साकारात्मक थिए रे । तर रामसरोज संग जीवनाथ चौधरीको गठजोठ भएपछि उनी पनि गुण्डाकै नायक रैछ भन्ने हल्ला फैलियो र त्यसले संजय साहलाई साकारात्मक फाईदा नै हुन पुग्यो ।
महोतरीमा शरदसिंह भण्डारीको भविष्य जोडिएको थियो । दुई ओटा निर्वाचन क्षेत्रवाट उम्मेदवारी दिएका भण्डारी एउटामा सुरु देखि नै कमजोर देखिएका थिए भने अर्कोमा रेसमा थिए तर उनको पनि केही चलेनन रे यस पाली ।

सिरहा पुगेको दिन निर्वाचन प्रचारप्रसारको अन्तिम दिन थियो । सिरहाबजारमा प्रचण्डको सवारीले होला पुरै सिरहा माओवादीमय देखिन्थ्यो । सिरहाको ५ नम्बर क्षेत्रवाट माओवादी अध्यक्ष प्रचण्ड पनि उम्मेदवार भएर त्याहा माओवादीको चुरीफुरी अली वढी नै थियो । सिरहा माओवादीमय देखेर हामी मधेशका बुद्धजिविहरुलाई सोध्यौ पनि कि माओवादीप्रतिको यो आकर्षण के हो ? धेरै जसोले मधेशी नेताहरुले नै मधेशको मुद्धाप्रति काग्रेसएमाले भन्द्या माओवादी वढी साकारात्मक भएको विगतमा गरेको टिप्प्णी र माओवादीसंग मधेशी नेताहरु मिलेर बनाएको सरकारको दुष्परिणमको रुपमा अथर््ायाए । सप्तरीमा पनि माओवादीको चुरीफरी वढी नै देखियो । सिरहा र सप्तरी धुम्दा त मधेश माओवादी कब्जामा जाला कि जस्तो पनि भान हुन्थ्यो । अधिकाश ठाउमा मानिसहरु मधेश नेताहरुलाई त्यसको दोषी ठान्थे ।
त्यसपछि सुनसरी र मोरड जाहा मधेशी पार्टीका दुई जना अध्यक्षका राजनिती अडकिएका थिए । उपेन्द्र यादव र विजय गच्छदार सुनसरी र मोरड दुबै जिल्लावाट उम्मेवादी दिएका कारण हाम्रो चासो पनि अली वढी नै थिए त्याहा । मोेरड र सुनसरीमा पुर्ण रुपमा मधेशी र पहाडी भोटेर भनेर विभाजित थियो ।  मोरड र सुनसरीमा उपेन्द्र यादव अब पनि जितेर गयो भने याहावाट पहाडीहरुलाई लखेटने छन भने काग्रेस, एमाले र माओवादीका पहाडी मुलका उम्मेदवारहरुले फैलाएका थिए । सुनसरी भन्दा पनि मोरड यो हावा अली वढी देखिएको थियो । र निर्वाचनको परिणाम धेरै हद सम्म त्यसले निर्यायक भुमिका पनि खेल्न पुगे ।

Friday, November 15, 2013

शनिवारीय दलान-राजेन्द्र बिमलके नजरमे यी चुनाव - बिमल कहईछथ, देश शुन्यताक अवस्था पर अई ।

डा राजेन्द्र बिमल मैथली साहित्यीक संसारमे सुप्रचित नाम अइछ । जनकपुरमे रहिकक मैथली, नेपाली, अंग्रेजी र हिन्दी रचनामे तल्लीन बिमलसंग आव वला निर्वाचनके सन्दर्भमे शुकदिन भोरे जनकपुर स्थित हुनके निवासवामे वातचित केयने छलउ। यई निर्वाचन मुख्ययता ओ बुदागत रुपमे ऐनाक विश्लेषण केलैथ ।
 
 
मनी आ फनी भोट आब निर्णयक बईनरहल अछी । मनी माने पैसा स किनल आ फनी माने दारु पियाक लेबवला भोट । 
मधेशी मनोविज्ञान मजबुत भरहल अछी ।
पार्टीके कल्चर नई देखाई दरहल अई ।
नागरिक लाचार छथ ।
निम्मकोटीके आधार सब चयन करवाकलेल बाध्य अछी नागरिक ।
प्रजातान्त्रिक मुल्यमान्यता स्खलीत भरहल अईछ ।
नेतृत्व मुल्यहिन अछी ।
राजनितीक नेतृत्व संकटमे अई । आ स्वतन्त्र नेतृत्वक विकास नई भरहलअई । दुखक वात यी छई ।
मधेशी नागरिक आइृके दिनमे काग्रेस, एमाले आ एमाओवादी विचमे कोनो अन्तर नई देखई छई ।
मधेशवादी दलसब एकटा लाईन पर वईढरहल अई । एकरा सबके बहुआयमिक बनबाक जरुरी छई ।

सर्वोच्च अदालत द्धारा अभियुक्त एमालेका उम्मेदवार, प्रहरी भन्छन, उनी भगौडा हुन, तर उनी खुल्लायाम प्रचारप्रसारमा व्यस्त

महोतरी क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार राम दयाल मंडल सर्वोच्च अदालत द्धारा ३ बर्ष कैद सुनाएका अभियुक्त हुन । लुटपाट तथा झैभगडाको मुद्धामा सर्वोच्चले उनलाई दोषी ठहर गर्दै ३ बर्षको कैद सुनाएको थियो । र जिल्ला प्रहरीलाई उनलाई समात्न निर्देशन पनि दिएको थियो । तर प्रहरीले राजनितिक संरक्षणका कारण उनलाई समात्न सकेका छैनन ।

हाल उनी महोतरी क्षेत्र नम्बर ३ वाट एमालेका उम्मेदवार हुन । खुल्लायाम प्रचारप्रसारमा व्यस्त छन । तर महोतरी प्रहरीले उनी फरार भएको बताए ।
हाम्रो भगौडाको लिष्टमा मंडलजी हुनुहुन्छ, महोतरी जिल्ला प्रहरी कार्यलयका डिएसपी राजेन्द्रबाबु रेग्मी भन्छन, उम्मेदवारी पेश गने दिननै हामीले पक्राउ गर्न प्रहरी परिचालन पनि गरेका थियौ, तर उहालाई देखिएनन । उनका अनुसार, उसको उम्मेदवारी दर्ता उनका अरु समर्थकहरुले नै गराई दिएका थिए । 
०३९ सालमा जलेश्वर ८ का जसवीर यादवलाई मंडलले कुटपिट गरी हाथ भाचि दिएको र लुटपाट गरेका थिए । त्यहीवेला प्रहरी नियन्त्रयामा उनी २ महिना बिताएका पनि थिए । पछि सर्वोच्चले उनलाई उक्त मुद्धामा दोषी ठहर गर्दै ३ बर्षको कैद सजाय सुनाएका थिए ।

Tuesday, November 12, 2013

मधेशी नागरिक समाजको अनुरोध पत्र सार्वजनिक - मधेशवादीमा मात्रै भोट हाल्न आग्रह

चुनावी अभियानमा  समाज पनि जाने
मधेशी नागरिक समाजले आज एक विज्ञप्ति निकाली मधेशी समुदायलाई मधेशवादी दलहरु मै भोट खसाल्न आग्रह गरेको छ । साथै समाजका महासचिव आनन्द गुप्ताले समाजले मधेशका विभिन्न जिल्लामा पुगेर चुनावी क्यापेनिंग पनि गर्ने लागेको बताए । समाजले हिन्दी भाषामा निकालेको विज्ञप्ति यस्तो ........
अनुरोध पत्र

मधेशियो के भोट मधेशवादियो को ही क्यूँ ?
आदरणीय मधेशी भाइयो और बहनो, 
इतिहास गवाह है की गोरखा राज्य विस्तार के बाद से ही राज्यद्वारा मधेशियो का शोषण और दमन कर राज्य के प्रत्येक अंग में पहुँच से बञ्चित करने की और आन्तरिक उपनिवेश बनाने का षडयन्त्र किया गया । इस देश में शाह वंशिया राजाओ द्धारा, राणाओ द्धारा, बहुदल की स्थापना के बाद कई वाद के खोल ओढे गैरमधेशवादी पार्टीयो द्वारा भी सिर्फ खस समुदाय का पृष्टपोषक बनकर, सिर्फ खसो का पहिचान को राष्ट्रियता से जोडकर मधेशियो को राष्ट्रियता से बञ्चित करने की और विदेशी भगौडा सावित करने मे कोइ भी कसर नही छोडा गया । इन शासको ने मधेश की जल, जंगल, जमिन पर कब्जा कर, भाषा संस्कृति पर हमला कर, शिक्षा, सैनिक सेवा , यातायात सेवा , नागरिकता से बञ्चित कर मधेश को क्रमशः कंगाल, विधवा, अन्धा, अपाङ्ग, रोगी, और गूँगा बनाया । मधेशके उपर सदियो से हो रहे शोषण, दमन, अन्याय, अत्याचार के खिलाफ मधेशियो के दिलमे दमित चिंगारी शोला बनकर कभी कभी भडकी भी लेकिन सारे शोले जब ज्वालामुखी बन कर एक साथ मधेश जन विद्रोह के रुपमे फुटा तब मधेश का मुद्दा सशक्त रुप में उठा और उसे स्थापित करने के लिए जो ताकत मधेशवादी दल को चाहिए थी वो नही मिला । २०६४ के निर्वाचन मे १ करोड ७ लाख मत पोलिङ हुवा था, जिस मे से करिव ४२ लाख (३९% ) विशुद्ध मधेशी मत था उस मे से सिर्फ करिब १२ लाख (११%) ही मत मधेशवादी पार्टीयो को मिला था, बाकी ३० लाख (२८%) मधेशी भोट गैर मधेशी पार्टियो को मिला जिस भोट का मधेशी अधिकार के खिलाफ ही किया गया । 
सदियो की दासता की जंजीर से हमे मुक्ति दिलाने के लिए युग युुग में एब वार होनेवाली संविधान सभा सदस्य का चुनाव हमारे द्वार पर खडा है । अब हमे सोचना है की हमरे भोट का ज्यादा से ज्यादा कैसे सदुपयोग होगा और हमारे भोट संविधानसभा में मधेशियो के हित मे चोट कैसे करेगा ? अब हमे खुद ही पैmसला करना है कि हमारी तकदीर कि फैसला कौन केरगा ? सदियो से हम मधेशियो को शोषण दमन करते आ रहे गैर मधेशवादी खस शासक या दशको से मधेशी आन बान शान के लिए चड रहे मधेशवादी, मधेश जन विद्रोह कि उपज और मधेशी सहीदो कि शहादत कि निंव पर खडे मधेशवादी । पिछले संविधानसभा में मधेश जन विद्रोह से स्थापित मुद्दो को मधेशवादी पार्टीयो ने सशक्त रुप में आगे नही लेजा पाएँ, इसका मतलब ए नही की मधेशवादी दल का विकल्प सदियो से मधेशीयो के अधिकार के खिलाफ रहे गैर मधेशवादी खसवादी पार्टी हो सकती है । अब फैसला हमारे और आप के हाथ मे है । 
आज हमे चुकाना है कर्ज उन माओ के आँसू से भिगे आँचल की, उन सुनी पडी बञ्जर माँगो की, कलाई के लिए तरसती राखी की, भूख से विलखते पेटो की, सपना टुटे हुए बेसहारा उन बुढी आँखो की, हमे कदर करना है मधेश जनविद्रोह की भावना की, रखना है मान मधेशी शहीदो का, और पूरा करना है उनके अधुरो सपना को, बनाना है अपना मधेश प्रदेश को, पाना है मधेशियो कि आत्मसम्मान और पहचान को, लेना है हक देश मे बराबरी की, तोडना है दासता कि जंजिरो को, हटाना है एकल पहचान और रँगभेद को, स्थापना करना है मधेश स्वराज्य को, लाना है देश में समृद्धि को । क्या ए सब कोई गैर मधेशवादी पार्टी दिला पाएगी ? कदापि नही । ए तो जब दिलाएगी सिर्फ मधेशवादी पार्टी ही ।
इस संविधानसभा का चुनाव मे हमे सतर्क भी होना है उन मुद्दा विर्सनवादी और अस्मत बेचने वाले भ्रष्ट नेता से । इसवार चुनना है मधेश जनविद्रोह कि भावना कि कदर करनेवाले जुझारु, सशक्त और मधेश मुद्दा के प्रति समर्पित मधेशवादी उम्मेद्वार को । हमे बचना है जातिवाद से चुनना है मधेशवाद को । ए संविधानसभा का चुनाव हम मधेशियो के लिए धर्म युद्ध है और धर्म युद्ध मे दमित और शोषितो के अधिकार के खिलाफ रहे भाइ पर भी विश्वास नही किया जाता । हमारे बीच में भी शदियो से एकल पहचान के पृष्टपोशक के पक्षधर हमारे मधेशी भाइ भी है लेकिन उनके मालिक हमेशा से हमे मधेशियो के खिलाफ षड्यन्त्र करते आ रहे है तो क्या ओ हमारी अधिकार, पहचान और आत्मसम्मान कि रक्षा करंगे ? कदापि नही । ओ लोग हम मधेशियो के खिलाफ ही आज तक प्रयोग हुए और आज भी किए जाएंगे । इसीलिए आदरणीय मधेशी भाइयो और बहनो इस बार एक भी मधेशी भोट गैर मधेशवादी दल को नही देकर सारे के सारे मधेशी भोट मधेशवादी दल को देकर मधेशियो कि देश मे बराबरी कि अधिकार, पहचान और आत्मसम्मान कि सुरक्षा किया जाए । जय मधेश । 
मधेशी नागरिक समाज