Monday, July 30, 2018

राजपा सरकारा सहभागी हुदैन - महतो

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारमा राजपाको सहभागीताको कुनै सम्भावना नरहेको बताएका छन । राजपाको सरकारमा सहभागीतालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहदा महतो सरकारमा सहभागीता भन्द्या पनि संविधान संशोधनको मुद्धामा प्रधानमन्त्रीसंग छलफल चलीरहेको बताए । उनले भने, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता तात्कालै हुदैन । संशोधन गर्न सरका आनाकानी गरिरहे समर्थन फिर्ता हुने महतोले बताए ।

Friday, July 27, 2018

मलेठबारे आयोगको प्रतिवेदन अस्वीकार्य - प्रदेश सरकार

दुई वर्षअघि तत्कालीन नेकपा एमाले र मधेश केन्द्रित दलबीच सप्तरीको मलेठमा भएको घटनावारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन प्रतिवेदन मान्य नहुने प्रदेश सरकारले जिकिर गरेको छ। एमालेले मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठमा सभा आयोजना गर्न खोजेको थियो। मधेस केन्द्रित दल निकट आन्दोलनकारीले भने कुनै हालतमा सभा आयोजना गर्न नदिने अडानमा थियो। एक पक्षले जसरी पनि सभा गर्ने र अर्को पक्षले बिथोल्न सम्पूर्ण शक्ति परिचालन गर्ने हठको कारण झडपको वातावरण भएपछि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा पाँचजनाको ज्यान गएको थियो। ‘स्थलगत अध्ययन तथा छानबिनका क्रममा पीडितले दिएको बयानविपरीत कुनै खास व्यक्तिलाई खुश पार्न तयार पारिएको आयोगको प्रतिवेदनलाई स्वीकार गर्न सकिँदैन।’

Wednesday, July 25, 2018

दुई नम्बर प्रदेशमा थपिए तीन राज्यमन्त्री

केन्द्र सरकार संग दिनप्रति मतभिन्ता वढी रह्दा प्रदेश नम्बर २ का मुख्यमन्त्रीले आफनो सरकारमा तीन जना राज्यमन्त्री वुधवार थपेका छन । राजपाको सिफारिसमा मुख्यमन्त्री लालबाबु राउतले वुधवार सुरेश मंडल, अभिराम शर्मा र डिम्पल झालाई राज्यमन्त्रीको सपथ गराएका हुन । मंडल उद्योगराज्यमन्त्री, शर्मा समाजिक विकास राज्यमन्त्री र झा भौतिकराज्यमन्त्रीको सपथ लिएका हुन ।

Tuesday, July 24, 2018

ऋोली सरकारसंग लडन तयार छौ - सोनल

प्रदेश नम्बर -२ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले संघीय सरकारले संघीयता समाप्त पार्ने चलखेल गरिरहेको आरोप लगाएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का महामन्त्री समेत रहेका मन्त्री सोनलले केपी ओली नेतृत्वको संघीय सरकार र कर्मचारीतन्त्र संघीयता समाप्त गर्ने चलखेलमा लागेको बताए । राजपाले मङगलबार बाराको कलैयामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सोनलले प्रदेश सरकारलाई असहयोग गरेर मुलुकमा अस्थिरता कायम गरी संघीयतालाइ विफल पार्ने योजना बनाएर संघीय सरकार लागेको र उस्कै निर्देशनमा कर्मचारीले पनि प्रदेश सरकारलाई असहयोग गरिरहेको बताए ।

Monday, July 23, 2018

प्रदेश नम्बर दुईमा राजपाले छान्यो तीन राज्यमन्त्री

लामो समय देखि खाली रहेको राज्यमन्त्रीहरुमा राजपाले पार्टीको तीन जना सासंदलाई सिफरिस गर्ने निर्णय गरेको छ । सोमवार बसेको अध्यषमण्डल बैठकले दुई नम्बर प्रदेशको उद्योगराज्यमन्त्रीमा सुरेश मंडल, भौतिकराज्यमन्त्रीमा डिम्पल झा र समाजिक विकास राज्यमन्त्रीमा अभिराम शर्मालाई   सिफारिश गर्ने  निर्णय गरेको छ ।

Sunday, July 22, 2018

मलेठ प्रतिवेदन माथी मानव अधिकार आयोगकै मोहना अन्सारीको असहमती

राष्टिय मानव अधिकार आयोगले हालै मलेठ घटना सम्बन्धी सार्वजनिक गरेको प्रतिवेदन माथी आयोगकै सदस्य मोहना अन्सारीले लिखित असहमती राखेका हुन । अन्सारीले समाजिक सन्जाल टिवटर मार्फत आफुले मलेठ प्रतिवेदन माथी असहमती राखेको खुलाएका छन । अन्सारी मधेश आन्द्योलन सहित पछिल्लो समयमा देशमा भएको विभिन्न द्धटनाको सुक्ष्म अनुसन्धान र अनुगमन गर्ने आयोगका अधिकारी हुन ।

Saturday, July 21, 2018

राजपा अध्यक्षमण्डल द्धारा वुद्धजीवीहरु संग अन्तक्रिया

विहिवार प्रधानमन्त्री र नेपाली काग्रेसका सभापति संग छुटा छुटै भेटघाट गरेका राजपाका अध्यक्ष मण्डलले शनिवार वुद्धजिवीहरु संग काठमाडौमा अन्तक्रिया गरेका छन । राजपाका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले संचालन गरेको उक्त अन्त्क्रिया कार्यक्रममा वुद्धजिवीहरुले राजपालाई आ आफनो सुझाव दिएका थिए । ठाकुरले संचालन गरेको कार्यक्रममा राजपा नेताहरुले बोलेका थिएनन । ठाकुर सहित सबै नेताहरुले वुद्धजिवीहरुको कुरा सुनेका थिए ।